कार्यसुचि १
किरात राई यायोक्खा हङकङले प्रत्येक बर्षमा साधारण सभा गर्नेछ । साधारण सभा मार्च महिनाको अन्तिममा गरिनेछ । साधारण सभामा एक आर्थिक बर्षको (१ अप्रिल देखि ३१ मार्च सम्मको) प्रतिवेदनहरु पास गरिने छ । पास भएको प्रतिवेदन मध्ये आर्थिक प्रतिवेदनलाई पुन अडिट गराई एन्युअल रिर्टन भरि कम्पनी कार्यलयमा (९ अगष्ट) भित्र बुझाई सक्नु पर्नेछ । अन्यथा हङकङ तोकेको जरिवाना तिर्न पर्नेछ । सरकारले च्यारिटि लाईसेन्स समेत बन्द गरि दिन सक्नेछ ।
१. साधारण सभा समिति :
साधारण सभा सम्पन्न गर्नको लागि संरक्षक परिषदबाट वढीमा ३ सदसिय साधारण सभा समितिको छनौट गरिने छ । साधारण सभा समितिले साधारण सभा संचालन गर्नेछ ।
१. सभाध्यक्ष – १ जना,
२. सदस्य – २ जना
२. नियमावली संसोधन समिति :
आवश्यक्ता भएमा नियमावली संसोधनको लागि निम्न तरिकाले नियमावली संसोधन मस्यौदा समिति छनौट गरिने छ ।
- अध्यक्षः किराया हङकङ
- मुलसंयोजकः कुलपति, किरात राई प्रज्ञा प्रतिष्ठान हङकङ
- संयोजकः मुल संरक्षक, किराया हङकङ
- संयोजकः प्रमुख सल्लाहकार, किराया हङकङ
- उपसंयोजकः उपाध्यक्ष, किराया हङकङ
- उपसंयोजकः महासचिव, किराया हङकङ
- उपसंयोजकः सचिव, किराया हङकङ
- सदस्यः अध्यक्ष, चाम्लिङ खाम्बातिम हङकङ
- सदस्यः अध्यक्ष, दुमि फन्सिकिम हङकङ
- सदस्यः अध्यक्ष, सामपाङ जुम्लेखा हङकङ
- सदस्यः अध्यक्ष, पुमा तुप्खाबाङखाला हङकङ
- सदस्यः अध्यक्ष, बान्तावा खिम हङकङ
- सदस्यः अध्यक्ष, थुलुङ सामा हङकङ
- सदस्यः अध्यक्ष, कोयी/कोयु किम हङकङ
- सदस्यः अध्यक्ष, बाहिङ मुलुखिम हङकङ
३. आम्दानी खर्च
साधारण सभाको आम्दानी खर्च सहभागीहरुबाट ऐच्छिकरुपमा हङकङ डलर १०० उठाई आम्दानी खर्च मिलान गरिने छ ।
कार्यसुचि २
प्रतिवेदनहरु
साधारण सभामा १ आर्थिक बर्षको निम्न प्रतिवेदनहरु पास गरिने छ ।
क. कार्य प्रतिवेदन – सचिव
ख. आर्थिक प्रतिवेदन – कोषाध्यक्ष,
ग. सुप्तुलुङखिम प्रतिवेदन – उपाध्यक्ष वा निर्माण संयोजक
घ. भावि कार्यक्रम तथा क्यालेण्डर – अध्यक्ष
ङ. नियमावली संसोधन – संसोधन समितिबाट
क. कार्य प्रतिवेदन
कार्य प्रतिवेदनमा बिषयगत कार्यहरु छुट्टाई दिनाङक सहित संक्षिप्त विवरण उल्लेख भएको हुनु पर्नेछ । कार्य प्रतिवेदन सचिवले बनाई अनुमोदन गराउने छ ।
दिनाङ्क | कार्यक्रमको विवरणहरु (छोटकरीमा) |
dd/mm/yy | १. तालिम, प्रकाशन बारे : भाषा, लिपि, साहित्य, बैठक, तालिम, प्रकाशन कहिले, कहाँ, कतिचोटि भए । |
dd/mm/yy | २. संस्कार बारे : गर्भ, जन्म, नौरान, पास्नी, छेवर, मगनी, बिबाह, मृत्यु संस्कार कहिले, कहाँ, कतिचोटि भए । |
dd/mm/yy | ३. पुजा आरधना बारेः चुलापुजा, चुलादर्शन, चुलाग्रहण, गृहपुजा, ब्यावसायपुजा, न्वगी, तयमाखियमा दिवस कहिले, कहाँ, कतिचोटि भए । |
dd/mm/yy | ४. संस्कृति बारेः उभौली, उधौली, साउने संक्रान्ति, येलेदुङ /माघे संक्रान्ति /स्थापना दिवस, सम्मान कार्यक्रम कहिले, कहाँ, कतिचोटि भए। |
dd/mm/yy | ५. विविध कार्यक्रम बारे : खेलकुद, यलम्बर साँझ, अन्य कार्यक्रमहरु गरेको तथा अन्य संस्थामा सहभागी कहिले, कहाँ, कतिचोटि भए । |
dd/mm/yy | ६. सहयोग, शुभकामना बारे : अर्थिक सहयोग, शुभकामना कहिले, कहाँ, कतिचोटि भए । |
dd/mm/yy | ७. सुप्तुलुङ खिम निर्माण बारे : सुप्तुलुङ सहयोग संकलन, सुबिधा/सेवा निर्माण कहिले, कहाँ, कतिचोटि भए। |
ख. आर्थिक प्रतिवेदन
आर्थिक प्रतिवेदनमा बिषयगत शिर्षकहरुमा आम्दानी तथा खर्च छुट्टिएको हुनु पर्नेछ । यसको प्रस्तुति कोषाध्यले गरि अनुमोदन गरिने छ ।
ग. सुप्तुलुङखिम प्रतिवेदन
सुप्तुलुङ प्रतिवेदनमा यस बर्ष उठेको सहयोग दाताहरुको नाम र रकम तथा उक्त रकम कुन कुन परियोजनाहरुमा खर्च गरियो तेस्को विवरण उल्लेख गर्न पर्दछ । साथै सबै दाताहरुको नामावली तथा उनिहरुको जम्मा कुल सहयोग रकम अल्फाबेटिकली लिस्टमा ब्यानरमा छपाई अपडेट गर्न पर्दछ ।
ङ. भावि कार्यक्रम तथा क्यालेण्डर
किरात राई यायोक्खा हङकङका अध्यक्षले किरात राई यायोक्खा हङकङको उदेश्य प्राप्तगर्न, किरात राईहरुको ब्याक्तिव बिकाश गर्न, जन सहभागिता सृजना गर्न, सृजनशील युवा निमार्ण गर्न, जिवनपयोगि प्रशिक्षण गराउन, किरात धर्म संस्कार संस्कृती प्रती युवा चेतनाको बिकाश आदी गर्न विविध भावि कार्यक्रमहरु ल्याउने छ ।
च. नियमावली संसोधन
नियमावली संसोधन समितिले संसोधित नियमावली मस्यौदा प्रस्तुत गर्ने छ र अध्यक्षको भावि कार्यक्रमलाई समेटि क्यालेण्डर प्रस्तुत गर्नेछ ।
कार्यसुचि ३
कार्यक्रमको रुपरेखा :
कार्यक्रम संचालक : सचिव
- कार्यक्रमबारे जानकारी खानपान –
- (खानपानको लागि सहभागीहरुले १०० सहयोग गर्ने)
- सभाध्यक्ष तथा साधारण सभा समितिको घोषणा – सचिवबाट
- अनुमोदन – फ्लोरबाट
- कार्यक्रम हस्तान्तरण (साधारणसभा समितिलाई) – सचिवबाट
कार्यक्रम संचालक : साधारण सभा समिति
- साधारण सभा समितिको आशन ग्रहण
- उद्घटन (दियो बत्ति बाल्ने सभाध्यक्षले) – उद्घाटन ब्यवस्थापन, संस्कार विभाग
- उद्घाटन गित बजाउने – मौलिक संकलन तथा सरसजावट विभाग
- आर्थिक प्रतिवेदन – कोषाध्यक्षबाट
- कार्य प्रतिवेदन – सचिवबाट
- सुप्तुलुङखिम प्रतिवेदन – उपाध्यक्ष वा निर्माण संयोजक
- प्रज्ञा प्रतिष्ठान प्रतिवेदन – प्रज्ञा महासचिवबाट
- भावि कार्यक्रम तथा क्यालेण्डर – अध्यक्षबाट
- नियमावली संसोधन – संसोधन समितिबाट
- साधारण सभा समितिको विघटन संगै समापन – सभाध्यक्षबाट
- फोटो सेसन – खेलकुद, संगीत, सहित्य तथा छपाई विभाग
- खानपान वितरण – सिक्रिमा बितरण तथा सेवासत्कार विभाग
संक्षिप्त कार्य बाँडफाँड
क्र.सं. | कार्य बाँडफाँड | विभाग |
1 | समन्वय, अनुगमन, स्वंयसेवक ब्यावस्था | संगठन बिस्तार तथा समन्वय विभाग |
2 | टेबल, कुर्सि, टेन्ट, टोईलेट ब्यावस्थापन | सुप्तुलुङखिम मर्मत तथा निर्माण विभाग |
3 | पोस्टर, ब्यानर, ब्याज, न्युज/रिपोर्टिङ, फोटो | खेलकुद, संगीत, सहित्य, प्रकाशन विभाग |
4 | निमन्त्रणा, प्रचारप्रसार, आवश्यक वस्तुहरु | कार्यलय संचालन तथा प्रचारप्रसार विभाग |
5 | फेटा, गम्छा, चिनो, खादा, फुलमाला, स्वगत | बाल, महिला, प्रौढ तथा अतिथि विभाग |
6 | खरिद बिक्री, आर्थिक कोष ब्यावस्थापन | सम्पति तथा कोष–अभिवृद्धि विभाग |
7 | खानपान तयारी ब्यावस्थापन/ कुकिङ | सुम्निमा खानपान तथा भान्सा विभाग |
8 | खानपान बितरण ब्यावस्थापन/ सर्भिसिङ | सिक्रिमा बितरण तथा सेवासत्कार विभाग |
9 | ढुवानी, भण्डार, ओसारपसार (भ्यान ब्यवस्थापन) | पारुहाङ ढुवानी तथा ओसारपसार विभाग |
10 | थान थपना, उद्घाटन सामाग्री ब्यावस्थापन | किरात धर्म संरक्षण तथा संस्कार विभाग |
11 | भेसभुषा, गरहगहना, कलाकार ब्यावस्थापन | शिली संकलन तथा संस्कृति विभाग |
12 | लाईटनिङ, म्युजिक, उद्घाटन धुन, सरसजावट | मौलिक संकलन तथा सरसजावट विभाग |
13 | सरसफाई तथा फोहरमैला ब्यावस्थापन | सरसफाई तथा फोहरमैला संकलन विभाग |
14 | सर्वजानिक यातायात (बस) सेवा ब्यावस्थापन | ब्यावसाय, रोजगार तथा यातायात विभाग |
15 | सुरक्षा, प्राथमिक उपचार, नियन्त्रण | आपतकालिन सहयोग तथा सुरक्षा विभाग |
डाउनलोड
बिवरण | वर्ड |
साधारण सभाको पोस्टर | एडिट |
नियुक्ति पत्र | एडिट |