परियोजनाकारः श्री शशि मदन राई
बिश्वकोष निर्माण:
किरात राईहरुको इतिहास, भाषा, लिपी, धर्म, संस्कार, संस्कृती, कला,साहित्य, खेलकुद, रहनसहनबारे खोजमुलक तथा किरात राईहरुको बारेमा सोधकार्य गर्न, अध्यन, अध्यापन गर्न सजिलोको लागि अंग्रेजी र नेपाली भाषामा KIRATRAI.ORG लाई किरात राईहरुको बिश्वकोष (Encyclopaedia) निर्माण गरिनेछ। किरात राई प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक (२६ मार्च २०१७) द्वारा यस योजनालाई अनुमोदन गरेकोछ। भविश्यमा भाषा संरक्षणको लागि हरेक भाषी राईहरुको भाषामा समेत निर्माण गर्दै लगिने छ।
कार्यसूची २
कार्यसुची तथा कार्य विभाजन:
किरात राई बिश्वकोष (Kirat Rai Encyclopedia) भित्र विभिन्न पृष्ठ र अनुपृष्ठहरु रहनेछ। हरेक पृष्ठलाई सम्पादन गर्न संयोजक, सोधकर्ताहरु नियुक्त गरिने छ। लेखक तथा सोधकर्ताहरुलाई छात्रवृतिको ब्यावस्था गरिनेछ।
१. गृह पृष्ठ
गृह पृष्ठ वा सम्पुर्ण बिश्वकोषको संयोजन/निरिक्षण/संरक्षण कुलपतिले गर्नेछ।
२. ईतिहास पृष्ठ
किरात राईहरुको ईतिहासको लेख, रचनाहरु संकलन गरिने छ। संयोजन उपकुलपतिले गर्नेछ। उपसंयोजन सुप्तुलुङखिम निर्माण विभाग प्रमुख र विभाग संयोजकले गर्नेछ।
अनुपृष्ठहरु:ईतिहास, राज्य, जनसंख्या, भुगोल आदि हुनेछ।
३. भाषा पृष्ठ:
किरात राई यायोक्खा हङकङसंग अनुबन्धित भएका भाषिक संस्थाका भाषाहरुको अभिलेखन गरिने छ। संयोजन उपकुलपतिले गर्नेछ। उपसंयोजन किरात राई भाषिक परिषद (भाषिक अध्यक्षहरु) ले गर्नेछ।
अनुपृष्ठहरु:चाम्लिङ भाषा, साम्पाङ भाषा, दुमी भाषा, पुमा भाषा, बान्तावा भाषा, थुलुङ भाषा, कोयी भाषा, वायुङ भाषा आदि हुनेछ।
४. धर्म पृष्ठ
किरात धर्म बारेमा, किरात धर्मको उत्पती, किरात धर्मका सम्प्रादयहरु आदि बारेमा खोज अनुसन्धान राखिनेछ। संयोजन महासचिवले गर्नेछ। उपसंयोजन किरात राई धर्म संरक्षण विभाग प्रमुख र विभाग संयोजकले गर्नेछ।
अनुपृष्ठहरु: किरात धर्म, पुजा/प्रार्थना, देवीदेउताहरु, औषधीमुलो
५. संस्कार पृष्ठ:
किरात राईहरुको संस्कार बारेमा अध्यन गर्न लगाई किरात राईहरुको जन्मदेखी मृत्युपर्यन्तसम्मको कर्मकाण्डहरु तयार गर्ने, मिल्दो जुल्दोकर्मकाण्डहरुलाई एक ठाँउमाल्याई भाषिक संस्था तथा बिज्ञहरुसंग छलफल गरि एकिकृत गर्न पहल गर्ने। नमिलेको संस्कारलाई छुट्टै अभिलेखिकरण गर्ने।
संयोजक/सोधकर्ता
- महासचिव
- किरात राई भाषिक परिषदका (भाषिक अध्यक्षहरु)
अनुपृष्ठहरु:
- गर्भ संस्कार
- जन्म संस्कार
- नौरान संस्कार
- पास्नी संस्कार
- छेवर/गुन्युचोली
- बिवाह संस्कार
- मृत्यु संस्कार
६. संस्कृती पृष्ठ
किरात राईहरुको पहिचानलाई सर्वब्यापी बनाउन किरात राईहरुको संस्कृतीको संरक्षण, प्रचार प्रसार गर्दै ब्यापकता गराउन पहल गर्ने।
संयोजक/सोधकर्ता
- प्रज्ञा सचिव
- किरात राई संस्कृतिक विभाग प्रमुख
- किरात राई संस्कृतिक विभाग संयोजक
अनुपृष्ठहरु:
- साकेला उभौली
- साकेला उधौली
- साउने संक्रान्ति
- माघेसंक्रान्ति
- तयमा खियमा दिवस
- पितृपुजा (न्वगी)
- तिहार
७. कला पृष्ठ:
किरात राईहरुको कला/साहित्य, गीत/संगीत/नृत्य, खेलकुद आदिको संरक्षण, प्रचार प्रसार गर्दै ब्यापकता गराउन पहल गर्ने।
संयोजक/सोधकर्ता
- प्रज्ञा सचिव
- किराया खेलकुद विभाग प्रमुख
- किराया खेलकुद विभाग संयोजक
अनुपृष्ठहरु:
- खेलकुद
- गीत/संगीत/नृत्य
- कला/साहित्य
८. रहनसहन पृष्ठ
किरात राईहरुको खानपान, भेषभुषा, सरसामाग्रीहरुको खोज अनुसन्धान गर्ने। किरात लिपी, किरात राईहरुको ब्यावसाय संरक्षण सम्वर्धन गर्ने।
संयोजक/सोधकर्ता
- महाप्रबन्धक
अनुपृष्ठहरु:
- खानपान – किराया खानपान विभाग प्रमुख तथा विभाग संयोजक
- भेषभुषा – किराया बाल, महिला, प्रौढ विभाग प्रमुख तथा विभाग संयोजक
- सामाग्रीहरु – किराया मौलिक संकलन विभाग प्रमुख तथा विभाग संयोजक
- ब्यावसाय – किराया ब्यावसाय विभाग प्रमुख तथा विभाग संयोजक
- किरात लिपी – किराया प्रचारप्रसार विभाग प्रमुख तथा विभाग संयोजक
कार्यसूची ३
संक्षिप्त कार्य विभाजन
1 | गृह पृष्ठ | संयोजक | कुलपति |
2 | ईतिहास | सोधकर्ता | उपकुलपति, सुप्तुलुङ निर्माण विभाग |
3 | भाषा | सोधकर्ता | उपकुलपति, भाषिक परिषद |
4 | धर्म | सोधकर्ता | महासचिव, धर्म संरक्षण विभाग |
5 | संस्कार | सोधकर्ता | महासचिव, भाषिक परिषद |
6 | संस्कृती | सोधकर्ता | प्रज्ञा सचिव, संस्कृतिक विभाग |
7 | कला | सोधकर्ता | प्रज्ञा सचिव, खेलकुद विभाग |
8 | रहनसहन | सोधकर्ता | महा प्रबन्धक, सम्बन्धित विभागहरु |
9 | योजना | संयोजक | कुलपति, सल्लाहकार परिषद |
10 | विधान | संयोजक | कुलपति, संरक्षक परिषद |
सोधकार्य कसरि गर्ने?
- कुनै एउटा विषय छान्नुहोस।
- अनुसन्धानको लागि प्रश्न बनाउनुहोस।
- किवर्ड पत्ता लगाउनुहोस।
- पृष्ठभूमिबारे जानकारी लिनुहोस।
- विषयलाई परिस्कृत गर्नुहोस।
- सोधकार्यको रणनिति बनाउनुहोस।
- पुस्तक लिनुहोस।
- ईलेक्ट्रोनिक पुस्तक लिनुहोस।
- लेखहरु लिनुहोस।
- भिडियो र फोटोहरु लिनुहोस।
- डाटाबेस लिनुहोस।
- वेबसाइटहरु लिनुहोस।
- स्रोतको विश्लेषण गर्नुहोस।
- स्रोतको मुल्याङन गर्नुहोस।
- प्राईमरी स्रोत र सेकेण्डरी स्रोत छुट्टाउनुहोस।
- स्रोतको आवधिक छुट्टाउनुहोस।
- स्रोत सामग्री तयार पार्नुहोस।
- स्रोत संगठित गर्नुहोस।
- नोट लिनुहोस।
- लेख्नुहोस।
- स्रोत सामग्री समावेश गर्नुहोस।
बैठक
सोधकार्यको प्रगति विवरण हेर्न, छलफल गर्न निम्न मिति, समय र स्थानमा बैठक बसिनेछ।
- फेब्रुअरी (पहिलो आईतबार)
- जुन (पहिलो आईतबार)
- अक्टुवर (पहिलो आईतबार)