उभौली चूलापूजा

उभौली चूलापूजा बिशेष गरि उभौलीमा साकेला मनाउन जानु पुर्व चूलापूजा गरिन्छ। तिन चूलाबाट बल माग्ने कार्य गरिन्छ। किरात राईहरुले बैसाखे पुर्णेको दिन देखी औंशी भित्र सम्ममा चुला पुजा गर्दछ। बैसाखे पुर्णे देखी उभौली (अन्न लगाउने काम) सुरु हुने भएकोले अन्नपानी सप्रियोस भनि साकेला (भुमी देव) पुज्न जान अगावै चुलामा बल माग्ने कार्य गरिन्छ। अन्य दुःख विमार भएको बखत बलदेउ, कुनै दुःखकष्ट नदेउ, आशिक देउ भन्ने कामना गर्न चूलापूजा गरिन्छ।

उभौली चूलापूजाको उदेश्य :

  1. पिता पुर्खाहरुबाट आर्शिबाद माग्न।
  2. साकेवा पुजा गर्न अगावै बल माग्न।
  3. अन्नपानी सप्रियोस भनि कामना गर्न।
  4. धन, दौलत, मनोकाङक्षा पुरा गरि माग्न।
  5. रोग, ब्याधि, दुःख, कष्ट, बिमार हटाई माग्न।

आवश्यक सामाग्रीहरु :

  1. सेउली, केराको पात, दुवो र सयपत्रि फुल।
  2. धनुकाँड, भाला, खुकुरी, हसियाँ, खुर्पा आदि।
  3. थुम्से, डालो, नाङलो, माना, पाथि, ढुङग्रो, दुना, टपरा।
  4. कासको थाल, अदुवा, धुप, दियो बत्ति, कलश।
  5. जाँडले भरेको चिण्डो (कोदो र मर्चाको मिसावट)।
  6. जिउदो भाले

चुला प्रार्थना :

हे सुम्निमा पारुहाङ । हे पितापुर्खाहरुहो।।

तपाँईले हामीलाई जन्म दिई, मानव संसार बसाउनु भयो।
धर्तीलाई अन्न योग्य बनाई, हामीलाई बचाउनु भयो।

हामिले बंश, दाजुभाई, कुटुम्ब स्वरुप, तिन चुला स्थापना गरेका छौं।
समस्त मानव र प्रकृती संरक्षणको लागि, भक्ति गरि रहेछौं।

हाम्रो दुख, बिमार, कष्ट सारी दिनु होला, सुख, सम्बृद्धि र लामो आयु दिनु होला।
झैझगडा, आपतबिपत जोगाई दिनुहोला, अझ अघि बढ्ने बाटो देखाई दिनुहोला।

भोली हामी, दाजुभाई, दिदि बहिनी कुल कुटुम्ब सहित, साकेला मनाउन जाँदैछौं।
साकेलामा झैंझगडा, आपतबिपत, दुख कष्टबाट जोगाई दिन प्रार्थना गर्दछौं।

जय पितापुर्खाहरु हो। जय सुम्निमा पारुहाङ।।

निमन्त्रणा:

किरात राई प्रज्ञा प्रतिष्ठानका प्राज्ञज्युहरु, संरक्षकज्युहरु, सल्लाहकारज्युहरु, कूबीमीज्युहरु, भाषिक अध्यक्षज्युहरु, विभागिय संयोजकज्युहरु, भुपु पदाधिकारीज्युहरु, आजिवन सदस्यज्युहरु, साधारण सदस्यज्युहरु तथा सम्पुर्ण दाजुभाई दिदिबहिनिहरुलाई निमन्त्रणा गर्न पर्दछ।

कार्यक्रमः

  • मितिः
  • समयः
  • स्थानः सुप्तुलुङखिम हङकङ

तालिका :

  • ००:०० उपस्थिति
  • ००:०० खानपान
  • ००:०० चूलापूजा
  • ००:०० फिर्ता

कार्यक्रमको रुपरेखा:

  1. आशन ग्रहण – सचिव
  2. चूलापूजा बारेमा – उपाध्यक्ष
  3. चूला प्रार्थना सचिव
  4. कूबीमीद्धारा चूलापूजा
  5. भाले चढाउने – अध्यक्ष
  6. साकेला सिलि – सिलिमोपा/ सिलिमोमा/ कलाकारहरु
  7. कार्यक्रम समापन/ सगुन बितरण/ फोटो सेसन

भेटि:

  • सहभागीहरुबाट भालेस्वरुप, हङकङ डलर २००।–
  • भाषिक संस्थाहरुबाट भालेस्वरुप, हङकङ डलर ३००।–

संक्षिप्त कार्य बाँडफाँड

क्रविभागकार्य बाँडफाँड
1संगठन बिस्तार तथा समन्वय विभागसमन्वय, अनुगमन, साउण्ड, लाईटिङ, वाटर, टेबल, कुर्सि, टेन्ट ब्यावस्थापन
2सुप्तुलुङखिम मर्मत तथा निर्माण विभागसुप्तुलुङखिम निर्माण, मर्मत, सम्भार सहयोग संकलन
3युवा खेलकुद, संगीत, सहित्य, प्रकाशन विभागपोस्टर, ब्यानर, ब्याज, छपाई, फोटो/ भिडियो, न्युजरिपोर्टिङ
4कार्यलय संचालन तथा प्रचारप्रसार विभागसुचना, पत्रचार, निमन्त्रणा, प्रचार प्रसार
5मौलिक संकलन तथा सरसजावट विभागउद्घाटन गित, गितिक्यासेट, उपस्थिति खाता, सरसजावट
6सम्पति तथा कोष–अभिवृद्धि विभागखरिद/बिक्री, आर्थिक संकलन, कोष ब्यावस्थापन
7सुम्निमा खानपान तथा भान्सा विभागखानपान तयारी, भान्से ब्यावस्थापन, किचन सरसफाई
8सिक्रिमा बितरण तथा सेवासत्कार विभागखानपान सजावट, खानपान बितरण, वेर्टस ब्यावस्थापन
9बाल, महिला, प्रौढ तथा अतिथि विभागफेटा, गम्छा, खादा ब्यावस्थापन, रिशेप्सन, अतिथि स्वगत
10किरात धर्म संरक्षण तथा संस्कार विभागएउटा जिउँदो भाले, थान थपना, पुजा पार्थना, उद्घाटन सामाग्री ब्यावस्थापन
11शिली संकलन तथा संस्कृति विभागभेसभुषा, गरहगहना, कलाकार ब्यावस्थापन
12सरसफाई तथा फोहरमैला संकलन विभागकार्यक्रम स्थल सरसफाई, फोहरमैला ब्यावस्थापन
13पारुहाङ ढुवानी तथा ओसारपसार विभागसरसामाग्री ढुवानी, भण्डार, भिआईपी ओसार पसार
14यातायात, ब्यावसाय तथा रोजगार विभागयातायात सेवा ब्यावस्थापन, ब्यावसाय तथा रोजगार जानकारी
15आपतकालिन सहयोग तथा सुरक्षा विभागसहयोग, सुरक्षा, प्राथमिक उपचार, नियन्त्रण ब्यावस्थापन

(समाप्त)

चूलापुजा