चूलापूजा

किरात राईहरुको सवभन्दा ठूलो देव भनेको नै तीन चूला हो। मुलघर परिवारबाट अलग भएपछि थपना गर्ने पहिलो वस्तु नै चूला हो। हरेक किरात राईहरुको धार्मिक आस्थाको प्रतिक नै तीन चूला हो। हरेक किरात राईहरुको साझा विशेषता नै तीन चूला हो। चूलामा ३ वटा ढुङगा गाढेको हुन्छ। यसले बंश, दाजुभाई र कुटुम्ब गरी मानव समाजलाई ईङ्गित गरेको हुन्छ।

उत्तर तर्फको ढुङगाले बंशलाई, दाहिने तिरको ढुङगाले दाजुभाईलाई र देब्रे तर्फको ढुङगाले कुटुम्बलाई बुझाउदछ। चूलामा सामान्य भात भान्सादेखि कर्म धर्म, रितीथितीका सम्पूर्ण कुराहरु गरिन्छ। किरात राईहरुको चूलामा जन्म दिने पुर्वजहरुले बास गरेको हुन्छ भनि विस्वास गरिन्छ। किरात राईहरुले प्रार्थना गर्न टाढा जाँदैनन्। यही यहि चूलालाई मन्दिर मान्दछन। चूलालाई  पितृथलो मान्दछन। यही चूलामा प्रार्थना गर्दछन। चूलामा दैनिक पूजा गरे पित्रीहरु खुसी भई चिताएको मनोआकाङक्षा पुरा गरिदिने, धन दौलत र ऐश्वर्य दिने, दुख बिमार हटाउने, शिर ठाडो बनाई दिने बिस्वास गरिन्छ।

चूलापूजा बिशेष  उधौली र उभौलीमा साकेला पूजा गर्न जानु पुर्व तिन चूलाबाट बल माग्ने कार्य गरिन्छ। किरात राईहरुले बैसाखे पुर्णेको दिन देखी औंशी भित्र सम्ममा चुला पुजा गर्दछ। बैसाखे पुर्णे देखी उभौली (अन्न लगाउने काम) सुरु हुने भएकोले अन्नपानी सप्रियोस भनि साकेला (भुमी देव) पुज्न जान अगावै चुलामा बल माग्ने कार्य गरिन्छ।

त्यस्तै मङ्सिरे पुर्णे देखि लगाएको बालीनाली पाकेर थन्कयाउन थालेपछि पहिला पितापुर्खाहरुलाई चढाएर अन्नको सह माग्दै, रुपैया पैसाका सह माग्दै, सबै जिवजन्तु, बोटबिरूवा, खोलानाला, हिमाल पहाड, बन जंगल, आकाश पाताल, जुन घाम, तारा सबै नै सन्तुलित रहि रहोस भनि किरात राईहरुको आदिम पितृदेव पारुहाङ सुम्निमा तथा तोयामा खियामा हेच्चाकुप्पा नागेलुम तथा प्रकृतिको संझना गर्दै तिन चूलाबाट बल माग्ने कार्य गरिन्छ।

अरुबेला नुवांगी, तिधाम, छिदाम र छमदम, दिवुमी वा सुरुमी शिकारी पूजा तथा अन्य विविध पूजाहरु जस्तै पितृहरुलाई खुसी पार्न तथा दुःख विमार भएको बखत बलदेउ कुनै दुःखकष्ट नदेउ आशिक देउ भन्ने कामना गर्न चूलापूजा गरिन्छ। यसबाहेक अन्य चिन्ताचार गरेको बेला उकारमा बल माग्न धामीद्वारा चोखो रक्सी र मर्चाले चूलापूजा गर्ने प्रचलन रहेको छ। चुलाको पूजा केबल कुबिमि वा तायामी अनुभवबिद् बृध पुर्खाले मात्र गर्न सक्तछ।

दु:ख विमार भएको बखत बलदेउ कुनै दु:खकष्ट नदेउ आशिक देउ भन्ने कामना गर्दै बेलाबेलामा सुगुर काटेर वा मुटु कलेजो फियो फोक्सो दुवै मिर्गौला लाम्टा छात्ती र बोसे जाली गरी नौ परिकारको मासु सिमलीको लौरामा उनी कुबिमि र पुर्खाहरुको सामुहिक मुदुम अनुसार चुलोमा पोल्ने काम हुन्छ।

चूलामा विशेषत निम्न पूजाहरु गरिन्छ।

उभौली चुलापुजा

उधौली चुलापुजा

पितृपुजा (न्वगी):

दिवुमी वा सुरुमी शिकारी पूजाः

तिधाम छिदाम र छमदमः

देवीदेउता पूजाहरु: