यलम्बर मुखपत्र

किरात राई यायोक्खा हङकङको गतिविधि र किरात राईहरूको इतिहास, भाषा, लिपि, धर्म, संस्कार, संस्कृती, कला, साहित्य लेख/रचनाहरु प्रकाशन गरि किरात राईहरूलाई सुसूचित गराउन किराया हङकङले वार्षिक रुपमा यलम्बर नामक मुखपत्र प्रकाशन गरि सन १९९८ देखि बितरण गर्दै आई रहेको छ।

किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले सन २०१९ को २० औं अङ्क देखि यलम्बर मुखपत्र प्रकाशन गर्दै आई रहेछ । 

प्रकाशन विवरण:

  1. नाम : यलम्बर मुखपत्र ; अंक : २१
  2. लेख/शुभकामना/बिज्ञापन पठाउने अन्तिम मिति : २३ अप्रिल २०२३
  3. पुस्तक तयारी तथा प्रकाशन मिति : ३० अप्रिल २०२३
  4. लोकार्पन हुने मिति : ७ मे २०२३
  5. पठाउनु पर्ने ठेगाना : kriahongkong@gmail.com
  6. पुस्तक साईजः ७X१० ईन्च
  7. संख्याः ३०० प्रति

लेख/रचना प्रकाशन नियम :

  1. लेख/रचना किरात राईहरूको इतिहास, भाषा, लिपि, धर्म, संस्कार, संस्कृति सम्बन्धी हुनुपर्ने छ।
  2. लेख/रचना बढिमा १५०० शब्दको  हुनु पर्नेछ।
  3. प्रकाशित लेख/रचनाको  हङकङ डलर ३०० देखि ५०० सम्म शिर उठाउनी प्रदान गरिने छ । स्थानीय लेखकहरूलाई प्रशंसापत्र प्रदान गरि सम्मान गरिने छ।
  4. स्थानीय लेखकनै भएपनि किरात राई सम्बन्धी खोजमुलक लेख/रचना वा हङकङमा बसि रहेका किरात राईहरूको बारेमा लेखेको भए शिर उठाउनी प्रदान गरिने छ।
  5. लेख/रचना तोकिएको समयभित्र आई सकेको हुनु पर्नेछ । बिलम्ब प्रकाशन गरिने छैन।
  6. लेख/रचनाको कपिराइट हुनुपर्ने छ । कपिराइटको जिम्मेवार स्वंय लेखक हुनुपर्ने छ।
  7. लेख/रचना प्रकाशन गर्ने वा नगर्ने अधिकार प्रज्ञा प्रतिष्ठान हङकङमा निहित रहने छ ।

किराया हङकङको समावेश गरिने लेखहरु :

  1. अध्यक्षको शुभकामना
  2. कुलपतीको शुभकामना
  3. कार्य प्रतिवेदन
  4. आर्थिक प्रतिवेदन
  5. बार्षीक क्यालेन्डर
  6. भाषिक संस्थाको शुभकामना (आधा पेज)

शुभकामना/बिज्ञापन दर :

  1. पछाडी बाहिरी पुरा पन्ना (कलर) (७X१०) ईन्च, हङकङ डलर ३०००
  2. अगाडि भित्री पुरा पन्ना (कलर) (७X१०) ईन्च, हङकङ डलर २५००
  3. पछाडी भित्री पुरा पन्ना (कलर) (७X१०) ईन्च, हङकङ डलर २२००
  4. भित्री पुरा पन्ना (कलर) (७X१०) ईन्च, हङकङ डलर २०००
  5. भित्री आधा पन्ना (कलर) (६X४.२५) ईन्च, हङकङ डलर १०००
  6. भित्री चौथाई पन्ना (कलर) (२.७५X४.२५) ईन्च, हङकङ डलर ५००

शुभकामना तथा बिज्ञापन राख्ने तरिकाः

  1. लेख/रचना र शुभकामना/बिज्ञापन छुट्टा छुट्टै पेजमा राखिने छ।
  2. सबै शुभकामना तथा बिज्ञापनलाई लेख/रचना पछाडी एक ठाँउमा राखिने छ।
  3. बिज्ञापनहरु थोरै रकमबाट धेरै रकमलाई अन्तिम पेज कभरमा राखिने छ।

प्रकाशन समिति

प्रकाशन समिति निम्न रहनेछ । मुखपत्र प्रकाशन गर्दा प्रकाशन समितिको नामावली प्रकाशन गरिने छ । प्रकाशनमा नखटिने सदस्य वा पदाधिकारीहरुको नामावली प्रकाशन गरिने छैन ।

  1. प्रधान सम्पादक : प्रधान सम्पादक कुलपति रहनेछ ।
  2. सम्पादक परिषद : सम्पादक परिषदमा उपकुलपति, सचिव र उपसचिव रहनेछ ।
  3. ब्यवस्थापक परिषद : ब्यवस्थापक परिषदमा प्रबन्धक , उपप्रबन्धक र प्रज्ञा सदस्यहरु रहनेछ ।

कार्य विभाजन

(क) प्रधान सम्पादक :

  1. प्रकाशन पुरा गर्न बिभिन्नि तहमा कार्य बिभाजन गर्नु।
  2. प्रकाशनलाई समयमै सिध्याउन लक्षित कार्य तालिका बनाउनु।
  3. लेख/रचनाहरु संकलन गर्न लाउनु ।
  4. सम्पूर्ण लेख, रचनाको भाषा, सुद्धासुद्धि, सम्पादन गर्नु लाउनु।
  5. प्रकाशनहुने पुस्तकको अनुमानित बजेट निर्धारण गर्नु।
  6. बिज्ञापन, शुभकामना संकलन गर्नु लाउनु।
  7. दैनिक कार्य तालिका अनुसार कार्य भैरहेको वा नभईरहेको हेर्नु।
  8. कम्प्युटर डिजाईन गर्नु लाउनु।
  9. बजारीकरण तथा बिक्री निति तयार गर्नु ।
  10. प्रकाशनलाई मुनाफा योग्य बनाउनु ।

(ख) सम्पादक परिषद:

  1. प्रधान सम्पादकलाई सहयोग गर्नु ।
  2. लेख/रचनाहरु संकलन गर्नु ।
  3. सम्पादकिय तथा विशेष सम्पादकिय लेख्नु ।
  4. बिज्ञापन, शुभकामना संकलन गर्नु।
  5. प्रकाशित गरिने लेख, रचानाको सत्यता र स्रोतको एकिन गर्नु।
  6. सम्पूर्ण लेख, रचनाको भाषा, सुद्धासुद्धि, सम्पादन गर्नु ।
  7. पठनयोग्य वनाउनाको लागि विशेष ध्यान दिनु ।

(ङ) ब्यावस्थापक परिषद :

  1. प्रधान सम्पादकलाई सहयोग गर्नु ।
  2. बिज्ञापन, शुभकामना संकलन गर्नु।
  3. प्रकाशन गर्दा आवश्यकपर्ने खर्चहरुको प्रवन्ध गर्नु।
  4. बजारीकरण तथा बिक्री निति तयार गर्नु ।
  5. प्रकाशनलाई मुनाफा योग्य बनाउनु ।

अनुमानित खर्च :

  1. Publication (100pgX300copy) – (30000pgX0.50)=HK$15,000.00
  2. Delivery (300copyX300gm) – (100kg*50.00)=HK$5,000.00
  3. Language & Proof Reading – (1*3000.00)=HK$2,500.00
  4. Computer Design – (1*7000.00)=HK$5,000.00
  5. Article (Minimum 15) – (15*300.00)=HK$4,500.00
  6. Meeting Expenses – (1*1500)=HK$1,500.00
  7. TOTAL EXPENSES: HK$33,500.00

अनुमानित आम्दानी :

  1. Back Side Full Adv. – (1*2500.00)=HK$2,500.00
  2. Front Inside Full Adv. – (1*2000.00)=HK$2,000.00
  3. Back Inside Full Adv. – (2*1500.00)=HK$3,000.00
  4. Inside Full Adv. – (4*1000.00)=HK$4,000.00
  5. Half Adv. – (20*500.00)=HK$10,000.00
  6. Quarter Adv. – (40*300.00)=12,000.00
  7. TOTAL INCOME: 33,500.00

बैङक खाता :

विज्ञापन तथा शुभकामना संकलनको लागि कुलपतिको नाममा रहेको निम्न बैंक खाता संचालन गरिनेछ ।

RAI, SHASHI MADAN
HSBC: 127-1-036475

(समाप्त)