बुझबुझारथ

विदाई तथा पदस्थापन कार्यक्रम

किरात राई यायोक्खा हङकङको अधिवेशन पश्चात निर्वतमान कार्यसमितिबाट खातापाताहरु एक कार्यक्रम गरि बुझबुझारत गरिनेछ। सोही कार्यक्रममा निर्वतमान कार्यसमितिलाई सम्मानपत्र प्रदान गरि बिदाई गरिनेछ भने नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र प्रदान गरि पदस्थापन गरिनेछ। यसलाई बुझबुझारथ, विदाई तथा पदस्थापन कार्यक्रम भनिनेछ।

२. उदेश्य :

  1. किराया हङकङलाई ब्यावस्थित बनाउन।
  2. खातापाता अधावधिक गर्न।
  3. निबर्तमान कार्यसमितिलाई सम्मान गर्न।
  4. नव कार्यसमितिलाई काम, कर्तब्य र उदेश्य प्रति निष्ठावन बनाउन।

३. कार्यक्रम

मितिः यातायात सम्पर्कः
समयः समयः
स्थानः स्थानः

४. कार्यक्रम तालिका

समय विवरण
३ः०० बजे भेला
४ः०० बजे प्रथम कार्यक्रम
५ः०० बजे दोस्रो कार्यक्रम
६ः०० बजे समापन तथा खानपान
७ः०० बजे फिर्ता

परिच्छेद २

१. बुझबुझारथका कगजातहरु

निम्न कागजातहरुको अरिजिनल कपि निर्वतमान अध्यक्षसंग मागि नव अध्यक्षले बुझि लिनु पर्नेछ।

  1. संस्था रजिष्ट्ररको सर्टिफिकेट
  2. संस्थाको बिजिनेस रजिष्ट्ररको सर्टिफिकेट
  3. संस्थाको च्यारिटि सर्टिफिकेट
  4. संस्थाको मेमोरेण्डम एण्ड आर्टिकल अफ एसोसिएसन
  5. संस्थाको घर खरिद एग्रीमेन्ट फाईल
  6. संस्थाको घरको स्वमित्व सर्टिफिकेट फाईल
  7. संस्थाको आन्तरिक बिधान तथा नियमावलीहरु
  8. सोसियल अर्डिनेन्समा दर्ता भएको किरात राई एसोसिएसन हङकङको प्रमाणपत्र
  9. कोषाध्यक्षका खाताहरु
    1. दैनिक आयब्याय खाता
    2. सम्पती तथा जिन्सी खाता
    3. आर्थिक प्रतिवेदन
    4. अडिट रिपोर्ट (पुरानो २ बर्षको)
    5. एन्युअल रिर्टन (पुरानो २ बर्षको)
  10. सचिवका खाताहरु
    1. बैठक खाता
    2. गतिविधि खाता
    3. कार्य प्रतिबेदन
    4. आजिवन सदस्य नामावली खाता
    5. “किराया कार्यसमिति” संजाल समुहमा नव सचिव एडमिन
    6. “किराया हङकङ” संजाल समुहमा नव सचिव एडमिन

२. प्रमाण पत्र :

बुझबुझारथको दिन निम्न प्रमाणपत्रहरु बितरण गरिनेछ।

क. बुझबुझारथ पत्र

बुझबुझारथ पत्रमा बुझाई दिएको र बुझिलिएको भनि दुवै अध्यक्षको हस्तारक्षर भएको हुनुपर्नेछ।

ख. सम्मान पत्र

निर्वतमान कार्य समितिलाई सम्मान पत्र बितरण गरिनेछ।

ग. नियुक्ति पत्र

नव पदाधिकारीहरुलाई नियुक्ति पत्र प्रदान गरिनेछ।

३. निमन्त्रणा गर्नुपर्ने

  1. किराया नेपालबाट कोही प्रतिनिधि भए विशिष्टअतिथि
  2. संरक्षक परिषद
  3. निवर्तमान प्रज्ञा कार्यसमिति
  4. नवनियुक्त प्रज्ञा कार्यसमिति
  5. निवर्तमान सल्लाहकार परिषद
  6. वर्तमान सल्लाहकार परिषद
  7. भाषिक परिषद
  8. निवर्तमान संयोजक परिषद
  9. वर्तमान संयोजक परिषद
  10. निवर्तमान संयोजक परिषद भित्रका समितिहरु
  11. वर्तमान संयोजक परिषद भित्रका समितिहरु
  12. कूबीमीहरु, शिलीमोमा/शिलीमोपा, कलाकारहरु तथा उप समितिहरु
  13. भुपु पदाधिकारीलय
  14. आजिवन सदस्यलय
  15. निवर्तमान किराया कार्यसमिति
  16. वर्तमान किराया कार्यसमिति

परिच्छेद ३

४. आम्दानी/ खर्च

खानपान तथा पोस्टर, ब्यानर प्रिन्टिङ खर्चको लागि सबैजनाबाट $२00 सहभागी शुल्क उठाईने छ।

५. खानपान

  1. सादा भात
  2. सुङगुरको तरकारी
  3. पेय पदार्थहरु

परिच्छेद ४

१. कार्यक्रम रुपरेखा

  1. आशन
    1. अध्यक्षको आशन ग्रहण
    2. प्रमुख अतिथि भए आशन ग्रहण
    3. निबर्तमान अध्यक्षको आशन ग्रहण
    4. निबर्तमान सल्लाहकारहरुको आशन ग्रहण
    5. निबर्तमान कार्यसमितिको आशन ग्रहण
    6. निवर्तमान विभाग संयोजकहरुको आशन ग्रहण
  1. यथा स्थानमा आशन
    1. प्राज्ञहरु
    2. संरक्षकहरु
    3. भाषिक अध्यक्षहरु
  2. कार्यक्रमबारे परिचय तथा स्वागत – उपाध्यक्ष
  3. उदघाटन  – बर्तमानअध्यक्ष, प्रमुख अतिथि तथा निबर्तमान अध्यक्षबाट दियोबत्ति बालि
  4. उद्घाटन धुन –
  5. बुझबुझारथ पत्र बाचन
  6. बुझबुझारथ – बुझबुझारथका कागजातहरु (निवर्तमान अध्यक्षले नवनिर्वाचित अध्यक्षलाई प्रदान गर्ने)
  7. सम्मान पत्र  – निवर्तमान पदाधिकारीहरुलाई सम्मान पत्र बितरण गर्ने – अध्यक्षबाट।
    1. निवर्तमान बिभाग संयोजहरु
    2. निवर्तमान सल्लाहकारहरु
    3. निवर्तमान कार्य समिति
  8. नवनियुक्त कार्यसमितिहरुलाई नियुक्ति प्रमाण पत्र प्रदान गर्ने – प्रमुख संरक्षकबाट।
    1. नवनियुक्त कार्य समिति
    2. नवनियुक्त सल्लाहकार
    3. नवनियुक्त प्रज्ञा प्रतिष्ठान र बिभाग संयोजकहरु
  9. बधाई तथा शुभकामना – संरक्षकहरुबाट
  10. बधाई तथा शुभकामना – प्रमुख अतिथिबाट
  11. समापन – अध्यक्ष
  12. खानपान

८. कार्य बाँडफाँड

विभाग संक्षिप्त कार्य बाँडफाँड
संगठन बिस्तार तथा समन्वय विभाग साउण्ड, लाईटिङ, वाटर, टेबल, कुर्सि, टेन्ट ब्यावस्थापन
सुप्तुलुङखिम निर्माण तथा मर्मत विभाग सुप्तुलुङखिम निर्माण सहयोग संकलन, पुस्तक/पम्प्लेट वितरण
खेलकुद, संगीत तथा सहित्य विभाग स्वंयमसेवक ब्यावस्थापन, फोटो ग्राफि, न्युज रिर्पोटिङ
कार्यलय संचालन तथा प्रचारप्रसार विभाग सुचना, पत्रचार, निमन्त्रणा, प्रचार प्रसार, ब्याज, प्रमाणपत्र छपाई
मौलिक संकलन तथा सरसजावट विभाग उद्घाटन गित, गितिक्यासेट, गतिविधि खाता, सरसजावट,
सम्पति तथा कोष–अभिवृद्धि विभाग खरिद/बिक्री, आर्थिक संकलन, कोष ब्यावस्थापन
सुम्निमा भान्सा तथा खानपान विभाग खानपान तयारी, भान्से ब्यावस्थापन, किचन सरसफाई
सिक्रिमा बितरण तथा सेवासत्कार विभाग खानपान सजावट, बितरण, , खानपान स्थल सरसफाई
बाल, महिला, प्रौढ तथा अतिथि विभाग फेटा, गम्छा, खादा ब्यावस्थापन तथा अतिथि स्वगत
किरात धर्म संरक्षण तथा संस्कार विभाग थान थपना, पुजा पार्थना, उद्घाटन सामाग्री ब्यावस्थापन
शिली संकलन तथा संस्कृति विभाग भेसभुषा, गरहगहना, गाजाबाजा तथा कलाकार ब्यावस्थापन
फोहरमैला ब्यावस्थापन तथा सरसफाई विभाग कार्यक्रम स्थल सरसफाई, फोहरमैला ब्यावस्थापन
पारुहाङ ढुवानी तथा ओसारपसार विभाग सर-सामाग्री ढुवानी, भण्डार, भिआईपी ओसार पसार
यातायात, रोजगार तथा ब्यावसाय विभाग यातायात सेवा ब्यावस्थापन, ब्यावसाय तथा रोजगार
आपतकालिन सहयोग तथा सुरक्षा विभाग सहयोग, सुरक्षा, प्राथमिक उपचार, नियन्त्रण

२. आवश्यक कागजातहरु

निमन्त्रणा <WORD> <PDF>
कार्यसुचि <WORD> <PDF>
प्रमाणपत्र <WORD> <PDF>
Poster <JPG>

(समाप्त)