परिच्छेद १
गाँउघरमा बच्चा जन्मदा चूलामा देखाई, छोरी जन्मे कुखुराको पोथीले, छोरा जन्मे कुखुराको भालेले बच्चा र आमालाई छुवाई पूजा गरेर खुलाउने संस्कार छ। तर हङकङमा बच्चा जन्मेको दिन आमा र बच्चा अस्पतालमै हुने भएकोले बच्चा जन्मेको अर्को साल (जन्म दिनको अवसर पारेर) सामूहिक चूलामा पूजा गरि जन्म संस्कार मनाउने प्रचलन चलेको छ। जन्म दिन मनाउने किरात संस्कार नभएपनि ९० प्रतिशत किरातीहरुले होटेल तथा रेष्टुरेन्टमा जन्म दिन मनाई रहेको अवस्थामा हङकङमा भने किरात राईहरुले सामूहिक चूलामा जन्मदिन मनाउने संस्कार शुरु गरेका छन। पितृपूजक किरात राईहरु यसैमा पितृहरु खुशि भई बच्चालाई आर्शिबाद दिनेछन भन्ने विस्वास गर्दछन।
आवश्यक सामाग्रीहरु :
- नाङलो, काँसेथाल, अलिकति चामल र अदुवा
- दुबो, तितेपाती, केराकोपात, कोदो र मर्चा मिसाएको पानी
- दियोबत्ति, जोडी कलश र फुलपाती
- खान पान तथा पेय पदार्थ
- दही र चामलको टिका
- किरात संस्कारमा नभएपनि कसैले केक काट्न राख्दछ
- उपहारहरु ।
प्रार्थनाः
हे प्रकिति पुजक सुम्निमा पारुहाङ, हे चुलापुजक पितापुर्खाहरु हो । तपाँईहरुले …(नाम भन्ने)… लाई मानव जीवन दिएर यस धर्तीमा सृष्टि गराउनु भएको छ । आजदेखी तपाँईको सृष्टि …… बर्ष पुगेको छ । नागनगेनी सिमेभुमेले साथ दिईरहोस । अन्न, धन दौलतको मालीक बनाई रहोस । ज्ञानी, बुद्धिमानी बनाई रहोस । लेकबेसी, डाँडाकाँडा सवैतिर नाम फैलाउन सकोस । दुबो र अदुवा जस्तै फैलियोस, हरेका कदममा प्रगति भईरहोस । शरिरमा लागेको रोगकष्ट नदिले बगाई लैजावोस । आँखीडाही वायुवतासले उडाएर लगिरहोस । तपाँईहरुले सदैव साथ दिई रहनुहोस है । जय सुम्निमा पारुहाङ ।
परिच्छेद २
हङकङमा जन्म संस्कार
हङकङमा सुप्तुङखिमको सामूहिक चूलामा जन्म संस्कार गर्ने चलन रहेको छ। कसैलाई जन्म संस्कार गर्न परे किरात राई यायोक्खा हङकङमा जन्म संस्कारको फारम भरि बुझाउनु पर्नेछ। उपयुक्त समय हेरी किराया हङकङका “धर्म संस्कार संरक्षण विभाग” ले जन्म संस्कार गरिदिने छ।
जन्म संस्कार विधी
- आवश्यक सामाग्रीहरु चूलामा राख्ने
- आफन्तहरुको आशन
- जन्म संस्कारबारे जानकारी
- जन्म संस्कार पार्थना
- धामी वा जेष्ठ ब्याक्तिबाट पुजाआर्चना तथा टिका लगाईदिने कार्य ।
- बाजेबोजु नभएमा आमाबाबाले पहिले आफै टिका लगाई आर्शिबाद दिदै बच्चालाई टिका लगाईदिने कार्य।
- आयतित संस्कार केक काट्ने भए बच्चालाई केक काट्न लगाउने कार्य ।
- अन्त्यमा दाजुभाई, छोरीचेली, मावली र नरनाताहरुले बच्चालाई आर्शिबाद दिदै टिका लगाई उपहार दिने।
- खानपान
- धामी वा जेष्ठ ब्यक्तिको शिर उठाउनी
- समापन