जोसमनी सन्त सम्प्रादय

शशि मदन राई (कुलपति–किरात राई प्रज्ञा प्रतिष्ठान, हङकङ)
२६ अप्रिल २०१८–२०२१ ।

उत्तर बैदिक कालमा हिन्दू धर्म उकर्षमा पुगेको बेला यसमा हिङ्सा र जाति भेदभाव अती बढेर गएकोले यसको बिरुद्दमा इसापूर्व छैटौ शताब्दिमा जैन धर्मको प्रदूर्भाव भयो। जैन धर्म हिङ्साको अती उग्र बिरोधी भएकोले स्वत: मध्य मार्गीको रुपमा इसापूर्ब पाचौ शताब्दिमा बौद्द धर्मको उदय भयो। बौद्द धर्ममा फेरि पनि ब्राह्मणबादको हालिमुहाली बढ्न थालेकोले इसाको छैटौ शताब्दिमा यसैभित्र महायानको जन्म भयो। यसपछि इसाको सातौ शताब्दिमा अझै खुला आचार नियम भएको सहजयानको प्रवर्तन भयो।  इसाको चौधौ शताब्दिसम्म यसको व्यापक प्रभाव रह्यो।

यसको प्रभाव नेपालमा पनि पर्न गयो। नेपालको सन्त परम्परामा चौरासी सिद्दहरुको नाम अग्रणी स्थानमा छ। उनिहरु सहजयानका प्रचारक अनी शिव मार्गी थिए। यो परम्पराको प्रथम मठ भारतमा पन्जाब गढवालको क्यो कालेश्वर मठ हो। यस पछि यस मतको प्रसिद्द मठ स्वर्गद्वारी पनि हो। यिनै सन्त परम्परा मध्येको एक जोसमनी सन्त परम्परा हो। नेपालमा यो सम्प्रदायका आदीम प्रवर्तक जोसमनी थिए। उनैको नामबाट यसको नाम जोसमनी सन्त परम्परा रहन गएको हो।

शुरुमा यो मतको प्रचार पश्चिम नेपालमा भएको थियो। अठारौ शताब्दीमा पृथ्वीनारायण शाह नेपालका राजा भएपछि पूर्व नेपालमा पनि जोसमनी सन्त परम्पराले फैलिने राम्रो मौका पायो। उनका थुप्रै भारदारहरु यस मतमा लागेका थिए। उनको शेख पछि रणबहादुर शाहका पालामा त यो मत राजधर्म नै भएको थियो। रणबहादुर शाह स्वयम् यस मतमा दिक्षित भएर स्वामी निर्वाणानन्द बनेका थिए।

यस परमपराका प्रख्यात नेपाली सन्त शशिधर (१८०४-१९०६) हुन। उनको जन्म पश्चिम नेपालको त्रिशूल गङ्गाको आसपासमा बिष्णु उपाध्याय बाहुनको पुत्रको रुपमा भएको थियो। उनले उडिसाको जगन्नाथमा गएर त्यहाका चौरासी सिद्दहरुसग बज्रयान र हठयोगी सन्त दरियासग बैष्णव मतको अध्ययन र सत्सङ्ग गरेका थिए। बिक्रम सम्बत १८२७ तिर काठमाण्डौ  आएर प्रचारमा लागेका हुन। ५ बर्षको अवधिमा उनले पृथ्वीनारायण शाहका अनेक भारदारहरुलाई चेला बनाएका थिए : मूख्य (१) मोक्षमण्डल – मगर चेला, (२)शेषधर – गुरुङ चेला, (३) माया मण्डल – सुनुवार चेला र (४)प्रेमदिल – ब्राह्मण चेला थिए।

उनले प्रेमदिललाई जोसमनि मतको प्रचार गर्न पूर्बतिर खटाइ पठाए। लिम्बुवान पान्थर नाङ्गिनका एक उपाध्याय बाहुनले जोसमनी मत ग्रहण गरि श्यामदिल दास बनेर लिम्बुवानमा र ओखलढुङ्गा खार्पाका एक जना पोखरेल बाहुन निरषदिल दास बनेर माझ किरात भोजपुर क्षेत्रमा प्रचार गरे। यसबाट प्रष्ट हुन्छ की लिम्बुवान र खम्बुवानमा जोसमनी मतको प्रचार १८३० को अन्ततिर शुरु भएको थियो। जोसमनि सम्प्रादय हिन्दू धर्मको शाखा मध्येको शैव पन्थ हो।

२. जोसमनी सम्प्रादयका मूख्य धारणाहरु

  1. मूख्य आराध्य देव शिव हुन।
  2. यग्य/जग्गे नगरिकन पवित्रता प्राप्त हुन सक्दैन भन्ने मूख्य धारण।
  3. गुरुबाट मात्र ज्ञान पाउन सकिने मान्यता।
  4. शास्त्र पढाउने सत्य तारकहो।
  5. सत्य असत्य छुटाउने बुद्धी हो।
  6. सत्मार्ग देखाउने सतसँग।
  7. ब्रहम चिनाउने ज्ञान हो।
  8. महाबैराग्य (हठयोग) द्वारा निर्वाण प्राप्ती।

३.जोसमनि सम्प्रादयका परम्पराहरु

  1. मूर्ती पूजा नगर्ने निर्गुणोपासक,
  2. जातपातको भेद नमान्ने,
  3. कर्म काण्डको बिरोधि,
  4. मङ्स मदिरा नखाने,
  5. गम्यागम्यको भेद नराख्ने,
  6. जिवको बध, बली पूजा नगर्ने,
  7. ब्यापार नगर्ने खेती किसानी नगर्ने,
  8. स्वर्ग नर्क र मर्त्यमा बिश्वास नभएको,
  9. परमात्मा निराकार छन भन्नेमा बिश्वास,
  10. मुक्ति र भुक्ति प्राप्त गर्नको लागि दिक्षा लिनुपर्ने वा दिक्षित हुन पर्ने,
  11. निधारमा खरानी (भष्म र बिगुती) र घाटिमा माला लाउने,
  12. नामको अन्तमा दिल वा दास जोड्ने परम्परा रहेको तर राजा श्री ५ रणबाहादुर शाह यस मतमा दिक्षित हुँदा दास शब्द निच अर्थ बोधक भएकोले त्यस पछि नामको अन्तमा नन्द जोड्ने प्रथा चालु भएको,
  13. मृत्यु भएपछि आशौच बार्न नपर्ने र अन्त्येष्ठी कृया गर्न नपर्ने, एक मुठी माटो मात्र दिए पुग्ने, तीन दिन पछि केवल भण्डारा मात्र दिने,

४. जोसमनि सम्प्रादयका आदर्श

हठ योगको बलले सान्सारिक बाधा बन्धनबाट मुक्ति प्राप्त गरि निर्वाण प्राप्त हुन सक्छ भन्ने यस मतको आदर्श हो।

५. सन्तहरुको श्रेणिगत हैसियत

  1. शब्दी : मूख्य गुरुबाट गायत्री मन्त्र प्राप्त गरेर आस्था मात्र राख्ने शब्दी चेला हुन्छन।
  2. गुरुमुखी : गुरुको साथमा रहेर योगाभ्यास गर्दै ज्ञान नियम सिक्ने बढी चासो भएको चेला।
  3. गुरुपन्जा : योगाभ्यास र ज्ञान नियममा पाराङ्गत भएको भन्ने गुरुलाई बिश्वास लागेमा गुरुमुखी चेलालाई गुरु पन्जा दिईन्छ। यसमा पाच वस्तुहरु पर्दछन : वाना, झोलि, तुम्बा, चिम्टा र एकतारे।

यस प्रकार गुरुपन्जा पाएपछि जोसमनी सन्त बनिन्छ। सन्त बनेपछी जटाधारी साधु भएर भिक्षाटन गर्दै जीवन गुजारा गर्नुपर्छ। यो गुरुपन्जा फकिर हुनकोलागि योग्य भएको चेलालाई दीने लालमोहोर हो। यति प्राप्त गरेपछी उ सिद्दयोगी हुन्छ।

६. जोसमनी सम्प्रादयमा किरातीहरु

माझ किरातमा जोसमनिको प्रचार जोडतोडकासाथ भएको थियो। यहाँका प्रथम राई सन्त भोजपुर छिनामखुका अशेषदिल राई हुन। त्यस पछिका नामी राई सन्तहरुको क्रम यसप्रकार छ :- अगमदिल दास (१८५०), धरणी दास, मङ्गल दास, कमल दास, अषढदिल दास(१८६८), क्रिष्ण दास (१८७२), सिताराम दास (१८७५), शतब्रह्मदिल दास (१९३५) हुन। यहाँ जोसमनीको राम्रो प्रभाव परेको छ। आज पनि माझकिरातको धेरै ठाउहरुमा एकतारे बजाउने, जोसमनी भजन गाऊने, साझ बिहान धुप बाती गर्दा शङ्ख फुक्ने, समय समयमा सङगती गर्ने, भक्तले सेतो कमिज र धोती पहीरने, निधारमा खरानीको बिगुत लाउने चलन छ। तुलसीको मठ र पुराण पढ्दा बाहुन बस्ने ब्यससान समेत बनाएर राखिएको पाईन्छ।

किरात भित्रका धार्मीक सम्प्रादयहरु:

  1. किरात उत्पत्तिको कथा
  2. युमा पुजक किरात धर्म
  3. पितृ पुजक किरात धर्म
  4. जोसमनि सम्प्रादय
  5. सत्यहाङमा सम्प्रादय
  6. अन्य सम्प्रादयहरु

सन्दर्भ सामग्रीहरु :

  1. इमानसिङ् चेम्जोङ, किरात ईतिहास  १९४८(२००५),  किरातको बेद  १९६१(२०१८),  किरात जनको ईतिहास र सङ्स्क्रिती  १९६७(२०२४)
  2. महाजन बि.डि., Ancient India  1981.
  3. जनकलाल शर्मा, जोसमनी सन्त परम्परा र साहित्य  १९६३(२०२०)
  4. चैतन्य सुब्बा, The Culture and Religion of Limbus  1995.
  5. टंक बहादुर सुब्बा, Politics of Culture  1995.
  6. राष्ट्रिय जनगणना, Nepal BS 2058.
  7. साम्पाङ मुन्धुम, मुन्धुम होसुङ, मुक्दुमको सेरोफेरो, थुलुङ मुन्दुम
  8. Wikipedia, Encyclopedia.