तिधाम छिदाम

माझकिरातको साम्पाङ् दुमी थुलुङ् खालिङ् बायुङ् कोयु नाछिरिङ् जस्ता किरात राईहरुको घरको मानिसहरुको खरम वा उपचार गर्न निसन्तान भएमा छोराछोरीको माग गर्न आफ्नो सन्तानहरु सलत्र हुर्किएर सपि्रएर जाउन भन्ने कामना र आफ्नो नाम सन्तान दरसन्तानसम्म अमर राख्न शुरुमा तिधाम चाम्चे त्यसपछि छिदाम खरमको दोश्रो पाइला र अन्त्यमा छमदम गरी गर्नेको परम्परागत नाम वा विशेषणयुक्त नाम राखिन्छ। यो अत्यन्त मौलिक सस्कृति हो। यस कर्मको सम्बन्ध तोयमा खियमा हेच्चाकुप्पा र नागेलुमसंग रहेको छ। यसरी छमदम गरी लगाएको नाम किरात राईहरुको बंशावलीमा प्रशस्त पाइन्छ। मृत्युपछि यस्तो नाम उच्चारण गरी हरेक चुलापूजा साकेला नुवांगी तिधाम छिदाम र छमदम गर्दा उनीहरुको नाम उच्चारण गरेर सम्मान गरिन्छ।

चूलापुजा