साकेला उधौली

१. चुलापुजा बारेमा

किरात राईहरुको सवभन्दा ठूलो देव भनेको नै तीन चुलो हो। मुलघर परिवारबाट अलग भएपछि थपना गर्ने पहिलो वस्तु नै चूला हो । हरेक किरात राईहरुको धार्मिक आस्थाको प्रतिक नै तीन चूला हो । हरेक किरात राईहरुको साझा विशेषता नै तीन चुलो हो। चूलामा ३ वटा ढुङगा गाढेको हुन्छ। यसले बंश, दाजुभाई र कुटुम्ब गरी मानव समाजलाई ईङ्गित गरेको हुन्छ। उत्तर तर्फको ढुङगाले बंशलाई, दाहिने तिरको ढुङगाले दाजुभाईलाई र देब्रे तर्फको ढुङगाले कुटुम्बलाई बुझाउदछ। चूलामा सामान्य भात भान्सादेखि कर्म धर्म, रितीथितीका सम्पूर्ण कुराहरु गरिन्छ। किरात राईहरुको चूलामा जन्म दिने पुर्वजहरुले बास गरेको हुन्छ भनि विस्वास गरिन्छ। किरात राईहरुले प्रार्थना गर्न टाढा जाँदैनन्। यही यहि चुलालाई मन्दिर मान्दछन। चुलालाई  पितृथलो मान्दछन। यही चूलामा प्रार्थना गर्दछन । चूलामा दैनिक पुजा गरे पित्रीहरु खुसी भई चिताएको मनोआकाङक्षा पुरा गरिदिने, धन दौलत र ऐश्वर्य दिने, दुख बिमार हटाउने, शिर ठाडो बनाई दिने बिस्वास गरिन्छ।

चुलापुजा बिशेष  उधौली र उभौलीमा साकेलापुजा गर्न जानु पुर्व तिन चूलाबाट बल माग्ने कार्य गरिन्छ। त्यस्तै अरुबेला नुवांगी, तिधाम, छिदाम र छमदम, दिवुमी वा सुरुमी शिकारी पुजा तथा अन्य विविध पूजाहरु जस्तै  पितृहरुलाई खुसी पार्न तथा दुःख विमार भएको बखत बलदेउ कुनै दुःखकष्ट नदेउ आशिक देउ भन्ने कामना गर्न चूलापूजा गरिन्छ यसबाहेक अन्य चिन्ताचार गरेको बेला उकारमा बल माग्न धामीद्वारा चोखो रक्सी र मर्चाले पूजा गर्ने प्रचलन रहेको छ।

२. साकेला पुजा बारेमा

साकेला भनेको भुमी देव (अन्नको सह) लाई मानिन्छ। यो एक किसिमको अलौकिक पत्थर हुन्छ जो बन, जंगल, खोला, नाला, पानि, जमिन जहिपनि बसेको हुन सक्तछ। यसलाई राईहरुको कुबिमि (धामी) ले सपनामा देखेर मुद्दुमी शक्ति द्वारा उत्खनन् गरि निकाल्दछ र थान बनाई राख्दछ। यसबाट भुत, बर्तमान र भविष्य देख्न सकिन्छ भन्ने मान्यता छ। यो अण्डाकारको हुन्छ। यसले आफ्नो रंग, साईज र संख्या परिवर्तन गरि रहन्छ। यो कहिले कालो, कहिले सेतो, कहिले छिर्केमिर्के, काहिले सानो, कहिले ठुलो कहिले धेरै, कहिले थोरै भइ रहन्छ। यसलाई थानमा राखेपछि प्रत्येक बर्ष वैशाखे पुर्णेको दिन देखी औशि भित्र कूबीमी र पुर्खाहरूले सर-सल्लाह गरेको दिन साकेलाथानमा गई साकेला धामीले कुखुराको भाले र पोथीले पुजा गरि खनेर निकाल्दछ र यसबाट जोखाना हेरि सवै दाजुभाइहरुलाई भविश्यबाणि गर्दै पुन माटोमा पुरेर राखिन्छ। यस दिन प्रकृतीको निरन्तरताको कामना गर्दै, पुकारा गर्दै, पुर्खाहरूसंग आर्शिबाद माग्दै साकेला पूजा गरेर शिलि नाच्दै साकेला पर्व मनाईन्छ।

३. साकेला उधौली बारेमा

उधौली भनेको मंसिरे पुर्णे देखि ऋतु परिवर्तन भै हिमाल तिर अत्यधिक जाडो बढ्ने, चिसो हावा चल्ने, हिउँ पर्ने हुंदा पशुपंक्षी, चराचुरूङ्गी, माछाहरू जाडो/चिसो हावापानी छल्नलाई तातो स्थान खोज्दै, उधो तराई तर्फ जाने हुनाले “उधौली” भनिएको हो।

किराँत समुदायले आफुले लगाएको अन्नबाली पाकेपछी प्रकृति र पूर्खालाई चढाएपछि मात्र खाने चलन छ। उधौलीमा खेतीबाली पाकेर थन्क्याउने समय भएको हुंदा पहिला पितापुर्खाहरुलाई चढाएर अन्नको सह माग्दै,रुपैया पैसाका सह माग्दै, पशु पंक्षीहरू फैलियोस, सबै जिवजन्तु, बोटबिरूवा, खोलानाला, हिमाल पहाड, बन जंगल, आकाश पाताल, जुन घाम, तारा सबै नै सन्तुलित रहि रहोस भनि किरात राईहरुको आदिम पितृदेव पारुहाङ सुम्निमा तथा तोयामा खियामा हेच्चाकुप्पा नागेलुम तथा प्रकृतिको संझना गर्दै तिन चूलाबाट बल माग्ने कार्य गरिन्छ।

यस चाडमा चेली, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार ख्वाउने चलन रहेको छ । यस चाडलाई विशेषत मेलमिलापको चाडको रूपमा पनि मनाउने गरिन्छ। बर्षभरिमा कसैसंग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो व्यक्ति जेठो साइनोको घरमा कोसेली, उपहार बोकेर जाने र बोलचाल गर्ने चलन रहेको छ । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र आदर गर्नुपर्दछ यसरी यो चाडले मेलमिलाप, भेटघाटको अवसर पनि प्रदान गर्ने भएकोले सामाजिक सहिष्णुता कायम राख्न महत्वपूर्ण भूमिका रहेको पाइन्छ।

४. साकेला उभौली बारेमा

किराती पुर्खाहरुले समयको मापन गर्न उभौली र उधौली गरेर बर्षलाई दुईभागमा बिभाजन गरेको पाईन्छ।

उभौली भनेको बैशाखे पुर्णे देखि ऋतु परिवर्तन भै तराई तिर अत्यधिक गर्मी बढ्ने, तातो हावा चल्ने, बर्षात हुने हुंदा पशुपंक्षी, चराचुरूङ्गी, माछाहरू गर्मी/तातो हावापानी छल्नलाई चिसो स्थान खोज्दै, उभो हिमाल तर्फ जाने हुनाले “उभौली” भनिएको हो।

उभौलीमा खेतीबाली लगाउने समय भएको हुंदा, समयमा नै वर्षा होस। माटो मलिलो होस । छरेको रोपेको बिउहरू सबै उम्रियोस । लगाएको बाली सप्रियोस । अन्न, फलफुल, बोट बिरूवाहरूको बीउ नमासियोस। बाढी पहिरो, हुरि बतासले लगाएको बाली नबिगारि देउस। कुवा, पंधेरो, खोला नालामा पानिको मुल  फुटोस। भिर पहरा, बन जंगलको सबै बोट बिरूवाहरू हुर्कियोस, फैलियोस भनि प्रकृतीलाई पुकारा गरिन्छ।

यस चाडमा पुर्खाहरूको बिरताको ईतिहास, पुर्खाहरूले विभिन्न काल खण्डमा हासिल गरेको ज्ञानका कुराहरू शाखा सन्तानहरूलाई सुनाउंदै, फैलाउंदै, हस्तान्तरण गर्दै, पुर्खाहरूलाई संम्झन्दै,  सबै नरनाताहरू संग भेटघाट गर्दै, साईनो अनुसारको आशिस लिंदै, दिंदै, यसरी नै सबैसंग भेट घाट गर्ने बाचा गर्दै साकेला शिली नाच्दै यो पर्व मनाउने चलन छ।

५. शिली नाच बारेमा

शिली भनेको कुनै चिजको हाउभाउ (Caricature) गर्नुलाई बुझिन्छ। किराँतहरूको शिली पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। साकेला पूजा गरेको दिन सामुहिक रूपमा हातमा अर्ना भैसींको सिंग, चौरीको पुच्छर, सिलिमि, पोमी, चमर र सिम्कौली सेउली लिएर ढोल, झ्याम्टाको तालमा रिसिया गाउंदै मानव जन्मदेखि मृत्युसम्मका हरेक कृयाकलापको हाउभाउ गर्दै गोलाकार घेरामा रहेर शिली नाचिन्छ। यस बेला मानव जगत संगसंगै आएको चरा चुरुङगी, पशु जनवारहरुको समेत कृयाकलापहरुलाई हाउभाउ गर्दै नाचिन्छ। शिली नाच्नुको उदेश्य पिता पुर्खाहरूको गरि ल्याएको कृयाकलापहरुको संम्झना गर्नु हो। पिता पुर्खाहरूले गरि ल्याएको कृयाकलापहरुलाई आफ्नो शाखा सन्तानहरूमा फैलाउनु हो । तत्कालिन अवस्थामा मानव जगतसंग नजिक रहेको पशुपंछीको ईतिहास थाहा पाउनु हो । शिली नाच्नु भनेको ईतिहासलाई जिवित राख्दै पुस्ता हस्तान्तरण गर्दै जानु हो।

शिली नाच्दा पुरुषहरू आफ्नो जातीय पहिरन दौरा-सुरूवाल, कोट, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा सजिएर ताल मिलाउदै नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि बिनायो तथा छातीमा हारी झुन्ड्याएर, पहेंलपुर गरगहनामा सजिएर नाच्छन् । शिली नाचमा अहिले सबै जातीका युवायुवतीको सहभागिता बढ्दो छ।

६. उधौली पार्थना

हे पितापुर्खाहरुहो, हे सुम्निमा पारुहाङ । हे नागनगेनी, सिमेभुमेहरु हो । हामी तपाँईहरुकै साखा सन्तान हौं । हामी कूबीमी र बुद्धिजिवीहरुको साथ लिई तपाँईहरुलाई पुज्न आएका छौं । तपाँईहरुलाई सम्झेका छौं,

हामीलाई अन्नको सह दिनुहोस, हामीलाई रुपैया पैसाका सह दिनुहोस, पशु पंक्षीहरू फैलियोस,
सबै जिवजन्तुहरू फैलियोस, बोटबिरूवाहरू फैलियोस,

हे नागनगेनी, पाखा पखेरा, बनजंगल, हामी हातहतियार ढोल झ्याम्टा, सामा सरदमको साथ लिई, महिलाहरु, बुद्धिजिवीहरु र अग्रजहरुको साथ लिई, यहाँहरुको भक्ति गरि रहेछौं ।

सबै जिवजन्तुरक्षा गर्नुहोस प्रकृतिको संरक्षण गर्नुहोस खोलानाला सन्तुलित रहोस, हिमाल पहाड, बन जंगल सन्तुलित रहोस, आकाश पाताल सन्तुलित रहोस, जुन घाम, तारा सबै नै सन्तुलित सन्तुलित रहोस ।

हे पिता पुर्खाहरु हो । हामि दाजुभाई दिबिहिनीको साथ लिई हाम्रो ढोले, झ्यम्टेहरुसंग
हाम्रो पुर्खाहरु रैछाकुले नागेलुङले परापुर्वकालबाटै गरिल्याएको रीतिअनुसार यहाँहरुलाई भक्ति गरि रहेका छौं । हामीलाई राम्रो गरिदिनुहोस, सबैलाई आर्शिबाद प्रदान गरिदिनुहोस ।

हामीलाई अन्नपात दिनुहोस । हामीलाई धन दौलत दिनुहोस । हामीलाई दिर्घायु दिनुहोस । आपत बिपतबाट जोगाउनु होस । हामी नजान्ने नबुझ्ने छौं । हामीलाई ज्ञान दिई अघि बढ्न बाटो देखाउनुहोस ।

जय नागनगेनीहरु हो, जय सुम्निमा पारुहाङ, जय पिता पुर्खाहरु हो ।

७. उभौली पार्थना

हे सुम्निमा पारुहाङ, हे पितापुर्खाहरु हो।  हामी तपाँईहरुको साखा सन्तान हौं । हामी तपाँईहरुलाई सम्झेका छौं । हामी तपाँईहरुलाई भक्ति गरेका छौं । हे नागनगेनी, हे सिमेभुमेहरु हो । हामी कुबिमि र बुद्धिजिवी लिई भुमि पुज्न लागि रहेका छौं । साकेला पुज्न लागि रहेका छौं ।

समयमा नै वर्षा होस । माटो मलिलो होस । छरेको रोपेको बिउहरू सबै उम्रियोस । लगाएको बाली सप्रियोस । अन्न, फलफुल, बोट बिरूवाहरू केहि पनि नमासियोस ।

हे पाखा पखेरा, बनजंगल, हामी हातहतियार ढोल झ्याम्टा, सामा सरदमको साथ लिई,
महिलाहरु, बुद्धिजिवीहरु र अग्रजहरुको साथ लिई, यहाँहरुको भक्ति गरि रहेछौं ।

सबै जिवजन्तुरक्षा गर्नुहोस, प्रकृतिको संरक्षण गर्नुहोस, बाढी पहिरो, हुरि बतासले लगाएको बाली नबिगारि देउस । कुवा, पंधेरो, खोला नालामा पानिको मुल  फुटोस । भिर पहरा, बन जंगलको
सबै बोट बिरूवाहरू हुर्कियोस, फैलिएर जावोस ।

हे पिता पुर्खाहरु हो । हामि दाजुभाई दिबिहिनीको साथ लिई हाम्रो ढोले, झ्यम्टेहरुसंग हाम्रो पुर्खाहरु रैछाकुले नागेलुङले परापुर्वकालबाटै गरिल्याएको रीतिअनुसार यहाँहरुलाई भक्ति गरि रहेका छौं ।

हामीलाई राम्रो गरिदिनुहोस, सबैलाई आर्शिबाद गरिदिनुहोस । हामीलाई अन्नपात दिनुहोस । हामीलाई धन दौलत दिनुहोस । हामीलाई दिर्घायु दिनुहोस । आपत बिपतबाट जोगाउनु होस ।

हामी नजान्ने नबुझ्ने छौं । हामीलाई ज्ञान दिई अघि बढ्न बाटो देखाउनुहोस । जय नागनगेनीहरु हो, जय पिता पुर्खाहरु हो, जय सुम्निमा पारुहाङ  ।

८. कार्यक्रमको उदेश्य

  1. किरातहरुको संस्कृतिको जर्गेना गर्न ।
  2. पुर्खाहरूको  संम्झना गर्न, आर्शिबाद माग्न ।
  3. पुर्खाहरूको कृयाकलापहरुलाई शाखा सन्तानमा जानकारी गराउन ।
  4. पुर्खाहरुको ईतिहास जोगाई रहन ।
  5. किरात संस्किृतिलाई पुस्ता हस्तान्तरण गर्दै लान ।

९. चुलापुजा र साकेला उधौलीका कार्यसुचिहरु

  1. चुलापुजा र साकेलापुजा तयारी – किरात धर्म संरक्षण तथा संस्कार विभाग
  2. शिली प्रर्दशनी तथा कलाकार तयारी – शिली संकलन तथा संस्कृति विभाग
  3. सुप्तुलुङखिम सहयोग संकलन – सुप्तुलुङखिम मर्मत तथा निर्माण विभाग
  4. सरसजावट तथा बन्देजहरु – मौलिक संकलन तथा सरसजावट विभाग
  5. पोस्टर, ब्यानर, ब्याज, टिकेट, कुपन छपाई – युवा खेलकुद, संगीत, सहित्य, प्रकाशन विभाग
  6. बोलपत्र, टिकट थान, दर, कुपन र बिबिक्यु खरिद – सम्पति तथा कोष–अभिवृद्धि विभाग
  7. खानपान, बिबिक्यु तयारी तथा बिक्रीदर बारेमा – सुम्निमा खानपान तथाभान्सा विभाग
  8. खानपान तथा बिबिक्यु वितरण बारेमा – सिक्रिमा बितरण तथा सेवासत्कार विभाग
  9. अतिथि स्वगत – बाल, महिला, प्रौढ तथा अतिथि विभाग
  10. सुरक्षा, उपचार, नियन्त्रण, मास कन्ट्रोल – आपतकालिन सहयोग तथा सुरक्षा विभाग
  11. यातायात संचालन – यातायात तथा ब्यावसाय, रोजगार विभाग
  12. ढुवानी, ओसारपसार, भण्डारब्यवस्थापन – पारुहाङ ढुवानी तथा ओसारपसार विभाग
  13. सरसफाई तथा फोहरमैला ब्यावस्थापन – सरसफाई तथा फोहरमैला संकलन विभाग
  14. कुर्सि, टेबल, टेन्ट ब्यावस्थापन तथा अनुगमन  – संगठन बिस्तार तथा समन्वय विभाग
  15. कार्यक्रम, तालिक तथा संक्षिप्त कार्य विभाजन – कार्यलय संचालन तथा प्रचारप्रसार विभाग

अनुसुचि २

१. चुलापुजा र साकेला उधौली- किरात धर्म संरक्षण तथा संस्कार विभाग

क. चुलापुजा आवश्यक सामाग्रीहरु

  1. एउटा जिउँदो भाले र एक अण्डा।
  2. केराको पात, कासको थाल, चामल, कलश, दियोबत्ति, लाईटर।
  3. एक चिण्डो रक्सि वा (कोदो र मर्चा मिसाएको पानि), अदुवा, धुप।
  4. धनुकाँड, भाला, लौरो, खुकुरी, हसियाँ, खुर्पा आदि।
  5. कठुवा, माना, पाथि, नाङलो, डालो, थुम्से आदि।
  6. धान, कोदो, मकै, कागुनी आदि।
  7. बल्याम्खा (कुबि बस्ने कुर्सी)

ख. चुलापुजा थान थपना

चुलापुजाथान थपना बनाउदा दुइपत्र केराको पात ओछ्याएर अलिकति चामल राखि त्यसमाथि दियो बाल्नु पर्दछ । चामलको दायाँबायाँ कलश राख्नु पर्दछ । एक दुई वटा हतियार पनि त्याहानिर ठडाएर राख्नु पर्दछ । थान थपनाको तलतिर कूबी बस्ने बाल्याम्खँ राखिदिनु पर्दछ । थान थपना बनि सके पछि कूबी बाल्याम्खँमा बसि चूला पुर्कादछ । कूबीको दायाँबायाँ दुवैतिर जानिफकार बुढापाकाहरु, तूम्साबू, कङकदे, शिलीमोपा, शिलीमोमा, ढोले, मसूमे, शिलीकारहरु बस्नु पर्दछ । ढोलेहरुले ढोल र मसूमेहरुले झ्याम्टा बजाउँदछन । कूबी र जानिफकार ब्याक्तिले जाँड भएको चिन्डो प्रयोग गर्दछन । तूम्साबूले चाहिँ रक्सि भएको चिन्डो प्रयोग गर्दछन । सबै जना तयारी भएर आ–आफ्नो स्थानमा बसिसकेपछि कुखुराको भालेको खुट्टा र टाउको चोख्याई (धोएर) कूबीलाई दिनु पर्दछ । कूबीले एक हातमा भाले र अर्को हातमा चिन्डो समातेर चुलापुजा मून्धूम बाचन गर्दछन।

ग. चुलापुजा मुन्धुम

काम चलाउनको लागि मुन्धुम साम्पाङ भाषमा लेखिएको छ। अन्य भाषामा खोज, अनुसन्धान गरि लेख्दै लगिने छ।

हमो….. बूक्छामीहँचेऊ, नागा ह्यालापा छोरुमी कँसूमीहँचेऊ, छीदाम्पूरी धीदाम्पूहँचेऊ, कँङा कूबीमहपा, सीलीमहँपा, चारीमहँपा मूक्तीमहँपा, दूखीसूँपा मान्ङीसूपा, बबँसूपा सूयापमो। सेममान्दुङ् स्याचीमान्दूङ् कङा बूक्छामी आम्नु चाचायोछा, छीलाम् धीलाम् सेम स्याची प्यावँखँनूम्वो।
हमो….. साखेल्खूना सूबीखूना साप्ताला बूकूमा वलीखापी अँ बीछूरी बाछूरीलो, सूनाठोला सुनाहरलो, साम्लालोतो मसूमे मेदुमेलो, तायामी ताङ्खीमीलो कङ्कदे, केरेरेलो, अँ रुमीपमीलो, वतूपलावा वरीलावा लावाभ्याम्तो, कूबीलावा, तायालावा, लावाभ्याम्तो, चासूम्साया, बूलूसाया सायाभ्याम्तो, सखेल्खू सूबीखूहँचेउ, छूङ्छानी पतानूम्वो । वलँनी कतँनी अतनी के।

कूबीले यति मून्धूम बाचन गरि सकेपछि भालेको शिरमा अक्षता र अदुवा चढाएर चिन्डोको जाँडले खन्याई एक पटक पर्छाउँछन । कुखुराले पर्छिएपछि चूलामा पनि चिन्डोको जाँडले खन्याउँछन। यतिवेला नै अन्य जानिफकार ब्यक्ति र कङकदेहरुले पनि चिन्डोको रक्सिले चूलामा खन्याउँदछन।

हमो….. बूक्छामीहँचेऊ, नागा ह्यालापा छोरुमी कँसूमीहँचेऊ। साप्सामी, दीबूमी, कूबीमी, लसमी तायामीहँचेऊ, चासूम् पेकानूम्, बूलू पेकानूम्, रुँरी पेकानूम्, साखा पेकानूम्, सखेल्खू सूबीखूमी मून्छूङ् पेकानुम्वो। छीलाम धीलाम पेकानूम् न सँरीवापा धीरीवापा, सलवाधी वलवधीवा यँ लोमा लोकीहनीकपी छूङ्छानी खाङानुम्वो।

अघिजस्तै गरेर भालेलाई पर्छाई सबैजनाले चिन्डोको जाँडरक्सिले चूलामा खन्याउँदछन।

हमो….. बूक्छामीहँचेऊ, नागा ह्यालापा छोरुमी कँसूमीहँचेऊ, चासूमी,बूलूमीहँचेऊ, कूबीमी तायामीहँचेऊ छीलाम् धीलाम् लीतानूम्, साखेवा सूवीवामी मून्छूङ् पेकानूम् । सँरीवापालो सलवाधी अलवाधी, खामवा खाप्चीवा, सूबीदाम, चासूम, बूलूवासँ लोकीहनी, छँरीसा वादाम्सालो, हूपेर् वासा, लँपेर् वासा, ङाछीलीसा, धीलूङ्सालो धीरीवापा सँरीवापालो लोकीहनीके सेममून्छूङ् लेमाछी । साखेवा फल्सी खातेकाकपी साखेवा पेकानूम, सूबीवा पेकानूम्, चासूमरुँरी पेकानूम, बूलूरुँरी पेकानूम, कूबीरुँरी, तायारुँरी पेकानूम्, खचूचूप्पा नारीता मूचीलो नागीलूङ् नारीथापी लोकीहँनीके।

अघिजस्तै गरेर भालेलाई पर्छाई सबैजनाले चिन्डोको जाँडरक्सिले चूलामा खन्याउँदछन। त्यसपछि अध्यक्षले भाले काटि तिन चूलामा चढाउनु पर्दछ। यतिबेला कूबी र मसूमेहरुले रीसीया गाउदै, सिली टिप्दै नाच्नु पर्दछ। त्याहाँ बस्नेहरुपनि उनीहरुसंगै नाच्नु पर्दछ।

घ. रीसीया

शिली नाच्दै गर्दा कूबीमीले निम्न रिसिया गाउनु पर्दछ।

चासूम्खूरुलो, बूलूखूरुलो दोलोकूम्मा दो
रुबीखूरुलो, सीखीखूरुलो दोलोकूम्मा दो
साप्साखूरुलो, दीबूखूरुलो दोलोकूम्मा दो
चासूमरुँरी, बूलूरुँरी, सीखीरुँरी पतूम्सूम्नेवो दोलोकूम्मा दो
नचुरी नहँरीसँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
थनँवा रुबूसूङ्सँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
सीकूमरी माकूमरीसँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
दङखनी दलँनीसँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
बूक्छामीचेऊ, रीयाहँचेऊ दोलोकूम्मा दो
साखेल्खू सूबीखूपी हँसँहँलँ लायेसेनेवो दोलोकूम्मा दो
कूबीमहपा, सीलीमहपा, मूक्तिमहपा, दोलोकूम्मा दो
मन्ङीसूँपा, मन्दैसूँपा, बबँसूपा सूयामापो दोलोकूम्मा दो
छीलाम्ङतो धीलाम्ङतो लायेसेमो दोलोकूम्मा दो ।

ङ. चुलापुजा समापन

सबैजनाले नाच्दै चूलालाई तिन पटक परिक्रमा गर्नु पर्दछ। यसरी सिली नाचिसकेपछि थानथपनामा राखिएको सामाग्रीहरु सबै देवदेवताको नाममा सार्नु पर्दछ। भालेको खुट्टा, पखेटा र कलेजो पोलेर सार्नु पर्दछ । मासु सार्दा सूवाँभारमा र चूलालाई चहिँ सफा पातमा सार्नु पर्दछ। अन्य घरपरिवारको देवदेवतालाई चाहिँ उनीहरुको आ–आफ्नो नाम्मा मन्साई दिनु पर्दछ।

च. साकेला उधौलीआवश्यक सामाग्रीहरु

  1. थान थपनाको लागि सेउली, केराको पात र फुलपातीहरु।
  2. पौराणिक हात हतियारहरु, धनुकाँड, भाला, खुकुरी, हसियाँ, खुर्पा आदि।
  3. थुम्से, डालो, नाङलो, माना, पाथि, बासको ढुङग्रो, भाँडा कुँडाहरु।
  4. कासको थाल, चामल, चोखो अदुवा, धुप, दियो बत्ति, लाईटर, कलश।
  5. अन्नहरु धान, कोदो, कागुनी आदि।
  6. रक्सि भरेको चिण्डो (रक्सि पाएन भने कोदो र मर्चा मिसाएको)।
  7. जिउँदो भाले र पोथि (हङकङ सरकारले बन्देज गरेकोले किराया हङकङले पनि साकेलापुजामा बन्देज गरेकोछ।)

छ. साकेला उधौली थान थपना

किरात राईहरु प्रकृती र पित्री पुजक हुन । साकेलापुजामा साकेला थान गई प्रकृति र पित्रीहरुको पुजा गरिन्छ । स्थाई साकेला थान नभए अस्थाई साकेला थान थपना गर्न पर्दछ । अस्थाई साकेला थान थपना गर्न एउटा सेउली ठडाउनु पर्दछ । सेउलीको वरिपरि धनुकाँड, भाला, लौरो, हात हतियार, फुलपाति किरात राईहरुले चलाएको सरसामाग्री, अन्नपानिहरु राख्न पर्दछ ।

ज. मुन्धुम

यो मुन्धुम कुबिमिले साकेला थानमा पुजा गर्दा बखान्ने गर्दछ । काम चलाउनको लागि मुन्धुम साम्पाङ भाषमा लेखिएको छ । अन्य भाषामा खोज, अनुसन्धान गरि लेख्दै लगिने छ ।

हमो… बूक्छामी रियाहँचेउ नागा ह्यालापा साप्सामी रीयाहँचेउ तायामी, ताङखीमी, रीयाहँचेउ कूबीमी, दीबूमी रीयाहँचेउ साखेल्खू सूबीखू फल्सी खातेकालो, छीलाम धीलामसँ पेकानुम ।

चासूम, बूलूलो रुँरी ङसी खातेकालो झाराकमी मून्छँ खँमेकानुम । न खामवखाप्चीवा लँ लीसीहँनीकपी । छूछूलूङ ततूलूङ मानूम्न ।

साखेवाहँपाचीलो चासूम बूलूम ङाकूम्काकपी रुँरी साखा पतानूम्वो नीनाम्बूङ माखाबूङसँ छाम छासूचीनेवो बूक्छामी रीयाहँचेउ ।

कङा आम्नु चाचायोछा कूबीदूङ मान्ङीसूँपा बबँसूपा सूयापामो अँ साकाम्छीना दोदूम्छीलो कँरँछी, चारीछीलो रम्पूवालो अँ मसूमे मेदूमेलो, कङकदे केरेरेलो चूप्सँनी बँतँनीचीलो नूवामी सानूमीलो, चासूमी बूलूमीलो सीखीमी, तायामी ताङखीमीलो नाम्म सेला खीयतोसँ आतामाङा सायासाम्दूङ लायानी, रम्पूवा लायीनीके नागा ह्यालापा साप्सामी रीयाहँचेउ ।

२. शिली प्रर्दशनी तथा कलाकार तयारी – शिली संकलन तथा संस्कृति विभाग

क. शिलि प्रदर्शनी प्रदर्शनी गर्ने तरिका

  1. एकजनालाई थुन्सेमा  धान, कोदो, फुलपाति, केराको पात, खुर्पाहरु, धुपबत्ति राखी कपडाले ढाकेर बोक्न लगाउनु पर्दछ ।
  2. थानमा जादा सवैभन्दा अगाडी कुबिमि, अनि थुम्से बोक्ने, त्यसपछि शिलिमोपा, शिलिमोमा र सिलिकारहरु (बिच बिचमा झ्याम्टे, ढोलेहरु हिडनु पर्दछ) ।
  3. साकेला थानमा आएपछि थुन्से राखी कुबीमिले धुप बत्ति बालि मुन्धुम बाचन गर्दै पुजा आरधना गर्दछ ।
  4. यसबिचमा शिलीमोपा, शिलिमोमा, शिलिकारहरु पुजा आरधनाका सिलिहरु नाच्दछ ।
  5. कुबीमिले पुजा गरिसके पश्चात सवै जनालाई सिली नाच्न थान खुल्ला गरिने छ ।
  6. यसपछि शिलिमोपा, शिलिमोमाले कुन सिलि नाचिन्दैछ, सिलि परिवर्तन गर्ने, बताउदै सिकाउदै जानु पर्दछ ।
  7. सिलिकारहरुले नाच्न नजान्नेहरुको बिच/बिचमा गई सिलि नाच्न सिकाउदै लानु पर्दछ ।
  8. अन्त्यमा सेउली उखेली शिलि समापन गरिनेछ ।

ख. कलाकार तयारी:

निम्न १५ जनाको समुहमा कलाकार तयारी गरिने छ । कलाकार समुहको नामावली वेभसाईडमा प्रकशन गरि अभिलेखिकरण गरिने छ । कलाकारहरुलाई कार्यक्रममा निशुल्क खानपानको ब्यावस्था गरिने छ । कलाकारहरुको नामावली हङकङ प्रहरि प्रशानसनमा बुझाउन कार्यक्रम अगावै बुझाउनुपर्नेछ ।

  1. शिलीमोपा : _______________
  2. शिलिमोमा : ________________
  3. ढोले : ____________________
  4. ढोले : _____________________
  5. ढोले : _____________________
  6. झ्याम्टे : ________________
  7. झ्याम्टे : ________________
  8. शिलीकार : ________________
  9. शिलीकार : ________________
  10. शिलीकार : ___________________
  11. शिलीकार : __________________
  12. शिलीकार : __________________
  13. शिलीकार : _____________________
  14. शिलीकार : _____________________
  15. शिलीकार : ___________________

ग. आवश्यक बाजागाजाहरुः 

निम्न गाजाबाजा, भेसभुषा, गरहगहनाहरुको तयारी गर्नुपर्दछ ।

  • शिलिमी, पोमी – १/१ वटा (शिलीमोपा लाई)
  • ढोल – ३ वटा (३ जना ढोलेहरुलाई)
  • झ्याम्ट – ३ वटा (शिलीमोमा र २ जना झ्याम्टेहरुलाई)
  • भेसभुषा, गरहगहना – (सबै कलाकारहरुलाई)

३. सुप्तुलुङखिम सहयोग संकलन- सुप्तुलुङखिम मर्मत तथा निर्माण विभाग

सुप्तुलुङखिम मर्मत तथा निर्माण गर्न किराया हङकङले आयोजना गरेको हरेक कार्यक्रममा एक “सुप्तुलुङखिम मर्मत तथा निर्माण सहयोग संकलन डेस्क” राखिने छ । यस डेस्कबाट सुप्तुलुङ खिमको निर्माण योजनाहरु बितरण गर्दै सहयोग संकलन गर्न दाताहरुलाई अभिप्रेरित गरिने छ ।

  1. सहयोगदाताहरुको नामावली
  2. निर्माण योजना ब्राउजर,
  3. बोलकबोल फारम,
  4. सहयोग रसिद

४. सरसजावट तथा बन्देजहरु – मौलिक संकलन तथा सरसजावट विभाग

क. सरसजावट

कार्यक्रम स्थललाई आकर्षक ढंगले किराती संस्कृती अनुसार सरसजावट गर्न पर्दछ । कार्यक्रममा आवश्यक पर्ने साउण्ड सिस्टम, लाईटनिङ, उद्घाटन गित, गितिक्यासेटहरु तयार पार्न पर्दछ ।

ख. बन्देजहरु

हङकङ गोर्भन्मेन्टले कार्यक्रम स्थल सरसजावट गर्दा निम्न कुराहरु बन्देज गरेको हुनाले सो अनुसार सरसजावट गर्न पर्दछ ।

  1. कार्यक्रम स्थलमा बनाएको बस्ने टहरामा ब्यानर झुण्डाउन पाईन्दैन ।
  2. कार्यक्रम स्थलमा भुँई खनि कुनै पनि चिज गाड्न पाईन्दैन ।
  3. कार्यक्रम स्थलमा रहेको रुखको हाँगामा डोरि, तार बाँध्न पाईन्दैन ।

५. पोस्टर, ब्यानर, ब्याज, टिकेट, कुपन छपाई, न्युज/रिपोर्टिङ – युवा खेलकुद, संगीत,सहित्य, प्रकाशन विभाग

कार्यक्रमलाई आवश्यक पर्ने छपाई, सम्बन्धि कार्यहरु पोस्टर, ब्यानर, टिकेट, ब्याज, परिचयपत्र, प्रमाणपत्र छपाउनु पर्नेछ । कार्यक्रमको न्युज/रिपोर्टिङ, कार्यक्रमको फोटोग्राफि, भिडियोग्राफि तयार पारि अभिलेखिकरण गर्नु पर्नेछ ।

६. बोलपत्र, टिकट थान, दर, कुपन र बिबिक्यु खरिद – सम्पती तथा कोष–अभिवृद्धि विभाग

कार्यक्रममा बिभिन्न वस्तु तथा खानपानहरु खरिद गरि बिक्री गरिने छ । कार्यक्रममा जनसहभागिता बढाउन विभिन्न अग्रिम रुपमा टिकेट बिक्री गरिने छ । कार्यक्रम स्थलमा कुनैपनि वस्तुहरु नगदमा बेचबिखन गर्न नपाईने भएकोले स्थलगत बिक्री नगदमा नबेचि कुपन द्वारा बेचिने छ ।

क. बोलपत्रः

विविक्यु तथा ड्रिङ्कसहरु खरिद गर्दा के कति दर रेटमा उपलब्ध हुन सक्तछ, निम्न शर्तसहित बोलपत्र खरिद अव्हान गरिनेछ ।

  1. सप्लार्यसले तोकिएको मिति, समय र स्थाानमा सामाग्री डेलीभेरी गर्नुपर्नेछ ।
  2. थफ सामाग्रीहरु आवश्यक भएमा सो समेत डेलीभेरी गर्नु पर्नेछ ।
  3. अन्त्यमा बिक्री नभएको पेयपदार्थहरु (खाद्दय पदार्थ बाहेक) फिर्ता लिनुपर्नेछ ।
  4. डेलिभेरि चार्ज के कति लाग्ने हो स्पष्ट उल्लेख भएको हुनु पर्ने छ ।
  5. प्राप्त बोलपत्र हेरी कार्यसमितिको बैठकले स्विकृति प्रदान गर्नेछ ।

ख. टिकट, कुपन तथा बिक्री दरः

बिबिक्यु टिकट – १००० थान
टिकट दर – १५०
खरिद कुपन – १००० थान

ग. तयार गर्नुपर्ने सामाग्रीहरु :

टिकट, कुपन, कुपन राख्ने भाँडा, ओपनर, प्लाष्टिक ब्याग, खुद्रा पैसा, कलम, क्याल्कुलेटर, टेबल, चियर ।

७. खानपान, विविक्यु तयारी तथा बिक्रीदर – सुम्निमा खानपान तथा भान्सा विभाग

शसुल्क मौलीक खानपान तथा बिबिक्यु तयार गरिने छ । खानपान तयारीको लागि कजेरिहरु नियुक्त गरिने छ । खानपान बनाउदा बिबिक्यु स्पटमा आगो बाल्न पाईन्दैन । कोईला मात्र बाल्न पाईने छ।

क. मौलिक खानपान बिक्री दरः

खाना (१ प्लेट) : (भात, भुटुवा, भुटेको चना, अचार) __ $65
भुटेको चना __ $35
आलुदम __ $35
भुटुवा __ $65
सलाद __ $45
खिर __ $40
सेलरोटी __ $12

ख. बिबिक्यु  बिक्री दरः

बिबिक्यु (जम्बो प्याकेज) :
(चिकनविङ 3, पर्कचप 3, पर्कबेलि 3, फिसबलबल 3, लामोससेज 3, टमाटरकोअचार 3)
__ $150
बिबिक्यु उपकरणहरू :
कोईला, स्टार्टर, लाईटर, २४”जाली, १२”चिम्टा, ग्लोब
__ निशुल्क
खानपान उपकरणहरु :
प्लेट,  ग्लास, चम्चा,  काँटा,  नेप्किन, प्लास्टिक ब्याग, गार्वेज ब्याग
__ निशुल्क

ग. ड्रिङकस बिक्री दरः

सफ्ट ड्रिङकस : लेमनटि, जुस, कोक, फेन्टा, स्प्राइट,पानी, चिया, आईस __ $10
बियर : सेन्मीगर्ल, ब्लुगर्ल, काल्र्सबर्ग, हेनीकेन __ $10
वाइट हर्स (क्वार्टर) __ $60
वाईन (Yellow Tail) __ $100
रेडलेबल (१ लिटर) __ $200
चिभास, ब्ल्याक लेबल (७५० एमएल) __ $350

घ. नियुक्ति

भान्सेहरुः ________________________

८. खानपान तथा बिबिक्यु बितरण – सिक्रिमा बितरण तथा सेवा सत्कार विभाग

क. वितरण

खानपान तथा बिबिक्युहरु कुपन द्वारा वितरण गरिने छ । वितरणको लागि प्रमुख बितरक र सहायक वितरकहरु नियुक्ति गरिने छ । बिबिक्यु तथा खानपान बितरणमा छिट्टो छरितो कुशल ढंगले वितरण गर्न निम्न बिधि अप्नाईने छ ।

  1. सहायक वितरकहरुले कुपन हेरि ग्राहकलाई सामाग्रीहरु दिन पर्नेछ।
  2. एउटा कुपनको सबै सामान एउटै बितरकले दिनु पर्नेछ । दुई जनाले दिन हुँदैन ।
  3. बितरकले समान दिई सकेपछि कुपन च्याति कुपन राख्ने भाँडामा राख्नु पर्दछ ।
  4. अन्त्यमा कुपन अनुसार समान गए नगएको कोषाध्यक्षले मिलान गर्नेछ ।
  5. प्रमुख बितरकले ठिक सामान ठिक ठाउमा रहे नरहेको हेर्दै, आवश्यक सामानको माग गर्नुपर्ने छ ।
  6. प्रमुख बितरकले सहायक बितरकहरुले सहि सामान बितरण गरे नगरेको हेर्नु पर्दछ ।
  7. बिक्रीको समान सकिएमा तुरुन्त कोषाध्यक्षलाई खबर गरि कुपन काट्न रोक्न पर्दछ ।
  8. कार्यक्रम हुन अगावै बितरकहरुलाई बिबिक्यु बितरण गर्ने तरिका प्रशिक्षण गराउनु पर्ने छ ।

ख. नियुक्ति

  1. प्रमुख वितरकः ________________________
  2. सहायक वितरकहरुः ____________________

९. अतिथि स्वगत – बाल, महिला, प्रौढ तथा अतिथि विभाग

क. स्वगत

गेटमा सहभागीहरुलाई स्वगत गर्न किरात पोशाकमा सजिएकि छोरीचेलीहरु तयार गरिने छ । कार्यक्रमको लागि फेटा, गम्छा, मायाको चिनो, फुलहरु तयार पारिने छ । औपचारिक कार्यक्रममा अतिथिहरुलाई ब्याज लगाई दिन पर्दछ ।

  1. गेटमा छोरीचेलीहरुलाई स्वगतको लागि राख्ने ।
  2. अतिथिहरुलाई मंचमा ब्याज लगाई दिने ।
  3. औपचारिक कार्यक्रम सकिए पछि अतिथिलाई खानपान गराउने ।
  4. किराया हङकङको ब्राउजर, योजना तथा स्मारिका बितरण गर्ने ।

ख. नियुक्तिः

  1. स्वंयम सेविकाहरुः __________________

१०. सुरक्षा, उपचार, नियन्त्रण, मास कन्ट्रोल – आपतकालिन सहयोग तथा सुरक्षा विभाग

कार्यक्रममा सुरक्षा सेवा उपलब्ध गर्न, आकस्मिक दुर्घटनाबाट जोगाउन, प्राथमिक उपचार गर्न,  तथा हुलहुज्जत, झैंझगडालाई नियन्त्रण  गर्न यस विभाग जिम्मेवार रहने छ ।

  1. विना स्वीकृती कुनैपनि वस्तुहरु बेचबिखन गर्ने,  सहयोग रसिद बाँडने, वा कुनै पनि वस्तुहरु प्रचारप्रसार गर्ने कार्यलाई बन्देज गर्नु पर्ने छ ।
  2. कार्यक्रममा अत्याधिक मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, सर्वजानीक सम्पत्ति तोडफोड गर्नेलाई रोक्न आकस्मिक प्रहरि सेवा संचालन गर्नु पर्ने छ ।
  3. बिबिक्युको फोहोर मैलालाई छेउमा रहेको गार्वेज ब्यागमा लगाउनु लाउनु पर्ने छ । भुँईतिर फालेको भेटेमा सम्झाई बुझाई  गार्वेज ब्यागमा लगाउनु सिकाउनु पर्ने छ ।
  4. कार्यक्रम बिहान १० बजे देखि बेलुकि ६ बजे सम्म गराउनु पर्ने छ । ६ बजे ढोल, झ्याम्टा तथा साउण्ड सिस्टम बन्द गर्नु पर्ने जानकारी गराई रहनु पर्नेछ ।
  5. आवश्यक सामाग्रीहरु : प्राथमिक उपचारका सामाग्रीहरु, मास कन्ट्रोल गर्ने क्युबार, डोरीहरु तयार पार्नुपर्ने छ ।

११. यातायात संचालन – यातायात तथा ब्यावसाय, रोजगार विभाग

क. बस सेवा

बेलुकि फर्कन्दा ताईमोशन–चुनवान एमटिआर सम्म सशुल्क बस सेवा उपलब्ध गरिने छ । बस टिकेट काउन्टरबाट लिनपर्ने छ । टिकट दर १० डलर लाग्ने छ । बस छुट्ने समय निम्न तरिकाले रहने छ ।

  • ७०० बजे
  • ७३० बजे
  • ८०० बजे

ख. नियुक्ति

  1. स्वंयम सेवकहरुः ____________________

१२. ढुवानी, ओसारपसार, भण्डार ब्यवस्थापन – पारुहाङ ढुवानी तथा ओसारपसार विभाग

कार्यक्रममा सामाग्रीहरु ढुवानी गर्न, ओसार पसार गर्न, भण्डारगर्न, तथा विशिष्ट ब्यक्तिहरुलाई ल्याउन, लान सेवा उपलब्ध गरिने छ ।

  1. कार्यक्रममा आवश्यक पर्ने बस्तुहरुको ढुवानी गर्नु ।
  2. आवश्यक बस्तुहरुलाई ठिक ठाँउमा राखि दिनु ।
  3. कार्यक्रममा पश्चात बस्तुहरु थन्क्याउने कार्य गर्नु ।
  4. सामाग्रीहरु सुप्तुलुङखिममा सुरक्षित भण्डार गर्नु ।
  5. संकलित फोहर मैलालाई संकलन केन्द्रमा पुराई दिनु।
  6. स्वंयसेवकहरुलाई सुरक्षित भारी उठाउने तालिम दिनु ।
  7. कार्यक्रममा भिआईपिहरुलाई लान ल्यउन बन्दोबस्त गर्नु।

१३. सरसफाई तथा फोहरमैला ब्यावस्थापन – सरसफाई तथा फोहरमैला संकलन विभाग

हङकङ सरकार, फुड एण्ड हाईजिन डिर्पाटमेन्टले सर्वजानिक पार्कमा निम्न सरसफाई नियम लागु गरेको छ ।

  1. हरेक बिबिक्यु स्पटमा १/१ वटा गार्वेज ब्याग राखिदिनु पर्ने छ ।
  2. फोहरमैलालाई गार्वेज ब्यागमा लगाईदिन अनुरोध गर्नु पर्ने छ ।
  3. समय समयमा फोहरमैला सम्बन्धि एनाउन्स गर्नु पर्ने छ ।
  4. गार्वेज ब्याग भरिएमा नया गार्वेज ब्याग सट्टा गरिदिनु पर्ने छ ।
  5. गार्वेज ब्यागलाई फोहरमैला संकलन केन्द्रमा डेलिभेरि गरिदिनु पर्ने छ ।
  6. कार्यक्रम सकि सकेफछि सरसफाई गरेको स्थलको फोटो खिचि फुड एण्ड हाईजिन डिर्पाटमेन्टमा पठाउनु पर्ने छ ।

१४. कुर्सि, टेबल, टेन्ट, ब्यावस्थापन तथा अनुगमन  – संगठन बिस्तार तथा समन्वय विभाग

क. कुर्सि, टेबल, टेन्ट ब्यावस्थापन

  • कुर्सि – ३६ वटा
  • टेबल – ६ वटा
  • टेन्ट – ३ वटा

ख. अनुगमन

  1. ३ः०० बजे – अनुगमन
  2. ५ः०० बजे – अनुगमन
  3. ७ः०० बजे – अनुगमन
  4. ९ः०० बजे – अनुगमन

१५. कार्यक्रम, कार्यक्रम तालिका – कार्यलय संचालन तथा प्रचारप्रसार विभाग

क. कार्यक्रम

चुलापुजा
साकेला 
मिति :
समय : बेलुकि ६ बजे
स्थान : सुप्तुलुङखिम
मिति :
समय : १० बजे देखी ६ बजे सम्म
स्थान : ताईमोशान कन्ट्रि पार्क

ख. चुलापुजा कार्यक्रम तालिका

६:०० बजे – भेला
७:०० बजे – चुलापुजा
८:०० बजे – विदाई

ग. साकेला कार्यक्रम तालिका

१०:०० बजे – सरसजावट
१२:०० बजे – औपचारिक कार्यक्रम
१:०० बजे – साकेला शिली सुरु
६:०० बजे – सेउली उखेल्ने (बन्द)
७:०० बजे – बस छुट्ने
९:०० बजे – सरसफाई (अनुगमन)

घ. साकेला कार्यक्रममा सुचना

साकेला कार्यक्रममा निम्न सुचनाहरु हरेक ३० मिनेटमा एनाउन्स गरि रहनु पर्नेछ ।

  1. बिबिक्युको फोहोर मैलालाई छेउमा रहेको गार्वेज ब्यागमा लगाई दिन हुन अनुरोध ।
  2. कार्यक्रम स्थलमा कुनैपनि वस्तुहरु बेचबिखन गर्न,  सहयोग रसिद बाँडन, वा कुनै पनि वस्तुहरु प्रचारप्रसार नगरि दिनहुन अनुरोध ।
  3. कार्यक्रममा अत्याधिक मादक पदार्थ सेवन नगरि दिनहुन तथा सर्वजानीक सम्पत्ति तोडफोड नगरि दिनहुन हार्दिक अनुरोध ।
  4. कार्यक्रम बेलुकि ६ बजे सम्म हुने । ६ बजे ढोल, झ्याम्टा, साउण्ड सिस्टम र स्टल बन्द हुने अनुरोध ।
  5. बस छुट्ने  समय तथा बस टिकेट काउण्टरबाट लिई दिनहुन अनुरोध ।

घ. संक्षिप्त कार्य बाँडफाँड

क्र. विभाग कार्य बाँडफाँड
1 संगठन बिस्तार तथा समन्वय विभाग समन्वय, अनुगमन, साउण्ड, लाईटिङ, वाटर, टेबल, कुर्सि, टेन्ट ब्यावस्थापन
2 सुप्तुलुङखिम मर्मत तथा निर्माण विभाग सुप्तुलुङखिम निर्माण, मर्मत, सम्भार सहयोग संकलन
3 युवा खेलकुद, संगीत, सहित्य, प्रकाशन विभाग पोस्टर, ब्यानर, ब्याज, छपाई, फोटो/ भिडियो, न्युजरिपोर्टिङ
4 कार्यलय संचालन तथा प्रचारप्रसार विभाग सुचना, पत्रचार, निमन्त्रणा, प्रचार प्रसार
5 मौलिक संकलन तथा सरसजावट विभाग उद्घाटन गित, गितिक्यासेट, उपस्थिति खाता, सरसजावट
6 सम्पति तथा कोष–अभिवृद्धि विभाग खरिद/बिक्री, आर्थिक संकलन, कोष ब्यावस्थापन
7 सुम्निमा खानपान तथा भान्सा विभाग खानपान तयारी, भान्से ब्यावस्थापन, किचन सरसफाई
8 सिक्रिमा बितरण तथा सेवासत्कार विभाग खानपान सजावट, खानपान बितरण, वेर्टस ब्यावस्थापन
9 बाल, महिला, प्रौढ तथा अतिथि विभाग फेटा, गम्छा, खादा ब्यावस्थापन, रिशेप्सन, अतिथि स्वगत
10 किरात धर्म संरक्षण तथा संस्कार विभाग थान थपना, पुजा पार्थना, उद्घाटन सामाग्री ब्यावस्थापन
11 शिली संकलन तथा संस्कृति विभाग भेसभुषा, गरहगहना, कलाकार ब्यावस्थापन
12 सरसफाई तथा फोहरमैला संकलन विभाग कार्यक्रम स्थल सरसफाई, फोहरमैला ब्यावस्थापन
13 पारुहाङ ढुवानी तथा ओसारपसार विभाग सरसामाग्री ढुवानी, भण्डार, भिआईपी ओसार पसार
14 यातायात, ब्यावसाय तथा रोजगार विभाग यातायात सेवा ब्यावस्थापन, ब्यावसाय तथा रोजगार जानकारी
15 आपतकालिन सहयोग तथा सुरक्षा विभाग सहयोग, सुरक्षा, प्राथमिक उपचार, नियन्त्रण ब्यावस्थापन

अनुसुचि ३
कार्यक्रमको रुपरेखा

कार्यक्रमको रुपरेखा

  1. अध्यक्ष आशन ग्रहण : ब्याज वा फुल बितरण (बाल, महिला, प्रौढ तथा अतिथि विभाग)
  2. प्रमुख अतिथि :किराया नेपाल वा आदिबासी जनजाति महासंघ हङकङ
  3. विशिष्ट अतिथि संस्थाहरु :
    1. किरात याक्थुम चुम्लुङ हङकङ
    2. किरात सुनुवार सेवा समाज हङकङ
    3. किरात याक्खा छुम्मा हङकङ
  4. विशिष्ट ब्याक्तिहरु :
    1. कुलपति
    2. प्रमुख संरक्षक
    3. प्रमुख सल्लाहकार
    4. प्रमुख कुबिमि
  5. बिशेष अतिथि संस्थाहरु:
    1. नेपाली महासंघ हङकङ
    2. गैर आवासिय नेपाली संघ हङकङ
    3. नेपाल च्याम्बर अफ कर्मश हङकङ
    4. बृटिश गोर्खा भुपु सैनिक संघ
  6. बिशेष ब्याक्तिहरु :
    1. संरक्षकहरु
    2. सल्लाहकारहरु
    3. कूबीमीहरु
    4. संयोजकहरु
    5. भाषिक संस्थाका अध्यक्षहरु
    6. किरात राई अध्यक्ष भएका क्षेत्रिय संघसंस्थाहरु ।
  7. अतिथि संस्थाहरु: आदिवासी जनजाती महासंघ हङकङका सदस्य संस्थाहरु
    1. तमु ट्योहुल हङकङ
    2. मगर समाज हङकङ
    3. तामाङ घेदुङ हङकङ
    4. शेर्पा समाज हङकङ
    5. नेवार समाज हङकङ
    6. थकाली समाज हङकङ
    7. दुरा समाज हङकङ
  8. स्वगत तथा कार्यक्रमबारे जानकारी : उपाध्यक्ष
  9. उद्घाटन : अध्यक्ष र प्रमुख अतिथिबाट पानसमा दियो बाल्ने
  10. उद्घाटन धुन बजाउने (१ मिनेटको)
  11. कूबीमीहरुलाई फेटा गुथाउने – बिभाग प्रमुखबाट
  12. शिलिमोपा र शिलिमोमालाई फेटा गुथाउने – बिभाग प्रमुखबाट
  13. सम्मान तथा कदरपत्र बितरण गर्ने भए : प्रमुख अतिथिबाट
  14. लोकार्पन गर्ने भए गरि लोकार्पन गर्नेको मन्तब्य
  15. शुभकामना तथा मन्तब्य :
    1. बिशेष अतिथिबाट – नेपाली महासंघ (सम्पुर्ण अतिथिहरुको तर्फबाट)
    2. बिशिष्ठ अतिथिबाट – किरात याक्थुङ चुम्लुङ (४ किरातबाट)
    3. प्रमुख अतिथिबाट –
  16. कार्यक्रम समापन – अध्यक्षबाट
  17. साकेला नाच शुरु गर्न लगाउने । (साकेला प्रर्थना बाचन गर्ने)
  18. कूबीले पूजागरि निक्ले पश्चात सबैलाई नाच्न अव्हान गर्ने
  19. अन्त्यमा अतिथि खानपान बितरण :

डाउनलोड :

कार्यक्रम रुपरेखा एमएसवर्ड पिडिएफ

साकेला उभौलीका केही झलकहरु :

13266035_1323837387646290_7140485448909307089_n