दिवुमी वा सुरुमी

किरात राईहरु शिकारी अवस्थाबाट विकसित हुँदै आएकाले दिवुमी वा सुरुमी शिकारीको पूजा गर्दछन। घरमा गरिने दिवुमी वा सुरुमी शिकारी पूजामा एकपाथी कोदो राखेर पुजा गरिन्छ। यदि कोही शिकारी भएमा निजले शिकार मारेर ल्याएपछि चुलालाई देखाउनु पर्दछ। शिकारको हड्डी दिवुमी वा सुरुमीको नाममा भारमा राखिन्छ र वर्षदिनमा कति जम्मा हुन्छ त्यसलाई बाटोमा लगेर डढाउने गरिन्छ।

चूलापुजा