उधौली चुलापुजा

मङ्सिरे पुर्णे देखि लगाएको बालीनाली पाकेर थन्कयाउन थालेपछि पहिला पितापुर्खाहरुलाई चढाएर अन्नको सह माग्दै, रुपैया पैसाका सह माग्दै, सबै जिवजन्तु, बोटबिरूवा, खोलानाला, हिमाल पहाड, बन जंगल, आकाश पाताल, जुन घाम, तारा सबै नै सन्तुलित रहि रहोस भनि किरात राईहरुको आदिम पितृदेव पारुहाङ सुम्निमा तथा तोयामा खियामा हेच्चाकुप्पा नागेलुम तथा प्रकृतिको संझना गर्दै तिन चूलाबाट बल माग्ने कार्य गरिन्छ।