विविध नियमावली (४)

विविध नियमावली (४)

९ डिसेम्वर २०१२ (अनुमोदन), २८ फेब्रुअरी २०२१ (संसोधन)

प्रस्तावनाः

किरात राई यायोक्खा हङकङले विभिन्न समयमा बैठक बसि अनुमोदन गरेका महत्वपुर्ण निति नियमहरुलाई नियमावलीमा राख्न यस विविध नियमावली (४) निर्माण गरिएकोछ। यसमा उल्लेख भएका निति नियमहरु साधारण सभामा अनुमोदन गरि विधानमा वा नियमावलीहरुमा सारिनेछ।

१. बिमोचन/लोकार्पण

२०१२ डिसेम्वर ९ बैठक – किरात राई यायोक्खा हङकङको सर्वजनिक कार्यक्रममा कुनै पनि पुस्तकहरुको बिमोचन वा लोकार्पण गर्ने भए ७ दिन अगावै किराया हङकङमा स्विकृतीको लागी आवेदन फारम भर्नु पर्नेछ र किराया हङकङले स्विकृत गरेको खण्डमा मात्र बिमोचन वा लोर्कापण गर्न दिईने छ।

२. बेच बिखन

२०१२ डिसेम्वर ९ बैठक – किरात राई यायोक्खा हङकङको सर्वजनिक कार्यक्रममा कुनै पनि बस्तुहरुको बेचबिखन गर्ने भए ७ दिन अगावै किराया हङकङमा स्विकृतीको लागी आवेदन फारम भर्नु पर्नेछ  र किराया हङकङले स्विकृत गरेको खण्डमा मात्र बेचबिखन गर्न दिईने छ ।

३. आर्थिक सहयोग

किरात राईहरुलाई आर्थिक सहयोग गर्ने सम्बन्धमा ४ मे २०१४ मा किराया हङकङको कार्यसमितिको बैठकले निम्न निर्णय परित गरि साधाराण सभा २०१५ मा अनुमोदन गराई किराया हङकङको निर्देशिका नियमावलीमा समावेश गरेको छ ।

  1. हङकङमा बसोबास गर्ने किरात राईहरुलाई सहयोग गर्न परे कार्य समितिको बैठले निर्णय गरि आर्थिक सहयोग प्रदान गर्ने छ ।
  2. नेपालमा बसोबास गर्ने किरात राईहरुलाई सहयोग गर्न परे किरात राई यायोक्खा नेपाल केन्द्रिय कार्य समितिको शिफारिस आएमा सहयोग प्रदान गरिने छ ।
  3. अन्य देशमा बसोबास गर्ने किरात राईहरुलाई सहयोग गर्न परे किरात राई यायोक्खा नेपालले मान्यता प्रदान गरेका बिदेश राष्ट्र केन्द्रिय समितिको शिफारिस आएमा सहयोग प्रदान गरिने छ ।
  4. नेपालमा तथा विदेशमा बस्नेहरुलाई सहयोग गर्नपरे सो देशको केन्द्रिय कार्य समिति मार्फत सहयोग पठाईने छ ।

४. सुप्तुलुङखिम निर्माण समुह – भाईवर संजाल

२८ फेब्रुअरी २०२१, मा बसेको किराया हङकङको बैठकले “सुप्तुलुङखिम” भाइवर समुहको नाम “सुप्तुलुङखिम निर्माण समुह” राख्ने निर्णय गरेको छ । यस संजालको एडमिन किराया हङकङको “सुप्तुलुङखिम निर्माण विभाग” लाई प्रदान गरको छ । यस समुहमा विस्वभर छरिएर रहेको सुप्तुलुङ मान्ने किरात राईहरुलाई तथा सुप्तुलुङ खरिद गर्न सहयोग गर्नुहुने सम्पुर्ण सहयोगदाताहरुलाई समेटिने छ । “सुप्तुलुङखिम निर्माण समुह” मा निम्न नियमहरु पारित गरि तत्काल लागुहुने निर्णय गरिएको छ ।

  1. यस संजालमा सुचना वा बिज्ञापन निकाल्न सुप्तुलुङ सम्बन्धि वा सुप्तुलुङ खिम सम्बन्धि सुचना हुनु पर्ने छ।
  2. असार्न्दभिक सुचना वा बिज्ञापनलाई सुप्तुलुङ निर्माण विभागले तुरुन्त मेटाई दिन सक्नेछ ।
  3. मेटाए पनि बाराम्बार असार्न्दभिक सुचना तथा बिज्ञापन निकाल्ने ब्यक्तिलाई सुप्तुलुङ निर्माण विभागले संजालबाट नै निकालि दिन सक्ने छ ।
  4. संजाल भित्र कस्लाई राख्ने, कस्लाई निकाल्ने सुप्तुलुङ निर्माण विभागको जिम्मेवारी रहने छ ।
  5. यस संजालमा विवाद आए किराया हङकङको निर्णय अन्तिम हुनेछ ।
  6. उपरोक्त नियमहरु तत्काल लागु हुनेछ ।

५. फेटा गुथाउने सम्बन्धमा

४ डिसेम्वर २०२२, मा बसेको किराया हङकङको बैठकले, किराया हङकङले कुनै पनि कार्यक्रममा सम्मान कार्य गर्दा अरुको (देश तथा बिदेशमा  गरिरहेको छोरा र छोरि दुबैलाई  एउटै फेटा गुथाउने) नक्कल नगरि किराया हङकङले आफ्नै तरिकाले परम्परा देखि गाउघरमै चलिआएको रित अनुसार पुरुषलाई फेटा र महिलालाई मजेत्रो (बरकि) ओडाई पुरुष र महिला छुट्टिने हिसाबले सम्मान गर्ने भनि निर्णय गरियो।

(समाप्त)