किरात राईहरुको बिबाह भए पछि पहिलो बर्ष उधौली लागे पछि (असोज महिनामा) छोराबुहारीले प्रथम चोटि ससुराली/मावली चिन्न ससुराली घर जानु पर्दछ । पहिलो बर्ष नसके पनि कुनै बर्ष जानै पर्दछ । यसलाई प्रथम उधौली हान्नु वा ससुराली/मावली चिन्ने रिती भनिन्छ ।
उदेश्यहरु :
- ससुरालीसंग पुन: चिनजानको लागि
- साइनो भुलिन्छ कि भनि पुर्न: सम्झनको लागी
- बिबाह पछिको ससुरालीसंग प्रथम भेटघाटको लागि
ससुराली भेला :
ससुराली/मावली चिन्ने रिती कहिले गर्ने र कसरी गर्ने सल्लाह भईसकेपछि उक्त दिन बेहुलीपट्टिको घरमा निम्न आफन्तहरु भेला भई बसेको हुन्छ ।
- बेहुलीपट्टिको मामामाईज्युहरु
- बेहुलीपट्टिको बढाबढीहरु
- बेहुलीपट्टिको काकाकाकीहरु
- बेहुलीपट्टिको दाजुभाईहरु
बेहुलाबेहुलीले बोक्नु पर्ने रिती :
- सुङगुरको टाउको तथा साप्राहरु
- रक्सी तथा पेयपदार्थहरु
(हाल यो रितीलाई कटाउदै लगिएको छ)
सगुन बितरण :
बेहुलाबेहुलीले ल्याएको रित बाबाआमाले स्विकारेपछि सगुनको रुपमा सबैले बाँडेर खान पर्दछ ।
ढोगभेट :
सगुन खाई सकेपछि क्रमश : बाबुआमा, मामामाईज्युहरु, र उपस्थित बडाबडीहरु, काकाकाकीहरु, दाजुभाईहरु, भाईबुहारीहरुसंग चिनजान गराउदै ढोगभेट गर्नु पर्दछ । साईनो चिनाउने कार्य बिबाहमा बेहुलीपट्टि बस्ने कलियाले गराउनु पर्दछ ।
खानपान :
अन्त्यमा खानपान गरि बिदाई गरिने छ ।
कार्य बाँडफाँड :
सगुन बितरण : बेहुलीको बहिनीहरु
साईनो चिनाउने : कलियाहरु
डाउनलोड :
अनुसुची
नम्बर | बिवरण | पिडिएफ | वर्ड |
1 | निमन्त्रणा | प्रिन्ट | एडिट |
(समाप्त)