शशि मदन राई (कुलपति–किरात राई प्रज्ञा प्रतिष्ठान, हङकङ)
२६ अप्रिल २०१८–२०२१ ।
प्राचिन ईतिहासहरुमा भारतिय उपमहादिपको उत्तर खण्डका आदिबासीहरुले उमा नामको स्त्रीलाई शक्ति देवीको रुपमा पूजा गर्थे भनिएको छ। इसापूर्ब १५०० तिर आर्यहरु यहाँ आएपछि उनिहरुले पनि यहाँका स्थानियहरुले स्त्री देवको पूजा गर्थे भनेका छन। स्थानिय भाषामा युमा भनिएकोलाई उनिहरुले आफ्नो भाषामा उमा भनेको हुन सक्छ। किरात संस्कृतिमा नारीहरुको ठूलो महत्व हुन्छ। उनिहरु पूज्य हुन्छन र शक्तिको श्रोत मानिन्छन। यसबाट पनि बुझ्न सकिन्छ कि आदिमकालदेखि नै किरातहरुले युमा नाम गरेका स्त्री देवको पूजा गर्ने गर्थे।
युमा किरात धर्ममा फेदाङमा, होमे, येबा, साम्बा आदिले देवताको पुजा गरि, जीवन र जगतसँग सम्बन्धित अन्य व्यवहारिक धार्मिक कर्महरु गर्ने गर्दछ। उनिहरुको बिश्वासको मूल देवी युमासाम हुन।
२. युमा पुजक किरात धर्मका धारणाहरु
- युमासाम सर्बोपरी शक्तिशाली देवी हुन।
- युमासाम जीवन र जगतकी मालिक हुन।
- युमासाम निराकार सर्बब्यापी तागेरा निङ्वाफु माङ हुन।
- युमासाम श्रिष्टिकर्ता पालनकर्ता र अन्त कर्ता सबै हुन।
- युमासाम ज्ञान गुरु सबै नै हुन।
३. युमा पुजक किरात धर्मका परम्परा
- दियो कलश अक्षता लाशोमा राखी धुप लाएर माङको पूजा गर्ने चलन, युमा को साङ्भे बनाइन्छ।
- व्यवहारिक नियम अनुसार खानपिनमा बाधाबिरोध नहुने।
- मूर्तीको पूजा नगर्ने।
- माङ नै भक्ष अभक्ष वस्तुको मालिक भएकोले खान योग्य भएको सबै खाध्य वस्तुको सेवन गर्नु अघि माङलाई चडाएर खान अनुमती लिनु पर्ने। जस्तै अन्नबाली पाकेछि पहिले चासोक फिममा गरेर मात्र खाने चलन।
- मानव चोलाको निर्माणकर्ता माङनै भएकोले स्त्रीले गर्भाधारण गरेपछी माङलाई धन्यवाद दिदै गर्भमा रहेको बच्चाको सुस्वास्थ्य र दिर्घायुकोलागी साप्पोक चमेन गर्ने चलन।
- माङ नै श्रृष्टिको पालनकर्ता भएकोले अन्नबालीको बिउ बिजन लाउन अघि बिजन कुहिएर नजावस उम्रेको बाली राम्ररी फलोस असिना पानीले नश्ट नपारोस भनि रक्षाकोलागि उनै माङसँग सहयोग माग्न या:क्वा पूजा गर्ने।
- यो शामनबादमा आधारित छ। बिजुवा, साम्बा र माङदेम्बाहरु परप्रकृतिक शक्ति (देवता) र मनुष्य बिचको माध्यम हुन। यिनैले धार्मिक पद्दतीको सन्चालन गर्दछन। यिनीहरुले अलौकिक शक्तिद्वारा प्रेरित भएपछि शामन धारण गर्दछन। गुरु थापेर तरिकाहरुको ज्ञान पनि सिक्दछन।
- जिवको हत्या, पूजा गर्दा बधबली गर्नु खराब होइन।
- मद र मंसको सेवन गर्नु वर्जित नहुने।
- जन्म कर्म गर्दा छोरिको तीन दिनमा र छोराको चार दिनमा नाम् राख्ने चलन।
- मृत्यु कर्म गर्दा स्त्रीलाई तीन दिन र पुरुषलाई चार दिनसम्म नुनतेल बार्ने र केश मुण्डन गर्ने चलन।
- यस परम्परामा तुतुतुम्याहाङको प्रमुख भूमिका रहेको।
- यो धर्मको मूल शास्त्र मुन्धुम हो । यो मौखिक परम्परामा आधारित छ।
- यो धर्म प्राक्रितिक नियमसँग तादात्म्य राख्दछ। व्यवहारिक कर्म गर्दा जस्तै केलाङ, जातो घुमाउदा, डोली घुम्दा घडीको उल्टोतिरबाट जस्तै दाहिनेबाट देब्रेतिर घुम्ने चलन छ। लहराले रुख वा थाङ्रालाई बेर्दा दाहिनेतिरबाट देब्रेतिर घुमेको हुन्छ, पृथ्वी पनि आफ्नो कक्षमा घडीको सूइको घुमाइको उल्टोतिर झै घुम्छ र सूर्यको वरिपरि घुम्दा पनि घडीको सूइको घुमाइको उल्टोतिर झै नै घुम्दछ।
- यस धर्ममा महात्माहरुको क्रम यसप्रकार छ : येहाङ, लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरिजङ्गाहाङ र ते-अङ्सी सिरिजङ्गा हुन।
४. युमा पुजक किरात धर्मका आदर्श
सन्सारमा उपलब्ध भएका सबै वस्तुको बेरोकटोक उपभोग गरेर शान्ति र आनन्द प्राप्त गर्दा मात्रै मृत्यु पछि आत्माले मुक्ति प्राप्त गर्छ भन्ने नै युमासाम धर्मको मूख्य आदर्श हो।
किरात भित्रका धार्मीक सम्प्रादयहरु:
सन्दर्भ सामग्रीहरु :
- इमानसिङ् चेम्जोङ, किरात ईतिहास १९४८(२००५), किरातको बेद १९६१(२०१८), किरात जनको ईतिहास र सङ्स्क्रिती १९६७(२०२४)
- महाजन बि.डि., Ancient India 1981.
- जनकलाल शर्मा, जोसमनी सन्त परम्परा र साहित्य १९६३(२०२०)
- चैतन्य सुब्बा, The Culture and Religion of Limbus 1995.
- टंक बहादुर सुब्बा, Politics of Culture 1995.
- राष्ट्रिय जनगणना, Nepal BS 2058.
- साम्पाङ मुन्धुम, मुन्धुम होसुङ, मुक्दुमको सेरोफेरो, थुलुङ मुन्दुम
- Wikipedia, Encyclopedia.