सांस्कृतिक मेला

येले दोङ, माघे संक्रान्ति, किराया दिवस, सूप्तूलूङ दिवस

मिड जनवरी वा माघ १ गते किरातहरुको नया बर्ष (यलेदुङ) पर्दछ। यस दिन माघे संक्रान्ति चाड पनि पर्दछ। जनवरी २८, १९९८ मा किरात राई यायोक्खा हङकङको स्थापना भएको हो। जनवरी ३१, २०१६ मा सुप्तुलुङखिम खरिद गरिएको हो। जनवरी महिनालाई किराया हङकङले शुभ महिना मान्दछ। येले दोङ, माघे संक्रान्ति, किराया दिवस,  सूप्तूलूङ दिवस एकै दिन मनाउन “किरात सांस्कृतिक मेला” को अवधारणा ल्याएको हो। यस कार्यक्रममा शैक्षिक क्षेत्रमा ब्याचलर डिग्री गरेका बिध्यार्थिहरु, कुनै क्षेत्रमा विशिष्टता हाँसिल गरेका किरात राईहरुलाई किराया हङकङले सम्मान गर्दछ। अर्को तर्फ यस कार्यक्रममा खानपान प्रदर्शनी, भेषभुषा प्रदर्शनी, गरहना प्रदर्शनी, हातहतियार प्रदर्शनी, बाजागाजाहरु प्रदर्शनी, भाँडकुँडा प्रदर्शनी, चूला प्रदर्शनी, पुस्तक प्रर्दशनी आदी गरिन्छ।

तत्कालिन अध्यक्ष शशि मदन राईज्युले ४ जनवरी २०१५ मा “किरात सांस्कृतिक मेला” को अवधारणा तयार गरि  कार्यसमितिको बैठकमा अनुमोदन गरि ईस्वि सन २०१५, बिक्रम सम्बत २०७०, कलिगत येले सम्बत ५०७४ बाट भाषिक संस्थाहरुसंग संयुक्त रुपमा मनाउदै आई रहेछ।

येले दोङ

भन्छन्, इतिहास जित्नेहरूको लेखिन्छ । हार्नेहरूको मेटाइन्छ। सायद त्यस्तै इतिहासमा हराएको एउटा संवत हो- येले संवत। जसलाई किरात जातिले ‘किरात संवत’ भन्दछन। माघ १ गते येले संवतको नवबर्ष सुरु हुन्छ। येले सम्वतलाई किरात राई जातिले ‘येले दोङ’, लिम्बू जातिले ‘येले तङ्बे’, सुनुवारले ‘येले थोचे’ याक्खाले ‘यलुङ संवत’ भन्दछन।  किरातकाललाई वर्तमान नेपालको आधुनिक सभ्यताको विकास भएको उल्लेख गरेका पाईन्छ। कालान्तरमा किरात जाति जातिका रूपमा विकास भए पनि हाल आएर किरात जाति जातिमात्र नभएर एउटा सिंगो सभ्यता हो भनेका छन। किरातहरुको प्रथम राजा यलम्बरको नाममा येले संवत सुरु गरिएको किरातहरुको ठम्याई छ।

माघे संक्रान्ति

माघे संक्रान्ति हरेक सालको माघ महिनाको १ गते पर्दछ। यस दिन विशेषगरी राईहरुले आदिम जीवन निर्वाहको झल्को देखाउने वनतरुल घरतरुल गिठा भ्यागुर जस्ता जङ्गली फलफूलहरु उसीनेर विहानको पहिलो आहाराको रुपमा खाने प्रचलन छ। माघ महिना देखि जाडो याम सकेर गर्मियाम अनि बर्षायामको सुरुवात हुन्छ। गर्मियाममा हुरिबतास चल्ने, बर्षायाममा बाढि पहिरो आउने, खोला नाला बढ्ने भएकोले पुर्खाहरु भन्छन- “वा मरिन्छकी”भनेर मान्ने चाड हो यो। यसले किरात संस्कृतिको प्रतिनिधित्व गरेको पाइन्छ । यद्यपि  आज यो चाड सबैको साझा भैसकेको छ।

किराया दिवस

किरात राई यायोक्खा हङकङ, सन १९९८ जनवरी २८ तदअनुसार २०५४ माघ १५ गते हङकङको सामाजिक कानुन (च्याप्टर १५१) अन्तर्गत स्थापना भएको संस्था हो । पछि यो संस्था २०११ अगष्ट ९ मा हङकङको कम्पनी कानुन (च्याप्टर ३२) अन्तर्गत पुन: दर्ता भै २०१२ मार्च १९ देखी हङकङको आन्तरिक कर कानुन (च्याप्टर ११२ को धारा ८८) अन्तर्गत च्यारिटेबल संस्थाको मान्यता प्राप्तगरि किरात राईहरुको साझा संस्थाको रुपमा स्थापित भएको छ ।

सूप्तूलूङ दिवस

किराया हङकङले २०१६ जनवरी ३१ मा २५,५३,००० (पच्चिसलाख त्रिपन्न हजार) एक मुष्ठ हङकङ डलर तिरि २५०० स्क्वयार फिट जग्गामा रहेको १ तले घर संस्थाको स्वमित्वमा खरिद गरेको थियो । यो घरको नाम नवौं अधिवेशनले सूप्तूलूङखीम राखेको छ । सूप्तूलूङखीम युनलङ स्थित शान्तिन डिस्ट्रिक्टको किलुनचुङ भन्ने प्राकृतिक सुन्दरताले भरिएको अति रमणिय स्थलमा अवस्थित छ ।  यस क्षेत्रमा हाम्रो बीर गोर्खा लाहुरेहरुको चिहान समेत हङकङ सरकारले सेमिट्रिज गरेर राखेको छ।

खाना विभाजन

भाषिक संस्थाहरुले निम्न मौलिख खाना प्रर्दशनी तथा विक्री वितरण गर्नेछ।

  1. चाम्लिङ –
    थेप्ले भात र सिस्नु
  2. दुमी –
    मम, चाउमिन, थुक्पा
  3. साम्पाङ –
    ढिंडो र कुखुराको तरकारी
  4. बान्तावा –
    चाम्रे , अण्डा, कुखुराको भुटुवा
  5. पुमा –
    पोलेको मासु (बिबिक्यु )
  6. थुलुङ –
    चिउरा, भटमास, साँदेको मासु
  7. कोयी –
    सलाद, बुङगुरको भुटुवा, डिजर्टहरु
  8. बायुङ –
    सेलरोटी, आलुदम, वाचिप्पा

कार्य बिभाजन

  1. संगठन बिस्तार तथा समन्वय विभाग –
    प्रदर्शनी र बेचबिखनको लागि १५ वटा स्टल, १ स्टलमा १ डेस्क र २ चेयर।
  2. सुप्तुलुङखिम निर्माण तथा मर्मत विभाग – 
    सुप्तुलुङखिम मर्मत तथा निर्माण सहयोग संकलन डेस्क।
  3. खेलकुद, संगीत तथा सहित्य विभाग – 
    पोस्टर, ब्यानर, ब्याज, छपाई, फोटो/ भिडियो, न्युजरिपोर्टिङ।
  4. कार्यलय संचालन तथा प्रचारप्रसार विभाग –
    सुचना, पत्रचार, निमन्त्रणा, प्रचार प्रसार ।
  5. मौलिक संकलन तथा सरसजावट विभाग –
    किरात राईहरुको मौलिक हातहतियारहरु, ऐतिहासिक सामाग्रीहरु प्रदर्शनी ।
  6. सम्पति तथा कोष–अभिवृद्धि विभाग –
    सशुल्क पेय पदार्थ ब्यावस्था।
  7. सुम्निमा भान्सा तथा खानपान विभाग –
    निशुल्क तरुलको ब्यावस्था ।
  8. सिक्रिमा बितरण तथा सेवासत्कार विभाग – 
    तरुल तथा पेय पदार्थको बितरण।
  9. बाल, महिला, प्रौढ तथा अतिथि विभाग –
    शैक्षिक क्षेत्रमा ब्याचलर डिग्री गरेका बिध्यार्थिहरु, कुनै क्षेत्रमा विशिष्टता हाँसिल गरेका किरात राईहरु, किराया हङकङले सम्मान गर्ने किरात राईहरुको नामावली संकलन गरि सम्मान।
  10. किरात धर्म संरक्षण तथा संस्कार विभाग –
    किरात राईहरुको प्रतिकात्मक चुला बनाई प्रर्दशनी।
  11. शिली संकलन तथा संस्कृति विभाग –
    मौलिक भेषभुषा, गरगहनाहरु तथा गाजाबाजाहरु बिबरण सहित प्रदर्शनी।
  12. सरसफाई तथा फोहरमैला ब्यावस्थापन विभाग –
    कार्यक्रम स्थल सरसफाई तथा फोहरमैला ब्यावस्थापन।
  13. पारुहाङ ढुवानी तथा ओसारपसार विभाग –
    सरसामाग्री ढुवानी, भण्डार, भिआईपी ओसार पसार।
  14. यातायात, रोजगार तथा ब्यावसाय विभाग –
    यातायात सेवा ब्यावस्थापन ।
  15. आपतकालिन सहयोग तथा सुरक्षा विभाग
    सहयोग, सुरक्षा, प्राथमिक उपचार, नियन्त्रण।

कार्यक्रम तालिका:

  1. १०:०० बजे – सरसजावट
  2. ०२:०० बजे – औपचारिक कार्यक्रम
  3. ०४:०० बजे – समापन
  4. ०५:०० बजे – खानपान
  5. ०७:०० बजे – बस लाग्ने

पत्रचार:

  1. संरक्षकहरु
  2. सल्लाहकारहरु
  3. प्रज्ञा प्रतिष्ठान
  4. भाषिक संस्थाहरु
  5. विभाग संयोजकहरु
  6. विभाग प्रमुखहरु

निमन्त्रणा:

  1. प्रमुख अतिथि
  2. विशिष्ट अतिथि: नेपाल प्रतिनिधि भए
  3. विशिष्ट अतिथि किरात याक्थुम चुम्लुङ हङकङ
  4. किरात सुनुवार सेवा समाज हङकङ
  5. किरात याक्खा छुम्मा हङकङ

कार्यक्रमको रुपरेखा:

  1. फलाहरहरु बितरण : सिक्रिमा बितरण तथा सेवासत्कार विभाग
  2. आशन ग्रहण :
  3. ब्याज वा फुल बितरण : बाल, महिला, प्रौढ तथा अतिथि विभाग
  4. कार्यक्रम बारेमा : उपाध्यक्ष
  5. उद्घाटन : प्रमुख अतिथि
  6. उदघाटन धुन :
  7. यलेदुङबारे जानकारी : प्रज्ञा प्रतिष्ठान
  8. माघे संक्रान्तिबारे जानकारी : संस्कृति विभाग
  9. किराया स्थापनाबारे जानकारी : महासचिव
  10. सुप्तुलुङ निर्माण सहयोगबारे जानकारी : निर्माण विभाग
  11. लोकार्पनको कार्यक्रम भए :
  12. बिशिष्टता हाँसिल गर्नेहरुलाई सम्मान : बाल, महिला, प्रौढ तथा अतिथि विभाग
  13. शुभकामना तथा मन्तब्य अतिथिहरुबाट :
  14. समापन : अध्यक्षबाट
  15. फोटो सेसन, खानपान
  16. फिर्ता