न्वरान संस्कार

परिच्छेद १

किरात राईहरुको घरमा बच्चा जन्मिएपछि न्वरान गर्ने चलन छ । शिशु जन्मदा कुनै जाति, पाछा र नाम बिना जन्मिएको हुन्छ । उसलाई जाति, पाछा र नाम दिई एक मानवको रुपमा स्थापित गर्नको लागि न्वरान गरिन्छ । शिशु बालीका जन्मेको भए ५ दिनमा बालक जन्मेको भए ६ दिनमा न्वरान संस्कार गरिन्छ । न्वरान गर्नको लागि बुढापाका ब्यक्ति हुनु पर्दछ । घरमा बुढापाका ब्यक्ति नभएमा दाजुभाई भित्रको बुढापाका जेठोपाको ब्यक्तिलाई बोलाउनु पर्दछ । यस दिन दाजुभाईहरु, छोरिचेलीहरु र नजिकको नरनाताहरु बोलाईन्छ ।

आवश्यक सामाग्रीहरु

  1. नाङलो, काँसेथाल, अलिकति चामल र अदुवा
  2. दुबो, तितेपाती, केराकोपात, चिण्डोमा जाँड
  3. दियोबत्ति, जोडी कलश र फुलपाती
  4. कोक्रो, ३ वटा वासको ढुङग्रो, कुसको कुचो, कर्दा वा खुर्पा
  5. बच्चाको हात खुट्टामा लगाईदिने धागोको डोरी
  6. बच्चालाई लाईदिन भोटो वा कपडा
  7. खान पान तथा पेय पदार्थ–

प्रार्थनाः

हे प्रकिति पुजक सुम्निमा पारुहाङ, हे चुलापुजक पितापुर्खाहरु हो । तपाँईहरुले मानव जीवन दिएर यस धर्तीमा सृष्टि गराउनु भएको छ । आजदेखी तपाँईको सृष्टिले हिजो आमाको गर्भमा फुलको रुपमा बास लिएर बसेको थियो । आज यस धर्तीमा जन्मिएको छ । हामीले तपाँईको सृष्टिको नाम …(नाम भन्ने)… राखेका छौं । उसले नाम फैलाउन सकोस नागनगेनी सिमेभुमेले साथ दिईरहोस । अन्न, धन दौलतको मालीक बनाई रहोस । ज्ञानी, बुद्धिमानी बनाई रहोस । लेकबेसी, डाँडाकाँडा सवैतिर नाम फैलाउन सकोस । दुबो र अदुवा जस्तै फैलियोस, हरेका कदममा प्रगति भईरहोस । शरिरमा लागेको रोगकष्ट नदिले बगाई लैजावोस ।  आँखीडाही वायुवतासले उडाएर लगिरहोस । जय सुम्निमा पारुहाङ ।

परिच्छेद २

हङकङमा न्वरान संस्कार

हङकङमा सुप्तुङखिमको सामूहिक चूलामा न्वरान संस्कार गर्ने चलन रहेको छ। कसैलाई न्वरान संस्कार गर्न परे किरात राई यायोक्खा हङकङमा न्वरान संस्कारको फारम भरि बुझाउनु पर्नेछ। उपयुक्त समय हेरी किराया हङकङका “धर्म संस्कार संरक्षण विभाग” ले न्वरान संस्कार गरिदिने छ।

न्वरान संस्कार विधी

  1. आवश्यक सामाग्रीहरु चूलामा राख्ने
  2. आशन ग्रहण
  3. न्वरान संस्कारबारे जानकारी
  4. न्वरान संस्कार प्रार्थना
  5. धामी वा जेष्ठ ब्याक्तिबाटआर्शिबाद
  6. बच्चालाई डोरीलाई दिने प्रकिया
  7. बच्चालाई कोक्रोमा सुताउने प्रक्रिया
  8. चुलालाई ३ फन्को मार्ने प्रक्रिया
  9. खानपान

धामी वा जेष्ठ ब्याक्तिबाटआर्शिबाद

आर्शिबाद दिदाअदुवा, कलशको पानी र कोदो र मर्च मिसाएको पानीले बच्चा र आमा दुवैको शरिरमा छर्किएर, परिवारको सदस्यहरुलाई, त्यहाँ उपस्थित नरनाताहरुलाई र घरको चारैतिर छर्किनु पर्दछ ।

बच्चालाई डोरीलाई दिने प्रकिया

बच्चाको दुवै हात खुट्टा र कम्बरमा धागोको डोरीले बाधि कपडा लगाई दिन पर्दछ ।

बच्चालाई कोक्रोमा सुताउने प्रक्रिया

शिशुलाई कोदो मर्चाको पानीले कोक्रोलाई छर्कि कुसको कुचोलाई पहिला कोक्रोमा सुताएर मात्र शिशुलाई सुताउनु पर्दछ ।कोक्रोमा छोरा भए कर्दा र छोरी भए खुर्पा सिउरिदिने चलन छ ।

चुलालाई ३ फन्को मार्ने प्रक्रिया

आमाले शिशुलाई बोकी चुलालाई ३ फन्को मार्नु पर्दछ । यतिबेला ३ जना छोरी छेलीले ३ वटा वासको ढुङग्रो चुला वरिपरि ३ फन्को लडाउदै ढोका बाहिर फाल्नु पर्दछ ।

न्वरानको फारम |