किरातीहरुको आफ्नै मौलिक संस्कारहरु छन। संस्कार भनेको बिधि, बिधान, नियम, आचारण हो। किरातीहरुको जन्म देखि मृत्य पर्यन्त सम्मको संस्कारहरु छन भने कुनै कामको थालनी देखि अन्त्य गर्ने सम्मको संस्कारहरु छन। किरातीहरुको बिहान उठे देखि बेलुकी सुतिन्जेल सम्मको निति, नियमहरु छन भने के गर्न हुने र के गर्न नहुने आचारणहरु छन। यी संस्कारहरु किरात मुन्धुममा पाईन्छ । मुन्धुम भनेको सदियौं बर्षदेखि पिता पुर्खाहरुले संगाली ल्याएको जिवन र जगतको नियम हो। दर्शन हो। मुन्धुमको पालना गर्न किरातहरुको धर्म हो।
किरात राईहरुको संस्कारहरु भाषिगत रुपमा वा खोलाखोला, थुमथुमहरुमा केहि थोरै फरक पर्दछ। सबै भाषि राईहरु (जो संगठित छन) सुप्तुलुङ खिममा आफ्नै तरिकाले संस्कारहरु गर्दछन। तर संगठित नभएका भाषिगत राईहरुलाई संस्कार गर्न अप्ठयारो स्थितिमा छन।
यस अवस्थामा संगठित नभएका भाषिक राईहरुलाई समेट्न सन २०१४ मा तत्कालिन अध्यक्ष शशि मदन राईज्युले संस्कारको विधी विधान तयार बनाई ल्याउनु भयो। किरात राई यायोक्खा हङकङले कसैको संस्कारगत कार्य गरिदिन पर्यो, उस्लाई आफ्नो संस्कार थाहा छैन भने, सोही विधी बिधानबाट हाल सम्म संस्कार गरिन्दै आएको छ। संस्कारगत कार्यहरुमा भाषिगत राईहरु र विभिन्न क्षेत्रका राईहरुसंग बसि छलफल तथा अन्तरक्रिया गर्दै मिल्ने संस्कारलाई एक ठाँउमा र नमिल्ने संस्कारलाई फलना भाषिको येस्तो र फलना क्षेत्रको यस्तो भनि अभिलेखिकरण गर्ने योजना रहेकोछ।