प्रतिष्ठान नियमावली (७)

प्रतिष्ठान नियमावली (७)

६ मार्च २०१६ (अनुमोदन), १९ अप्रिल २०१७ (संसोधन)

परिच्छेद  १

१. प्रस्तावना

किरात राई यायोक्खा हङकङको समग्र उदेश्य पुरागर्न किराया हङकङको कार्यसमिति र बिभागले मात्र पर्याप्त नपुगि समस्त किरात राईहरुको ईतिहास, भाषा, लिपि, कला, साहित्य, धर्म, संस्कार, संस्कृतीको खोज, अनुसन्धान, संरक्षण, सम्बद्र्धन गर्न बौदिक क्षेत्रका किरात राईहरु, किराती बिज्ञ, खोजकर्ता, आन्वेशक, मुन्धुमी, ईतिहासकार, कलाकार,  साहित्यकार, चित्रकार, बैज्ञानिक, बिधावरिधी राईहरुलाई एक ठाउँमा ल्याई उनिहरुलाई किराया हङकङको बिशिष्ठ प्राज्ञिक ओहोदा प्रदान गरि गराई सम्मान पुर्वक किरात राई हुनको प्रतिष्ठा अनुभुती गराउदै किराया हङकङको उदेश्य प्राप्त गर्न कार्य गराउन किराया हङकङको मातहातमा रहने गरि एक प्रतिष्ठानको निर्माण आवश्यक देखिएकोले किराया हङकङको बिधानको परिच्छेद (९) को धारा १ अनुसार प्रतिष्ठान नियमावली निर्माण गरि जारी गरिएको छ।

२. उदेश्यहरु

  1. बिज्ञ, खोजकर्ता, आन्वेशक, मुन्धुमी, भाषाबिद, सांस्कृतीविद, ईतिहासकार, कलाकार, साहित्यकार, बैज्ञानिक, बिधावरिधी राईहरुलाई एक ठाउँमा ल्याउनु ।
  2. किरात राईहरुको ईतिहास, भाषा, लिपी, कला, साहित्य,  धर्म, संस्कृती, संस्कार सम्बन्धि खोज, संकलन, आन्वेशन, अध्यन, अध्यापन गर्नु ।
  3. किरात राईहरुको मुन्धुम संकलन, खोज, अनुसन्धान तथा लेखन गर्न सहयोग पुऱ्याउनु ।
  4. किरात राईहरुको समग्र बिकाशहुने निति, नियम, बिनियम, योजना, परियोजनाको निर्माण गरि किराया हङकङलाई सहयोग गर्नु ।
  5. किरात राईहरुको मौलिक भेषभुषा, गरहना, मौलिक खानपान बनाउन, बजारिकरण गर्न,  मौलिक गित, संगित, नृत्य, खेलकुदको अध्यन गर्न, सिकाउन, प्रचार प्रसार गर्नु।
  6. गरिब तथा जेहेन्दार बिध्यार्थिलाई किरात राईबारे अध्ययन, अध्यापन, पठन, पाठन, खोज, अनुसन्धान गर्न स्कलरशिपको स्थापना गर्नु।
  7. किराया बिभागहरुलाई आवश्यक परेको संयोजकहरु, बिशेषज्ञहरु,  प्राज्ञिकहरु,  उपलब्ध गराउदै किराया हङकङलाई टेवा पुर्याउनु।

३. प्रतिष्ठानको नाम

  1. यस प्रतिष्ठानको नाम “किरात राई प्रज्ञा प्रतिष्ठान हङकङ”  रहने छ।
  2. अंग्रेजीमा (Kirar Rai International Intellectual Academy Hong Kong) रहने छ।
  3. संक्षिप्तमा (KRIAHK) रहने छ।

परिभाषा:

बिषय वा प्रसंगले अन्य अर्थ नलागेमा यस नियमावलीमा,

  1. “प्राज्ञ” भन्नाले किराया हङकङले प्रदान गरेका प्राज्ञ/प्राज्ञिक सदस्यलाई बुझाउनेछ।
  2. “प्रज्ञा सदस्य” भन्नाले किरात राई प्रज्ञा प्रतिष्ठानको कार्यसमिति सदस्यलाई बुझाउनेछ।
  3. “विधान ” भन्नाले किराया हङकङको विधान (संसोधन सहित) लाई बुझाउनेछ।

४. प्रतिष्ठान खारेज :

यस प्रतिष्ठान बिधान अनुसार नचलेमा किराया हङकङले खारेज गर्न सक्ने छ ।

५. नियम तथा बिनियम

प्रतिष्ठानले किराया हङकङको बिधानसंग नबाझिनेगरि नियम तथा बिनियम बनाई लागु गर्न सक्नेछ। यसको नियम तथा बिनियम बनाउँदा किराया हङकङको बिधानसंग बाझिन गएमा नियम तथा बि नियम को सो धारा स्वत खारेज हुनेछ। नियम तथा बिनियम साधारण सभा वा अधिवेशनले परिवर्तन गर्न सक्नेछ।

६. कार्यलय, छाप र चिन्ह

यसको कार्यलय किरात राई यायोक्खा हङकङको सुप्तुलुङ खिममा रहने छ । छाप र चिन्ह अनुसुचि मा दिए अनुसार हुनेछ ।

परिच्छेद  २

१. प्राज्ञ

प्रतिष्ठानको सिफारिसमा किरात राई यायोक्खा हङकङले निम्न ब्यक्तिहरुलाई योग्यताको आधारमा प्राज्ञ भनि सदस्यता प्रदान गर्नेछ। प्राज्ञको प्रमाणपत्र खारेजी किराया हङकङको बिधानको परिच्छेद (२) धारा ४ अनुसार हुनेछ।

  1. किरात राईहरुको मौलिक धर्म, संस्कार मान्ने ब्यक्ति भै,
  2. कुनै क्षेत्रमामा बिधावरिधी प्राप्त किरात राई ब्याक्ति, वा
  3. कुनै क्षेत्रमा बिशिष्ठता हाँसीलगरेको हो भनि किरायाबाट प्रमाणित ब्याक्ति, वा
  4. किरात राई यायोक्खा हङकङको कार्य समितिमा १ कार्यकाल पुरा गरसिकेको ब्याक्ति, वा
  5. किरायाहङकङको कुनै एक विभागमा विभागसंयोजकरहि १ कार्यकाल पुरा गरसिकेको ब्याक्ति

२. कार्यसमिति

किराया हङकङले अधिवेशन सके पश्चात कम्तिमा १ महिना भित्र प्राज्ञहरु भेलागराई निर्वाचनको आधारमा प्रतिष्ठानको कार्यसमिति चयन गर्नेछ। 

निम्न सदस्य रहेको एक कार्य समिति बन्नेछ।

  1. कुलपति – १
  2. उपकुलपति – १
  3. प्रज्ञा सचिव – १
  4. प्रज्ञा उपसचिव – १
  5. प्रज्ञा प्रवन्धक – १
  6. प्रज्ञा सदस्य – (४ जना कार्यसमितिले कार्यक्षेत्र हेरि नियुक्त गर्नेछ)
  7. प्रज्ञा सदस्य – भाषिक संस्थाका बहालवाला अध्यक्षहरु, विभाग संयोजकहरु
  8. पदेन संरक्षक – किराया हङकङका अध्यक्ष

३. कार्यसमिति बिघटन

प्रज्ञा प्रष्ठिानको कार्यसमिति किराया हङकङको अधिवेशन पश्चात स्वत बिघटन हुनेछ।

४. कार्य समिति फेरबदल

प्रज्ञा प्रष्ठिानको कार्यसमिति प्रज्ञा प्रतिष्ठानको बैठकले फेरबदल गर्न सक्ने छ। तर किराया हङकङमा अनुमोदन गराउनु पर्ने छ।

५. प्रज्ञा सचिवालय

प्रज्ञा प्रतिष्ठानको कार्यसमितिमा रहेका मुल ५ पदाधिकारीहरुको एक प्रज्ञा सचिवालय हुनेछ। तुरुन्त निर्णय गर्नुपर्ने बिषयहरुमा सचिवालयले निर्णय गर्नेछ ।

परिच्छेद  ३

योग्यता तथा काम, कर्तब्य र अधिकारहरु

यस नियमावली ८ को परिच्छेद २ को धारा १ अनुसारको प्राज्ञको प्रमाणपत्र पाएको ब्यक्ति हुनु पर्नेछ।

१. कुलपति :

किरात राईहरुबारे जानिफकार, सक्षम, अनुभवी  वा बिधावरिधी प्राप्त एक किरात राई प्राज्ञिक सदस्य प्रतिष्ठानमा कुलपति रहनेछ। कुलपति प्रतिष्ठानका कार्यकारिणि प्रमुख रहने छ।

क. कुलपति हुन योग्यता :

  1. किराया हङकङको बिधान मान्न तयार ब्यक्ति भै,
  2. किरात राईहरुको मुन्धुम सम्बन्धमा थोरै भएपनि जानकार ब्यक्ति वा,
  3. किराया हङकङको वा भाषिक संस्थाको कम्तिमा पाँचौ पदिय हैसियतसम्म कार्य गरेको वा,
  4. आर्थिक तथा फौजदारी अभियोग नलागेको ब्यक्ति वा,
  5. कम्तिमा स्नातक तहसम्म अध्यन गरेको ब्यक्ति वा,
  6. किरात राईहरुको मौलिक धर्म संस्कार संस्कृती मान्ने ब्यक्ति वा,
  7. कम्तिमा उपरोक्त कुनै ३ गुण भएको ब्यक्ति ।

ख. कुलपतिको काम, कर्तब्य र अधिकार :

  1. किरात राईहरुको एकताको प्रर्वद्धन गर्नु।
  2. किराया हङकङको विधानको पालन र संरक्षण गर्नु।
  3. किराया हङकङको आन्तरिक लेखापरिक्षण गर्नु।
  4. किराया संचालक समितिलाई अफिसियल कागजातहरु बनाउन सहयोग पुर्याउनु।
  5. किराया कार्य समितिलाई विभाग संयोजक, विशेषज्ञ, जानिफकारहरु नियुक्त गरिदिनु।
  6. प्रतिष्ठान चलाउन सहयोगदाताहरु, दातृ संस्था, दातृ राष्ट्रहरुको खोजगरि सहयोग जुटाउनु।
  7. उदेश्य प्राप्तीको निमित्त अल्पकालिन वा दिर्घकालिन परियोजनाहरु ल्याउनु।

२. उपकुलपति

कुलपतिको जस्तै योग्यता भएको किरात राईहरुबाट एक उपकुलपति चयन हुनेछ । उपकुलपति प्रतिष्ठानका कार्यकारिणि उपप्रमुख रहने छ ।

क. उपकुलपति हुन योग्यता :

कुलपतिको जस्तै योग्यता भएको हुनु पर्नेछ ।

ख. उपकुलपतिको काम, कर्तब्य र अधिकार :

  1. कुलपति नभएको अवस्थामा कुलपतिले गर्ने सम्पुर्ण कार्यहरु गर्ने ।
  2. कुलपतिले दिएको जिम्मेवारहरु पुरा गर्ने ।

३. प्रज्ञा सचिवको काम, कर्तव्य र अधिकार :

  1. कुलपतिसंग सल्लाह गरी कार्यसमितिको बैठक बोलाउने ।
  2. कार्यसमितिको बैठक तथा कार्यक्रमहरु सञ्चालन गर्ने ।
  3. छलफल गर्नपर्ने विषयहरु कुलपतिसंग सल्लाह गरी बैठकमा प्रस्तुत गर्ने ।
  4. कार्यसमितिको बैठकमा भएका निर्णयहरुको अभिलेख राख्ने ।
  5. प्रतिष्ठानको कार्यालयमा रहेका महत्वपूर्ण कागजातहरुको अभिलेख राख्ने ।
  6. कार्यसमितिले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।

क. प्रज्ञा उपसचिव हुन योग्यता :

प्रज्ञा सचिवको जस्तै योग्यता भएको हुनु पर्नेछ ।

ख. प्रज्ञा सहसचिवको काम, कर्तब्य र अधिकार :

  1. प्रज्ञा सचिव नभएको अवस्थामा प्रज्ञा सचिवले गर्ने सम्पुर्ण कार्यहरु गर्ने ।
  2. प्रज्ञा सचिवले दिएको जिम्मेवारहरु पुरा गर्ने ।

४. प्रज्ञा प्रबन्धकको काम, कर्तव्य र अधिकार :

  1. प्रतिष्ठानलाई आवश्यक पर्ने आयमुलक कार्यक्रम संचालन गर्नु ।
  2. प्रतिष्ठानको कोष संचालन गर्नु,
  3. कर्मचारी ब्यावस्थापन गर्नु
  4. कर्मचारीको तलब, सुबीधा, बन्देज आदि मिलाउनु ।

५. प्रज्ञा सहप्रबन्धकको काम, कर्तव्य र अधिकार :

  1. प्रज्ञा प्रबन्धक नभएको अवस्थामा कोष संचालन गर्ने।
  2. प्रज्ञा प्रबन्धकले गर्ने सम्पुर्ण कार्यहरु गर्ने ।
  3. प्रज्ञा प्रबन्धकले दिएको जिम्मेवारहरु पुरा गर्ने ।

५. प्रज्ञा सदस्यहरुको काम, कर्तब्य र अधिकार

  1. बैठकमा सहभागी हुने ।
  2. प्रस्ताव उपर छलफलगरि मत प्रदान गर्ने ।
  3. अन्य प्रतिष्ठानले दिएको जिम्मेवारी पुरा गर्ने ।

परिच्छेद ४

१. प्रतिष्ठान कोष :

बिभिन्न कार्यक्रमबाट प्राप्त रकम  प्रतिष्ठान संचालन कोषमा रहने छ । यसको हरहिसाव किराया हङकङलाई बुझाउनुपर्नेछ ।

२. कोष संचालन :

कुलपति, प्रज्ञासचिव र महाप्रबन्धक मध्ये कुनै २ जनाको संयुक्त हस्ताक्षरबाट संचालन हुने छ।

परिच्छेद ५

१. उत्तरदायित्व :

यो प्रतिष्ठान  “किरात राई यायोक्खा हङकङप्रति उत्तरदायी रहनेछ” ।

(समाप्त)