सुम्निमा भान्सा तथा खानपान विभाग

Sumnima Kitchen & Food Depart

परिचय

किरात राईहरुले खानपान गर्दै आएको मौलिक खानपानहरुको खोज अनुसन्धान गर्दै, त्यसलाई बनाउने तरिका, रिशिपि तयार गर्दै, नया पुस्तालाई सिकाउन तथा किराती खानपानहरुको बिस्व बजारमा प्रचारप्रसार गर्न यस बिभाग गठन हुनेछ ।

उदेश्यहरु

  1. किरात राईहरुको मौलिक खानपानको खोज, अनुसन्धान गर्नु।
  2. किरात राईहरुको मौलिक खानपानको रिसिपि तयार गर्नु।
  3. रिसिपिलाई अभिलेखिकरण गर्नु। तालिम गराउनु।
  4. समय समयमा खानपान प्रतियोगिताको आयोजना गर्नु।
  5. मौलिक खानपानलाई विश्वबजारमा लान प्रचारप्रसार गर्नु।
  6. विभिन्न रेष्टुरेन्टहरुमा मौलिक खानपानको रिसिपि तथा तालिम दिनु।
  7. किराया हङकङको कार्यक्रममा खानपान तथा बिबिक्यु तयारी गर्नु।
  8. कार्यक्रममा भान्सेको ब्यावस्थापन तथा किचन सरसफाई गर्नु।