चूला स्थापना

किरात राईहरुले गृह प्रवेश गरेको दिन वा अगावै चुला स्थापना गर्ने चलन छ। चुला स्थापना गर्दा, ३ वटा चुला ढुङगा (साकुलुङ, दीपालुङ,साप्सालुङ), १ वटा आछ्याउने ढुङगा (लमालुङ) र ४ वटा वरीपरी बार्ने ढुङगा (थु्ँमालुङ, रुँरीलुङ, चासुम्लुङ, बुलुलुङ) चाहिन्छ। चुला ढुङगा खोज्न बुढापाका ब्यक्तिहरु जानु पर्दछ र ल्याउदा जोडी बनाएर ल्याउनु पर्दछ भन्ने मान्यता छ। चुला स्थापनाको लागि धामी नभए जानिफकार ब्याक्तिले चुला स्थापना गर्न सक्तछ। ढुङगा ल्याएपछि उत्तर तिरको भित्ता भन्दा केही तल चुला बनाउने ठाँउ बनाईन्छ।

बार्ने ढुङगाले चारैतिर बारेर बीचमा ३ वटा चुलाढुङगा गाड्न पर्दछ। ३ चुलाको बिचमा १ तामाको सिक्का, अदुवा र चामल लगाई ओछ्याउने ढुङगाले छोपी माटोले पुर्नु पर्दछ। त्यस पछि माटोले लिपी कलशको पानीले चोख्याएर चुलामा आगो बाल्नु पर्दछ। चुलाको दायाँतिरको भित्तामा एउटा पित्रीकक्ष बनाउनु पर्दछ। बाँसको १ धनुकाँड, १ तिर र १ काठको पिरा बनाएर पित्रीकक्ष माथि राखी दिनु पर्दछ। चुला माथि पनि भार बनाई झुण्ड्याएर राख्नु पर्दछ।

 

Chula English

आवश्यक सामाग्रीहरु :

  1. गाड्ने ढुङगा–३, ओछ्याउने ढुङगा–१, बार्ने ढुङगा–४, र तामाको सिक्का–१
  2. केराको पात, सेउली, सयपत्री फुल, चिण्डो
  3. जोडी कलश, दियो, काँसे थाल, रक्सि,
  4. एक सिक्का पैसा, अदुवा र चामल
  5. धनुकाँड, तिर र काठको पिर्का
  6. एउटा भाले र अण्डा

चुला स्थापना प्रार्थना:

हे यस धर्तीका ढुङगा माटो हो।
हिजो सम्म तिमी जमिन/बनजंगलमा बसीरहेका थियौ ।
आज यहाँ घर बनाएर तिमीलाई खोजी बोकी ल्याएको छ  ।
आज देखी हामीले अन्न, अदुवा, रक्सि र भेटीले चोख्याई,
हाम्रो पितृको प्रतिकको रुपमा स्थापित गर्ने छौं ।
हाम्रो घर परिवारलाई दिर्घायु, सुस्वस्थ्य तथा आर्शिबाद दिई राख्नुहोस है ।

हे कुलपित्रमा बसेका बिजुवाहरु हो ।
हे बैदाङगी पितापुर्खाहरु हो ।
हे दाजुभाई, काकाबुबाहरु हो ।
हे भाई भतिज, छरछिमेकहरु हो ।
आजबाट यहिँ थातथलोमा बास गरिदिनुहोस है ।

हे पितापुर्खाहरु हो ।
आजबाट तपाँईहरु यहिँ तिनचुला र सूवाँछ्याममा बसोबास गरिदिनुहोस है ।
हाम्रो घरको बाजेबोजु बुबाआमा लालाबाला,
सबैलाई आर्शिबाद दिनुहोस है ।
हाम्रो परिवारमा सुख शान्ति छाईरहनुहोस है ।

हे सोरुमी, साप्सामी,
हे छोरुमी, आप्तुमी,
हे नाम्रुमी सिकारी पुर्वजहरु हो ।
हामीले यस घरमा तपाँईहरुको बस्ने खेल्ने
ठाँउको स्थापना गरिदिएका छौं ।
तपाँईहरुले प्रयोग गर्नु भएको हतियार
धुनकाँड र तीर राखी दिएका छौं ।
सुवाँछ्याम र भार बनाई दिएका छौं ।
त्यसमथि बल्याम्ख समेत राखिदिएका छौं ।
आजबाट हाम्रो घरको तिन चुलामा बसोबास गरि
आफ्नो सन्तानहरुको रक्षा गरि राख्नुहोस है ।

जय सोरुमी, साप्सामी ।
जय छोरुमी, आप्तुमी ।।
जय नाम्रुमी सिकारी देवताहरु ।।।

२. सूवाँछ्याम स्थापना:

किरात राईहरुको अगेनाको भित्तामा माथी बाँसको एउटा सानो चित्रा बुनेर राखिएको हुन्छ । यसलाई सूवाँछ्याम भनिन्छ । सूवाँछ्यामलाई किरात राईहरुले थर अनुसार फरक फरक नामले पुकार्दछ । सूवाँछ्याम भित्र एक धनुकाँड, केराको पात, सेउली, सयपत्री फुल, चामल, अदुवा, पैसा र कूबीमी बस्ने एउटा पिर्का राखेको हुन्छ । सूवाँछ्यामलाई बर्षको एकदिन पितृपुजाको दिन सफा गरि सूवाँ हान्ने (पितृपुजा) गर्ने कार्य गरिन्छ । सूवाँछ्याममा स्वभाविक मृत्यु भएर गएका पिता पुर्खाहरुको आत्मा रहेकोहुन्छ भनि बिश्वास गरिन्छ ।

शहरीकरण भएको ठाँउमा फ्ल्याट सिस्टमको घरभएको तथा चुला गाड्न नमिल्ने भएकोले सामुहिक चुलाघरमा भाषिगत सूवाँछ्याम राखि भाषिगत सामुहिक पितृपुजा गर्ने किराया हङकङको अवधारण  ल्याईएको छ ।

सामुहिक सुप्तुलुङखिममा भाषिक सुवाँछ्याम बाहेक २ वटा प्रतिस्थापन सुवाँछ्याम समेत राखिएको छ । यदि कसैलाई ब्याक्तिगत पितृ पुज्ने ईच्छा भएमा प्रतिस्थापन सुवाँछ्याम प्रयोग गर्न सक्ने छ । तर प्रतिस्थापन सुवाँछ्याम प्रयोग गरिसके पश्चात अस्थाई सुवाँछ्यामलाई निकाली कतै सफा बगैंचा तिर राखिदिनुपर्ने छ ।

बिधी:

सवैकुराको थान थपना गरिसके पछि एक कठुवामा चोखो रक्सि, जोडि कलश, काँसेथालमा एकमाना चामल, त्यसमाथि दियो, एउटा सिक्का पैसा र अदुवा चुलाको तलतिर राखि धामी वा जानिफकारले मुन्धुम बाचन गरि पितृपुर्खाहरुको बस्ने खेल्ने ठाँउको स्थापना गर्दछ । मुन्धुम बाचन गर्दा तिन पटक कलशको पानी र रक्सीले खनाएर अदुवा र चामलले चुलालाई छर्किन्दछ । त्यस्तै तिन पटक कलशको पानी र रक्सीले खनाएर अदुवा र चामलले पित्रीकक्ष र भारमा छर्किन्दछ । यति गरिसकेपछि कुखुरा चढाई, चुला, पित्रीकक्ष र भारलाई पुजा गरिन्छ ।

सुवाँछ्याम प्रार्थना :

हे पितापुर्खाहरु हो।
हिजो सम्म तपाँइहरु नेपालको चुलामा बसीरहेका हुनुहुन्थ्यौ ।
आज यहाँ हङकङमा घर किनि तपाँईहरुलाई चढाएका छौं ।
आज देखी हामीले अन्न, अदुवा, रक्सि र भेटीले चोख्याई,
हाम्रो पितृको प्रतिकको रुपमा हङकङमा स्थापित गर्ने छौं ।
तपाँईहरु आई यहाँ पनि बास गरिदिनुस है ।
हाम्रो घर परिवारलाई दिर्घायु, सुस्वस्थ्य तथा आर्शिबाद दिनुहोस है ।

हे कुलपित्रमा बसेका बिजुवाहरु हो ।
हे बैदाङगी पितापुर्खाहरु हो ।
हे दाजुभाई, काकाबुबाहरु हो ।
हे भाई भतिज, छरछिमेकहरु हो ।
आजबाट यस सुवाँछ्याममा समेत बास गरिदिनुहोस है ।

हे पितापुर्खाहरु हो ।
आजबाट तपाँईहरु यहिँ तिनचुला र सूवाँछ्याममा बसोबास गरिदिनुहोस है ।
हाम्रो घरको बाजेबोजु बुबाआमा लालाबाला,
सबैलाई आर्शिबाद दिनुहोस है ।
हाम्रो परिवारमा सुख शान्ति छाईरहनुहोस है ।

हे सोरुमी, साप्सामी,
हे छोरुमी, आप्तुमी,
हे नाम्रुमी सिकारी पुर्वजहरु हो ।
हामीले यस घरमा सुवाँछ्याम राखी तपाँईहरुको बस्ने खेल्ने
ठाँउको स्थापना गरिदिएका छौं ।
तपाँईहरुले प्रयोग गर्नु भएको हतियार
धुनकाँड र तीर राखी दिएका छौं ।
आजबाट हाम्रो घरको यहि सुवाँछ्याममा बसोबास गरि
आफ्नो सन्तानहरुको रक्षा गरि राख्नुहोस है ।

जय सोरुमी, साप्सामी ।
जय छोरुमी, आप्तुमी ।।
जय नाम्रुमी सिकारी देवताहरु ।।।

चुला स्थापना मुन्धुम

धीलूङमा मलुङमावो । आथेपातोने साब्दाला बूकूमापी तूवाना । ईसीने नपी हँछाछावा चीखीम पोकुहँ । आनालाई लामानाहँ खूरा तातान । खामवाआम्ला लोतो, खाप्चीआम्ला लोतो ।
नाम्छेबूङ, नामबूङ लायान । चासूम्वा, सूबीदाम, माकूदाम्वा । लँलीमा लीसानाहँ ईसेपीका ।
साकूलूङ, दिपालूङ, साप्सालूङ, लमालूङ म्याङानाक । थूँमालूङ, रुँरीलूङ, चासूमलूङ, बूलूलूङ म्याङानाक ।

अँ सेलेमीचेऊ, मूक्तीमीचेऊ, सेलेहँपाचेऊ, मूक्तीहँपाचेऊ, खरँमीचेऊ, फुपापाचेऊ, दीपाहँचेऊ, बबँबूङचेऊ, नूछबूङचेऊ, यँछाचेऊ, रुम्पूमी चेऊ, छूम्पूमीहँचेऊ, बूलूलूङचेऊ, रुमालूङचेऊ, थूङमालूङचेऊ, खब्मालूङचेऊ, मीयामा–मीचालूङचेऊ, पाकूलूङचेऊ, रुरीसाखा पतानूम्वो, ईसेका ई नपी न मीयामा मीचालूङपी, तुमामानूम वारीमानूम्वो ।

ईसे बेर ई नपी न चीखीम्पी, या यूँङमा यूसानाकके, आम्नू खीमतँसूँपा खीम्तँसूँमा चचायोछा,
झारामी रीरमदूङपी या बानेनके, हने नपी तूमामानूम वारीमानूम्वो, रुरीथापी साखाथापीङा लायासानीवो ।

सोरुमीचेऊ, साप्सामीचेऊ, छोरुमीचेऊ, आप्तूमीचेऊ, नाम्रुमीचेऊ । आनानीवा गाङानूम्क एलीब अप्तीरुङ, बीछूरीबाछूरीसँ यूँप्यानीक तूई, धँ, सूवाँछ्याम, बोप्यानीक तूई, बाल्याम्खँसँ यूँप्यानीक तूई, ईसेका नक चीखीमपीक दाप्लँ सूतूलूङपी, या यूङमा यूसानीक तूई,
नक चीखीमपीक दाप्लँ सूतूलूङपी, तूमामानूम्वो बारीमानूम्वो ।

सगुन बितरण

यस पछि सगुन बितरण गरिन्छ ।

औपचारिक कार्यक्रम :

कार्यक्रम संचालक –
आशन ग्रहण – घरमुली तथा निमन्त्रित ब्यक्तित्वहरु
चुला स्थापना बारे जानकारी –
चुला स्थापना बाचन –
चुला स्थापना बिधी – धामी वा जानिफकार
सगुन बितरण –

हङकङमा चुला स्थापना गर्नेभए

  1. चुला स्थापनाको फारमभरी किराया हङकङको कार्यलयमा बुझाउनु पर्नेछ।
  2. किराया हङकङले फारम हेरी उपयुक्त समय मिलाई स्विकृती प्रदान गर्नेछ।
  3. फारम सहित तोकिएको शुल्क धर्म–संस्कार संरक्षण कोषमा जम्मा गर्नुपर्नेछ।
  4. अन्य आवश्यक सामाग्रीहरु ब्यावस्था गरिदिन पर्ने भए थप रकम जम्मा गर्नुपर्नेछ।
  5. सामुहिक धामी चलाउने भए अन्त्यमा धामीको शिर उठाउनी गर्नु पर्नेछ।

३. चुला स्थान्तरण

चुलालाई एक ठाँउबाट अर्को ठाँउमा स्थान्तरण गर्दा बिधिपुर्वक चुला उखेली स्थान्तरण गर्नु पर्दछ । चुला ढुङगा भाँचिएमा, चोईटिएमा, फुटेमा चुला ढुङगालाई उखेली स्थान्तरण विधि नै गरिन्छ । भाँचिएको, चोईटिएको, फुटेको ढुङगालाई बाबियो वा खरको डोरीले वा काँचो धागोले बाँधेर चोखो ठाँउमा राख्नु पर्दछ । चुला स्थान्तरण गर्दा निकै टाढा भै सार्नुपर्ने सम्पुर्ण ढुङगालाई बोकेर लान सम्भव नभएमा मुन्धुम बाचन गरेर चुला ओछ्याउने ढुङगा भित्र राखेको तामाको सिक्का र खरानी चाँही निकालेर लानु पर्दछ । एउटै घरको दाजुभाई छुट्टिदाँ मुल चुलाको खरानी बाँडेर लगि आ–आफ्नो घरमा बिधिपुर्वक तिनचुला स्थापना गर्नु पर्दछ ।

आवश्यक सामाग्रीहरु :

  1. एक कठुवा चोखो रक्सि, अदुवा र अक्षता
  2. सगुन

चुला स्थान्तरण प्रार्थना:

हे पितृपुर्खाहरु हो ।
हे छोरुमी कँसूमीहरु हो ।
हे नागा ह्यालापा छिदामपूरी धीदामपूरीहरु हो ।
हे साप्सामी, दीबूमी, जानीफकार बिजुवाहरु हो ।
आज यहाँहरुको खानेबस्ने ठाँउ भत्काउदै छौं ।
रिसाएर हामीलाई दु:खपिडा नदिनुस है ।

हे बुक्छामी, छोरुमी कँसूमी हो ।
हे नागा ह्यालापाहरु हो ।
हे छिदामपूरी धीदामपूरी, साप्सामी, दीबूमीहरु हो ।
हामीहरुले यहाँहरुलाई भत्काएका हैनौं ।
सच्चाएका हौं है ।
हामीलाई नरिसाई दिनुहोस है ।

हामीले तिन चुलाको स्थापना गरि,
अन्न, अदुवा, रक्सि र भेटीले चोख्याई,
पितापुर्खाको प्रतिकको रुपमा,
अर्कोस्थानमा स्थापना गरि भक्ति गर्नेछौं ।
तिन चुलामा रहनु भएका पितृपुर्खाहरु हो ।
हामीलाई दिर्घायु, सुस्वस्थ्य र बुद्धिविवेक दिनुहोस है ।
जय पुर्वजहरु । जय पुर्खाहरु ।।

चुला स्थान्तरण मुन्धुम :

चुला सार्दा बुढापाका ब्यक्ति वा धामीले एक कठुवा चोखो रक्सि, अदुवा र अक्षता अगेनामा चढाउदै निम्न अनुसारको मुन्धुम बाचन गरेर चुला उखेल्नु पर्दछ ।

बुक्छामी रीयाहँचेऊ । छोरुमी कँसूमीहँचेऊ । नागा ह्यालापा रीयाहँचेऊ
छीदाम्पूरी धीदाम्पूरीहँचेऊ । साप्सामी, दीबूमी रीयाहँचेऊ । तायामी, कुबिमि रीयाहँचेऊ
ईसे नपी न, मीयालुङ, मीचालुङ, सूतूलूङचेऊ । आनानीलाई फोलीहँनीक तूई
छुछुलुङ ततलुङ मानूम्नवो ।

बुक्छामी रीयाहँचेऊ । छोरुमी कँसूमी रीयाहँचेऊ । नागा ह्यालापा रीयाहँचेऊ
छीदाम्पूरी धीदाम्पूरीहँचेऊ । साप्सामी, दीबूमी, तायामी, कुबिमि रीयाहँचेऊ । आनानीलाई होलीनीक मन सालीनीकके । छुछुलुङ ततलुङ मानूम्न ।
मीयामा मीचालूङपी यूसीनीहँ । नाम्छेबुङ, नाम्बूङ लायानीके । चासुम्वा, सुबीदाम् माकूदाम्वा
लँलीमा लीसानीके ।

थूङमालूङ, बूलूलूङ, रुमालूङ, खब्मालूङ, पाकुलुङचेऊ । रुँरीसाखा पेकानुम,
नूवाताया पेकानुम्वो । मीयालुङ, मीचालुङ, सूतूलूङचेऊ ।

४. चुला फुटेमा प्रार्थना:

हे चुला ढुङगा माटो हो ।
हिजो सम्म तिमी हाम्रो पितापुर्खाको प्रतिकको रुपमा थियौ ।
आज बाट सामान्य ढुङगामा परिणत गर्दैछौं ।
मलाई सामान्य ढुङगा बनाई फाल्यौ भनेर चित्त नदुखाई दिनुहोस है ।
चोखो रक्सि चढाई भक्ति गरेका छौं ।
झै–झगडा आँखी डाही हटाउदै आर्शिवाद दिनुस है ।
जय पुर्वजहरु । जय पुर्खाहरु ।।

चुला फुटेमा मुन्धुम :

धिलूङमा मालूङमावो । आथेपा आना रीलूङ तूवानाक ईसेपीका धीलूङ म्याङानाक । कँलाई धीलूङ म्यँमूङहँ कातँमूङ गूङतो आम्कँ चाईमीउनवो । खाम्वआम्ला लोतो, खाप्चीआम्ला लोतो, नाम्छेबुङ नामबूङ लायीहँनीके । छूछूलूङ ततलूङ पान्चईतो । रुँरी साखा पतानूम्वो ।

औपचारिक कार्यक्रम :

कार्यक्रम संचालक –
आशन ग्रहण – घरमुली तथा निमन्त्रित ब्याक्तित्वहरु
चुला स्थानतरण बारे जानकारी –
चुला स्थान्तरण बाचन –
चुला स्थान्तरण विधी – धामी वा जानकार ब्याक्ति
सगुन बितरण –

हङकङमा चुला स्थान्तरण गर्नेभए

  1. चुला स्थान्तरणको फारमभरी किराया हङकङको कार्यलयमा बुझाउनु पर्नेछ ।
  2. किराया हङकङले फारम हेरी उपयुक्त समय मिलाई स्विकृती प्रदान गर्नेछ ।
  3. फारम सहित तोकिएको शुल्क धर्म–संस्कार संरक्षण कोषमा जम्मा गर्नुपर्नेछ ।
  4. अन्य आवश्यक सामाग्रीहरु ब्यावस्था गरिदिन पर्ने भए थप रकम जम्मा गर्नुपर्नेछ ।
  5. सामुहिक धामी चलाउने भए अन्त्यमा धामीको शिर उठाउनी गर्नु पर्नेछ ।