किरात धर्म तथा संस्कार संरक्षण विभाग

Kirat Religion & Ritual Protection Depart

परिचय

किरात राईहरुको धर्म, संस्कारहरुलाई जोगाउदै, किरात राईहरुलाई प्रकृती र पित्री पुजकको रुपमा स्थापित गराउन, सुप्तुलुङलाई धार्मिक आस्थाको बिन्दुको रुपमा स्थापित गराउन तथा किरात राईहरुको जन्म देखी मृत्यसम्मको कर्मकाण्ड सम्पन्न गरि दिन यस बिभाग गठन हुनेछ ।


उदेश्यहरु

  1. किरात राईहरुको मौलिक औषधी, उपचारको खोज अनुसान्धान गर्दै प्रयोग गर्नु।
  2. किरात राईहरुको जन्मदेखी मृत्यु सम्मको संस्कार गरिदिनु।
  3. किरात राईहरुलाई आवश्यकपर्ने बिभिन्न पूजापाठ, आरधना गरिदिनु।
  4. मुन्धुमदर्शनले जिवनमा पुऱ्याउने फाईदा सम्बन्धि अध्यन, अध्यापन गर्नु।
  5. मौलिक किरात धर्म, प्रकृति पुजा तथा मुन्धुम सम्बन्धि गोष्ठि गर्न लगाउनु।
  6. चुलाको रक्षा गर्नु। चुलाका बारेमा नया पुस्तालाई जानकारी गराउनु।
  7. कार्यक्रमको उद्घाटन सामाग्री थाल, कलशपाती, दियोबत्ति, लाईटर, सुम्निमा पारुहाङको फोटो तयार पार्नु।