जुलाई (अषाढ/श्रावन)

हरेक वर्ष साउन १ गते किरात राईहरुले गाई वा गोरुको मासुसंग टिम्बुरसंग मिसाई खाने प्रचलन थियो। पछि गाई वा गोरु काट्न बन्देज लगाएपछि राँगा वा भैंसिको मासुसंग टिम्बुरसंग मिसाई खाने प्रचलन रहेको छ। यसलाई साउने संक्राति चाडको रुपमा मनाउदै आएको पाईन्छ। यस दिन बाल प्रतियोगिता, जेष्ठ नागरिक सम्मान कार्यत्रमहरु ल्याईने छ। किराया हङकङले २०१५ देखी साउने संक्रान्तिको समयमा बाल तथा प्रौढ कार्यक्रम गर्दै आई रहेको छ।