सामूहिक चूला नियमावली (८)

१६ मार्च २०१६ (अनुमोदन)

(रातो अक्षर २६ मार्च २०२३ मा प्रस्तुत गरिने प्रस्तावित संसोधन मस्यौदा)

मस्यौदाकार

  1. मुल संयोजकः शशि मदन राई (कुलपति)
  2. संयोजकः हरिचन्द्र राई (प्रमुख सल्लाहकार)
  3. संयोजकः सुवास राई (सल्लाहकार)
  4. संयोजकः रजिन राई (प्रमुख संरक्षक)
  5. संयोजकः हेजेन राई (संरक्षक)
  6. संयोजकः चन्द्रका राई (किराया अध्यक्ष)
  7. संयोजकः भाषिक संस्थाका अध्यक्षहरु

परिच्छेद १

किरात राई जातीहरु:

  1. कुनै युगको सभ्यता/राज्य वा कैलाश पर्वतको काखमा बसोबास गर्ने सोझा र ईमान्दार जातीहरु।
  2. यलम्बर हाङको सन्तान इ.पू. १८७९ तिर नेपालमा ३२ पुस्ता सम्म किरात वंशको नामले राज्य गर्ने जातीहरु।
  3. सुम्निमा र पारुहाङलाई यस पृथ्बी, ब्रहमाण्ड, चराचर जगतको मुल श्रृष्टीकर्ताको रुपमा मान्ने जातीहरु।
  4. आफुलाई जन्म दिने पुर्वजहरुनै मानव प्राणीको श्रृष्टीकर्ता सम्झि पुर्वजहरुलाई आराधना गर्ने जातीहरु।
  5. प्रकृती बिना मानव जिवन सम्भव छैन भनि प्रकृतीको (पृथ्बी, आकाश, हावा, आगो र पानी) को पुजा गर्ने जातीहरु ।
  6. बंश बिस्तार, कुटुम्व विस्तार, धर्म कर्म, पाप कर्म, धन दौलत, बिमार क्षयको मुल आधार प्रकृतीलाई मान्ने जातीहरु ।
  7. सुकर्म गरे स्वभाविक मृत्यु हुने, कुकर्म गरे अस्वभाविक मृत्यु हुने भनि मान्ने जातीहरु।
  8. आफ्नै धर्म, संस्कार, संस्कृती, नियम, कानुन, आचरण भएको किरात जातीहरु।

परिच्छेद २

धारा १, प्रस्तावना:

किरात राईहरुको उत्पति थलो नेपाललाई मानिन्छ। उत्पति थलोबाट छुट्टिएर जाँदा आफ्नो धर्म, संस्कार, संस्कृति पनि लिएर गईएको हुन्छ। तर विदेशमा जाँदा वा जिवनलाई शुखमय बनाउन शहरतिर बसाँई सर्दा त्याहाँ आफ्नो धर्म, संस्कार संस्कृती पाईन्दैन। विशेषगरि किरात राईहरु को मृत्यु हुँदा धार्मिक समाजको आवश्यक्ता पर्दछ । तर्सथ जुन धर्मको समाज त्यहाँ अधिक छ त्यहि धर्मतिर जान बाध्य परिन्छ।

अझ किरात राईहरुले चुलामा हरेक संस्कार गर्ने चलन छ । चुला जमिनमा गाडिएको हुन्छ। बिदेशमा वा शहरीकरण भएको ठाँउमा अफ्नो घर नभएकोले चुला गाड्न सकिन्दैन । तर्सथ चूला नभएकोले किरात राईहरु आफ्नो धर्म, संस्कार संस्कृती गर्न पाउँदैनर अन्य धर्ममा प्रवेश गर्न बाध्यता छ।

किरात राईहरुको छोराले बुहारी ल्याउँदा चुलामा छोराबुहारीलाई चुलामा राखि भित्र्याउने (अन्माउने) चलन छ र छोरी जुवाँईमा जाँदा छोरीजुवाँईलाई चुलामा राखि निकाल्ने (वाकदत्त) दिने चलन छ। चूलामा किरात जाती भन्दा अन्य जातीलाई पस्न दिईन्दैन । जस्ले गर्दा विदेशमा वा शहरीकरण भएको ठाँउमा अन्तरजातीय विवाह ९० प्रतिशत सम्भव भएकोले र चूलामा पस्न नसक्ने भएकोले अन्य धर्ममा जान बाध्य परिन्छ।

चुला किरात राईहरुको देवस्थलहो जहाँ किरात राईहरुको वंशज (पितापुर्खाहरु) रहेको हुन्छ। किरात राईहरुले पितापुर्खाहरु र प्रकृतिको पुजा गर्दछन। चुलामा पुजा पार्थना गर्दछन। चुला पुज्न छाडियो भने किरात राईहरुको धर्म, संस्कार, संस्कृती मरेर जानेछ। किरात राईहरुको अर्को पुस्ताले किरात राईहरुको संस्कार भुलेर जानेछन। संस्कार संस्कृती मरेर गयो भने पहिचान मरेर जानेछ। यसको विकल्प किरात राईहरुले शहरिकरण भएको ठाँउमा जहाँ आफ्नो घरमा चुला छैन त्यस ठाँउमा समुह मिलेर सामूहिक चुलाको स्थापना गरेर किरात राईहरुको धर्म, संस्कार, संस्कृतिको जर्गेना गर्न र किरात राईहरुको पहिचानलाई पुस्ता हस्तान्तरण गर्दै लान आवश्यक्ता भएकोले सन २००५ सालमा सामुहिक चुलाको अवधारणा ल्याई सन २०१६ सालमा चुलाघर खरिद गरि त्यसलाई विवाद रहित रुपमा चलाउन सामुहिक चुला हङकङको नियमावली (८) लेखन गरिएको छ।

यो नियमावली (८) किराया हङकको साधारण सभाले अनुमोदन /संसोधन गरेपछि लागु हुनेछ ।

धारा २, परिभाषा:

  1. “संस्था” भन्नाले किरात राई यायोक्खा हङकङलाई बुझाउनेछ।
  2. “नियमावली” भन्नाले सामुहिक चुला हङकङको नियमावली (८) (संसोधन सहित) लाई बुझाउनेछ।
  3. “विभाग” भन्नाले किरात राई यायोक्खा हङकङको विभागहरुलाई बुझाउनेछ।
  4. “किरात राई” भन्नाले आदिमकालदेखि नेपालमा र समस्त हिमालय श्रृखंलामा बसोबास गरि आएका जाती, हाल हङकङमा आई अस्थाई वा स्थाई रुपमा बसोबास गरिरहेका, “किरात धर्म” लाई निरन्तर रुपमा पालन गरि आएका आदिवासी भूमीपुत्रहरुलाई बुझाउनेछ।

धारा ३, उदेश्य:

  1. ब्यक्तिगत चुला नहुनेहरुलाई पुजा पार्थना, संस्कार गर्न।
  2. किरात राईहरुको धर्म–संस्कार, संस्कृति बचाउन।
  3. कूबीमीहरुको संरक्षण गर्न तथा नया कूबीमीहरु निकाल्न।
  4. मुन्धुमको खोज, अनुसन्धान प्रयोग तथा संरक्षण गर्न।
  5. नया पुस्तालाई धर्म, संस्कार, संस्कृति सिकाउन।
  6. किरात धर्मको अध्यन, अध्यापन, अनुसन्धान गर्न।
  7. किरात राईहरुलाई आफ्नो धर्ममा आकर्षण गर्न।

परिच्छेद ३

धारा १, सामूहिक चुला संचालन:

  1. सुप्तुलुङखिमको एक कोठामा नेपालबाट किरातेश्वर बुढानिलकण्ठमा चढाएको फुलपाती र किरातहरुको धार्मीक स्थल हात्तिबनको माटो ल्याई सामुहिक चुला स्थापना गरिएकोछ।
  2. सामुहिक चुलाको संचालन किरात राई यायोक्खा हङकङको विभाग “किरात धर्म संरक्षण तथा संस्कार विभाग” को संयोजन समितिले गर्नेछ।

धारा २, सामूहिक चुला स्वतन्त्रता तथा बन्देजहरु:

  1. सामूहिक चुलामा पुजापाठ, पार्थना तथा कुनैपनि संस्कार गर्दा किराया हङकङले नियुक्त गरेको कुबीमीहरुले गर्नेछ। यदि कसैले आफ्नै वंशको कूबीमी ल्याई पुजा गर्छु भनेमा स्वतन्त्रता हुनेछ।
  2. सामूहिक चुला पुज्न आँउदा मौलिकतामै असर पर्ने गरि पितृपुजक किरातीहरुको पुर्वज पितृहरुलाई नपुजि, धार्मिक गुरुहरुको तस्विर राखि, वा धार्मीक गुरु ल्याएर, भजन कृतन गरि, नयाँ बिधि बिधानमा चुला चुला पुज्न पाईने छैन।
  3. सामुहिक चुला पुज्दा मासुमंस वा फलफुल जे चलाए पनि स्वतन्त्रता हुनेछ। कसैले मासुमंस वा फलफुल जे चलाए पनि एकले अर्कालाई विरोध गर्न पाईने छैन।
  4. कुनैपनि किरात राईहरुको छोराले अन्यजातीसंग बिवाहगरि बुहारी ल्याएमा बुहारीलाई सामुहिक चूलामा पस्न, पूजा/आरधना गर्न स्वतन्त्रता दिईनेछ ।
  5. कुनैपनि किरात राईहरुको छोरीले अन्य जातिसंग बिहेगरि जुँवाईलाई सामुहिक चुलामा पितृहरुसंग आर्शिबाद माग्न ल्याए पूजा/आरधना गर्न स्वतन्त्रता दिईने छ।
  6. कुनै पनि जातीका मानिसहरु जो हङकङमा राई भएर आएका छन, उस्ले अब देखि म किरात धर्म मान्छु, राई जातीमा प्रवेश गर्छु भनेमा किराया हङकङले कम्तिमा ७ भाषिक संस्थाहरु साँक्षि राखि रातो अचना चिसो छपना गरि, दाल भात चलाएर चूला ग्रहण गराई उनिहरुको जातलाई लाई नया थर दिई राई जातीमा प्रवेश गराउन सक्नेछ।
  7. आफ्नै दाजुभाईहरु समेत खाँदै बस्दै खेल्दै जाँदा बाटो बिराएर अर्को धर्ममा गएपनि जिउँदै रहँदा फेरी फर्कि आएर मैले बाटो बिराए छु, हे दाजुभाईहरु हो, म कुलमा फर्कन चाहान्छु, मलाई माफ गरिदिनुहोस भनेमा चोखो नितो गराई दाजुभाईहरुले चुला ग्रहण गराउन सक्नेछ।
  8. सामूहिक चुला पुज्न आउने जोसुकै किरातीहरुले पुजापाठ, पार्थना तथा संस्कारहरु गर्दा यस नियमावलीले निर्देशित गरेको वा यस नियमावलीमा निर्देशित भएको छैन भने किराया हङकङको प्रमुख कूबीमीले निर्देशित गरेका बिधि विधानमा चुला पुज्न पर्नेछ।

धारा ३, पितृकक्ष (सुँवाछेम):

पितृपुजक किरात राईहरुको घरमा चुलाको ठिक माथि भार हुन्छ। भार भन्दा माथि भित्तापट्टि पितृकक्ष राखेको हुन्छ। पितृकक्षलाई कसैले सुँवाछेम, कसैले मछेम, कसैले मछामा भन्दछ। भाषिक राई अनुसार फरक नामले पुकारिन्छ। पितृकक्षमा एक धनुकाँड, केराको पात, सेउली, सयपत्री फुल, चामल, अदुवा, पैसा र कूबीमी बस्ने एउटा पिर्का राखेको हुन्छ। सूवाँछ्यामलाई बर्षको एकदिन पितृपुजाको दिन सफा गरि सूवाँ हान्ने (पितृपुजा) गर्ने कार्य गरिन्छ। सूवाँछ्याममा स्वभाविक मृत्यु भएर गएका पिता पुर्खाहरुको आत्मा रहेकोहुन्छ भनि बिश्वास गरिन्छ।

धारा ४, सामूहिक पितृकक्ष (सामूहिक सुँवाछेम):

पितृपुजक किरात राईहरुको मुन्धुम अनुसार एउटा पितृकक्षमा एक वंशको मात्र पितृहरु राखिन्छ। सामूहिक चुला स्थापना गरेपछि सबैको पितृहरु राख्नुपर्ने भएकोले सामुहिक पितृकक्षको धारणा ल्याईएकोछ। सामुहिक पितृकक्ष निर्माण गर्दा छुट्टा छुट्टै सामुहिक पितृ, थरगत पितृ, पाछागत पितृ र दुईवटा प्रतिस्थापन पितृकक्ष निर्माण गरिएकोछ।

धारा ५, सामुहिक पितृकक्ष चित्रमा:

तिलुङनाछिरिङचाम्लिङ
साम्पाङनेवाहाङ/मेवाहाङबाम्बुले
पुमाबायुङ/बाहिङदुमी
बान्तावाकोयी/कोयुथुलुङ
बुङलवाआठपहरियाछिन्ताङ
छिलिङफाङदुवालीसोताङ
बेलहारेमुगालीखालिङ
दुङमालीलिङखिमयाम्फु
कुलुङलोहरुङपोहिङ
  जेरुङ  
प्रतिस्थापन पितृकक्षसामुहिक पितृकक्षप्रतिस्थापन पितृकक्ष
प्राचिन हातहतियार संग्रह

क. सामुहिक पितृकक्ष

पितृकक्षको बिच भागमा सामूहिक पितृकक्ष निर्माण गरिएकोछ। जस्मा निम्न सामूहिक पितृहरु रहने छन।
१) सुम्निमा/पारुहाङ, २) हँछा, ३) किरातुईवा,) साल्पा, ४) हर्कबुङ, ५) राई, ६) पतिसुङ, ७) लारिहा, ८) लारिहाप्पा, ९) नागेलुङमे, १०) नारिता, ११) यारिता, १२) नागरिता, १३) पातेसुङ, १४) तयमा खियमा, खक्चीलुप्पा/हेचाकुप्पा/रैछाकुले।

ख. भाषिगत पितृकक्ष

पितृकक्षको सबै भन्दा माथि सबै २८ भाषि राईहरुको छुट्टाछुट्टै भाषिगत पितृकक्ष निर्माण गरिएकोछ।जस्मा निम्न भाषिगत पितृहरु राखिएको छ।
१) चाम्लिङ राई २) दुमी राई ३) साम्पाङ राई ४) बान्तावा राई ५) पुमा राई ६) थुलुङ राई ७) कोयी/कोयु राई ८) बायुङ/बाहिङ राई ९) बाम्बुले राई १०) तिलुङ राई ११) नाछिरिङ राई १२) खालिङ राई १३) कुलुङ राई १४) लोहरुङ राई १५) बुङलावा राई १६) जेरुङ राई १७) छिन्ताङ राई १८) छिलिङ राई १९) फाङदुवाली राई २०) नेवाहाङ/मेवाहाङ राई २१) पोहिङ राई २२) बेलहारे राई २३) याम्फु राई २४) मुगाली राई २५) आठपहरिया राई २६) दुङमाली राई २७) सोताङ राई २८) लिङखिम राईका पुर्खाहरु।

ग. प्रतिस्थापन पितृकक्ष (वंशगत पितृकक्ष)

सामूहिक पितृकक्षको दाँया र बाँया पट्टि एकएक वटा प्रतिस्थापन पितृकक्ष निर्माण गरिएकोछ। कुबिमिहरुले मुन्धुम बाचन गरि प्रतिस्थापन पितृकक्षलाई क्षणिक समयको लागि पितृपुजा गरिन्जेल सम्म वंशगत पितृकक्षमा परिवर्तन गरिदिने छ। तत्पश्चात जस्को वंशगत पितृ पुज्न पर्ने हो उस्को पितृहरुको नामावली प्रतिस्थापन पितृकक्षमा राखि पुजा गरिनेछ।

धारा ६, सामूहिक चुलामा पितृ पुज्ने विधी:

  1. सामूहिक पितृ पुज्दा कुबिमिले सबै भन्दा पहिले सामूहिक पितृहरुलाई पुकार्नु पर्नेछ।
  2. तत्पश्चात भाषिक पितृहरुलाई पुकार्नु पर्नेछ।
  3. अन्तमा प्रतिस्थापन पितृकक्षमा जस्को पितृ पुज्न पर्ने हो उस्को पितृहरु प्रतिस्थापन गरि पुज्न पर्नेछ।

धारा ७, सामूहिक चुलामा बुहारी अन्माउदा वा बागदत्त दिँदा

  1. सामूहिक चुलामा बुहारी अन्माउदा एउटा प्रतिस्थापन पितृकक्षमा छोराको सामेको पितृहरु र अर्को प्रतिस्थापन पितृकक्षमा बुहारीको सामेको पितृहरु राखि त्यो बुहारीको सामेदेखि यो छोराको सामेमा आएको भनि अन्माई दिईने छ।
  2. तेस्तै सामूहिक चुलाबाट छोरी निकाली जुवाँईको सामेमा लगाउने भए यहि २ वटा प्रतिस्थापन पितृकक्षमा एउटामा छोरीको सामेको पितृहरु र अर्को प्रतिस्थापन पितृकक्षमा जुवाँईको सामेको पितृहरु राखि यो सामे देखि त्यो सामेमा गएको भनि बागदत्त दिईने छ।

धारा ८, उपसङ्हार:

जुनसुकै किरात राईहरुलाई सामुहिक चुलामा पितृ पु्ज्ने वा नपुज्ने स्वेछिक रहने छ। यधपि सामूहिक चुलाको स्थापना गरिसकेको भएकोले घरमा चुला नहुनेहरुले सामुहिक चुलामा पितृ पुजौं भन्ने अनुरोध रहनेछ। सामुहिक पितृकक्षमा कुबिमिले पितृहरुसंग माफि माग्दै, पितृहरुलाई परिस्थितिको जानकारी गराउदै, संस्कार र विधिलाई परिवर्तन नगरी, पितृहरुलाई स्मरण गर्दै, आर्शिबाद माग्दा पितृहरु खुशिनै हुनुहुन्छ। पितृ पुज्दा सामूहिक चुला प्रयोग नगरे पनि उधौली लागे पश्चात चुला नभएकाहरुले घरमै बंशावली राखि ३ वटा बत्ति बालेर (चुला सम्झी), पितृहरुलाई स्मरण गरि आशिर्बाद लिने संस्कारको विकाश गरौं, हामी पितृ र प्रकृती पुजक किराती हौं भनि आफ्नो सन्ततिलाई सिकाऔं।

सन्दर्भ सामग्रीहरु :

  1. इमानसिङ् चेम्जोङ, किरात ईतिहास  १९४८(२००५),  किरातको बेद  १९६१(२०१८),  किरात जनको ईतिहास र सङ्स्क्रिती  १९६७(२०२४)
  2. साम्पाङ मुन्धुम, मुन्धुम होसुङ, मुक्दुमको सेरोफेरो, थुलुङ मुन्दुम
  3. Wikipedia, Encyclopedia.

(समाप्त)

किरात धर्म के हो ?