भाषीक/भात्री नियमावली (६)

भाषीक/भात्री नियमावली (६)

१६ मार्च १४ (अनुमोदन), १ अप्रिल २०१८ (संसोधन)

परिच्छेद १

प्रस्तावना:

हङकङमा दर्ता भएका विभिन्न भाषिक तथा अन्य संघसंस्थाहरुलाई भाषिक वा भ्रातृ संस्थाको अनुबन्धन वा सम्बन्धन प्रदान गर्दै एक सुत्रमा बाँध्न आवश्यक देखिएकोले यो भाषिक/भ्रातृ संस्था नियमावली (६) निर्माण गरिएकोछ। यस नियमावलीमा परिवर्तन गर्न परे किरात राई यायोक्खा लगायत हालसम्म अनुबन्धनमा रहेका ८ भाषिक संस्थाको बहुमतले परिवर्तन गर्न सक्नेछ। यो नियमावली १६ मार्च २०१४ को अधिवेशनले पारित गरेपछि लागु हुनेछ।

१. भाषीक संस्था

किरात राई यायोक्खा हङकङको कुनै एक उदेश्य वा धेरै उदेश्यसंग मेल खानेगरि एकै भाषा बोल्ने समुहद्वारा खोलिएको संस्थाले किराया हङकङसंग अनुबन्धन प्राप्त गरेपछि भाषिक संस्थाको मान्यता प्रदान हुनेछ। भाषिक संस्थालाई अनुबन्धन प्रदान गर्दा एक भाषिक समुहबाट एक संस्थालाई मात्र अनुबन्धन दिईने छ । भाषिक संस्थाको नाम किरात राई अन्तरगतका भाषीक समुदायलाई बुझाउने प्रकारको हुनुपर्ने छ र अनुबन्धन प्राप्तगर्न भाषिक संस्थाको निम्न अनुसारको दायित्व रहेको हुनुपर्ने छ।

२. दायित्व :

  1. भाषिक संस्थास्वायत्तता तथा आत्मानिर्णयको अधिकार सहितको रहनेछ। तर भाषीक संस्थाको विधानमा वा अनुबन्धनपत्रमा वा कार्यक्रमको ब्यानरमा “किरात राई यायोक्खा हङकङप्रति उत्तरदायी रहनेछ” भनि लेखिएको हुनुपर्नेछ।
  2. भाषीक संस्थाको बहालवाला अध्यक्ष किराया हङकङमा “पदेन उपाध्यक्ष” र किरात राई प्रज्ञा प्रतिष्ठान हङकङको प्रज्ञा सदस्यरहने छ। किराया हङकङको वहालवाला अध्यक्ष भाषिक संस्थाको संरक्षक पदमा रहने छ र भाषीक संस्थाले आयोजना गरेको कार्यक्रममा किराया हङकङ “प्रमुख अतिथि” रहनेछ।
  3. किराया हङकङको विधान १९९८ को परिच्छेद (३) को ७ अनुसार अध्यक्ष हुन चाहिने योग्यतामा अनुबन्धित भाषिक संस्थाले समर्थन वा बिमर्थन जनाउन सक्नेछ ।
  4. भाषिक संस्थाले आफ्नो १ प्रति संसोधित बिधान किराया हङकङकमा पठाउनु पर्नेछ।भाषीक संस्था बिधान अनुसार नचलेमा वा तोकिएको समयमा “अधिवेशन” नगराएमा किराया हङकङले भाषिक संस्थाको अनुबन्धनबाट खारेज गर्न सक्ने छ ।
  5. किरात राईहरुको जातिय सम्बन्धमा खलल् नआवोस भनि किराया हङकङले आयोजना तथा प्रतिनिधित्व गरिरहेका सामुहिक संस्कृती साकेला शिलिलाई सर्वजनिक कार्यक्रममा भाषिक संस्थाले आफुखुसी नृत्यकार लगेर नाच्न पाईने छैन । नाच्न परे किराया हङकङको स्विकृती लिई तोकिएको ब्यानरमा नाच्न पर्नेछ ।
  6. भाषीकसंस्थाले आर्थिक अभिवृद्धी सम्बन्धि कुनैपनि कार्यक्रममा स्वंयम गर्न सक्ने छ । तर किराया हङकङलाई सहयोग गर्ने वा किराया हङकङको कुनै पनि परियोजनालाई सहयोग गर्ने भनि ब्यानरमा उल्लेख गर्नेभए कम्तिमा ५० प्रतिशत मुनाफा किराया हङकङलाई बुझाउनु पर्नेछ ।
  7. किरात राई यायोक्खा हङकङले आफ्नो ब्यानरमा सबै भन्दा तल अनुबन्धन प्राप्त भाषिक संस्थाको लोगो राख्नु पर्नेछ।भाषीक संस्थाले आवश्यक ठानेमा अनुबन्धन बिच्छेद गर्न सक्ने छ । तर लिखित कारण सहित जानकारी पठाउनु पर्नेछ।

३. अनुबन्धित भाषिक संस्थाहरुः

  1. किरात राई चाम्लिङ खाम्बातिम, हङकङ ।
  2. दुमि किरात राई फन्सिकिम, हङकङ ।
  3. किरात साम्पाङ राई जुम्लेखा, हङकङ ।
  4. किरात राई बान्तावा खिम, हङकङ ।
  5. किरात राई पुमा तुप्खाबाङखाला, हङकङ ।
  6. किरात थुलुङ सामा, हङकङ ।
  7. किरात सोदेल कोयु/कोयी किम, हङकङ ।
  8. किरात बायुङ सुम्निखिम, हङकङ ।
परिच्छेद २

१. भ्रातृ संस्था

किरात राई यायोक्खा हङकङको कुनै एक उदेश्य वा धेरै उदेश्यसंग मेल खानेगरि खोलिएको संस्थाले किरात राई यायोक्खा हङकङको भ्रातृ संस्थाको सम्बन्धन प्राप्त गर्न आवेदन गरेमा किराया हङकङको कार्यसमितिले भ्रातृ संस्था भनि सम्बन्धन प्रदान गर्न सक्ने छ । सम्वन्धन प्राप्तगर्न निम्न अनुसारको सम्वन्धन प्रमाणपत्रमा दुवैतर्फको अध्यक्षले संस्थाको छाप सहित हस्ताक्षर गरेको हुनुपर्ने छ ।

word icon Download MU

२. दायित्व :

  1. भ्रातृसंस्थाको बहालवाला अध्यक्ष, किराया हङकङको कार्य समितिमा “भातृसंस्था प्रतिनिधि सदस्य” र किराया हङकङको सम्बन्धित बहालवाला बिभाग प्रमुख, भ्रातृसंस्थाको कार्य समितिमा “यायोक्खा प्रतिनिधि सदस्य” रहने छ । दुवैतर्फको कार्यसमितिको बैठकमा प्रतिनिधि सदस्यहरुको मताधिकार रहनेछ तर गणपुरक संख्यामा गणना गरिनेछैन ।
  2. भ्रातृसंस्थाले आफ्नो १ प्रति संसोधित बिधान किराया हङकङकमा पठाउनु पर्नेछ र भ्रातृसंस्था उक्त बिधान अनुसार नचलेमा वा तोकिएको समयमा “अधिवेशन” नगराएमा किराया हङकङले भ्रातृसंस्था खारेज गर्न सक्ने छ ।
  3. भातृसंस्थाले अधिवेशन गराउन नसकि वा अन्य कुनै कारणवस भातृसंस्था खारेजहुन पुगेमा भातृसंस्थाको सम्पुर्ण चल अचल जायजेथा किरात राई यायोक्खा हङकङको स्वमित्वमा स्वत जानेछ ।
  4. भ्रातृसंस्थाको साधारणसभा वा अधिवेशनले अनुमोदन गरेको “कार्यप्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन”को प्रतिलिपि किराया हङकङलाई पठाउनु पर्नेछ ।
  5. भ्रातृसंस्थाले आयोजना गरेको कार्यक्रममा किराया हङकङलाई “प्रमुख अतिति”आशन गराउनु पर्नेछ ।
  6. भ्रातृसंस्थाले किरात राई यायोक्खा हङकङको हित विपरित कार्य गरेको ठहरभएमा, किराया हङकङले भातृसंस्थालाई खारेज गर्न सक्नेछ । तर सुनुवाई भने राख्न दिईनेछ ।
  7. भ्रातृसंस्थाले बिबिध सामाजिक कृयाकलापहरु गर्न परेमा किराया हङकङमा अनुमोदन गराएर मात्र गर्नुपर्नेछ । सामाजिक कृयाकलापहरु किराया हङकङको उदेश्यसंग मेलखाने हुनुपर्नेछ ।
  8. भ्रातृसंस्थाले आयोजना गरेको आर्थिक अभिवृद्धी सम्बन्धि कुनैपनि कार्यक्रममा दुवैतर्फ आम्दानी साझेदारी सम्वन्धमामा लिखित समझदारी गर्नुपर्नेछ अन्यथा ७५ प्रतिशत खुद आम्दानी स्वत: किराया हङकङलाई प्रदान गर्नुपर्नेछ ।
  9. भ्रातृसंस्थाले गरेको कुनैपनि कार्यक्रमको ब्यानरमा सबैभन्दा माथि वा भ्रातृसंस्थाको नामको माथि सानो एकतिहाई अक्षरमा “किरात राई यायोक्खा हङकङ प्रति उत्तरदायी” भन्ने शब्द लेखिनु पर्नेछ ।
परिच्छेद ३

१. अनुबन्धन/सम्वन्धन प्रदान कार्यक्रमको रुपरेखा

  1. आशन ग्रहण
    1. अध्यक्षको आशन ग्रहण
    2. भाषीक/भातृसंस्थाको अध्यक्षको आशन
    3. किराया सल्लाहकारहरु तथा संरक्षकहरुको आशन
    4. किराया पदाधिकारीहरुको आशन
    5. भाषीक/भातृसंस्थाको पदाधिकारीहरुको आशन
    6. अन्य उपस्थितिको आशन
  2. अनुबन्धन/सम्वन्धन बाचन
    1. भाषीक/भातृसंस्था अनुबन्धन/सम्वन्धन बाचन
    2. दुवै तर्फबाट अनुमोदन
  3. सहिक्षाप
    1. दुवैतर्फबाट सहिक्षाप
    2. अनुबन्धन/सम्वन्धन कागज साटासाट
  4. प्रतिवद्धता तथा समापन
    1. भाषीक/भातृसंस्थाको अध्यक्षबाट प्रतिवद्धता जाहेर
    2. शुभकामना – सल्लाहकार तथा अन्य बिशिष्ठ ब्याक्तित्वहरुबाट
    3. किराया अध्यक्षबाट प्रतिवद्धता सहित कार्यक्रम समापन

(समाप्त)