किरात राई यायोक्खा हङकङको अधिवेशनमा नया कार्य समितिको चयन हुनेछ। नया कार्यसमितिको चयनमा १ भन्दा ज्यादा पदाधिकारी आएमा निर्वाचनद्वारा पदाधिकारीहरुको चयन गरिनेछ। कार्य समिति बिधानको परिच्छेद (३) धारा ३ अनुसार निर्माण हुनेछ।
१. निर्वाचन नियम
- मतदाताहरुको नामावली निर्वाचनहुनु अगावै बाचन गरिनेछ।
- नामावलीमा नाम छुट भएमा तोकेको समय भित्र दावी गर्नु पर्नेछ।
- निर्वाचनमा उम्मेदवार बन्न चाहनेले तोकिएको दस्तुर बुझाउनु पर्नेछ।
- उम्मेदवारी दिँदा १ जना प्रस्तावक र १ जना सर्मथकको सही हुनुपर्नेछ।
- एउटा प्रस्तावकले १ पदकालागि २ जनालाई प्रस्ताव गर्न पाईने छैन।
- एउटा सर्मथकले १ पदका लागि २ जनालाई समर्थन गर्न पाईने छैन।
- दावी बिरोध गर्न परे वा उमेद्वार फिर्ता लिन परे तोकेको समय गर्नु पर्नेछ।
- एक पदमा एक भन्दा बढी उम्मेदवार भएमा गोप्य मतदान गरिनेछ।
- मत बराबर भएमा मत बराबर हुनेको पुन निर्वाचन गराईने छ।
- बिजयी उम्मेद्वारको घोषणा निर्वाचन प्रमुखले गर्नेछ।
- बिजय उम्मेद्वारहरुले निर्वाचन प्रमुख सामु शपथ ग्रहण लिनु पर्नेछ।
२. उम्मेद्वारी दस्तुर
कार्य समितिमा पदाधिकारीको लागि उम्मेद्वारी दिन निम्न उम्मेद्वारी दस्तुर तिर्नुपर्ने छ। उम्मेद्वारी दस्तुर उम्मेद्वारी फिर्ता गरेमा दस्तुर समेत फिर्ता हुनेछ तर निर्वाचन लडी हारेमा फिर्ता हुने छैन। उम्मेद्वारी दस्तुर हाल निम्न रहेको छ। उम्मेद्वारी दस्तुर अधिवेशन हलले अनुमोदन गर्नु पर्ने छ।
पद | उम्मेद्वारी दस्तुर |
अध्यक्ष | HK$ १००० |
उपाध्यक्ष | HK$ ८०० |
महासचिव | HK$ ८०० |
सचिव | HK$ ६०० |
कोषाध्यक्ष | HK$ ६०० |
सहकोषाध्यक्ष | HK$ ६०० |
सदस्यहरु (८ जना) | HK$ ३०० |
३. खुल्ला सत्र कार्यक्रमको रुपरेखा:
कार्यक्रम संचालक – सचिव
- आशन ग्रहण (संगै ब्याज बितरण) – बाल, महिला, प्रौढ तथा अतिथि विभाग
- अध्यक्ष:
- प्रमुख अतिथि: आदिबासी जनजाति महासंघ हङकङ
- विशिष्ट अतिथि संस्थाहरु:
- किराया नेपाल
- किरात याक्थुम चुम्लुङ हङकङ
- किरात सुनुवार सेवा समाज हङकङ
- किरात याक्खा छुम्मा हङकङ
- विशिष्ट ब्याक्तित्वहरु
- कुलपति
- प्रमुख संरक्षक
- प्रमुख सल्लाहकार
- बिशेष अतिथि संस्थाहरु (नेपाल प्रतिनिधि संस्थाहरु)
- नेपाली महासंघ हङकङ
- गैर आवासिय नेपाली संघ हङकङ
- नेपाल च्याम्बर अफ कर्मश हङकङ
- बिशेष ब्यक्तित्वहरु
- संरक्षकहरु
- सल्लाहकारहरु
- भाषिक अध्यक्षहरु
- किरात राई अध्यक्ष भएका क्षेत्रिय संघसंस्थाहरु ।
- पत्रकारहरुको आशन ग्रहण
- कार्यक्रम बारे तथा स्वगत मन्तब्यः प्रमुख उपाध्यक्ष
- उद्घाटन: प्रमुख अतिथि र अध्यक्षले दियो बाली
- उद्घाटन गित बजाउने – नि. मौलिक संकलन तथा सरसजावट विभाग
- शुभकामना – बिशेष अतिथि संस्थाहरु
- शुभकामना – बिशिष्ठ अतिथि संस्थाहरु
- शुभकामना मन्तब्य: प्रमुख अतिथि
- समापन – अध्यक्ष
- फोटो सेसन – क्यामेरा ब्यवस्थापन (खेलकुद, संगीत, तथा सहित्य विभाग)
४. बन्द सत्रको रुपरेखा:
क. निर्वाचन समितिको घोषणा: कार्यक्रम संचालक – सचिव
- निर्वाचन समितिको घोषणा – सचिवबाट
- निर्वाचन समितिको आशन ग्रहण
- कार्यक्रम हस्तान्तरण (निर्वाचन समितिलाई) –
ख. प्रतिवेदन अनुमोदन:कार्यक्रम संचालक – निर्वाचन सचिव
- आशन ग्रहण – निर्वाचन समितिको
- आर्थिक प्रतिवेदन – कोषाध्यक्षबाट
- कार्य प्रतिवेदन – सचिवबाट
- बिधान संसोधन मस्यौदा – संसोधन मस्यौदा तयारी समितिबाट
- अध्यक्षिय भनाई सहित
- किराया कार्यसमिति तथा यस्का सबै विभागहरु र यस अन्तर्गत बनेको सबै समिति, उपसमितिहरु बिघटनभएको घोषणा – किराया अध्यक्षबाट
- बिश्राम पाँच मिनेट
४. निर्वाचन प्रक्रिया:
कार्यक्रम संचालन – निर्वाचन सचिव
- निर्वाचन नियमावली बाचन तथा अनुमोदन
- उम्मेद्वार दस्तुर बाचन तथा अनुमोदन
- मतदाताहरुको नामावली बाचन तथा दावी बिरोध – २ मिनेट
- उम्मेद्वार फारम बितरण र बुझाउने समय – २० मिनेट
- उम्मेद्वार नामावली बाचन, दावी बिरोध तथा उम्मेद्वारी फिर्ता – ५ मिनेट
- उम्मेद्वार अध्यक्षहरुको (घोषणा) भनाई
- पुन: उम्मेद्वारी फिर्ता गर्ने भए – २ मिनेट
- निर्वाचन – गोप्य मतदानबाट
- बिजय उम्मेद्वारको घोषणा
- बिजय प्रमाण पत्र बितरण
- शपथ ग्रहण
- निर्वाचन खातापात हस्तान्तरण, शुभकामना तथा समापन – निर्वाचन अध्यक्षबाट
६. निर्वाचनका कागजातहरु
1 | खुल्लासत्रको रुपरेखा | <Word> | <PDF> |
2 | बन्दसत्रको रुपरेखा | <Word> | <PDF> |
3 | समितिहरुको नामावली | <Word> | <PDF> |
4 | निर्वाचन नियमावली | <Word> | <PDF> |
5 | साधारण सदस्यता फारम | <Word> | <PDF> |
6 | नविकरण सदस्यको नाम | <Word> | <PDF> |
7 | आजिवन सदस्यको नाम | <Word> | <PDF> |
8 | उम्मेद्वार फारम | <Word> | <PDF> |
9 | उम्मेद्वारहरुको नाम | <Word> | <PDF> |
10 | उम्मेद्वार मतपत्र | <Word> | <PDF> |
11 | विजय उम्मेद्वारको नाम | <Word> | <PDF> |
12 | विजय प्रमाणपत्र | <Word> | <PDF> |
(समाप्त)