पास्नी–संस्कार

परिच्छेद १

किरात राईहरुले बच्चा जन्मेको ३ महिना देखी ६ महिनाभित्र राम्रो दिन परेर बच्चालाई खाना खुवाउने संस्कार गर्दछन । छोरी भए तीन महिना वा पाँच महिना पुगेपछि र छोरा भए चार महिना वा ६ महिना पुगेपछि खाना खुवाईन्छ । यो कर्मलाई पास्नी भन्दछ । यस दिन सवै दाजुभाई, छोरीचेली, मावली र नजिकको नरनातालाई निम्तो दिने प्रचलन छ ।

आवश्यक सामाग्रीहरु :

  1. नाङलो, काँसेथाल, अलिकति चामल र अदुवा
  2. दुबो, तितेपाती, केराकोपात, कोदो र मर्चा मिसाएको पानी
  3. दियोबत्ति, जोडी कलश र फुलपाती
  4. एउटा कुखुराको भाले (ऐछिक)
  5. खान पान तथा पेय पदार्थ–
  6. दही र चामलको टिका, एक सिक्का पैसा, खाना र तरकारीहरु ।
  7. बच्चालाई लाईदिने कपडा र चुराकल्लीहरु

थान सजावट :

  1. बच्चालाई दिने कपडा र गरगहना सवैलाई नाङलोमा राख्नु पर्दछ ।
  2. छोरी भए एकजना छोरीनै साथीसंग र छोरा भए छोरानै साथीसंग चुलातिर फर्काएर राख्नु पर्दछ ।
  3. बच्चाको अगाडी काँसे थालमा चामल राखेर त्यसमाथी दियो बाल्नु पर्दछ ।
  4. बच्चाको अगाडी दुबो, तितेपाती र फुलको मिसिएको जोडी कलश राखिदिनु पर्दछ ।
  5. दहि र चामलको टिका पनि त्यहिनिर राखिदिनु पर्दछ ।
  6. एक सिक्का पैसा, खाना, तरकारी र रक्सी पनि त्यहिनिर राखिदिनु पर्दछ ।
  7. यतिबेला अगेनामा आगो बलि रहेको हुनुपर्दछ ।

प्रार्थनाः

हे प्रकिति पुजक सुम्निमा पारुहाङ, हे चुलापुजक पितापुर्खाहरु हो । तपाँईहरुले …(नाम भन्ने)… लाई मानव जीवन दिएर यस धर्तीमा सृष्टि गराउनु भएको छ । आजदेखी तपाँईको सृष्टिलाई अन्नप्रासन्न गराई पुर्ण मानव बनाउदै छौं । नाम फैलाउन सकोस नागनगेनी सिमेभुमेले साथ दिईरहोस । अन्न, धन दौलतको मालीक बनाई रहोस । ज्ञानी, बुद्धिमानी बनाई रहोस । लेकबेसी, डाँडाकाँडा सवैतिर नाम फैलाउन सकोस । दुबो र अदुवा जस्तै फैलियोस, हरेका कदममा प्रगति भईरहोस । शरिरमा लागेको रोगकष्ट नदिले बगाई लैजावोस ।  आँखीडाही वायुवतासले उडाएर लगिरहोस । जय सुम्निमा पारुहाङ ।

परिच्छेद २

हङकङमा पास्नी संस्कार

हङकङमा सुप्तुङखिमको सामूहिक चूलामा पास्नी संस्कार गर्ने चलन रहेको छ। कसैलाई पास्नी संस्कार गर्न परे किरात राई यायोक्खा हङकङमा पास्नी संस्कारको फारम भरि बुझाउनु पर्नेछ। उपयुक्त समय हेरी किराया हङकङका “धर्म संस्कार संरक्षण विभाग” ले पास्नी संस्कार गरिदिने छ।

विधी

  1. सम्पुर्ण आवश्यक सामाग्रीहरु राखि थान सजावट गर्ने
  2. बच्चालाई कपडा लाईदिने
  3. आफन्तहरुको आशन
  4. पास्नी संस्कारबारे जानकारी
  5. पास्नी प्रार्थना
  6. धामी वा बुढापाका ब्यक्तिले आर्शिबाद दिने प्रक्रिया
  7. बाजेबोजु, बाबुआमाले आर्शिबाद दिने प्रक्रिया
  8. दाजुभाई, छोरीचेली, मावली र नरनाताहरुले आर्शिबाद दिने प्रक्रिया
  9. कार्यक्रम समापन तथा खानपान

बच्चालाई कपडा लाईदिने प्रक्रिया

नाङलोमा राखेको बालकलाई दिने सवै कपडा र गरगहना दुबो, तितेपाती र फुलको मिसिएको  कलशले पुजा गरेर बच्चालाई लाई दिनु पर्दछ ।

धामी वा बुढापाका ब्यक्तिले आर्शिबाद दिने प्रक्रिया

एक जना बुढापाका ब्यक्तिले वा धामीले पितृको नाममा अक्षता र टिका सारी दिनु पर्दछ र निम्न आर्शिबाद बाचन गरिदिनु पर्दछ ।

नीनाबुङ माखाबूङ पारुहँ ऊदूहँवा वा पईमा पयानालो, ईसेकपीका हँछाराम्पी चासूम् बूलूम्वाँस या लीमा लीसानाक के बूक्छापाङो बूङखामाङो । साखेवा सूबीवा माऊचो, चासूमी बूलूमी छाचा, नुवामी सानूमी छाचा, वालेमा वबूमासँ, चूमालूङ् धीरीतीचीसँ, नीनाबूङ माखाबूङ्चीवासँ आम्तँबूछू खीरीछूपी नीनाम्लोने नाम्छूलोनेवो । चारीथेपू थीङीतीका, सूवीआम्ला माखूआम्ला थीङीतीका थीङाचावो । आम्रीराम्दूङपीक झारा सामसारी, नचूरीनहूरी, दङ्खँनीदलँनी, यायूवा यल यातूने । कूहूमासाजूमा लीमा लीब्मीऊनेवो ।

बाजेबोजु, बाबुआमाले आर्शिबाद दिने प्रक्रिया

भए बाजेबोजु नभएमा आमाबाबाले पहिले आफै टिका लगाई आर्शिबाद दिदै बच्चालाई टिका लगाई दिनु पर्दछ ।त्यसपछि आठानाको सिक्का पैसाले बच्चालाई खाना र तरकारी दूई वा चार वा छ पटक सम्म खुलाई दिनु पर्दछ ।

दाजुभाई, छोरीचेली, मावली र नरनाताहरुले आर्शिबाद दिने प्रक्रिया

अन्त्यमा दाजुभाई, छोरीचेली, मावली र नरनाताहरुले पनि त्यसैगरि आफुले टिका लगाएर बच्चालाई आर्शिबाद दिदै टिका लगाई  उपहार दिएर बच्चाको शिर उठाउनी गर्नु पर्दछ ।

पास्नी–संस्कारको फारम |