तिहार

– शशि मदन राई
अध्यक्ष (सन २०१२-२०१६)

deusi171

अनुसुचि–१

देउसीभैलो बारेमा

देउसीभैलो मनाउने परम्परा कहिले देखि सुरु भयो यस्को यकिन अहिले सम्म गरेको छैन। तिथि अनुसार कार्तिक (नोवेम्वर) महिनाको औंसिको रात देखि भोलि दिनभर देउसीभैलो खेल्ने चलन छ। यतिबेला गाउँघरमा दियो बत्ति बालि उज्यालो बनाएको हुन्छ। गाउँघरै फुलमालाले सजाएर झिलिमिलि बनाएको हुन्छ। देउसीभैलोमा युवायुवतीहरु गित गाउँदै गाँउघर डुलेर रुपैयापैसा माग्ने, खानपान माग्ने चलन छ। देउसेभैलोमा गाईने गितले “हामी तेसै आएको हैन, बलिराजाको हुकुमले गर्दा आएको हामी” भनि गित गाउने चलन छ। यसले बलिराजाको पालादेखि चलन चलेको हो भन्ने तर्फ ईङगित गर्दछ। देउसी पुरुषहरुले गाउने गित हो । भैलो महिलाले गाउने गित हो।

जे होस देउसीभैलो खेल्ने चलन सारा नेपालीहरुले मनाउदै आई रहेको छ। अहिले संघसंस्थाहरु गाउँघर छिमेक नडुली, बरु छिमेकीहरुलाई एउटा कार्यक्रम स्थलमा बोलाई देउसीभैलो खेल्ने चलनको सुरुवात गरेको छ। संघसंस्थाको लागि यो एउटा आर्थिक श्रोत जुटाउने माध्यम भएको छ। देउसीभैलो खेल्दा जजस्ले रुपैयापैसा (दक्षिणा) दिन्छ अन्तिममा उनिहरुलाई सुस्वस्थ्य, दिर्घायु र धनदौलत आर्जन गर्न प्रर्थना गरिन्छ।

किरात राई यायोक्खा हङकङकले पनि हरेक बर्ष हङकङमा रहेका दाजुभाई तथा दिदि बहिनी संग भेटघाट गर्दै कोष अभिवृदि गर्ने उदेश्यले सन १९९८ स्थापना काल बाटै देउसे भैलो कार्यक्रमको आयोजना गर्दै आईरहेछ।

देउसेभैलोको उदेश्यहरु

  1. दाजुभाई दिदिबहिनीहरुसंग भेटघाट गर्नु।
  2. संस्थालाई आर्थिक सहयोग जुटाउनु।
  3. नेपालीहरुको रितीथितीलाई बचाई राख्नु।

संयुक्त देउसेभैलो अवधारणा

मितब्यायिता र समयको बचतलाई मध्यनजर गर्दै ११ जुन २०१७ मा श्री रजिन राईज्युको अध्यक्षतामा बसेको किराया हङकङ र भाषिक संस्थाहरुको संयुक्त बैठकले अब उप्रान्त एकै दिन सबै भाषिक संस्थाहरु र किराया हङकङले संयुक्त देउसे भैलो आयोजना गर्ने अवधारणा पारित गरि निम्न देउसेभैलो नियम अनुमोदन गरेको छ।

संयुक्त देउसेभैलो नियम

  1. किराया हङकङले हरेक बर्ष भाषिक संस्थासंग संयुक्त देउसेभैलो कार्यक्रमको आयोजना गर्नेछ।
  2. संयुक्त देउसे भैलो कार्यक्रम सुप्तुलुङखिममा गरिनेछ। कार्यक्रममा खानपान तथा यातायातको ब्यावस्था किराया हङकङले गर्नेछ।
  3. ब्यावस्थापनमा लागेको खर्च किराया हङकङ र भाषिक संस्थाहरुले दामासाहीमा बेहोर्नु पर्नेछ।
  4. कार्यक्रमको मुल आयोजक किराया हङकङ र सह–आयोजक भाषिक संस्थाहरु रहने छन।
  5. निमन्त्रणा कार्ड किराया हङकङले छपाई भाषिक संस्थाहरुलाई वितरण गर्ने छन।
  6. भाषिक संस्थाहरुले आ–आफ्नो दाजुभाई तथा दिदिबहिनिहरुलाई निमन्त्रणा गर्ने छन।
  7. दक्षिणाको लागि किराया हङकङ र हरेक भाषिक संस्थाले छुट्टा छुट्टै आफुले बोलाएका दाजुभाई दिदिबहिनिहरुलाई दक्षिणा माग्ने छन।
  8. दक्षिणा दिनेले आफुखुसि स्वेच्छाले दक्षिणा प्रदान गर्ने छ। सबै संस्थालाई दिन पर्दछ भन्ने छैन। जुन संस्थाले निमन्त्रणा गरेको हो उस्लाई मात्र दिन पर्ने।
  9. भाषिक संस्थाले आफुले निमन्त्रणा गरेकाहरुलाई स्वेच्छाले खानपान, फुल, टोपि, माला, बिशेष उपहार आदि प्रदान गर्न सक्ने छन।
  10. कार्यक्रममा हरेक भाषिक संस्थाले एकएक वटा मनोरन्जनात्मक खेल खेलाउन सक्ने छन। तर कुन खेल खेलाउने किराया हङकङबाट स्विकृती लिन पर्ने छ।
  11. खेल खेलाउदा समाजलाई अपाच्यहुने खेलहरु खेलाउन दिईने छैन।
  12. कुनै बिवादको सृजना भएमा किराया हङकङको निर्णय अन्तिम हुनेछ।

किराया हङकङले प्रदान गर्ने दक्षिणा सम्बन्धि नियम

  1. जुन संस्थाहरुले किराया हङकङलाई जति दक्षिणा प्रदान गरेको छ तेतिनै दक्षिणा सो संस्थालाई प्रदान गरिने छ।
  2. अन्य संस्थाहरुले किराया हङकङलाई पहिला देउसेभैलोमा बोलाएको छ र दक्षिणा निर्धारण भएको छैन भने सो संस्थालाई किराया हङकङले ५०० हङकङ डलर प्रदान गर्नेछ।
  3. किराया हङकङले अन्य संघसंस्थाहरुलाई प्रदान गरेका दक्षिणा किराया हङकङको साधारण कोषबाट खर्च गरिने छ।

अनुसुचि–२

कला प्रस्तुति

देउसे भैलो कार्यक्रममा स्थानिय किरात राई कलाकारहरुलाई प्रोत्साहन गर्न तथा उनिहरुको कलालाई प्रवर्दन गर्न तथा किरात राई यायोक्खा हङकङमा समेट्न उनिहरुको कला प्रस्तुति गरिनेछ। कला प्रस्तुतिमा नृत्य, हाँस्यब्याङग, गित, संगित आदि हुनेछ। कलाकारहरु बढिमा ५ जना राखिनेछ।

शिर उभ्याउनी

कलाकारहरुलाई सम्मान स्वरुप शिर उभ्याउनी हङकङ डलर ३०० प्रत्येक जनालाई कार्यक्रमको अन्तमा प्रदान गरिनेछ। देउसे भट्टाउनेलाई समेत कलाकारको रुपमा शिर उभ्याउनी गरिनेछ।

बिगत सालका कलाकारहरु

  1. भट्टयाउने – युक कृष्ण राई
  2. नृत्यकार – अर्पणा साम्पाङ राई (मै मोरीलाई लान)
  3. नृत्यकार – रेश्मा साम्पाङ राई (तस्बिरमै यस्तो मिक्स)
  4. नृत्यकार – प्रशन्ना चाम्लिङ राई (मलाई नाचौ नाचौ लाग्यो)
  5. नृत्यकार – एलिना कोयु राई (चाहिन्दैन हिरा,चाहिन्दैन मोति)
  6. नृत्यकार – सम्झना बाहिङ् राई (माया पिरती)

अनुसुचि–३

निमन्त्रणा गर्नुपर्ने

देउसेभैलो कार्यक्रममा निम्न संघसंस्था र ब्यक्तिहरुलाई किराया हङकङले निमन्त्रणा गर्नेछ।

  1. तिन किरात संस्थाहरुलाई।
  2. किराया नेपालका प्रतिनिधि भए वहाँलाई।
  3. किरात राई अध्यक्ष भएका संस्थाहरुलाई।
  4. किराया संरक्षक परिषदलाई।
  5. किराया सल्लाहकारहरुलाई।
  6. प्राज्ञहरुलाई।
  7. विभागिय समितिहरुलाई।
  8. भु.पु. कार्यसमिति सदस्यहरुलाई
  9. आजिवन सदस्यहरुलाई।
  10. सुप्तुलुङ सहयोग दाताहरुलाई।

निमन्त्रणा स्याम्पल

भाषिक निमन्त्रणा पत्र

भाषिक संस्थाहरुले के कति जनालाई निमन्त्रणा गर्नु पर्ने हो, बैठकमा निर्णय गरि सोहि अनुसारको निमन्त्रणा पत्र छपाई बाँडिनेछ।

संस्था छपाई थान
चाम्लिङ खाम्बातिम 40
दुमि फन्सिकिम 00
साम्पाङ जुम्लेखा 30
पुमा तुप्खाबाङखाला 20
बान्तावा खिम 30
थुलुङ सामा 30
कोयु/कोयी किम, 20
बायुङ सुम्निखिम 20
किराया हङकङ 50
जम्मा थान: 240

छपाई

– कार्यलय संचालन तथा प्रचारप्रसार विभाग

बिवरण छपाई थान
देउसेभैलो कार्यसुचि (बैठकमा छलफलको लागि)  <Download>
देउसेभैलो निमन्त्रणा (बैठकको निर्णय अनुसार)
पत्रचार (प्रमुख अतिथि तथा अतिथिहरुलाई)
देउसेभैलो ई-पोस्टर (सामाजिक संजालको लागि)
देउसेभैलो ब्यानर (क्याप्सन)
भांषिक नेम प्लेट (नाङलोमा राख्न)
देउसेभैलो गित (युएसबि डिस्क)
उपस्थिति खाता

अनुसुचि–४

खानपान

– सुम्निमा भान्सा तथा खानपान विभाग

खानपान मेनु बैठकले निर्णयगरे अनुसार हुनेछ। जस्तैः

स्टाटर्स

  • बिबिक्यु/सलाद/अचार/सेल रोटि/आलुदम/पापड

ड्रिङकस

  1. सफ्ट ड्रिङकस:
    कोक, फ्यान्टा, स्प्राईट, पानी
  2. जुस:
    एप्पल जुस, ओरेन्ज जुस, लेमन टि
  3. बियर:
    ब्लुर्गल
  4. वाईन:
    येल्लो टेल
  5. हार्ड ड्रिङकस:
    ब्ल्याक लेभल
  6. आईस:

मेन कोर्ष

  • दाल/भात/सब्जि/अचार
  • सुङगुर/कुखुराको तरकारी

डिर्जट

  • फलफुलहरु:

एक्सेसोरिज

  1. कप, प्लेट, चम्चा, काँटा, गारवेज ब्याग
  2. स्टाटर, कोईला, ग्लोब, चिम्टा, कैचि

अनुमानित खर्च

विवरण संख्या प्रति ब्यक्ति अनुमानित खर्च
खानपान
छपाई
यातायात
सरसजावट
शिर उठाउनी
विविध
अनुमानित खर्च:

अनुसुचि–५

कार्यक्रम

मिति : ____________
समय : दिउँसो २ बजे
स्थान : सुप्तुलुङ खिम, हङकङ ।

बस लाग्नेः

समयः १:०० बजे
स्थानः बगैंचा अगाडी
सम्पर्कः __________

कार्यक्रम तालिका :

  1. खानपान (२:००–४:०० बजे सम्म)
  2. औपचारिक कार्यक्रम – आशन ग्रहण (४:०० बजे)
  3. स्वगत तथा संयुक्त देउसेभैलो नियम बाचन
  4. उद्घाटन
  5. शुभकामना – प्रमुख अतिथि
  6. समापन– अध्यक्ष
  7. देउसेभैलो भट्टाउने (४:३० बजे)
  8. कला प्रस्तुति
    1. कलाकार
    2. कलाकार
    3. कलाकार
    4. कलाकार
    5. कलाकार
  9. दक्षिणा प्रदान गर्न अव्हान
  10. आर्शिबाद देउसिरे तथा समापन (७:०० बजे)
  11. रमाईलो नाचगान (७:००–८:०० बजे)
  12. फिर्ता (८:०० बजे)

अनुसुचि–६

कार्य बाँडफाँड

  1. संगठन बिस्तार तथा समन्वय विभाग
    देउसे गीत, साउण्ड सिस्टम, लाईटिङ, पानी, टोईलेट, टेबल, कुर्सि ब्यावस्थापन गरिदिने।
  2. सुप्तुलुङखिम निर्माण तथा मर्मत विभाग
    ९ वटा नाङलो, ९ वटा दियोबत्ति, ९ वटा संस्थाको नाम र नाम अडाउने स्ट्याण्ड तयार गरिदिने।
  3. खेलकुद, संगीत तथा सहित्य विभाग
    फोटो ग्राफी, भिडियोग्राफी, न्युज रिपोर्टिङ, स्वंयमसेवक ब्यावस्थापन गरिदिने।
  4. कार्यलय संचालन तथा प्रचारप्रसार विभाग
    सुचना, पत्रचार, निमन्त्रणा, प्रचारप्रसार, फेशबुक, वेभसाईटमा पब्लिस गरिदिने।
  5. मौलिक संकलन तथा सरसजावट विभाग
    सुप्तुलुङखिम सरसजावट गर्ने, झिलिमिलि पार्ने, उपस्थिति खाता संचालन गरिदिने।
  6. सम्पति तथा कोष–अभिवृद्धि विभाग
    कार्यक्रममा आर्थिक संकलन गर्ने, आम्दानी खर्चको हिसाव (बिल सहित) दुरुस्त राखिदिने।
  7. सुम्निमा भान्सा तथा खानपान विभाग
    बैठकले निर्णय गरे अनुसारको खानपान तयारी गरिदिने। भान्से, किचन सरसफाई हेरिदिने।
  8. सिक्रिमा बितरण तथा सेवासत्कार विभाग
    कार्यक्रममा खानपान सरसजावट गर्ने, पाहुनाहरुलाई बितरण गर्ने, खानपान स्थल सरसफाई गरिदिने।
  9. बाल, महिला, प्रौढ तथा अतिथि विभाग
    बैठकले निर्णय गरे अनुसारका फुलमाला तयार गर्ने, अतिथिलाई स्वगत गर्ने, स्वगत गेट सजावट गर्ने।
  10. किरात धर्म संरक्षण तथा संस्कार विभाग
    उद्घाटनको लागि काँसेथाल, केराको पत्ता, चामल, दियोबत्ति, सुम्निमा पारुहाङको फोटो तयार गरिदिने।
  11. शिली संकलन तथा संस्कृति विभाग
    ६/७ जना नृत्यकारहरु र नाच्ने गीत तयार पार्ने, एक भट्याउने मानिस, एक मादल तयार पारिदिने।
  12. सरसफाई तथा फोहरमैला ब्यावस्थापन विभाग
    कार्यक्रम स्थललाई सरसफाई गर्ने, फोहरमैलालाई फोहरमैला संकलन केन्द्रमा पुराउने ब्यावस्था गर्ने।
  13. पारुहाङ ढुवानी तथा ओसारपसार विभाग
    कार्यक्रममा आवश्यकपर्ने सामाग्री ढुवानी, भण्डार गर्ने। फोहरमैलालाई संकलन केन्द्रमा पुराई दिने।
  14. यातायात, रोजगार तथा ब्यावसाय विभाग
    तोकिएको समयमा सहभागिहरुलाई बस सेवा ब्यावस्थापन गर्ने। बस स्वंयमसेवकहरु खटाउने।
  15. आपतकालिन सहयोग तथा सुरक्षा विभाग
    कार्यक्रममा सुरक्षा ब्यावस्थापन गर्ने, झैंझगडा भए रोक्ने, प्राथमिक उपचारका वस्तुहरु तयार राख्ने।

(समाप्त)


देउसेभैलो क्लिक