चुलापुजा

चुलापुजा

किरात राईहरुको सवभन्दा ठूलो देव भनेको नै तीन चुलो हो । मुलघर परिवारबाट अलग भएपछि थपना गर्ने पहिलो वस्तु नै चूला हो । हरेक किरात राईहरुको धार्मिक आस्थाको प्रतिक नै तीन चूला हो । हरेक किरात राईहरुको साझा विशेषता नै तीन चुलो हो । चूलामा ३ वटा ढुङगा गाढेको हुन्छ । यसले बंश, दाजुभाई र कुटुम्ब गरी मानव समाजलाई ईङ्गित गरेको हुन्छ । उत्तर तर्फको ढुङगाले बंशलाई, दाहिने तिरको ढुङगाले दाजुभाईलाई र देब्रे तर्फको ढुङगाले कुटुम्बलाई बुझाउदछ । चूलामा सामान्य भात भान्सादेखि कर्म धर्म, रितीथितीका सम्पूर्ण कुराहरु गरिन्छ । किरात राईहरुको चूलामा जन्म दिने पुर्वजहरुले बास गरेको हुन्छ भनि विस्वास गरिन्छ । किरात राईहरुले प्रार्थना गर्न टाढा जाँदैनन् । यही यहि चुलालाई मन्दिर मान्दछन । चुलालाई  पितृथलो मान्दछन । यही चूलामा प्रार्थना गर्दछन । चूलामा दैनिक पुजा गरे पित्रीहरु खुसी भई चिताएको मनोआकाङक्षा पुरा गरिदिने, धन दौलत र ऐश्वर्य दिने, दुख बिमार हटाउने, शिर ठाडो बनाई दिने बिस्वास गरिन्छ ।

चुलापुजा बिशेष  उधौली र उभौलीमा साकेला पुजा गर्न जानु पुर्व तिन चूलाबाट बल माग्ने कार्य गरिन्छ । त्यस्तै अरुबेला नुवांगी, तिधाम, छिदाम र छमदम, दिवुमी वा सुरुमी शिकारी पुजा तथा अन्य विविध पूजाहरु जस्तै  पितृहरुलाई खुसी पार्न तथा दुःख विमार भएको बखत बलदेउ कुनै दुःखकष्ट नदेउ आशिक देउ भन्ने कामना गर्न चूलापूजा गरिन्छ यसबाहेक अन्य चिन्ताचार गरेको बेला उकारमा बल माग्न धामीद्वारा चोखो रक्सी र मर्चाले पूजा गर्ने प्रचलन रहेको छ ।

उभौली चुलापुजा

उभौली भनेको बैशाखे पुर्णे देखि ऋतु परिवर्तन भै तराई तिर अत्यधिक गर्मी बढ्ने, तातो हावा चल्ने, बर्षात हुने हुंदा पशुपंक्षी, चराचुरूङ्गी, माछाहरू गर्मी/तातो हावापानी छल्नलाई चिसो स्थान खोज्दै, उभो हिमाल तर्फ जाने हुनाले “उभौली” भनिएको हो । उभौलीमा खेतीबाली लगाउने समय भएको हुंदा, समयमा नै वर्षा होस। माटो मलिलो होस । छरेको रोपेको बिउहरू सबै उम्रियोस । लगाएको बाली सप्रियोस । अन्न, फलफुल, बोट बिरूवाहरूको बीउ नमासियोस । बाढी पहिरो, हुरि बतासले लगाएको बाली नबिगारि देउस । कुवा, पंधेरो, खोला नालामा पानिको मुल  फुटोस । भिर पहरा, बन जंगलको सबै बोट बिरूवाहरू हुर्कियोस, फैलियोस भनि साकेला पुजा गर्न जानु पुर्व तिन चुलाबाट बल माग्ने कार्य गरिन्छ ।

उधौली चुलापुजा

उधौली भनेको मंसिरे पुर्णे देखि ऋतु परिवर्तन भै हिमाल तिर अत्यधिक जाडो बढ्ने, चिसो हावा चल्ने, हिउँ पर्ने हुंदा पशुपंक्षी, चराचुरूङ्गी, माछाहरू जाडो/चिसो हावापानी छल्नलाई तातो स्थान खोज्दै, उधो तराई तर्फ जाने हुनाले “उधौली” भनिएको हो । किराँत समुदायले आफुले लगाएको अन्नबाली पाकेपछी प्रकृति र पूर्खालाई चढाएपछि मात्र खाने चलन छ । उधौलीमा खेतीबाली पाकेर थन्क्याउने समय भएको हुंदा पहिला पितापुर्खाहरुलाई चढाएर अन्नको सह माग्दै,रुपैया पैसाका सह माग्दै, पशु पंक्षीहरू फैलियोस, सबै जिवजन्तु, बोटबिरूवा, खोलानाला, हिमाल पहाड, बन जंगल, आकाश पाताल, जुन घाम, तारा सबै नै सन्तुलित रहि रहोस भनि किरात राईहरुको आदिम पितृदेव पारुहाङ सुम्निमा तथा तोयामा खियामा हेच्चाकुप्पा नागेलुम तथा प्रकृतिको संझना गर्दै साकेला नाच्न जानु पुर्व तिन चुलाबाट बल माग्ने कार्य गरिन्छ ।

आवश्यक सामाग्रीहरु

  1. एउटा भाले र एक अण्डा
  2. थान थपना : केराको पात, कासको थाल, चामल, कलश, दियोबत्ति, लाईटर ।
  3. पुजा पाठ : एक चिण्डो रक्सि (वा कोदो र मर्चा मिसाएको पानि), चोखो अदुवा, धुप
  4. पौराणिक हात हतियार : धनुकाँड, भाला, लौरो, खुकुरी, हसियाँ, खुर्पा आदि ।
  5. पौराणिक सामाग्रीहरु : चिण्डो, कठुवा, माना, पाथि, नाङलो, डालो, थुम्से आदि ।
  6. अन्नहरु : धान, कोदो, मकै, कागुनी आदि ।
  7. बल्याम्खा (कुबि बस्ने कुर्सी)

थान थपना

थान थपना बनाउदा दुइपत्र केराको पात ओछ्याएर अलिकति चामल राखि त्यसमाथि दियो बाल्नु पर्दछ । चामलको दायाँबायाँ कलश राख्नु पर्दछ । एक दुई वटा हतियार पनि त्याहानिर ठडाएर राख्नु पर्दछ । थान थपनाको तलतिर कूबी बस्ने बाल्याम्खँ राखिदिनु पर्दछ । थान थपना बनि सके पछि कूबी बाल्याम्खँमा बसि चूला पुर्काद छ । कूबीको दायाँबायाँ दुवैतिर मसूमे, कङकदे ढोले र जानिफकार बुढापाकाहरु बस्नु पर्दछ । ढोलेहरुले ढोल र मसूमेहरुले झ्याम्टा बजाउँदछन । कूबी र जानिफकार ब्याक्तिले जाँड भएको चिन्डो प्रयोग गर्दछन । तूम्साबूले चाहिँ रक्सि भएको चिन्डो प्रयोग गर्दछन । यस दिन कूबीले पुरानो अदुवाको प्रयोग गर्दछन । सबै जना तयारी भएर आ–आफ्नो स्थानमा बसिसकेपछि कुखुराको भालेको खुट्टा र टाउको चोख्याई (धोएर) कूबीलाई दिनु पर्दछ । कूबीले एक हातमा भाले र अर्को हातमा चिन्डो समातेर चुलापुजा मून्धूम बाचन गर्दछन ।

चुलापुजा मुन्धुम

(साम्पाङ भाषामा उल्लेखित)

प्रथम,

हमो..... बूक्छामीहँचेऊ, नागा ह्यालापा छोरुमी कँसूमीहँचेऊ, छीदाम्पूरी धीदाम्पूहँचेऊ, कँङा कूबीमहपा, सीलीमहँपा, चारीमहँपा मूक्तीमहँपा, दूखीसूँपा मान्ङीसूपा, बबँसूपा सूयापमो । सेममान्दुङ् स्याचीमान्दूङ् कङा बूक्छामी आम्नु चाचायोछा, छीलाम् धीलाम् सेम स्याची प्यावँखँनूम्वो ।

हमो..... साखेल्खूना सूबीखूना साप्ताला बूकूमा वलीखापी अँ बीछूरी बाछूरीलो, सूनाठोला सुनाहरलो, साम्लालोतो मसूमे मेदुमेलो, तायामी ताङ्खीमीलो कङ्कदे, केरेरेलो, अँ रुमीपमीलो, वतूपलावा वरीलावा लावाभ्याम्तो, कूबीलावा, तायालावा, लावाभ्याम्तो, चासूम्साया, बूलूसाया सायाभ्याम्तो, सखेल्खू सूबीखूहँचेउ, छूङ्छानी पतानूम्वो । वलँनी कतँनी अतनी के ।

कूबीले यति मून्धूम बाचन गरि सकेपछि भालेको शिरमा अक्षता र अदुवा चढाएर चिन्डोको जाँडले खन्याई एक पटक पर्छाउँछन । कुखुराले पर्छिएपछि चूलामा पनि चिन्डोको जाँडले खन्याउँछन । यतिवेला नै अन्य जानिफकार ब्यक्ति र कङकदेहरुले पनि चिन्डोको रक्सिले चूलामा खन्याउँदछन ।

दोस्रो,

हमो..... बूक्छामीहँचेऊ, नागा ह्यालापा छोरुमी कँसूमीहँचेऊ । साप्सामी, दीबूमी, कूबीमी, लसमी तायामीहँचेऊ, चासूम् पेकानूम्, बूलू पेकानूम्, रुँरी पेकानूम्, साखा पेकानूम्, सखेल्खू सूबीखूमी मून्छूङ् पेकानुम्वो । छीलाम धीलाम पेकानूम् न सँरीवापा धीरीवापा, सलवाधी वलवधीवा यँ लोमा लोकीहनीकपी छूङ्छानी खाङानुम्वो ।

अघिजस्तै गरेर भालेलाई पर्छाई सबैजनाले चिन्डोको जाँडरक्सिले चूलामा खन्याउँदछन ।

अन्तिम,

हमो..... बूक्छामीहँचेऊ, नागा ह्यालापा छोरुमी कँसूमीहँचेऊ, चासूमी,बूलूमीहँचेऊ, कूबीमी तायामीहँचेऊ छीलाम् धीलाम् लीतानूम्, साखेवा सूवीवामी मून्छूङ् पेकानूम् । सँरीवापालो सलवाधी अलवाधी, खामवा खाप्चीवा, सूबीदाम, चासूम, बूलूवासँ लोकीहनी, छँरीसा वादाम्सालो, हूपेर् वासा, लँपेर् वासा, ङाछीलीसा, धीलूङ्सालो धीरीवापा सँरीवापालो लोकीहनीके सेममून्छूङ् लेमाछी । साखेवा फल्सी खातेकाकपी साखेवा पेकानूम, सूबीवा पेकानूम्, चासूमरुँरी पेकानूम, बूलूरुँरी पेकानूम, कूबीरुँरी, तायारुँरी पेकानूम्, खचूचूप्पा नारीता मूचीलो नागीलूङ् नारीथापी लोकीहँनीके ।

अघिजस्तै गरेर भालेलाई पर्छाई सबैजनाले चिन्डोको जाँडरक्सिले चूलामा खन्याउँदछन ।

त्यसपछि अध्यक्षले भाले काटि तिन चूलामा चढाउनु पर्दछ । यतिबेला कूबी र मसूमेहरुले रीसीया गाउदै, सिली टिप्दै नाच्नु पर्दछ । त्याहाँ बस्नेहरुपनि उनीहरुसंगै नाच्नु पर्दछ । सबैजनाले नाच्दै चूलालाई तिन पटक परिक्रमा गर्नु पर्दछ ।

यसरी सिलीमा नाचिसकेपछि थानथपनामा राखिएको सामाग्रीहरु सबै देवदेवताको नाममा सार्नु पर्दछ । भालेको खुट्टा, पखेटा र कलेजो पोलेर सार्नु पर्दछ । मासु सार्दा सूवाँभारमा र चूलालाई चहिँ सफा पातमा सार्नु पर्दछ । अन्य घरपरिवारको देवदेवतालाई चाहिँ उनीहरुको आ–आफ्नो नाम्मा मन्साई दिनु पर्दछ ।

रीसीया

सिलि नाच्दै गर्दा कूबीमीले निम्न रिसिया गाँउदछ,

चासूम्खूरुलो, बूलूखूरुलो दोलोकूम्मा दो
रुबीखूरुलो, सीखीखूरुलो दोलोकूम्मा दो
साप्साखूरुलो, दीबूखूरुलो दोलोकूम्मा दो
चासूमरुँरी, बूलूरुँरी, सीखीरुँरी पतूम्सूम्नेवो दोलोकूम्मा दो
नचुरी नहँरीसँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
थनँवा रुबूसूङ्सँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
सीकूमरी माकूमरीसँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
दङखनी दलँनीसँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
बूक्छामीचेऊ, रीयाहँचेऊ दोलोकूम्मा दो
साखेल्खू सूबीखूपी हँसँहँलँ लायेसेनेवो दोलोकूम्मा दो
कूबीमहपा, सीलीमहपा, मूक्तिमहपा, दोलोकूम्मा दो
मन्ङीसूँपा, मन्दैसूँपा, बबँसूपा सूयामापो दोलोकूम्मा दो
छीलाम्ङतो धीलाम्ङतो लायेसेमो दोलोकूम्मा दो ।

चुलापुजा

संयोजक :  किरात धर्म संरक्षण तथा संस्कार विभाग

  1. विभाग प्रमुख : राम चन्द्र राई
  2. प्रमुख कुबिमि : श्रेष्ठ बहादुर राई
  3. सहायक कुबिमि : नारायण प्रसाद राई
  4. सहायक कुबिमि : मैत्र कुमार राई

खानपान

संयोजक : सुम्निमा भान्सा तथा खानपान बिभाग

  1. बिभाग प्रमुख : जजिन राई
  2. खानपान संयोजक : बसन्त कुमारी राई

खानपान बितरण

संयोजक : सिक्रिमा बितरण तथा सेवासत्कार विभाग

  1. बिभाग प्रमुख : पबित्र बान्तवा राई
  2. बितरण संयोजक : दुर्गाकान्त राई

कोष

कार्यक्रमको आम्दानी निम्न तरिकाले रकम संकलन गरिने छ ।
हरेक भाषिक संस्थालाई भालेस्वरुप HK$300
ईच्छुक ब्याक्तिलाई भालेस्वरुप HK$200

संयोजक : सम्पती तथा कोष–अभिवृद्धि विभाग

  1. बिभाग प्रमुख : गंगाराम राई
  2. आर्थिक संयोजक :

संचालन

संयोजक : कार्यलय संचालन तथा प्रचारप्रसार विभाग

  1. बिभाग प्रमुख : गजेन्द्र राई
  2. प्रचारप्रसार संयोजक :

निमन्त्रणा

  1. कूबीमीहरु
  2. शिलिमोपा, शिलिमोमा, ढोले, झ्याम्टे, कलाकारहरु
  3. सल्लाहकारहरु –
  4. संरक्षकहरु
  5. प्रज्ञा प्रतिष्ठान
  6. भाषिक संस्था
  7. दाजुभाईहरु –
  8. किरात राईहरुको मौलिक धर्म, संस्कार, संस्कृतिमा आस्था राख्ने जोकोही ब्याक्तिहरु लक्षित समुह हुनेछ ।

सुचना

किराया हङकङले सदाबर्ष झैं यसबर्ष पनि साकेला पुर्णेको दिन चुलापुजा गरि पुर्खाहरुबाट बल माग्ने कार्यक्रम रहेकोले ईच्छुक दाजुभाई दिदिबहिनिहरु निम्न मिति, स्थान र समयमा उपस्थित भैदिनहुन हार्दिक अनुरोध गर्दछौं   ।

कार्यक्रम मिति, समय र स्थान

मिति : १८ मे २०१९
समय : बेलुकि ६ बजे
स्थान : सुप्तुलुङ खिम
यातायात : आफै

कार्यक्रमको रुपरेखा

  1. आशन ग्रहण – अध्यक्ष तथा आमन्त्रित ब्यक्तिहरु
  2. चूलापूजा बारेमा  – उपाध्यक्ष
  3. चूलापूजा प्रार्थना बाचन–संचालक
  4. कुबिमिलाई फेटा – विभाग प्रमुख
  5. मुन्धुम बाचन – कूबीमी
  6. कुखुरा चढाउने – अध्यक्ष
  7. सिलि नृत्य – शिलिमोपा, शिलिमोमा, ढोले, भ्याम्टे, कलाकारहरु
  8. सगुन बितरण –
  9. कजेरी र धामीको शिर उठाउनी – अध्यक्ष
  10. समापन – अध्यक्ष

डाउनलोड :

कार्यक्रम रुपरेखा एमएसवर्ड पिडिएफ