मुन्धुम संकलक – शशि मदन राई
कुलपतिः किरात राई प्रज्ञा प्रतिष्ठान हङकङ
(सन २०१८)
कार्यसुची १
किरात राईहरुको मृत्यु संस्कार
नेपालमा किरात राईहरुको मृत्यु संस्कार थर, पाछा, खोला, थुम अनुसार फरक फरक पाईन्छ। मुन्धुम लिखित रुपमा नराखि मौखिक रुपमा बोलिन्दै जाँदा कर्मकाण्डका विधिहरु फरकिन्दै गएको छ। हङकङमा किरात राईहरुको मृत्यु संस्कार यस देशका कानुन, परिवेश र समयले गर्दा केही विधिहरु फरक हुन पुगेको छ।
२. नेपाल र हङकङमा भिन्नता
- नेपालमा मृत्यु भएकै दिन अन्तेष्टि गरिन्छ। हङकङमा अन्तेष्टिको लागि बुकिङ गर्न पर्दछ।
- नेपालमा किरात राईहरुलाई गाढ्ने चलन छ। हङकङमा गाढ्नको लागी महङगो डलर तिर्न पर्दछ।
- हङकङमा पार्थीव शरिरलाई गाढ्न वा नेपाल लानको तुलनामा जलाउन ५० प्रतिशत सस्तो पर्दछ। त्यसैले जलाउने विधी किरात राईहरुले स्विकारेका छन।
- हङकङमा मृतकको खरानीलाई कित पैसा तिरेर प्राईभेट कलम्वरियममा राख्न पर्दछ कित तोकेको सामुन्द्रिक एरियामा बगाउन पर्दछ वा सम्झनाका फुलबारीहरुमा राख्न पर्दछ। हाल खरानीलाई नेपाल लगि आफ्नै रिती रिवाज अनुसार कर्मकाण्ड गर्ने चलन चलेको छ।
- नेपालमा काजक्रिया गर्नु आआफ्नै खोला, भाषा, ठाँउ अनुसार निश्चित दिनमा गरिन्छ। हङकङमा दैनिक कार्य गर्नुपर्ने भएकोले काजक्रिया गर्नुपरे निश्चित दिन नतोकि सर्वजानिक बिदा वा आईतबारको दिन गर्नुपर्ने बाध्यता रहेको छ।
३. किरात राईको मृत्यु भएमा के गर्ने ?
- किरात राई कसैको मृत्यु भएमा पाँचछाके दाजुभाई र देशबिदेशमा रहेका नरनाताहरु सवैलाई तुरुन्तै खबर गर्नु पर्दछ।
- पाँचछाके दाजुभाईले मृत्यु भएकै दिनदेखी पाँच छाक बार्नु पर्दछ । अन्य दाजुभाईहरुले सुनेकै दिनदेखी पाँच छाक बार्नु पर्दछ।
- सन्तानहरुले मृत्यु भएकै दिनदेखी अन्तेष्टि नगरिन्जेल सम्म नुन तेल नखाई, ढोगभेट नगरी मृत्यु शोकमा बस्न पर्दछ।
- शोकाकुल परिवारले मनोरन्जन र मनोरन्जनका साधनहरु बन्द गर्नु पर्दछ।
- घरको कुनै एक कोठामा मृतकको फोटोमा फुलमाला, पुष्पगुच्चा राखि थान थपना गरि दियोबत्ति बालीदिन पर्दछ।
- मृतकको फोटोको छेउमा एक माना चामल, एक बोदल रक्सी, एउटा कलशमा दुबो, तितेपाती राखि दिन पर्दछ। अन्य नरनाता आएको बखत धुप बाल्न लगाउनु पर्दछ।
- मृतकको फोटोको अगाडी एउटा थाल वा कचौरा राख्नु पर्दछ र घरमा जे पकाईन्छ, खाईन्छ, खानु अगावै मृतकलाई अलिकती सारीदिनु पर्दछ।
४. किरात राईहरुको मृत्यु संस्कार विधि :
- चुला बाहिर गरिने विधी
- थान उठाउनी विधी – मृतकको घरमा।
- आत्मा जगाउने विधी – श्रद्धान्जली स्थलमा।
- आत्मा छुट्याउने विधी – अन्तेष्टि स्थलमा।
- मलामी चोख्याउने – पार्क, रेष्टुरेन्ट वा सुप्तुलुङखीममा।
- चुला भित्र गरिने विधी
- चुलामा मृतकको आत्मालाई बोलाउने विधी।
- चुलामा मृतकको आत्मालाई सोधनी गर्ने विधी।
- चुलाबाट मृतकको आत्मालाई बाटो लगाउने विधी।
- काजक्रिया। (नुनतेल, ढोगभेट फुकाउने विधी)
५. सदगत एजेन्सिहरु:
- आदम, फोन : 5113 6184
- ज्याकि, फोन : 9755 3088
- Bus Company: https://www.buspro.com.hk/bus-rent-price-en/
६. एजेन्सि नियुक्ति
- प्रार्थिव शरिरलाई नेपाल लाने वा सदगत हङकङमा गर्ने निर्णय गरि एजेन्सिको नियुक्ति गर्ने ।
- श्रद्धान्जलीको लागि फनेरल हल (मलामी संख्या अनुसार) बुकिङ गर्न लाउने।
- कफिन बाकस, मृतकको डेकोरेशन, श्रद्धान्जली फोटो, धुप आदि तयार गर्न लाउने।
- अन्तेष्ठीको लागि शव वाहन, मलामी बस ब्यावस्थापन गर्न लाउने।
- मृतकको खरानी निकाल्न लाउने, खरानी बिर्शजनको स्थान तय गर्ने ।
७. दाजुभाई/संस्थाको कार्यहरु
- मलामी ब्यावस्थापन।
- कुविमिलाई खबर।
- मृत्यु संस्कार पुस्तिका।
- श्रद्धान्जली कार्यक्रम।
- अन्तेष्ठि कार्यक्रम।
- मलामी चोख्याउने।
- कजेरीहरुको ब्यावस्था।
८. चुलामा गरिने कार्यहरु (ऐच्छिक)
- चुलामा मृतकको आत्मालाई बोलाउने।
- चुलामा मृतकको आत्मालाई सोधनी।
- मृतकको आत्मालाई बाटो लाउने।
- नुनतेल/ढोगभेट फुकाउने विधी।
- मृतकको खरानी ब्यावस्थापन।
९. किराया हङकङलाई निवेदन:
- किराया हङकङमा ७ दिन अगावै मृत्यु संस्कार फारमभरी बुझाउनु पर्नेछ।
- फारम किरायाको वेभ साईड https://kiratrai.org/form/ मा पाईनेछ।
- किराया हङकङले तोकिएको समयमा मृत्यु संस्कार विधी गरिदिनेछ।
- मृत्यु संस्कार गरिदिए वापत कूबीमी कोषमा १००० जम्मा गर्नु पर्नेछ।
- मृत्यु संस्कारमा लागेको अन्य सम्पुर्ण खर्च मृतकको आफन्तले बेहोर्नु पर्नेछ।
- किराया कुबिमि चलाउने वा आफ्नै बंशको कुबिमि चलाउने स्वोईच्छामा भर पर्नेछ।
- सामुहिक चुलाबाट आत्मा बाटो लगाउने वा नलगाउने स्वोईच्छामा भर पर्नेछ।
१०. श्रद्धान्जलीको लागि घरले तयार गर्नुपर्ने सामाग्रीहरु
[] ३ मिटर सेतो कपडा, [] १ माना चामल, [] १ सिक्का पैसा, [] १ बोदल रक्सि, [] ३ बोदल पानी, [] १ माना माटो, [] १ प्याकेट बटुवा धुप, [] १ कलश फुलपाती, [] १ दियो, [] १ सलेदो, [] ५०० मिलि तेल, [] १ केजी कोईला, [] ३ वटा आगो बाल्ने स्टार्टर, [] १ आगो बाल्ने बटुको, [] १ लाईटर ।
११. श्रद्धान्जलीको लागि संस्कारगत तयार गर्नुपर्ने सामाग्रीहरु
[] धनुबान, [] ३ वटा चोगे, [] भर्याङ [] चिण्डो, [] तितेपाती, [] जाँड, [] केराको पात, [] अदुवा।
कार्यसुची २
(पहिलो कार्यक्रम )
थान उठाउनी विधी
१. थान उठाउनी विधी
किरात धर्म अनुसार किरात राईहरुको मृत्यु भएमा अन्तेष्ठि गर्न जान अगावै मृतकको घरमा पाँचछाके दाजुभाई तथा आफन्तजनहरु भेला भई पार्थिव शरिर उठाउनी विधी गरिन्छ। हङकङमा पार्थिव शरिर घरमा नहुने भएकोले मृतकको नाममा बनाएको थानलाई उठाउनी गरिन्छ। मृतकको पार्थिव शरिर वा थान उठाउनी भनेको मृतकले जिवनमा भुलबस कुनैपनि गल्तिहरु गरेको भए पितापुर्खाहरुसंग माफि माग्दै अन्तेष्टिको लागि लान आज्ञा माग्नु हो । यो कार्य कूबीमीले मुन्धुमी भाषामा बखानी उठाउनी विधी गर्दछ।
२. थान उठाउनी मुन्धुम :
(मुन्धुम साम्पाङ भाषामा लेखिएको छ । अन्य भाषामा क्रमशः लेखिदै लगिने छ।)
हँ… ऊदूहँ पारुहँवा, सुम्नीमा नयूमावा, राक्षाकूपा खचूलूप्वा, वाईलूङ्मे वातूङ्मेवा, अथेपा हँछाराम्पी, यँलीसेलो, मरीमुन्मा मूनेचीलो, पापारबी रबीबूङ्मी, मा:माचूनू चूनूबूङ्मी, सागूवापी, मरीमून्मा यँ मूनेचिलो, ए छाब्काबी छाब्कूरीवा, यँ छाब्मा छावेलो, काए हँछा, यँ हूल्मा, हूलेकँङा, यँ धामा यँधेकङा, अथेपा लूङ्छीरीमा, कँचूली, दूङ्गुर्सावा सीमानाम्री, यँ बूसूलो, काए हँछा, यँ धेकङा ।
राजादूङसँ याधीनक, तायामीसँ याधीनक, कूबीमीसँ याधीनक, सीबीछा भ्याम्माछासँ याधीनक, तायामी ताङखीसँ याधीनक, चाप्चा यँसँ याधीनक, ब्यार्पा यँसँ याधीनक, तूप्सूङ यँसँ याधीनक, धिलूङ यँसँ याधीनक, हादीयँ चापी यँसँ याधीनक कँङा ईत्ता मूरुलीसूङ अँ रुमीपमी सेले यँसँ मान्दूङ्क, अँ सागुवाछा, तायामी, तूम्साबूसँ मान्दूङ्क, कँङा ईत्ता खाबाराचा पयवाचा मूरुलीसूङ पँमान्छेमा सीरीम्ला वालापी खकसानू लायासामा सीखीम्री यँ बूदूम्सूम्ने खाङुम्नेवो ….. ।
कूबीमीले मुन्धुम बाचन गरिसकेपछि मृतकको थानलाई त्यहाँबाट उठाई श्रद्धान्जली स्थलमा लगिने छ ।
३. मृतकको आत्मालाई निषेध :
मृतकको आत्मालाई बाटो नलाईन्जेल सम्म आत्मा जतै कतै डुलि हिडेको हुन सक्तछ भन्ने बिस्वास गरिन्छ र जतिवेला पायो तेतिबेला घरभित्र नपसोस भनि निषेध गर्ने चलन छ। यसको लागि मलामीहरु श्रद्धान्जलीको लागि घरबाट निक्लि सके पछि २ जना महिलाहरुले घर उल्टोबाट (भित्रबाट बाहीर) लिप्दै वा बढार्दै निस्कनु पर्दछ।
(दोस्रो कार्यक्रम)
आत्मा जगाउने विधी
४. पार्थिव शरिर सजाउने तरिका
- फोटो सजाएको ठाँउतिर मृतकको टाउको पारेर राख्नु पर्दछ।
- मृतकको शरिरमा बन्धनहरुभए भए फुकाली दिनु पर्दछ।
- निधारमा एक सिक्का पैसा राखी सेतो कपडाले ढाकिदिन पर्दछ।
- नजिकमा चामल, रक्सी, र कलशमा दुबो, तितेपाति राखि दियोबत्ति बालीदिन पर्दछ।
- मृतकको खुट्टा पट्टि सेतो कपडा च्याति माटो दिनको लागी राखि दिनु पर्दछ।
- मृतकको शव बाकसको खुट्टा पट्टि भुँईमा बटुकोमा कोईला बालीदिनु पर्दछ।
- मृतकलाई केहि बस्तुहरु दिने भए खुट्टा तिर राखिदिन पर्दछ।
५. आत्मा जगाउने विधी
किरात धर्म अनुसार मानिस मरे पछि आत्मा पार्थिव शरिरसंगै सुतेर बसेको हुन्छ भन्ने विस्वास गरिन्छ। यसैले मृतकलाई अन्तेष्टि गर्न अगावै मृतकको आत्मा जगाउने विधी गरिन्छ। यो कार्य कूबीमीले मुन्धुमी भाषामा गर्दछ ।
६. आत्मा जगाउने मुन्धुम
(मुन्धुम साम्पाङ भाषामा लेखिएको छ । अन्य भाषामा क्रमशः लेखिदै लगिने छ।)
हँ… ऊदूहँ पारुहँवा, सुम्नीमा नयूमावा, राक्षाकूपा खचूलूप्वा, वाईलूङ्मे वातूङ्मेवा, आना ङायुमीनाङा, सीखीमीनाङा, ताङखीमीनाङा, बूलूमीनाङा, चासूमीनाङा, आम साम धूङलो, सारी धूङलो खामवा, खाप्चीवासँ धाईमूमा म्याङाना, खामवारीकू खाप्चीरीकू लोन, कूबीवासँ धाईमूमा म्याङाना कूबीरीकू लोन, तायावासँ धाईमूमा म्याङाना तायारीकू लोन, चासूमवासँ धाईमूमा म्याङाना चासूमरीकू लोन, बूलूवासँ धाईमूमा म्याङाना, बूलूरीकू लोन, रुमीयँ पमीयँवासँ धाईमूमा म्याङाना रुमीरीकू पमीरीकू लोन, सागुवाछासँ धाईमूमा म्याङाना सागुरिकू लोन, आम्सामङा धुङलो, सारीङ धुङलो, कँचीली दखब्सूङ्ङा धुङलो, नूछीरी लूदूरमावा ऱ्याप्मालूङ, घ्याप्मालूङ्ङा धूङलो, रीसीम्ला वायाला धूङलो, बूक्छामीना/बूङछामान (सामे) छाप्कूरीया यँ छाब्मा छावानालो, बप्कूरी यँ बप्मा बबानायी खकसानू यँ बूदूम्सूम्ने । ङायुमीङो, ताङखीङो कङा मात्ताई यँ गून खकसानू सानू लोन, साम धुङलो, सारी धुङलो, कँचीली दखब्सूङ्ङा धूङलो, नूछीरी लूदूरमाङा धूङलो, सीरीम्ला बायालाङा धुङलो, राजादूङसँ याधीङा, तायामीसँ याधीङा, कूबीमीसँ याधीङा, सीबीछा भ्याम्माछासँ याधीङा, तायामी ताङखीसँ याधीङा, चाप्चा यँसँ याधीङा, ब्यार्पा यँसँ याधीङा, तूप्सूङ यँसँ याधीङा, धिलूङ यँसँ याधीङा, हादीयँ चापी यँसँ याधीङा । खकसानू लायेसेनेमा न कङा मात्ताई यँ गूँन, खीसूङला रहलापी आम्लावूङ्वा, यँ खबीनाले सीरीम्ला वायालापी सीबीर्माबूङवा, खबीनाले खकसानू यँ बूदू खाङूम्सूम्नेवो ।
(तेस्रो कार्यक्रम)
आत्मा छुट्याउने बिधी
७. आत्मा छुट्याउने बिधी
पार्थिव शरिरलाई अन्तिम बिदाई गर्न अगावै आत्मालाई शरिरबाट छुट्टाउनु पर्दछ। शरिर धर्ती मुनि समाहित हुन्छ । आत्मा धर्ती माथि यँही कतै रहन्छ। पछि आत्मालाई चुलामा बोलाई बाटो लगाईन्छ । यो कार्य कुबिमिले मुन्धुमी भाषामा गर्दछ।
८. आत्मा छुट्याउने मुन्धुम:
(मुन्धुम साम्पाङ भाषामा लेखिएको छ । अन्य भाषामा क्रमशः लेखिदै लगिने छ।)
हँ………….. न आम्सूलूम् मूकाबी, आम्खब्मालूङ् ताईकाबी, तायामी तूम्साबू, खरुमीची झारावा आम्खारुवा म्यानाकपी ददावदा लावा धातसीना, खकसानू लायीनाधँ सेलेखीयोपी तायामाहपावा पारु त:तलो ङ्यातीनाधँ आम्नूङ्ला स:सी, सेलेमी मूक्तीमीवा यासासँ खासासँ चीचीङख मूक्तिखवा बल्याम्खँपी व च्यावीनाके ङायूमीङो, ताम्खीमीङो खकसानू लेनके । रुमीलावा, पमीलावा, वतुप्लावा वरीलावा, सीवीलावा, मदीलावा, कूबीलावा, तायालावा लावापोतो पोकूम्नवो …(मृतको नाम)… ।
९. अन्तिम धुपबत्ति :
आत्मालाई छुट्टाई सकेपछि पार्थिव शरिरलाई धर्तीमा समाहित गरिन्छ भने आत्मालाई चुलामा बोलाई बाटो लगाउनु पर्दछ। आत्मालाई छुट्टाई सकेपछि आफन्त तथा सम्पुर्ण मलामीजनलाई अन्तिम धुपबत्ति बाल्न लगाई मृतकलाई बिदाई गर्न लगाउनु पर्दछ।
१०. स्विच अन :
मृतकको सन्तानले स्विच अन गरि पार्थिव शरिरलाई धर्तीमा समाहित गरिन्छ ।
११. मलामी चोख्याउने :
- मलामी चोख्याउने ठाँउमा एउटा बटुकोमा कोईला बाली दिनु पर्दछ।
- मलामीहरु आएपछि खुट्टाले कोईला छुन लाउनु पर्दछ।
- कुबिमिले कलशको तितेपातीले मलामीहरुलाई छर्कनु पर्दछ।
- त्यसपछि मलामीहरुलाई खानपान गराई बिदा गर्नु पर्दछ।
कार्यसुचि ३
चुला भित्र गरिने विधीहरु
१. चुलाको लागि आवश्यक सामाग्रीहरु
- सेउली, केराको पात, दुवो र फुल।
- धनुकाँड, भाला, खुकुरी, हसियाँ, खुर्पा, थुम्से, डालो, नाङलो, माना, पाथि, ढुङग्रो, दुना, टपरा,
- थाल, अदुवा, धुप, दियो बत्ति,
- अन्नहरु (धान, मकै, कोदो, घैया, कागुनी आदि),
- जाँडले भरेको चिण्डो (कोदो र मर्चाको मिसावट), चामलको भात,
- बिभिन्न मासुहरुको मिसावट (कुखुराको मासु, कालीजको मासु, फिस्टाको मासु, डाफेको मासु, मुनालको मासु, बदेलको मासु, चौंरीको मासु, अरनाको मासु, गाईको मासु, गोरुको मासु, मृगको मासु, घोरलको मासु, थारको मासु, पाहाको मासु, सर्पको मासु, माछाको मासु, बच्छिउको मासु, रिङगलको मासु आदि)
- कचौरामा नुन, तेल र तामाको सिक्का, नाङलोमा अक्षता चामल, कलश, दियो बत्ति, दहि चामलको टिका, रक्सि र १ कासे बोटुको
२. चुला थान सजाउने
- नाङलो माथि तीनपत्र पारेर केराको पात ओछ्याई त्यसमाथि १ माना चामल, अदुवा र टुप्पो सहितको केराको पात राख्नु पर्दछ।
- तितेपातीको कलश, १ कठुवा रक्सी र जाँड, चिण्डोमा चोखो रक्सी राख्नु पर्दछ।
- थानको तलतिर कूबीमीको लागि बस्न बाल्याम्खँ राखिदिनु पर्दछ।
- थानको दाँयावाँया एक पल्टमात्र उघाएको र नचलाईकन पकाएको भात दुईवटा केराको पातमा उल्टो गरि तिन पटक पस्काएर राख्नु पर्दछ । छँरिसा पनि मिसाउनु पर्दछ।
- दाँयातिर दाजुभाईहरुले ल्याएको जाँडरक्सीलाई राख्नु पर्दछ।
- वाँयातिर छोरीचेलीहरुले ल्याएको जाँडरक्सीलाई राख्नु पर्दछ।
- थानमा राखिएको जाँडरक्सी, भातलाई पातले छोपी दिनु पर्दछ।
३. आत्मा बोलाउने बिधी :
किरात धर्म अनुसार मृतकको पार्थीव शरिरलाई अन्तिम बिदाई गरिसकेपछि सवै दाजुभाईहरु चुलामा भेला भएर कूबीमीद्वारा मुन्धुमी भाषामा मृतकको आत्मालाई चुलामा बोलाईन्छ। मृतकको आत्मालाई कूबीमीले बोलाउदा मृतकको अन्त्येष्टि गरेको ठाँउबाट सिमेभुमे, बनजंगल, भिरपहरा, साकेवा थान पुकार्दै चुलामा बोलाउन पर्दछ।
४. आत्मा बोलाउने मुद्दुम :
हँ……. न बूक्छापा/बूङखामा (सामे) ङायूमीना, ताङखीमीना, सीखीमी, खारुमीङो कँचीलीवा सीखीम्री बूदूक यँ बूदू खाङूसोलो नूछीरी नूदूरमावा, कँचीली दखब्सूङ्ङा, सीकूम्री माकूम्रीवा, सूलूम् हाल्मा, च्याल्याम्सूङ हाल्मा म्याङाना, वरीधाईमा धातासाना क के । आम्साम धूङ्लो, सारीङा धूङ्लो, ऱ्याप्लूङ घ्याप्मालूङ् सीरीम्ला वायालाङा धूङ्लो, ङायूमी ताङखीमी आम्छाब्कूरीवा छाबाना, बप्कूरीया बबाना, खब्कूरीया खबाना । आम्सामङा धूङ्लो, सारीङा धूङ्लो, खामवा खाप्चीवासँ धाईमूमा म्याङाना, रीकूलोन, चासूम बूलूवासँ धाईमूमा म्याङाना रीकूलोन, कूबीवासँ धाईमूमा म्याङाना रीकूलोन, तायावासँ धाईमूमा म्याङाना तायारीकू रीकूलोन, सीबीछा मदीछा भ्याम्माछासँ धाईमूमा म्याङाना रीकूलोन, रुमीपमीवासँ धाईमूमा म्याङाना रुमीरीकू लोन, पमिरीकू लोन । कङा मात्ताई खकसानू सानूलोन, कूबीमीसँ याधीङायी, तायामीसँ याधीङायी, लाम्लाबू बूसूगूङ्सँ याधीङायी, सीबीछा मदीछासँ याधीङायी, हँदूङ्सँ याधीङायी, तूप्सूङ्यँसँ, सीबीछा मदीछासँ याधीङायी, धीलूङ्यसँ याधीङायी, चासूमी बूलूमीसँ याधीङायी, चाप्चायँसँ याधीङायी, बेर्पायँसँ याधीङायी, सीरीम्ला वायालापी बेरेबे तईमा ततीना, खाङीनाधँ कङा ईत्ता मूरुलीसूङ् खाबाराचा पयावाछा लोनचीवो । (१)
(कूबीमीले यसरी मुन्धुम बाचन गर्दै चिन्डोको रक्सीले अगेनामा खन्याएर अघि दिएको खाना उघारी हेरेर सवैमा अलिअलि थपी पातले छोपीदिनु पर्दछ।)
५. आत्मा सोधनी विधि :
मृतकको आत्मालाई चुलामा बोलाई सके पश्चात त्याहाँ राखेकाका सामाग्रीहरु ३ चोटि खानपान गराउदै, उस्को पुरा नभएको ईच्छाहरु, बाँकी रहेको ईच्छाहरु, उस्को स्वभाविक मृत्यु भएको वा अस्वभाविक मृत्यु भएको, उ जाने बाटो आदिको बारेमा कूबीमीले मुन्धुमी भाषामा सोधनी गर्दछ।
६. आत्मा सोधनी मुन्धुम
हँ……. बूक्छापाङो/बूङखामाङो कङा मात्ताई खकसानू सानूलोन, लावालूङ छीरीलूङ्लामा सीरीम्ला वायालापी बेरेबे तईमा ततीना, खाङीनाधँ कङा ईत्ता मूरुलीसूङ् खाबाराचा पयावाछा लोनाचिहँ कँ तीम्नाचीमा । पापालाङे लोनचीन, मा:मालाङे लोनचीन, छ्याकूमालाङे लोनचीन, सीबीलाङे मदीलाङे लोनचीन, रुमीलाङे, पमीलाङे लोनचीन । नपी न कँङा कूबी महपावा/ताया महपावा (बाटो लगाउनेको नाम बताउने) छीलाम् धीलाम् प्यानाकपी, न छूरेन खामवाआम्ला लोतो, खप्चीआम्ला लोतो, बूलूआम्ला लोतो, चासूमआम्ला लोतो न ए रुमालूङ् धूमालूङ्पी कईबछ्याम्पी याङासा दीङासालो, खामवायँ खाप्चीयँलो छीकूर्सा दीकूर्सालो बखँरी बँ तीम्नाचीमा खामवाआम्ला लोतो, रुँरीआम्ला लोतो, साखाआम्ला लोतो, तायाआम्ला लोतो न ए फुपापाचीलो यँ ख्याप्नाचीवो । कईबाछ्याम्पी, तूचीखम्पी, तूमा मूनाची वारी मूनाची । मीयालूङ्, मीचालूङ, मसूँवापी ए फुपापाचीलो ख्याब्नाची । नीनाबूङ् माखाबुङलो ख्याब्नाची, वारी मूनाचीहँ आम्कँ तीम्नाचीवो । (२) खाना उघारेर सवैमा थपीदिनुपर्दछ ।
(अघी जसरीनै छोपेर राखेको खाना उघारेर हेरी सवैमा थपीदिनुपर्दछ ।)
हमो…. बूक्छामी/बूक्छामा ङो । (मृतकको नाम भन्दै) आम्सामँङा धूङलो सारीङा धूङलो, कूबीमीसँ धाईमूमा म्याङाना कूबीरीकू रीकूलोन, तायावासँ धाईमूमा म्याङाना तायारीकू रीकूलोन, चासुमवासँ धाईमूमा म्याङाना चासूमरीकू रीकूलोन, बूलूवासँ धाईमूमा बूलूरीकु रीकूलोन, आम्सामँङा धूङलो सारीङा धूङलो, कूबीमीसँ तमानाःना बूलूवासँ तमानाःन, तयवासँ तमानाःना रुँरीवासँ तमानाःन, कङा मात्ताई खकसानू सानूलोनवो । तीप्सूङसँ धीलूङस याधीक, बूलू चासूम्सँ याधीक, चाप्चा बेर्पासँ यधीक, सीबीछा मदीछासँ याधीक, कूबीमी तायामीसँ याधीक, लाम्लाबूङ बूसूबूङसँ याधीक । चासूम्रीकू रीकूलोन बूलूरीकू रीकूलोन, खामवा खाप्चीरीकू रीकूलोन सीबीरीकू रीकूलोन ।नपी न छँरीसा वादाम्सा, हूपरेवा, लँपरवासा, हादीसा, पपीसा, चपीसा, भूसासा, यासासा, चन्दूपासा, खादीसा, लीब्लीसा, रँभसा, तँवासा, तुवासा,धीवासा, नरवा, नप्लँवासा, तूकूवासा, ङाचीलीसा, धीलूम्सा, पेपयासावा, नोने लोतँलो तम्बँरी बखँरीपी, आम्कँ तीम्नाचीवो । (३)
अघी जसरीनै छोपेर राखेको साम्खाई खाना उघारेर हेरी सवैमा थपीदिनुपर्दछ ।
७. मृतकको बारेमा जानकारी :
सम्पुर्ण कुराहरु सोधी सके पश्चात कुबिमिले मृतकको बारेमा आफन्तहरुलाई जानकारी गराउदछ।
८. आत्मा बाटो लाउने बिधी :
सम्पुर्ण कुराहरु जानकारी सके पश्चात मृतकको आत्मालाई कूबीमीले पितापुर्खा, रक्षाकुपा, पारुहँ समक्ष देखाउदै पुन: सिमेभुमे, बनजंगल भिरपहरा, साकेवा थान पुकार्दै, फकाउदै फुलाउदै उच्च रमणिय स्थल, पवित्र स्थल, सुम्निमा र पारुहाङको पासमा पुर्याउने कार्य गर्दछ।
९. आत्मा बाटो लगाउने मुद्दुम :
हँ……. बूक्छामी/बूङ्खामा (…मृतकको नाम बताउने…) ङो, आम्सामँङा धूङ्लो, सारीङा धूङ्लो, कूबीमीसँ धाईमूमा म्याङाना, कूबीरीकू रीकूलोन, तायावासँ धाईमूमा म्याङाना तायारीकू रीकूलोन, चासूमवासँ धाईमूमा म्याङाना चासूमरीकू रीकूलोन, बूलूवासँ धाईमूमा म्याङाना, बूलूरीकू रीकूलोन, आम्सामङा धुङलो, सारीङ धुङलो, कूबीमीसँ तमाना:ना, बूलूवासँ तमाना:ना, तायावासँ तमाना:ना, रुँरीवासँ तमाना:ना कँङा मात्ताई खकसानू सानूलोनवो । तीप्सूङसँ, धिलूङसँ याधीक, बूलू, चासूम्सँ याधीक, चाप्चा वेर्पासँ यधीक, सीबीछा, मदीछासँ याधीक, कूबीमी, तायामीसँ याधीक, लाम्लाबूङ्, बूसूबूङ्सँ याधीक, चासूम्रीकू रीकूलोन, बूलूरीकू रीकूलोन, खामवा खाप्चीरीकू रीकूलोन, सीबीरीकू रीकूलोन, नपी न छँरीसा वादाम्सा, हूपेर्वा लँपेर्वासा, हादीसा, पपीसा, चपीसा, भूसासा, यासा चान्दूपासा, खादीसा, लीब्लीसा, रँभसा, तँवासा तूवासा, धीवासा, नरवा नाप्लँवासा, तूकूवासा, ङाचीलीसा, धीलूम्सा, पोपयासा, आतामा नोने लोतँलो तम्बँरी, बखँरीपी आम्कँ तीम्नाचीवो । (४)
हँ…….सूतूलूङ, मीयामा मीचालूङपी जीर्माछ्याम् कोईबाछ्याम्पी, यँ ख्याब्मा ख्याबीनाकपी ददावदा दँसूलाम् बूपनाधँ, कूबीमहपा, मुक्तीमहपा, चारीमहपा य मून्छँ लायीनाके । ददावदा दँसूलाम् बूपनाधँ कूम्पो, मीलूङ्पोवा यँ च्याम्मा च्यामीना, सूलूम् फल्मा फलीनाके, नपी न नूङ्ला ससीधँ झारा खँमा खाईसीके, ईसे नपी न कङा कूबी महपावा/ताया महपावा (…बाटो लगाउनेको नाम भन्ने…) वा छीलाम्धीलाम् प्यानाकपी, कईबाछ्याम्पी, तूचीखम्पी, तूमा मूनाची वारी मूनाचीवो । मीयालूङ् मीचालूङ् मसूँवपी ख्याब्नाची, नीनाबूङ् माखाबूङ्लो ख्याब्नाची, वारी मूनाची, अम्कँ तीम्नाचीवो । (५)
कार्यसुचि ४
१. मुन्धमु एक किरात ईतिहास
मुन्धुम किरातहरुको धर्मग्रन्थ, संस्कार विधीहरु मात्र नभई यसले ईतिहासलाई समेत समेट्दै लगेको पाईन्छ । मानिस मृत्यु भएर बाटो लगाउदा किरातहरु कतातिरबाट आएका थिए। कहाँ कहाँ बसे र कता कता गएर बसे सो ठाँउहरु समेत बर्णन गरेको पाईन्छ। हाल आएर किरात राईहरु हङकङमा स्थायी बसोबास गरि सकेको र यँही सामुहिक चुला समेत गाडि सकेको र साकेला थान समेत स्थापना गरि सकेको र हरेक बर्ष साकेला मनाउदै आईरहेको हुनाले अब किरात धर्म मान्ने र सामुहिक चुलामा विस्वास गर्ने सबैलाई बाटो लगाउदा यँहिकै सिमेभुमे, बनजंगल भिरपहरा, साकेवा थान पुकार्दै, यँहिकै उच्च पवित्र स्थल “ताईमोशन डाँडा” मा पुर्याई मुन्धुममा हङकङमा समेत स्थायी बसोबास गरेको किरातहरुको थप ईतिहास जोडन पर्दछ भन्ने मुन्धमु संकलकको कुबिमिहरुलाई सल्लाह रहेको छ। यसर्थ,
२. हङकङमा आत्मालाई बाटो लगाँउदा: (प्रस्तावित)
- अन्तेष्ठि गरेको ठाँउबाट
- सामुहिक चुलामा बोलाउने
- सामुहिक पित्रीहरुलाई देखाउने
- मृत्यु भएको ठाँउमा पुर्याउने
- जन्मिएको ठाँउमा पुर्याउने।
बिसाउने,
- उत्पत्ति भएको ठाँउ – नियाम्मा पुर्याउने
- खुवालुङ – सप्तकोशीमा पुर्याउने
- तुवाचुङ जयाजुममा पुर्याउने
- रैछाकुले, तयमा, खियमालाई देखाउने
- नेपाल – काठमाण्डुमा पुर्याउने ।
- राजा यलम्वरका सन्तानहरुलाई देखाउने
बिसाउने,
- काम्तिन – हङकङमा बोलाउने
- युनलङ – पुरानो चुलाघरमा पुर्याउने
- ताईमोसान साकेलापार्कमा पुर्याउने
- सुम्निमा पारुहाङ बास भएको ठाँउमानि ताईमोसान डाँडामा पुर्याउने
- सुम्निमा पारुहाङलाई देखाउने, साथमा राखिदिन आग्रह गर्ने
तत्पश्चात,
- नराम्रो बाटो जानेलाई – ताईमोसान डाँडा पारि राख्ने।
- राम्रो बाटो जानेलाई – ताईमोसान डाँडा वारि राख्ने।
३. पितापुर्खाहरुलाई खानपान सार्ने :
बाटो लगाई सकेपछि त्याहाँ राखीएको सामाग्रीहरु अलि–अलि केराको पातमा राखी दुईवटा चुलालाई, चारवटा पित्रीलाई र एउटा घर बाहीर सारीदिनु पर्दछ।
४. खरानी बिर्सजन:
पितापुर्खाहरुलाई खानपान सारिसके पछि मृतकको खरानीलाई हङकङ सरकारले तोकेको समुन्द्रमा वा सम्झनाको बगैंचामा बिर्सजन गरिदिने। अनि भन्नु पर्दछ।
ल है पिता पुर्खा हो । आजदेखी ……. (मृतकको नाम)…….लाई तपाँईहरुको साथपास लगाएका छौं । तपाँईहरु संगै राख्नुहोस, तपाँईहरुले नै हेर्नुस है ।
कार्यसुचि ५
काजक्रिया
१. मृत्युशोक फुकाउने विधी :
मौलिक किरात धर्म अनुसार मृतकको छोराले आमा बाबुको मृत्यु भएको दिन देखि छाक बारि मृत्यु शोक बस्ने परम्परा छ । मृत्यु शोक पश्चात मृतकको आत्मालाईलाई बाटो लगाई सकेपछि मृत्यु शोक फुकाईन्छ।
- मृत्युशोक बस्नेले पँधेरोमा गई वा चोखो पानीले हात, मुख, खुट्टा, टाउको धोई सफा हुन लगाउनु पर्दछ।
- तत्पश्चात लगाएको लुगा फुकाली नया टोपि र नया लुगा लगाउनु पर्दछ।
२. नुनतेल फुकाउने विधी :
मृत्यु शोक फुकाएपछि नुनतेल फुकाउने रिती गर्नुपर्दछ। नुन तेल फुकाउदा एउटा दुना वा कचौरामा नुन, तेल र तामाको सिक्का राख्न पर्दछ र पहिला घरमुली र तेसपछि परिवारका सदस्यहरुले दाँया हातको कान्छी औलाले तेल र त्यसभित्रको तामाको सिक्का छुँदै तीन पटक खुट्टातिर छर्कन पर्दछ। यसबेला बिवाहित छोरीचेली वा भान्जाभान्जिले दुबो र तितेपाती भएको कलशको पानीले नुन तेल फुकाएकाहरुलाई तीन पटक छर्कीएर च्योख्याउनु पर्दछ। यसै गरि अन्य दाजुभाईहरुलाई पनि नुन तेल फुकाउनु पर्दछ। त्यसपछि नुनतेल फुकाएको जानकारी सम्पुर्ण देश बिदेशमा रहनुभएका दाजुभाई नरनाताहरुलाई गराउनु पर्दछ।
३. ढोगभेट फुकाउने विधी :
ढोग भेट फुकाउदा दुईजना कन्या केटिहरुले नाङलोमा अक्षता चामल, कलश, दियो बत्ति, दहि चामलको टिका, रक्सि र १ कासे बोटुको बोकेर उभिनु पर्दछ । यस पछि चेलीले माईतिलाई काँसे बोटुकोमा रक्सि हालि १ पटक खुलाउनु पर्दछ। तेस्तै माइतीले चेलीलाई पनि १ पटक खुलाउनु पर्दछ । त्यस पछि चेलीले माईतिलाई दहिचामलको टिका १ पटक लगाई पुछ्न लाउनु पर्दछ। तेस्तै माइतीले चेलीलाई पनि १ पटक टिका लगाई पुछ्न लाउनु पर्दछ र ढोग गर्न पर्दछ। ढोग गर्दा चेलिले माईतीलाई टोपी र माईतीले चेलीलाई पैसा दिने चलनछ। यस बखत टोपी माथि टोपी खप्टिन पुग्छ। अन्य आफन्तजनले पनि माथि भनिएझै टिका लगाउदै पुछ्दै ढोगभेट गर्न पर्दछ । कार्यक्रम सके पश्चात त्यो काँसे बोटुको चेलीलाई दक्षिणाको रुपमा दिनु पर्दछ। भनिन्छ, त्यो बोटुकोमा फेरी कहिल्यै पनि माईतीलाई खुलाउनु हुदैन।
४. काजकिरिया
मृत्युशोक फुकाएको दिन वा तिन महिना भित्र मृतकको काजक्रिया गर्नु पर्दछ। मृतकको काजक्रिया गर्दा चौतारा बनाईदिने चलन छ। हाल शहरिकरणले गर्दा चौतारा बनाउन असम्भव भएको कारणले स्मृती अक्षयकोषहरु निर्माण गरि संघ संस्थालाई संचालन गर्न जिम्मा दिने चलन चलि आएको छ। काजक्रिया गर्दा छोरीचेलीहरु, दाजुभाईहरु, छिमेकी नरनाताहरु लगायत सबै मलामीहरुलाई बोलाईन्छ , खानपान गराईन्छ । कजेरि तथा कुबिमीहरुलाई शिर उठाउनी गरिन्छ।
अनुसुचि १
धार्मिक बचन (५ मिनेट)
१. धार्मिक बचन :
घाम पनि डुब्ने नै हो । जुन पनि डुब्ने नै हो। तारा पनि डुब्ने नै हो। धर्ती पनि नासिने नै हो। आकाश पनि नासिने नै हो। सृष्टी पनि मर्ने नै हो। पशुपंछि पनि मर्ने नै हो। मानिसहरु पनि मर्ने नै हो। कोहि छिट्टो मर्ने हो। कोहि ढिलो मर्ने हो। एकदिन मर्नैपर्ने हो। हे पितापुर्खाहरु हो । हे सुम्निमा पारुहाङ। के गरौ अब । के गरौ तब।
मानिस जन्मे पछि मृत्य अनिवार्य छ । अजम्बरि कोही छैन। यस जगतको हरेक भौतिक वस्तुहरुको एक दिन मृत्यु हुनेछ। धर्ती आकाशको पनि एकदिन अन्त्य हुनेछ। ढुङगा माटोको पनि एकदिन अन्त्य हुनेछ । जुन तारा पनि एकदिन मर्नेछ। मृत्यु अवश्य हुनेछ। मानिसको मृत्यु पश्चात भौतिक शरिरलाई धर्तीमा समाहित गरिन्छ। आत्मालाई बाटो लगाईन्छ।
मृत्यु संस्कार धर्म अनुसार वा सम्प्रादय अनुसार फरक फरक पाईन्छ। किरात धर्म भित्र थुप्रै सम्प्रादयहरु छन। हरेक सम्प्रादयमा बेग्ला बग्लै धारणा र संस्कारहरु प्रतिपादन गरि मान्दै ल्याएको पाईन्छ। किरात धर्म भित्र युमा पुजक किरात धर्म, पितृपुजक किरात धर्म, सत्यहाङमा किरात धर्म आदि थुप्रै सम्प्रादयहरु छन। हामीले मानि ल्याएको पितृपुजक किरात धर्म हो। पितृहरुले गरिल्याएको निती, नियम, आचरण गुणहरु, संस्कृतिहरु नै हाम्रो संस्कारहरु हुन।
२. किरात धर्म
किरात धर्म भनेको किरातीहरुको धारणा उनिहरुले गर्ने संस्कार, संस्कृति, नियम, आचरण गुणहरुको दर्शन हो। किरात धर्म भित्र थुप्रै सम्प्रादयहरु छन। हरेक सम्प्रादयमा बेग्ला बग्लै धारणा र संस्कारहरु प्रतिपादन गरि मान्दै ल्याएको पाईन्छ।
३. किरात धर्म मुन्धुममा आधारित
किरात धर्म भनेको कुनै एक ब्यक्तिले प्रतिपादन नगरि किरातहरुको पुस्तौ–पुस्ता पुर्खाहरुले अनुभव गरि संगाल्दै ल्याएको धारणा हो। यो मुन्धुममा सुन्न पाईन्छ। मुन्धुम मौखिक रुपमा भन्दै आएको दर्शन हो। मुन्धुममा यस जिवन र जगत प्रतिको धारणा दर्शाएको छ। मुन्धुममा पितापुर्खाहरुले संगाल्दै ल्याएको घटना , दुरघटना, संस्कार, संस्कृति, नियम, कानुन, ईतिहास आदि दर्शाएको हुन्छ। किरात धर्मकोको दर्शन हो मुन्धुम । मुन्धुम दर्शनको पालना गर्नु मुन्धुम – किरात धर्म हो।
४. किरात धर्मका सत्कर्महरु
1.दैनिकरुपमा माता पिताको सेवा गर्नु, 2.वयोवृद्धलाई आदर, गरिब दु:खिलाई दया गर्नु, 3.खान अगावै पिता पुर्खालाई चढाएर खानु, 4.परिवार, तिनचुला तथा पवित्र स्थलको रक्षा गर्नु, 5.खोला नाला बन जंगल प्रकृतिको रक्षा गर्नु, 6.मानव कल्याणकारी कामहरु गर्नु, 7.मौलिक किरात धर्म संस्कारलाई जोगाउनु।
५. किरात धर्मका असत्कर्महरु
1.भिख मागेर खानु, 2.चोरी, ठगी गर्नु, 3.परस्त्री/परपुरुष गमन गर्नु, 4.डाहा, ईष्र्या गर्नु, 5.लोभ, लालच गर्नु, 6.घमण्ड गर्नु, 7.मानव हत्या गर्नु।
६. किरात धर्म पित्री पुजक धर्म
1.किरातहरुले सुम्निमा र पारुहाङलाई यस जगतका प्रथम मानव सृष्टिकर्ता, अदिम पुर्खाको रुपमा पुज्दछ। 2.आफुलाई जन्म दिनेलाई पितापुर्खाको रुपमा मान्दछ। आफ्नो जन्मलाई पितापुर्खाको कर्तब्यको उपजको रुपमा मान्दछ। 3.किरातहरुले पितापुर्खानै आफ्नो सृष्टिकर्ता हो भनि मान्दछ। पितापुर्खानै भगवान हो भनि मान्दछ। 4.किरातहरुले स्वर्ग र नर्कमा विश्वास गर्दैन। पुर्वजन्म र पुर्नजन्ममा विस्वास गर्दैन। 5. किरातहरुले नया अन्नबाली पाकेका बेला पितापुर्खालाई पहिला चढाएर मात्र आफु खान्छन। 6.किरातहरुले पुजागर्दा पहिला पित्रिलाई चढाएर, अनि आफुले मुख जुठ्याएर मात्र गर्दछन्। मुख नजुठ्याई पुजागरेमा अशुभ मानिन्छ। 7.किरातहरुले जातपातमा बिस्वास गर्दैनन्। सात पाछाका दाजुभाईहरु जम्मा भई रातो अचना चिसो छपना गरि पितृहरुलाई सम्झि जुनसुकै मानिसलाई नया राई पाछामा प्रवेश गराउन सक्तछ। 8.मुन्धुम किरात धर्ममा किरातहरुले पितृहरुको पुजा गर्दछन।
७. किरात धर्म प्रकृती पुजक धर्म
1.मनुष्यका सम्पुर्ण बिचार, धारणा, आचारण, ईच्छा, कार्य आदि प्रकृतीबाट पैदा भएको र उसको प्रवित्ति, क्रिया, यात्रा, मनोकामना आदि पनि प्रकृती बाटनै निर्देर्शित हुन्छन। 2.संसारमा घटेका घटना, दुर्घटना, प्रकोप, प्रलयहरु र मनुष्यको जन्म, मरण कुनै दैवीक शक्तिको उपज नभई प्रकृतिकै उपज हो। 3.जिवन, जगत, मरण कुनै ईश्वरीय शक्तिले सृजना नगरि प्रकृतिले गरेको मानिन्छ। यो निरन्तर चलिरहन्छ। मनुष्यका संस्कार पनि ईश्वरीय देन नभई प्रकृतीबाट नै प्रेरित भएका हुन्छन। संस्कार समय सापेक्ष परिवर्तनशिल मानिन्छ। 4.मुन्धुम किरात धर्ममा किरातीहरुले प्रकृतीको पुजा गर्दछ।
८. किरात धर्ममा मृत्युप्रति धारणा
1.किरात मुन्धुम अनुसार किरात राईहरु रोग लागेर वा बृद्ध भएर निधन भएमा स्वभाविक मृत्यु मानिन्छ। 2.स्वभाविक मृत्यु हुनेहरु राम्रो बाटो गएको मानिन्छ। राम्रो बाटो जानेहरु चुलामा आँउदछ। 3.झैझगडा गरेर, लडेर, आत्महत्या गरेर, दुर्घटनामा परेर मृत्यु भएमा अस्वभाविक मृत्यु मानिन्छ। 4.अस्वभाविक मृत्यु हुनेहरु नराम्रो बाटो गएको मानिन्छ। नराम्रो बाटो जानेहरु चुलामा आउनु सक्तैन। 5.सुत्केरी ब्यथाले मृत्यु हुने महिला समेतलाई नराम्रो बाटो गएको मानिन्छ। 6.छेवर वा गुन्युचोली नगरि निधन भएको बालबालिका समेतलाई नराम्रो बाटो गएको मानिन्छ। 7.छेवर वा गुन्युचोली नगरेको भएता पनि भाई वा बहिनी जन्मि सकेको भए राम्रो बाटो गएको मानिन्छ।
९. किरात धर्ममा मृत्युशोक धारणा
किरात राईहरुको आमा बाबुको मृत्यु भएमा सन्तानले मृत्यु भएकै दिन देखि नुनतेल छाडि मृत्यु शोक बस्न पर्दछ। मृत्यु शोक बस्दा निम्न कुराहरु गर्न हुदैन। 1. ढोगभेट गर्न, हुदैन, 2. चौतारामा बस्न हुदैन, 3. गुन्द्रीमा बस्न हुदैन, 4. दोहोरो बोल्न हुदैन, 5. गीत गाउन हुदैन, 6. नाच्न हुदैन, 7. टिका लाउन हुदैन, 8. जुठो खानु हुदैन, 9. नुनतेल, मासु खान हुदैन, 10. काँसको भाँडामा खान हुदैन, 11. बाबुको मृत्युमा रक्सी खान हुदैन, 12. आमाको मृत्युमा दुध खान हुदैन।
१०. किरात धर्ममा आत्मा प्रतिको धारणा
1.मानिस मरेर गएपछि शरिर माटोमा मिल्दछ। आत्मा रहि रहन्छ भन्ने धारणा छ। 2.आत्मा यहि प्रकृतिमा बस्तछ। आत्मा पृथ्वीकै पबित्र स्थल, उच्च स्थान, भीरमा, पाखामा, पखेरामा, ढुङगामा, चट्टानमा, रुखबिरुवामा, बादलमा, बादलको गर्जनमा बस्तछ। 3.आत्मालाई कहाँ, कसरी, कता राख्ने, कसरी बोलाउने, कसरी खुलाउने, कसरी मिलाउने यस्को ब्यावस्थापन कुबिमिले गर्दछ। 4.आत्मालाई प्रत्येक बर्ष एकचोटि उधौलीको बेला, नया अन्नबाली पाकेको बेला बोलाई नया अन्नबाली खुलाउने चलन छ। 5.राम्रो बाटो जानेहरुलाई चुलामा खुलाईन्छ। नराम्रो बाटो जानेहरुलाई बाहिर खुलाईन्छ।
मुन्धुमले भन्दछ – प्रकृतिकरुपमा संसारमा सिर्जिएका तथा घटेका घटना, दुर्घटना, प्रकोपहरु र मनुष्यको जन्म, मरण कुनै दैवीशक्तिको उपज नभई प्रकृतिकै उपज हो ।
अर्थात, प्रकृतीकै कारणले गर्दा, मानिसले जिवनमा सत्कर्म/ असत्कर्महरु गर्न पुग्दछ। यदि अज्ञानतावस असत्कर्म गरेको रहेछ भनेपनि चोखोनितो भई चुलामा बसी सुम्निमा पारुहाङलाई साँछि राखि पितापुर्खाहरु र दाजुभाईहरुको माझ क्षमा मागे क्षमा प्राप्त गर्नेछन । अस्वभिकरुपमा मृत्यु हुनेहरुलाईपनि ७ पाछाका बुढापाकाहरुले क्षमागरे मृतआत्मा क्षमा भै चुलामा आउन सक्तछ।
हे चुलापुज्ने पिताहरु हो। हे सिमेभुमेपुज्ने पुर्खाहरु हो। हे सुम्निमा। हे पारुहाङ। मृतकले जिवनमा कथंकदाचित भुल गरेको भएपनि छमा दयागरि तपाईहरुकै साथपासमा लिनुहोस है, तपाँईहरुसंगै राख्नुहोस है। (मृतक) अब जानुस है।
अनुसुचि २
कार्यक्रमको रुपरेखा
- मृतकको घरमा
- थान उठाउनी बारेमा: संचालक
- थान उठाउनी मुन्धुम: कुविमि
- मृतकको आत्मालाई निषेध कार्यक्रम
- श्रद्धान्जली हलमा
- धार्मिक बचन बाचन :
- मृतकको जिवनी : संचालक
- श्रद्धान्जली धुन सहित मौन धारण : संचालक
- श्रद्धान्जली सुमन :
- आत्मा जगाउने बारेमा: संचालक
- आत्मा जगाउने मुन्धुम : कुविमि
- माटो तथा पुष्प गुच्चा अर्पण :
- अन्तेष्टि हलमा
- आत्मा छुट्याउने बारेमा: संचालक
- आत्मा छुट्याउने मुन्धुम: कुविमि
- अन्तिम धुपबत्ति :
- स्विच अन :
- मलामी चोख्याउने :
- चुलामा मृत्यु संस्कार : (ऐच्छिक)
- मृतकको आत्मा बोलाउने :
- मृतकको ईच्छा सोधनी :
- मृतकको आत्मा बाटो लाउने :
- मृत्युशोक/नुनतेल/ढोगभेट फुकाउने (काजक्रिया) :
३. श्रद्धान्जली धुन :
अनुसुची ३
कार्य बिभाजन
क्र.सं. | कार्य | विभाग |
1 | एजेन्सि फलोअप | संगठन बिस्तार तथा समन्वय विभाग |
2 | फोहरमैला संकलन तथा ब्यावस्थापन | सरसफाई तथा फोहरमैला संकलन विभाग |
3 | मलामी बस ब्यावस्थापन | ब्यावसाय, रोजगार तथा यातायात विभाग |
4 | प्राथमिक उपचार, सुरक्षा, नियन्त्रण | आपतकालिन सहयोग तथा सुरक्षा विभाग |
5 | कुर्सि, टेबल, टेन्ट ब्यावस्थापन | सुप्तुलुङखिम मर्मत तथा निर्माण विभाग |
6 | सदगतका आवश्यक सामाग्रीहरु | किरात धर्म संरक्षण तथा संस्कार विभाग |
7 | मालामी चोख्याउने सामाग्री | सिलि संकलन तथा संस्कृति विभाग |
8 | साउण्ड सिस्टम, शोक धुन | मौलिक संकलन तथा सरसजावट विभाग |
9 | न्युज/रिपोर्टिङ, अडियो, भिडियो, फोटो | खेलकुद, संगीत,सहित्य विभाग |
10 | छपाई, सुचना, धामी निमन्त्रणा | कार्यलय संचालन तथा प्रचारप्रसार विभाग |
11 | फुल तथा उपस्थिति खाता | बाल, महिला, प्रौढ तथा अतिथि बिभाग |
12 | कोष ब्यावस्थापन | सम्पति तथा कोष–अभिवृद्धि विभाग |
13 | मलामी खानपान तयार | सुम्निमा भान्सा तथा खानपान बिभाग |
14 | मलामी खानपान बितरण | सिक्रिमा बितरण तथा सेवासत्कार विभाग |
15 | ओसारपसार/थन्क्याउने | ढुवानी, भण्डार तथा ओसारपसार विभाग |
डाउनलोड
नम्बर | बिवरण | फरमेट १ | फरमेट २ |
1 | मृत्यु संस्कार फारम | Word | |
2 | मृत्यु संस्कार पुस्तिका | Word | |
3 | उपस्थिति पुस्तिका | Word | |
4 | श्रद्धान्जली धुन | Download |
श्रद्धाञ्जलिका केही तस्विरहरु
१६ अगष्ट २०१५, प्रमोद राईको असमायिक निधन ।
१४ मे २०१५, किरात राई यायोक्खा हङकङ अध्यक्ष श्री शशि मदन राईज्युको ममतामयी आमा श्रीमति जसमाया राईको असमायिक निधन ।
२९ मई २०१४ का दिन हङकङमा दिवांगत भएका दानेश राई (दुर्गा)
२०१३ डिसम्वर ७, खोटाङ दिप्लुङ ४ घरभै हङकङमा बसोबास गर्दै आउनु भएका श्रीमती तारा राईको तारिख असामयिक निधन