किरात राई प्रज्ञा प्रतिष्ठान

Kirat Rai Intellectual Academy Hong Kong

परिचय

किरात राईहरुको ईतिहास, भाषा, लिपि, कला, साहित्य, धर्म, संस्कार, संस्कृतीको खोज, अनुसन्धान, संरक्षण, सम्बद्र्धन गर्न बौदिक क्षेत्रका किरात राईहरु, किराती बिज्ञ, खोजकर्ता, आन्वेशक, मुन्धुमी, ईतिहासकार, कलाकार,  साहित्यकार, चित्रकार, बैज्ञानिक, बिधावरिधी राईहरुलाई एक ठाउँमा ल्याई उनिहरुलाई किराया हङकङको बिशिष्ठ प्राज्ञिक ओहोदा प्रदान गरि गराई सम्मान पुर्वक किरात राई हुनको प्रतिष्ठा अनुभुती गराउदै किराया हङकङको उदेश्य प्राप्त गर्न कार्य गराउन यो प्रतिष्ठान गठन गरिएको छ ।

उदेश्यहरु

  1. बिज्ञ, खोजकर्ता, आन्वेशक, मुन्धुमी, भाषाबिद, सांस्कृतीविद, ईतिहासकार, कलाकार, साहित्यकार, बैज्ञानिक, बिधावरिधी, प्रज्ञिक राईहरुलाई एक ठाउँमा ल्याउनु ।
  2. किरात राईहरुको ईतिहास, भाषा, लिपी, कला, साहित्य,  धर्म, संस्कृती, संस्कार सम्बन्धि खोज, संकलन, आन्वेशन गर्नु ।
  3. किरात राईहरुको मुन्धुम संकलन, खोज, अनुसन्धान तथा लेखन गर्न सहयोग पुऱ्याउनु, चुला संस्कार, धामी, समानिज्म बिधालाई संरक्षण  तथा निरन्तरता दिनु ।
  4. किरात राईहरुको समग्र बिकाशहुने निति, नियम, बिनियम, योजना, परियोजनाको निर्माण गर्न किराया हङकङलाई सहयोग गर्नु ।
  5. निर्माण गरिएको निति, नियम, बिनियम, योजना, परियोजनाहरुलाई किराया हङकङको कार्य समितिमा अनुमोदन गरि कार्यन्वन गर्न किराया बिभागलाई अभिप्रेरित गर्नु ।
  6. किरात राईहरुको मौलिक भेषभुषा, गरहना, मौलिक खानपान बनाउन, बजारिकरण गर्न,  मौलिक गित, संगित, नृत्य, खेलकुदको अध्यन गर्न, सिकाउन, प्रचार प्रसार गर्न ।
  7. किरात राईहरुको बारेमा खोज अनुसन्धान गर्ने बिध्यार्थिहरुलाई सिकाउन, पढाउन, प्रज्ञिक तयार गर्न, प्रज्ञिकहरुलाई अध्यन, अध्यापन गराउन ।
  8. गरिब तथा जेहेन्दार बिध्यार्थिलाई किरात राईबारे अध्ययन, पठन, पाठन, खोज, अनुसन्धान गर्न स्कलरशिपको स्थापना गर्न ।
  9. किराया बिभागहरुलाई आवश्यक परेको बखत बिशेषज्ञ,  प्राज्ञिकहरु उपलब्ध गराई दिन ।

कार्यहरु

  1. किराया डकुमेन्टस छपाई तथा प्रकाशन
  2. यलम्वर स्मारिका प्रकाशन
  3. kiratrai.org वेभसाईड प्रकाशन
  4. बिश्वकोष संकलन तथा प्रकाशन

कार्य समिति :

१९ अप्रिल २०१७ मा किराया प्रथम उपाध्यक्ष श्री हरिचन्द्र राईज्युको संयोजकत्वमा बसेको प्रथम भेलाले बनाएका कार्य समिति ।

कार्य समिति

  1. संरक्षक : हरिचन्द्र राई
  2. कुलपति : शशि मदन राई
  3. उपकुलपति : किसन राई
  4. महासचिव : किन्दर राई
  5. महाप्रबन्धक : धिराज राई
  6. प्रज्ञा सदस्य : बसन्त राई
  7. प्रज्ञा सदस्य : प्रदिप किरवा
  8. प्रज्ञा सदस्य : दिपा एवाई
  9. प्रज्ञा सदस्य : दिपेन्द्र राई
  10. प्रज्ञा सदस्य : रिगम राई
  11. प्राज्ञ : नरजित राई (14/10/18)
  12. प्राज्ञ : निरज राई (14/10/18)
  13. प्राज्ञ : नारायण प्रसाद राई (15/5/19)
  14. प्राज्ञ : मैत्र कुमार राई (15/5/19)

पदेन प्रज्ञा सदस्यहरु :

  1. अध्यक्ष : किरात राई चाम्लिङ खाम्बातिम हङकङ
  2. अध्यक्ष : दुमी किरात राई फन्सिकिम हङकङ
  3. अध्यक्ष : किरात साम्पाङ राई जुम्लेखा हङकङ
  4. अध्यक्ष : किरात राई बान्तवा खिम हङकङ
  5. अध्यक्ष : किरात राई पुमा तुप्खाबाङखाला हङकङ
  6.  अध्यक्ष : किरात राई थुलुङ सामा हङकङ
  7. अध्यक्ष : किरात सोदेल कोयुकोयी किम हङकङ
  8. अध्यक्ष : किरात राई बाहिङ मुलुखिम हङकङ

किरात राई प्रज्ञा प्रतिष्ठान हङकङको ईमेल :

Email: kriahongkong@gmail.com