किरात राई जाति या पगरी

प्रस्तुति : गणेश राई

किरात राई यायोक्खा केन्द्रीय कार्य समितिद्वारा केन्द्रीय कार्यालय बासबारी, काठमाडौंमा २०६२ भदौ ३० गते विहीबार आयोजित बुद्धिजीवि भेलामा ‘किरात राई जाति या पगरी’ विषयमा सहभागीहरूको विचार

सभापति – पूर्व गोरर्खा मेजर मनप्रसाद राई
कार्यक्रम सञ्चालक – चन्द्रविक्रम राई, अध्यक्ष, किरात राई विद्यार्थी संघ
विषय प्रवेश – सुनील राई, केन्द्रीय सदस्य, किराया

मूल रूपमा अहिले किरात राई समुदायभित्र केही विचारहरू मन्थन भइरहेको छ । त्यसमा एउटा यस्तो खालको विगतमा नसुनेको र नभोगेको एउटा नया कुराको थालनी भएको छ । नया विषयमा छलफल सुरु भएको छ । मूल रूपमा ‘राई’ भन्ने शब्द जो हामी सदीयौंदेखि हाम्रो एउटा इतिहासको विरासतको रूपमा, हामीले हाम्रा जातीय गौरवका रूपमा अंगीकार गरेर त्यो शब्दलाई हामीले आफ्नो जातीय पहिचानको रूपमा महत्वपूर्ण सम्पत्तिका रूपमा अंगीकार गरेर हामीले अगाडि बढिराखेका छौं । यस अवस्थामा हाम्रै समुदायका केही व्यक्तिहरूले यसलाई छलफलको विषय बनाएका छन् । उनीहरूको भनाइअनुसार ‘राई’ कुनै जाति होइन यो पद हो भन्ने चाहिं तकको आधारमा राई समुदायलाई विभाजन गराउने सम्मको कार्य गरेको कुरा यहाहरूलाई जानकारी गराउदै म विषय प्रवेश गर्दैछु ।

मूलरूपमा यो वर्तमान अवस्थामा किरात राई भनिने जाति एउटा जाति नभएर विभिन्न जातिहरूको समुदाय हो । यसमा राई शब्दभित्र सबैलाई एउटा राई करण गरियो भन्ने गुनासो अगाडि आइरहेको छ । र, यस्तो खालको तर्क गर्नेहरू, विचार प्रवाह गर्नेहरूको उनीहरू तर्क विन्दु यसै सेरोफेरोभित्र छन् जुन बुदागत रूपमा प्रस्तुत गर्न गइरहेको छु ।

पहिलो कुरा राई भनेको कुनै जाति बोधक शब्द होइन । यो पद बोधक शब्द इतिहासको कुनै कालखण्डमा एउटा पदको रूपमा हामीले धारण गरेको पदका रूपमा प्राप्त शब्द हो । कुनै पनि हालतमा यो हाम्रो जातिलाई बोध गराउने शब्द हुनसक्दैन भन्ने एउटा तर्क अगाडि आइरहेको छ । वा, यो शब्द जाति बोधक नभई पद बोधक शब्दको पछाडि ऐतिहासिक तथ्यहरू उहाहरूसग केही पनि छैन ।

मूलरूपमा किरातीको हिसाबले हामीले दुईटा युद्ध हा¥यौं । पहिलो युद्ध काठमाडौं उपत्यकामा लिच्छविहरुले हराए । दोस्रो युद्ध हामीले पृथ्वीनारायण शाहको पालामा हारेको यथार्थ हो । र, अहिले यो राई चाहिं एउटा पद हो, कुनै एक राजाले दिएको एउटा पद हो भन्ने हिसाबले हेर्ने हो भने यो लिच्छविकालपछि शाहहरूले हामीलाई युद्धमा हराउनुभन्दा पहिला पनि राई शब्द प्रचलनमा थियो भन्ने तपाई हामी सबैलाई थाहा भएकै कुरा हो । किनभने पृथ्वीनारायण शाहले हाम्रो राईहरूलाई हराउदा राजाको नामको पछाडि राई लेखिएको छ । यसले गर्दा करिब–करिब राई शब्द न लिच्छविले हामीलाई दिएको हो न शाहहरूले हामीलाई दिएको हो । इतिहासको कुनै कालखण्डमा हामीले हाम्रो जातिको गौरवमय इतिहास चिनाउनका निम्ति आएको शब्द हो ।

दोस्रो कुरा उनीहरू एउटा जातिको एउटै भाषा हुन्छ भन्ने तर्क छ । यसमा हाम्रो भनाइ यतिमात्र छ कि एउटा जातिको धेरै भाषा भएको दृष्टान्त जहा पनि पाउछौं । हाम्रै जातिमा पनि हाम्रो मूल जाति किरात जाति । किरात जातिमा पनि हामी जतिले आफूलाई किरात जाति भन्छौं यसमा पनि अहिले चार जाति छौं – राई, लिम्बू, सुनुवार र याक्खा । सबका आ–आफ्नै भाषा छ । भनिसकेपछि कित किरात पनि जाति होइन, भिन्न–भिन्न भाषा भए पनि किरात पनि जाति हुनसक्दैन ।

अर्को कुरा एउटा जातिको धेरै भाषा हुन्छ भन्ने कुरामा बाहुनहरूलाई लिए हुन्छ । एउटै धर्म, संस्कार, संस्कृति भित्र गोलबद्ध भएका बाहुनहरू कोही मैथली, कोही भोजपुरी, कोही हिन्दी, कोही खस नेपाली बोल्छन् । भनिसकेपछि एउटा जातिको एउटैमात्र भाषा हुन्छ धेरै हुदैन भन्ने तर्कको पछाडि कुनै दम देखिदैन तर यो पति तर्क राखे ।

उनीहरूको तर्कको तेस्रो बुदा नेपालको आदिवासी जनजातिलाई परिभाषित गर्ने एउटा क्राइटेरिया बनाइएको छ । त्यसमा हिन्दूधर्मको वर्णाश्रमभित्र नपर्ने आफ्नो छुट्टै धर्म, संस्कार, संस्कृति र भाषा भएका विशेष भौगोलिक क्षेत्रमा बसोबास गर्ने भनिएको छ । यसले के लेखिएको छ भिन्नै भाषा भएकाले हामी भिन्नै जाति हौं भन्ने तर्क छ । तर, यो जुन परिभाषा लेख्दा कुनै जाति विशेषलाई आधार बनाएर लेखिएको नभई आम नेपालका आदिवासी जनजातिलाई समेट्न एउटा क्राइटेरियाको रुपमा विश्लेषण गरेर तयार गरिएकोले यसमा उनीहरूको तर्कको दम छैन ।

चौथो यसलाई कसरी लिने हो– के सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्राप्त हुने साधन, स्रोतको बाडफाडमा हामी धेरै पाउछौं भन्ने छ । अर्थात् हामी राई भएकाले हामी एक भागमात्रै पाउछौं । हामी २८ भाषी राईहरूचाहि २८ वटा समूहमा विभाजित भयौं भने हामीले २८ वटा भाग पाउछौं भन्ने खालको अर्को तर्क उनीहरूले अगाडि बढाएका छन् । र, अर्को तर्क भनेको आई एल ओ को कन्भेन्सनअन्तर्गत आदिवासी जनजातिको आत्मनिर्णयको अधिकारलाई पनि उनीहरूले यो तर्कको माध्यम बनाएका छन् । जहा कि आत्मनिर्णको अधिकार हामीले पाउनु पर्छ त्यसकारण हामी राईकरणमा परेको हुनाले हामी अहिलेसम्म थिचोमिचोमा परेका छौं भने आत्मनिर्णयको अधिकार खोजिरहनु भएको छ । तर, यो राईकरण भन्ने शब्दमा के आफ्नो तर्क जब राई कुनै जाति होइन भनिसकेपछि त्यसले अरुलाई कसरी थिचोमिचो ग¥यो जसको कुनै ‘इग्जिस्टेन्स’ छैन कुनै अस्तित्व छैन । उहाहरू आफैं राईको अस्तित्व छैन तर पनि उहाहरू के भन्नु हुन्छ भने राईकरणमा परियो । जसको अस्तित्वै छैन त्यसले कसरी थिचोमिचो ग¥यो ?

र मूलरुपमा यसमा तर्कको केन्द्रविन्दु पाच वटा बुदामा आफ्नो तर्क प्रस्तुत गर्नुभयो । तर, अहिले हामी राई होइनौं भिन्नै जाति हौं भनेर नेतृत्व गर्ने व्यक्तिहरूको प्रवृत्तिका हिसाबले कस्ता–कस्ता व्यक्ति हुन् ? त्यसभित्र समावेश भएका छन् त्यसबारे पनि यहा बुद्धिजीविहरूको अगाडि खोतल्नु परेकोले राख्दैछौं । मूलरुपमा अहिले यो विचारको प्रतिनिधित्व, नेतृत्व गर्ने मान्छेहरू आमरुपमा सबैमा होइन भन्छु तर आमरुपमा नेतृत्व पंक्तिमा

१. आर्थिक अनुशासनमा कमजोरी,
२. समाज, समुदायबाट तिरस्कृत
३. सामाजिक संस्थाको नामबाट आयआर्जन गर्न चाहने व्यक्तिहरू,
४. राईहरूलाई विभाजन गरेर उनीहरूको शक्तिलाई क्षीण बनाउने षडयन्त्र गर्ने समूहहरू र
५. अर्को यस्तो एउटा जमात छ जसमा जो यथार्थ नबुझी भावनामा बहेर हामी साच्चै कहा राई हो र होइनौ भन्ने नकरात्मक कोटीभित्र पर्नु हुन्छ । उहाहरू राम्रो मान्छे, असल चरित्रका मान्छे भएर पनि यथार्थ नबुझेर यसभित्र समावेश भइरहेको देखिएको छ ।

हालसम्म कस्तो रुपमा देखापरेको हामी राई होइनौं भन्ने भाषिक समुदायमा पनि पूरै होइन । अधिकांश भाषिक समुदायहरू आफ्नो भाषिक संस्था दर्ता गरेर वा बनाएर यायोक्खामा दर्ता भइसकेका छन् । उनीहरू यायोक्खाअन्तरगत छन् । यसमा पनि जति अहिले भाषीहरूको केही व्यक्तिहरूले राईमा विभाजन गर्ने कोशिस गरिरहेका छन् । तिनीहरू भित्र पनि अधिकांश भाषिक संस्था यायोक्खामा आवद्ध छन् । र मूलरुपमा अहिलेसम्म देखापरेको कुलुङ, नाछिरिङ, चाम्लिङ, बाहिङ र लोहरुङ हुन् । यी पाचवटा भाषीहरूको केही व्यक्तिले भिन्नै संस्था खोलेर हामी राई होइनौं भनेर अगाडि बढिरहेका छन् ।

अहिलेसम्म उनीहरूले के–के गरे त भन्ने सन्दर्भमा मूलरुपमा हामी पाच वटा जातिचाहिं हामी राई होइनौं फाल्टै जाति हौं । त्यसकारण नेपालको आदिवासी जनजातिको सूचिमा यो पनि नाम सूचिकृत गरियोस् भनेर उनीहरूले राजदरबारमा एउटा बिन्तीपत्र चढाए र राजदरबारबाट के तोकादेश भएको छ भने स्थानीय विकास मन्त्रालयलाई यथार्थ बुझी आवश्यक कारबाही गर्ने भन्ने लेखिएको छ । स्थानीय विकास मन्त्रालयको क्षेत्रभित्रमात्र पनि परेन यो । त्यसकारण स्थानीय विकास मन्त्रालयले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई पत्र लेख्यो । यथार्थ के हो ? यहा सुझाव के छ ? पाऊ भनेर । र, प्रतिष्ठानले फेरि नेपाल आदिवासी जनजाति महासंघलाई त्यही आशयको चिठी लेख्यो । अहिलेसम्म बुझ्नमा आएसम्म महासंघ पनि त्यसबारेमा स्पष्ट छैन के हो भन्ने कुरा र प्रतिष्ठान पनि स्पष्ट छैन । उनीहरू आफैं अल्मलिएर बसेका छन्– के गर्ने हो भनेर ।

अहिले आएर हामी के सुनिरहेका छौं भने– यो के हो भन्ने कुरामा बुझ्न कार्यदल गठन गर्नेतर्फ राष्ट्रिय प्रतिष्ठान लागिराखेको छ । अब भोलि त्यो कार्यदलमा कस्तो–कस्तो व्यक्ति आउने, त्यसको स्वरुप कस्तो बन्ने, अधिकार क्षेत्र के हो ? भन्नेबारे भोलि आउला । तर, अहिले चाहिं सत्य, तथ्य बुझ्नको लागि कार्यदल गठन गर्ने भन्नेमा अगाडि बढिरहेका छन् । र, विशेष गरेर यी पाच छ जसको नाम लिए विभिन्न आदिवासी जनजातिहरू भेला, फोरमहरूमा गएर अलिकति एग्रेसिभ भएर प्रस्तुत भइराख्नु भएको छ । हामीलाई थिचोमिचो भयो । अन्यायमा प¥यौं हाम्रो अधिकार स्थापित हुनुप¥यो । हामीलाई बोल्न दिनुप¥यो । बोलिदिनु प¥यो भनेर भेला फोरममात्र नभएर मन्त्रालयतिर धाउने लविङ गर्ने, प्रतिष्ठानमा जाने कराउने, महासंघमा जाने कराउने यी यावत कार्यहरू गरिराखेका छन् ।

र, अर्को समस्या केमा देखियो भने अहिले पाठ्यक्रम विकास केन्द्रमा शिक्षा मन्त्रालयको तर्फबाट पाठ्यक्रम पाठ्यपुस्तक छापिदैछ । पाठ्यक्रम विकास केन्द्रमा गएर कुलुङ भाषाको पाठ्यक्रम हो त्यो रोकिएको छ । कारण के प¥यो भने पाठ्यक्रम निर्माण गर्ने भन्नेमा किरात राई यायोक्खाले धेरै वर्षको पहल कदमीपछि जस्तै बान्तवा, चाम्लिङ भाषाको निस्किसकेको छ । यसमा अहिले पछाडि आएर यी विशेष गरेर कुलुङ भाषी केही साथीहरूद्वारा त्यहा राई राख्न पाइन्न । खालि कुलुङमात्र लेखेर किताब छाप्नु पर्छ भन्ने अड्को लागेपछि त्यहा त्यो अड्केर बसेको छ । यायोक्खाको भनाइ के छ भने यसमा ठीकै छ यसलाई अहिले नअड्काउनोस् । तपाईहरू अड्काउनु हुन्छ, हामी अड्काउछौं घाटा कुलुङ भाषीलाई छ । कुलुङ भाषा मर्छ । यस्तो खतरा हामी नमोलौं । पछि गएर जे निर्णय हुन्छ प्रक्रियागत हिसाबमा हामी राई होइनौं भिन्नभिन्नै जाति हौं भनेर कायम हुन्छ भने त्यतिबेला राई शब्द हटाऊ तर अहिलेचाहिं आधिकारी हिसाबले हामी राई नै भएको र सम्पूर्ण ‘डकुमेन्ट’ देखिलिएर एउटा मान्यता स्थापित भएको छ त्यो सम्पूर्ण कुराहरूमा राई भएकोले  अहिलेलाई राई शब्द राखेर जाऊ भनेर यायोक्खाको तर्फबाट पटक–पटक अनुरोध गर्दा पनि उहाहरूबाट त्यो सहयोग प्राप्त हुनसकेको छैन । त्यसकारण अहिले पाठ्यपुस्तक छाप्ने काम पनि रोकिएको अवस्था छ ।

मैले अघि पनि भनें उहाहरू साह्रै ‘एग्रेसिभली’ अगाडि बढिराख्नु भएको छ । यसलाई उहाहरूसग धेरै पटक विभिन्न फोरमहरूमा सगै बसेर मन्थन पनि गरिसकेका छौं । सबैभन्दा पहिला किरात राई यायोक्खा केन्द्रीय कार्य समितिले विभिन्न भाषी राईहरूलाई संस्थागत र व्यक्तिगत रुपमा बोलाएर बृहद् छलफल, अन्तरक्रिया कार्यक्रम गरेका थियौं । त्यसमा पनि करिब ९८ प्रतिशतको विचार हामी राई नै हौं भन्ने विचार आएको थियो ।

र, दोस्रो करिब एक–डेढ महिना अगाडि नेकपा (माले)को जातीय मामला विभाग रहेछ । त्यसको विभागीय प्रमुख हिमालधन राई हुनुहुन्छ । उहाले पाटनमा एउटा छलफल कार्यक्रम राख्नु भएको थियो । जसमा यायोक्खाबाट पनि प्रतिनिधि डाक्नु भएको थियो र जो हामी राई होइनौं भन्नुहुन्छ त्यो सबै संस्थाको मुख्य–मुख्य मान्छे डाक्नु भएको थियो । त्यहा पनि त्यही विषयमा छलफल भयो । तर त्यहा के प्रवृत्ति देखियो भने उहाहरू पहिलो आफ्नो कुरा राख्ने अनि उठेर हिंड्ने वा अर्काको तर्क कुरा नसुन्ने । त्यस्तो खालको प्रवत्ति पनि देख्यौं ।

तेस्रो, हिजोअतिमात्रै किरात राई विद्यार्थी संघको छैटौं वार्षिकोत्सवमा बोलाइएको थियो । त्यसमा पनि मूलरुपमा यही विषय उठान गरेर समस्याको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे छलफल भयो । त्यहा पनि विभिन्न विचारहरू आए । हामीले हामी राई नै हौं भन्ने तर्क राख्यौं । उहाहरूले हामी राई होइनौं भन्ने तर्क राख्नुभयो । यसरी हामी करिब करिब पहिलेकै अवस्थामा यदि बुद्धिजीविहरूले अलिकति अगाडि बढेर सबै एक ठाउमा ल्याइदिनु भयो भने समस्या सुल्झेर जाला । त्यही आशाले आजको भेला बोलाएका हौं अन्यथा किरात राई यायोक्खालाई उहाहरूले प्रतिवादी÷शत्रुको हिसाबले जसले उहाहरूको उद्देश्यमा छेकबार लाउनेको हिसाबले हामीलाई हेरिरहेको हुनाले अवस्थामा उहाहरूको र हाम्रो तर्क खालि सुनासुन हुन्छ तर बुझाबुझ हु“दैन । अहिलेको अवस्था त्यस्तो छ ।

हामीले के पनि सोच्यौं भने हुनसक्छ हामीले सबै भाषा, पाछाको मान्छे समेट्न सकेनौं कि ? त्यस हिसाबले पनि यस किसिमको असन्तुष्टिहरू आयो कि भन्ने त्यो ‘एङ्गल’बाट कोणबाट पनि हे¥यौं । तर, गत हाम्रो राष्ट्रिय सम्मेलनमा विधानमा नै विशेष व्यवस्था गरेर भाषा तथा साहित्य परिषद् त पहिला नै थियो, त्यसपछि धर्म, संस्कृति तथा संस्कार परिषद् पनि गठन गरेका छौं । यी दुवै परिषद्मा सम्भव भएसम्म सबै भाषीहरूको संस्थागत प्रतिनिधित्व गराउने यदि संस्थागत प्रतिनिधित्व सम्भव भएन भने त्यो समुदायको प्रतिष्ठित जान्ने सुन्नेहरूको प्रतिनिधित्व गराउने हिसाबले परिषद् गठन गरेर त्यही अनुसार विभिन्न भाषीहरू प्रतिनिधित्व गराएका छौं । यतिसम्म पनि हामीले अधिकार दिएका छौं कि त्यो भाषा परिषद् र संस्कृति परिषद्मा जो जो आउनु हुन्छ उहाहरू स्वतः केन्द्रीय सभाको प्रतिनिधि हुने अधिकार छ । र भाषा परिषद्ले किरात राईहरूको भाषाको उत्थानको लागि सम्पूर्ण अधिकार क्षेत्र उहाहरूलाई छोडिदिएका छौं ।संस्कृति परिषद्ले धर्म, संस्कार, संस्कृति सम्बन्धी गर्दछ । नीति निर्माणदेखि कार्यन्वयनसम्म सम्पूर्ण कुरा दुई वटा परिषद्लाई दिएर सम्पूर्ण भाषीहरूलाई समेटेका छौं । त्यसलाई हामी एक हिसाबले समावेशी संरचनाको नामाकरण गरेर अगाडि बढिरहेका छौं ।

अन्त्यमा, यदि राईहरू भोलि विभाजन भयो भने त्यसको दीर्घकालीन असर के हुनसक्छ भनेर हामीले दुई चार वटा टिपोटहरू ल्याएका छौं । पछिल्लो जनगणनामा राईहरूको जनसंख्या ६ लाख ३५ हजार १ सय ५१ देखाइएको छ । तर, हामी २८ भाषी राईहरू विभाजित भयौं भने २८ वटा समूहमा विभाजन हुदा करिब–करिब कुनै भाषी त ४–५ सय संख्यामै झर्नु पर्ने हुन्छ । र, सबैभन्दा ठूलो भनेको बान्तवा भाषी समूह हुनसक्छ जो करिब लाखको हाराहारीमा जानसक्छ तर कुनै पनि लाखभन्दा माथि जानेछैन । त्यसकारण हाम्रो विभाजन पछाडि आउन सक्ने सम्भावना यसले गर्दा जति साना समूहहरू छ उनीहरूमाथि पीडा हुनसक्छ भोलि कोही चार सय होला कोही पाच सय होला त्यो हिसाबले भोलि गएर सानो समूहका साच्चै यसले मानसिक असर पर्न सक्ने सम्भावना छ ।

अर्को कुरा अहिले सम्म इलाम, धनकुटा, भोजपुर र खोटाङ गरी चार जिल्लामा हामी बहुसंख्यक छौं । ‘अब्सोलिट मेजरिटी’ होइन तर त्यो जिल्लाको जनसंख्याको हिसाबले बहुसंख्यक छौं । तर, २८ भाषी विभाजन हुने हो भने भोलि बहुसंख्यक त के पूर्णरुपमा अल्पसंख्यकमा पुग्ने छौं । र, सानो–सानो समूहमा विभाजन भएपछि राज्यले हामीप्रति गर्ने व्यवहार, राख्ने दृष्टिकोणदेखि लिएर राजनीतिक पार्टीको सोंच छ भोलि गएर जाति विभाजन भयो भने त्यो सम्भावना क्षीण भएर जान्छ । अर्को कुरा हामी अहिले पनि मूलथलोको हिसाबले भौगोलिक क्षेत्र एउटै हो जहा एउटा समाजमा पाच–दश भाषिक समुदाय छौं । तर, भोलि विभाजन भइसकेपछि त्यसभित्र भनेको तीव्र र कटु प्रतिष्पर्धा हुनसक्छ जाति–जाति बीचमा । यदि जाति मान्ने हो भने । यो कारणले गर्दा समाजमा आउने जुन विकृति हो त्यो यति भयावह र यति तीतो हुन्छ, त्यो हामीले सोच्ने कुरा हो । त्यतिबेलाको ठूलो जातिले सानो जातिहरूमाथि दबदवा र थिचोमिचो अत्याधिक बढेर जान्छ । साना जातिले आफ्नो अस्तित्व बचाउन पनि गाह्रो हुन्छ ।

एउटा साधारण कुरा तर सरसर्ती हेर्दा हामीलाई आउन सक्ने सम्भावना केही नभए पनि छ लाख ४० जनसंख्यामा साढे तीन लाखले नागरिकता लिइसकेका छौं । त्यसमा ९८ प्रतिशतले राई लेखेर लिएका छौं । त्यसरी नै करिब ५० हजारले पासपोर्ट लिएका हौंला । तीस–चालिस हजारको नाममा जग्गाको लालपुर्जा होला । भोलि गएर त्यो सप्पै ठाउमा जात सच्च्याउने हो भने हामीले घूसको रुपमा अर्बौ रुपैया खर्च गर्नु पर्ने हुन्छ । त्यो सच्याउनलाई मात्रै । यो पनि आमरुपमा आर्थिक क्षय हुने सम्भावना देखिन्छ ।

र, अर्को कुरा हामी राईको विभिन्न पाछाबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित छ । वैवाहिक सम्बन्धदेखि यावत कुरा । भोलि गएर हामी जातिमा विभाजन हुने हो भने थुलुङ, बान्तवा, चाम्लिङ बीचको विवाह अन्तरजातीय विवाह हुन्छ । अन्तरजातीय विवाह त अहिले चलेकै प्रचलन हो भन्ने हिसाबले लिंदा पनि त्यसको एउटा के असर पर्न सक्छ भने हाम्रो जातिमा अहिले पनि मृतकको लासलाई अजातले छुनु हुदैन भन्ने सामाजिक मान्यता । भोलि गएर बान्तवा र थुलुङ बीच विवाह भएको छ । बान्तवा लोग्ने म¥यो भने थुलुङ श्रीमती छ ऊ अजात भयो । उसले छुन पाउदैन । यस्तो खालको समाजमा विकृति पैदा हुने प्रवल सम्भावना छ ।

दोस्रो कुरा प्राकृतिक साधन र स्रोतको अधिकारमा अन्यथा हुनसक्छ । अहिले जुन प्रकारले विश्व व्यापार संगठनमा देशले प्रवेश गरिसकेको अवस्थामा ‘प्याटेन्ट राइट’ देखि यावत कुराहरू छ । त्यसमा अन्योलता र हाम्रो पहुच पनि कम हुनसक्छ । अर्को कुरा हामी राईहरूमा पनि हामी सामूहिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने छ । जस्तै– उद्योग धन्दा, व्यापारहरू । उदाहरणका रुपमा सगरमाथा मच्र्यान्ट बैंक । आज राई भन्ने शब्दबाट त्यो बैंक खडा भएको छ बुझेसम्म । भोलि राई शब्द नरहेपछि त्यो पनि एउटा बहुजातीय व्यवसायको हिसाबले परिवर्तन हुने सम्भावना छ । त्यसकारण ऐतिहासिक रुपमा विश्वभरि नै चिनिएका हामी किरात राई जाति ‘राई’ भनेरै गौरव गर्ने कि अल्पसंख्यक भएर रहनु पर्ने हो ? यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।

सहभागीहरूको विचार

प्राध्यापक धु्रवदेव राई —

सुनीलजीले भन्नुभयो– हामी किरातले दुई पटक हा¥यौं । तर होइन एक पटकमात्र हारेका छौं जस्तो लाग्छ । यसको प्रमाणका रुपमा तिवृत्तान्तबारे रोयल नेपाल एकेडेमी र अहिले साझा प्रकाशनले इतिहासबारै पुस्तक छापेको छ । के छ भने त्यहा नरेन्द्रदेवले प्रतिनिधि पठाएको छ पहिलो र दोस्रो इडिसनमा । अनि दोस्रो प्रतिनिधि एउटा सालीनाली थुलुङ भन्ने पठाएको छ । सालीनाली थुलुङ एउटा किरातीमध्येकै हो एउटा । त्यसैले लिच्छविले हामीलाई सकभर हराएजस्तो चाहिं लाग्दैन त्यो ‘डकुमेन्ट’ को आधारबाट । कन्फरेन जस्तो थियो होला । कतै हाम्रो पुर्खाले राज्य गरेको थियो । लिच्छवि भन्ने राज्यका थिए । त्यस्तो होला । दोस्रो इडिसनमा अरु राइटरहरूलाई पनि रेफर गरेको छ । कसै राइटरले नरेन्द्रदेवकै छोरोको नेतृत्वमा प्रतिनिधि पठायो, कसैले अर्कोमा । तर, उनले चाहिने डकुमेन्टका आधारमा लेखेका हुनाले, चाइनिज भाषाको एउटा विद्कै रुपमा थियो त्यो मान्छे । चौध–पन्ध्र साल हाम्रो चाइनाको एम्बेसीमा बसेर आएको मान्छे हो त्यो । र, त्यो सालीनाली थुलुङको कुरो छोड्न सकेको छैन । त्यसैले एक पल्टचाहिं हामीले हारेको होला पृथ्वीनारायण शाहको पालामा ।

र, अब यो जात जाति कसरी डिफाइन ग¥यो भन्ने सोसिओलोजीको कुरो हो । टाइटल राख्ने कुरो पृथ्वीनारायण शाहले तिरो, भरोको लागि दिएजस्तो चाहिं लाग्दैन विभिन्न डकुमेन्ट हेर्दा । यो धेरै अगाडिदेखि हामीले अहिले राई भन्दै छौं तर एक–डेढ सय वर्ष अगाडि एक समूहले सुब्बा लेख्न थाल्यो । त्यो आफ्नै ठाउमा छदैछ । डकुमेन्टहरू छ । इन्डियाको कयौं राजा रजौटाले अहिलेसम्म राई नै लेख्छन् । तर, पृथ्वीनारायण शाहले हामीलाई, हाम्रो पुर्खालाई तिरो भरो गर्न दिएको टाइटल हो भनेर जति पनि साथीहरूले वकालत गर्छ भन्ने सुन्छु । सकभर रेडियो÷एफएमतिर उनीहरूको भनाइ आउछ क्यारे । मलाई अस्ति एक जना साथीले भन्यो– फलानाले यस्तो इन्टरभ्यु दियो । कहाको तिरोभरो उठाउनुलाई हाम्रो पुर्खालाई दिएको टाइटल हो र ? पहिलेदेखिको टाइटल हो तर पछि आएरचाहिं हाम्रो पुर्खालाई त्यसरी कन्भसर्न ग¥यो भन्छ । त्यसले गर्दा राई टाइटल पृथ्वीनारायण शाहले दिएको भनेर साथीहरूले पर्चा गर्छन् भने म पनि ज्ञानी त होइन सकभर साथीहरू मभन्दा अल्पज्ञानी छन् जस्तो लाग्छ ।

अब यहा कुरो के छ भन्दाखेरी अहिलेसम्म टोटल धेरजस्तो राई नै भनेर जो अहिले हामीहरू कुलुङमात्र हौं, बाहिङमात्र हौं अथवा चाम्लिङमात्र हौं भन्नेले पनि कयौं डकुमेन्टमा राई नै लेख्नु भएको होला । उहाले कि त भन्नुप¥यो समाजमा आएर– यो डकुमेन्टमा तपाईले त राई लेखाएर ठूलो भूल भएछ । मैले अपराध गरें भन्नुप¥यो । नत्र भने आफैंले राई टाइटल, राई ‘सरनेम’ राखेर अहिले आफैंले होइन भनेर भन्नु अलिकति राम्रो होइन कि ? र, अर्को कुरो किरात भन्ने शब्द पनि जहासम्म मलाई लाग्छ चार वटा समूहमात्र हामीले समेटिरहेका छौं । तर, किरात कुनको अवधारणालाई हामीले समात्ने । सुनितिकुमार चटर्जीको अवधारणा छ । जीपी सिंहको छ । हाम्रो प्रपन्नाचार्यजीको पनि छ । तर, मलाईचाहिं सुनीतिकुमारको सबैभन्दा साइन्टिफिक छ । उसको अवधारणालाई अपनाउने हो भने हामी चारवटा समूहमात्र होइन । किरातीहरू नेपालमा थुप्रै छौं र इन्डियामा पनि थुप्रै छन् । साउथ इन्डिया, नर्थ इन्डिया… पनि छ । कुन मोडललाई हामीले फलोअप गर्ने ? अनि त्यसले गर्दा ‘राई’ले हाम्रो ‘रिप्रेजेन्ट’ गर्दैन भन्ने कुरोचाहिं साथीहरूको आफ्नै किसिमको भावनामा बहेर वकालत गरिराख्नु भएको होला । उहाहरूको व्यक्तिगत रुपमा कमेन्ट त गर्दिन, कयौं कुरा त थाहा छ । किन भनेर हिंड्ने ।

जस्तो लिम्बूहरूको पनि अहिले के समस्या पर्दैछ म सुन्दैछु भने उनीहरू वंशावली लेख्न खोज्दैछ कोहीको । तर, तीन–चार पुस्ता अगाडि सबै राई छ । कि चाहिं राई नै लेख्नु प¥यो । सुब्बामात्र भनेर त धर पाइएन । त्यो हालतमा यदि उनीहरू लिम्बूले पनि राई नै लेखिदिएको भए आज हामी सकभर नौ–दश लाख हुन्थ्यौं । अब लिम्बू र राई बीचमा पनि सुब्बा र राई लेख्दा अलिकति कस्तो–कस्तो समय–समयमा गफसफ गर्दा, व्यवहार गर्दा पनि फरक जस्तो हुन्छ । यदि राई नै भइदिएको भए त्यो हुने थिएन होला ।

र, अर्को कुरो म तपाईहरूलाई एउटा उदाहरण दिऊ लिम्बूहरूमा त ‘थलङ’ छ । जुन उनीहरूको लेजेन्ड के छ भने देउसाबाट सिकार खेल्दै गयो एउटा थुलुङ राई एक हुल । उहा पुग्यो थलङ लिम्बू भएर बस्यो । यो त भइराखेकै कुरो हो नि । यदि उनीहरू राई टाइटल, राई सरनेमभित्रै बसिराखेका भए त्यहादेखि पर मेचीसम्म हुदा दश लाख हुन्थ्यौं । छ लाखमा झ¥यौं । भोलि सकभर कसैको तीन–चार हजार, कसैको पाच छ हजार, दश–बाह्र हजारमा झर्ने होला । अब त्यो सामाजिक शक्ति हो कि, राजनीतिक शक्ति हो कि, त्यो आर्थिक शक्ति हुनसक्छ कि ? केही हुनसक्छ । त्योचाहिं मजस्तोले भन्दा पनि जो साथीहरू लागिराख्नु भएको छ जो फरक जाति हौं भन्नेले सोच्नु पर्छ जस्तो मलाई लाग्छ । राईले नै हामी सबैलाई समेटिराखेको बेलामा त्यसमा वैमनस्यता खडागरेर केही होला जस्तो मलाई लाग्दैन ।

बागधन राई (पूर्व–महासचिव, किराया केन्द्रीय कार्य समिति) –

निश्चय पनि नराम्रो कुरोचाहिं मलाई लागेन किनभने नया–नया युवाहरू आउछन् । नया–नया विचारहरू लिएर आउछन् । त्यसले गर्दा एक–एक कर्नरबाट मान्छेले सोच्ने हो । तर, जुन कर्नरबाट सोचिन्छ त्यही नै सत्य हुन्छ भन्न पनि सकिन्न । त्यसकारण मलाई कस्तो लाग्छ भने हामी कस्तो रछौं भन्ने अहिले कल्पना गरें मैलै । हामीचाहिं प्याज रहेछौं । प्याजको पत्ता निकाल्दै गयो, निकाल्दै गयो भरे केही पनि छैन । प्याजको पत्ता सबै एकै ठाउ रह्यो भनेदेखि हामी प्याजकै रुपमा रहन्छौं । त्यसकारण हामीलाई प्याजको पत्तालाई निकाल्दै जानेकि हामी प्याजकै रुपमा रहने हो ।

एउटा कुरो त्यो मलाई लाग्यो भने दोस्रो कुरो के हो भनेदेखि अहिले हामीले विभिन्न संगठनहरू नाछिरिङ, कुलुङ, चाम्लिङ, बान्तवा सबै भए पनि आखिरी केका लागि हामी लडिरहेका छौं ? आखिर केको विचार, मतभिन्नता भइरहेका छौं ? भन्दाखेरी केही सुविधाहरू पाइन्छ भन्ने अहिले यतिखेरको प्रेजेन्ट कन्टेस्टले केही सुविधाहरू उपलब्ध हुनसक्छ कि ? भन्ने दृष्टिकोणले हाम्रो सोचचाहिं फरक–फरक भएजस्तो लाग्छ । तर, हाम्रो नेचर, हामी राईहरूको नेचर, राईहरूसग धेरै संगत गरियो, बसियो, हाम्रो नेचरचाहिं एक्सनमा विश्वास गर्ने बढी छ, रिजल्टमा कम विश्वास गर्छौं हामी । हामी एक्सन ओरिएन्टेड छौं ।

अहिले एक्सनचाहिं एकदम राम्रो देखियो । कोटा स्कलरसिप पनि अलिकति पाउला, अलिकति आर्थिक सुविधा पनि पाउला त्यो आफ्नै ठाउमा छ । तर, अन्ततगत्वा अघि सुनील राईजीले भनेजस्तै हामी विभाजन भयौं भने भोलि दुई सयको संख्यामा कुनै एक समूह निक्लेला । त्यसलाई कुन दृष्टिले हेर्ला उनले ? हैन अन्य राज्यसत्ताले कुन दृष्टिले हेर्ला ? उसले कस्तो किसिमको ‘अनर’ पाउला ? त्यो कुराहरू भोलिको पीडा हो । त्यसले गर्दा हामीले अहिले आत्ति हाल्ने बेला छैन । ठीक छ, उहाहरूले आवाज÷कुरा उठाउनु भो’ कुरा उठाउनु पर्छ । यो कुनै अस्वभाविक होइन । उहाहरूलाई म धन्यवादै दिन्छु कि कमसेकम एउटा कर्नरबाट यो कुरा आयो । कमसेकम हामीले विचार मन्थन गर्न त पाइयो, हैन ? सही के गलत के छुट्याउन त पाइयो । हामी यति भेला हुने मौका त भयो । जसले गर्दा हाम्रा विचारहरू आदान–प्रदान हुनसक्यो । त्यसकारण उहाहरूलाई दोष दिन चाहन्न । व्यक्तिगत रुपमा कसैले कसैलाई लान्छना लाउनु हुदैन । चाहे कोही परजीवि होस् या धनाढ्य हो । कोही विद्धान होस् । कोहीचाहिं सामन्ती होस् आक्षप लाउनु हुन्न पेशाको हिसाबमा । तर, रह्यो कुरो के भनेदेखिन् हामी कसरी एकजुट भएर शक्ति सञ्जय गर्ने ? कसरी हामी एकले अर्कोलाई मद्दत गरेर अगाडि बढ्ने ? कसरीं हामी आफ्नो स्ट्याण्डमा बस्नसक्ने ? कुरोचाहिं मुख्य हो । त्यसलाई हामीले सोच्नु पर्छ । अहिले नया विचार आएको छ । कमसेकम हामीलाई जानकारी भयो । यो पनि ठीक छ होला तर अलि बेला भएको छैन कि ? हामी सक्षम भइसकेका छैनौं कि ? दाजु–भाइ छुट्न स्वभाविक हो । बच्चा भइञ्जेलसम्म दाजुले खेलायो, अलि ठूलो भइसकेपछि म आफैं हिड्छु भन्दिन्छ । नहिंड भन्दाभन्दै हिंड्दिन्छ । तर, मलाई के लाग्छ भनेदेखिन् अहिले बेला भएको छैन कि ? हामी नहतारिउ कि ? कुनै दिन त्यस्तो आउला हामी छुटौंला, फुटौंला, आ–आफ्नो हिसाबले जाउला । त्यो दिन पनि आउला ।

राईको जुन अस्तित्वले हामी बाचेका छौं, विश्वमा राई भनेर चिनिएका छौं । हाम्रो लालपुर्जा, नागरिकता, पासपोर्टमा हामीहरूको राई छ भने अहिले हामी राई होइन भनेर जादाखेरी हामीलाई धेरै समस्याहरू झेल्नु पर्छ जुन कि त्यसको परिणामको चाहिं याद गरेका छैनौं । अहिले एक्सनमा मात्रै हेरिरहेका छौं । अहिले यतिचाहिं सुविधा पाइन्थ्यो, यी साथीहरूले गोलमाल गरिदिएर पाइएन भन्नेमात्र सोच्दैछौं । रिजल्टमा हामीले विश्वास गरेका छैनौं । त्यो समस्या भोलि आउछ । त्यो समस्या नआउने होइन । त्यसैले हामी नआत्तिऊ सोच गर्दै जाऊ, चिन्तन गर्दै जाउ एक दिन समस्याको समाधान निक्लिन्छ भन्ने मेरो राय छ ।

अजम्बर काम्बाङ राई (युवा राजनीतिज्ञ) –

मलाई पहिलो कुरा के लाग्छ भने कुन हिसाबले जाने भन्नेबारे व्यक्तिगत हिसाबले भन्दा व्यक्तिले के कुरा उठायो भन्ने मूलभूत प्रश्न हो । कसले के उठायो भन्दा उसले के उठायो ? त्यस विषयमा ध्यान केन्द्रीत हुनुपर्छ । त्यसले मात्र वार्ता, क्रिया, प्रतिक्रियालाई सहज बनाउछ । यो पाटोबाट पनि सोचिनु पर्छ भन्ने मेरो पहिलो मान्यता हो ।

दोस्रो कुरा जहासम्म हामी यो राई हो कि होइन । यहाभित्र रहेका विभिन्न राईले यसबाट विभाजित हुने औपचारिक रुपमा जुन प्रयत्न गरिरहेका छन् । यसको सन्दर्भमा समाजशास्त्रीय दृष्टिकोण, ऐतिहासिक दृष्टिकोणबाट, हाम्रै पनि अहिलेसम्म हुदैआएको अभ्यासको दृष्टिकोणबाट अध्ययन, मनन्, चिन्तन गर्नु पर्ने पाटो थुप्रै रहेका छन् । मलाई लाग्छ, यसलाई अहिले नै छिटो–छिटो छिनोफानो गरिहाल्नुपर्छ र यहानेर लक्ष्मण रेखा कोरेर यहादेखि पारि तिम्रो र वारि मेरो भन्नुपर्छ जस्तो लाग्दैन । हामी विषद् अध्ययन, चिन्तन, मनन्को स्थितिमा हामी रहेका छौं । तथापि पनि हामीभित्र रहेको समस्या के हो भने अहिले यो पदवी हो कि होइन, यो जातिवाचक शब्द होकि होइन, पदवाचक शब्द हो कि होइन ? वा यसलाई ‘टाइटल’ का रुपमा मात्र आयो भन्ने कुरा पछिल्लो अभ्यासमा आएर हेर्ने हो भने ‘राई’ शब्दले एउटा आम समुदायलाई प्रतिनिधित्व गरेको स्थिति छ ।

अहिले हामीले वास्तवमा ‘डिभिजन स्टेज’ मा होइन, इनक्लुसिभ डेमेक्रेसीको कुरा दलहरूले पनि लिइरहेको बेला हामी आफैं खण्डिकरण हुने कुरा अन्तत्वागत्वा न त्यो राजनीतिक शक्तिमा परिणत हुनसक्छ न आर्थिक शक्ति न त सांस्कृतिक शक्तिमा परिणत हुनसक्छ, न त्यसले कुनै आफ्नो पहिचानको विषय बनाउन सक्छ । त्यो समस्या रहन सक्छ । किराती शब्दमा पनि सुनीतिकुमारले भन्नु भएको धु्रवसरले भन्नुभएझैं यहा नागाहरूदेखि लिएर चौधरीहरू धेरैलाई समावेश गर्नु पर्छ भन्ने तर्क रहेको छ । एकजना साथी पीएचडी गरिरहदा एकजना चौधरीलाई सोधेका थिए– तिमीहरू वास्तवमा किराती हो कि होइनौं ? यदि राईहरूले पनि बुद्धधर्म अपनाउछन् भने हामी पनि किरात हुन तयार छौं । भनेका थिए । यी भित्रको ठूलो हिस्साचाहिं समावेश हुदै जाने अनि हामीचाहिं भागबन्डा लगाएर यो तेरो दाम्लो, यो तेरो गोठ, तेरो खर्क भन्दै जाने हो भने यसले विखण्डन गर्दै जान्छ । पछिल्लो कालखण्डमा यसका अध्ययन एउटा पाटो होला तर, यो आम जातिवाचक शब्दका रुपमा स्वीकार्य भइसकेको छ । त्यहाभित्र ऐतिहासिक पक्ष कस्तो रहेको थियो, अहिलेसम्मको अवस्था के रहेको छ, त्यसैगरी हामीभित्रको अभ्यास के–कस्तो रहेको छ त्यो चिन्तन, मननको अर्को पाटो हो । तथ्यपूर्ण ढंगले अगाडि लानुपर्छ भन्ने मलाई लाग्छ ।

असरको विषयमा जब हामी विभाजन हु“दै जान्छौं यसभित्र थुप्रै कुराहरू पर्दछन् । यसले हाम्रो सिंगो प्रयत्न (कलेक्टीभ बार्गेनिङ) लाई घटाउने स्थिति रहन्छ । त्यसैले अहिले अध्ययन, मनन्, चिन्तनको पाटोलाई एक ठाउमा छोडेर राख्नु पर्छ र ‘राई’ लाई जातिवाचक शब्दका रुपमा लिनु पर्छ भन्ने मेरो मान्यता छ ।

मदन राई (पूर्व–उपाध्यक्ष, किराया) –

यो मन्थनको विषय । अहिले हामी त्यसैले यहा छौं । अतिकति विषयचाहिं रोचक भइदिएको भए हुन्थ्यो । धेरै मानिस दुःखित भएको अवस्थामा विखण्डनकारी कुराहरू भन्ने किसिमको परिस्थिति भएकोले स्वभाविक रुपमा हामीलाई दुःख लाग्नु स्वभाविकै हो । म आफू त्यसरी सोच्छु । अब, जुन विषय छ, किरात राई यायोक्खाको तर्फबाट सुनीलजीले जे कुरा प्रस्तुत गर्नुभयो, त्यसबाट के–के चाहिं बेफाइदाहरू हुन्छन् ? यसो हुदा फाइदा र बेफाइदा प्रष्ट बताइदिनुभो’ । त्यसमा को को संलग्न हुनुहुन्छ भन्नेबारे पनि बताउनुभयो । सायद, जहासम्म लाग्छ, हामी धेरैलाई यो थाहा छ, निक्कै अगाडिदेखि कुरा गर्दै आएका छौं । आज यसबारे आफ्नो विचार राख्न किरात राई यायोक्खाले जुन प्रस्तुत विचारमा म सहमति जनाउन चाहन्छु । यो कुराचाहिं मेरो प्रतिवद्धता हो ।

जहासम्म लाग्छ, यो संसारमा अहिले प्रतिष्पर्धात्मक युगमाचाहिं राजनीति असाध्यै महत्वपूर्ण छ । म एउटा समाजसेवा गर्ने मान्छे चुनाव लडें किन लड्नु प¥यो । म बेकुफ त होइन होला, त्यत्रो हण्डर खाएर चुनाव लडिरहनु पर्ने ? मेरो विचारमा राजनीति असाध्यै महत्वपूर्ण छ । विश्वमा राजनीतिले नै सबै कुरा प्राकृतिक स्रोत, हाम्रो आफ्नो उभिन पाउने अधिकार, सारा कुरो राजनीतिले नियन्त्रित गरेको हुदोरछ । ए, शक्ति चाहिंदोर’छ एकजना मान्छेदेखि सारालाई । अब शक्ति कहानिर छ त ? समुन्द्रमा शक्ति छ कि खोल्सामा शक्ति छ ? अब अहिले हाम्रो कुरा चाहिं समुन्द्रलाई फटाएर खोल्सामा झारौं है । खोल्सालाई कसले वास्ता गरेको छ संसारमा ? जहासम्म लाग्छ, होला खोल्साको आफ्नै अस्तित्व छ । सानो खोलाको अस्तित्व छ तर समुन्द्रको अस्तित्व र खोल्साको अस्तित्वमा फरक छ नि  ।

अब राजनीतिकै कुरा, दलहरूकै कुरा गर्ने हो भने पनि कांग्रेस र एमालेमा मान्छेहरू जानेर र नजानेर किन हुल बाधेर लागे ? किनभने ठूलै छ ठूलैतिर लागे । सायद मलाई लाग्छ धेरै जना बुझेर लागेका होइनन् । भन्देखिन् यो हाम्रो साढे छ लाख, समुदाय एउटा ठूलो हुल हो । राजनीतिक शक्ति हो । त्यसैले यहाबाट मन्त्री, माननीय भएर आउनु भा’छ । एक प्रकारले जहासम्म लाग्छ, ए † यो पनि एउटा शक्ति हो । अहिले देशै एक हुनु पर्ने इनक्लुसिभ डेमोक्रेसीको कुरा गर्दैछौं समावेशी । किन यो ठूलो हुलमा समावेश हुनुपर्छ हामीले माग्दैछौं ठूलठूलो आवाजमा । अब खोल्साको आवाज र समुन्द्रको गर्जन अथवा त्यो कोशीको गर्जनमा त ठूलो अन्तर प¥यो नि ? अब त्यसकारण मेरो विचारमा हामीले यो थोरै फाइदा हुने दाजुभाइले निकाल्नु भएको कुराहरूको अब पचास–पच्चीस हजार अथवा एक लाख रुपैया जतिचाहिं आउछ, २८ वटामा एक–एक लाख दिए अठ्ठाइस लाख हुन्छ । यो साह्रै छोटो अवधिका लागि छोटो सोचाइ हो । त्यहाभन्दा अरु फाइदा देखिदैन ।

अब अर्को चाहिं इष्र्या–डाह । यो मानवीय स्वभाव हो कि हामी अलिकति वर्तमानमा कसैप्रति विमति होला । म आफैं इष्र्या, डाह गरेर हिंडू“ला । त्यो कारण म आफैं एउटा कदम चालूला सायद । तर, त्यो कदम सप्पैलाई ग्राह्य हुनु प¥यो नि त । कसैले कुरा निकाल्छ, विरोध गर्छ भन्दैमा त्यसलाई हामीले ग्राह्यता दिनु पर्ने मान्यता दिनुपर्ने जरुरी छैन । अब अरु के भनौं नाम भन्ने कुरा सोच्दै जादा खेरी यो मानिस कसले भन्यो ? मानिस पनि त नाम होइन एउटा ? सोच्दै लाने हो भने, होइन यो मानिस हुनुहुदैन । ‘राई’ को के कुरा गर्नु हुन्छ, हामी मानव समाज । मानिस पनि । हामी त जनावर हो । कि यो–यो कारणले मानिस पनि होइन भन्न थाल्नुप¥यो । साच्चीकै हाम्रो उत्पत्तिदेखिकै कुरा ल्याउने हो भनेदेखिन् मानिस त के बादरबाट हुदै–हुदै–हुदै अथवा माछाबाट के–के हुदैआएको छ हाम्रो नामहरू । हामी मान्छे आखिरी सम्बन्धित छौं सबै । तत्काल नेपालको परिप्रेच्छेमा जहासम्म लाग्छ, राईहरू प्रति हाम्रो नाम, समुदायप्रति अन्यथा अर्को कुरा सोच्नुचाहिं धेरै नै ठूलो गल्ती हो जस्तो लाग्छ ।

दुर्गाहाङ याक्खा राई (इतिहासकार) –

राई शब्द सुरुमा त सोह्रौं शताब्दीमा राजाकै रुपमा आयो । चौबिसेतिरको दुल्लुतिरको राजाले राईको आज्ञा भनेर प्रष्ट रुपमा, ऊ आफू त राजै थियो, लेखेको देखिन्छ । र, त्यो पछि पृथ्वीनारायण शाहले माझकिरात नहान्दै उनको बाबुको पालामा नरभूपाल शाहको दरबारमा पाच जना राईले राई नै स्पष्ट नाम र जात लेखाएर जागीर खाएका छन् । त्यसकारणले कुन बेलादेखि राईले सायद त्यो हुनसक्छ राजाकै एउटा पदवीलाई थर बनायो या साच्चीकै राई नै राई थर नामधारी जातिहरू थियो त्यो भन्नलाई कठिन छ । तर, स्पष्ट रुपमा के छ भने पृथ्वीनारायण शाहले हान्नुअघि नै उनको बाबुको दरबारमा पाच जनाले राई लेखाएर जागीर खाएका र’छन् । त्योचाहिं अनुसन्धानबाट फेलापरेको छ ।

जे होस् अब अहिले राई बन्धुहरूमा चाहिं के देखापर्दै रछ भने ‘ताकपरे तिवारी नत्र गोतामे’ भन्ने एउटा छ नि ? राई राजा शब्दचाहिं त्यसले ‘बेनेफिट’ पाइञ्जेल भिरिराख्ने ? जब त्यसबाट फाइदा छैन भने मचाहिं राई होइन है भन्नु त राम्रो होइन । जसरी होस् स्वार्थवश होस् या जसरी भए पनि राई अपनाइसकेपछि अब अहिले आएर यो कनिके विचारमा चाहिं जानु राम्रो होइन जस्तो लाग्छ । जस्तो कि अहिले मदन भाइले राम्रोसग भन्नुभो’ पहिलेदेखि नै एउटा ‘पोलिटिकल फोर्स’ भइसकेको मान्छे राईहरू अहिले आएर छिन्न–भिन्न भयो भने त त्यही चेपाङ र उसको स्तरमा जानेछ । कोही त हजारमै पनि पुग्छ रे’ । त्यसो त सानो त जहिले पनि दबिन्छ नै । प्रकृतिको नियमै हो । जसरी सिंगो राई समुदाय बनिसकेको छ, त्यसैले यो राई नै रहिरहोस् मेरो चाहिं भावना छ । जसमा चाहिं राईबाट अन्य फुटेर जाने होइन, त्यो अवसरवादीता (अपरचुनिष्ट) देखिन्छ । किन राई जसरी एउटै समेटिसक्यो त ? राजाकै ‘टाइटल’ बनाएर उसले उपभोग ग¥यो अथवा समाजमा प्रतिष्ठा जमाइसक्यो त ? अहिले आएर त्यो कनिके विचारमा त्याग्नु राम्रो होइन ।

राजेन्द्र राई (विद्यार्थी राजनीतिक नेता) –

मचाहिं यस विषयमा गहिरो अध्ययन गरेको र लामो समयदेखि सहभागी भएको व्यक्ति होइन । तैपनि सामान्य जानकारी, अध्ययन अवश्य पनि छ । र, म थोरै कुरामात्र राख्न चाहन्छु । खासगरी यो नया कुरा भएकोले यसबारे धेरै अध्ययन गर्न हुनसकेको छैन । सुनवाई समेत गर्न पाइएको छैन । यसैमा आधारित भएर धेरै तर्क गर्न चाहन्न । तैपनि हाम्रो एकतामा जोडदिनै पर्छ । अहिले सुनील राईज्यूले पाच वटा तर्क राख्नुभयो ।

एक नम्बरमा पदलाई बुझाउने शब्दावली हो भन्ने कुराबाहेक अन्यचाहिं अन्य सामान्यमात्रै छन् । त्यो पदलाई बुझाउने कुराको बारेमा छिनोफानो गर्ने हो भने धेरै कुरो टुङ्गिन्छ जस्तो लाग्छ । र अब पदलाई नै बुझाउने हो र स्वीकार्ने हो भने त्यसले अहिले महत्व पाउछ जस्तो लाग्दैन । अझ पृथ्वीनारायण शाहको पाला यता पाएको होइन भन्ने कुरा यहा अग्रज महानुभावहरूले भनिसक्नु भएको छ । त्योभन्दा अगाडि यदि पदकै आधारमा त्यो नामकरण भएको हो भने पनि धेरै जात, पेशाको रुपमा कोही अब रङ्ग, रुपको नामका, पदकै रुपमा धेरै जात नामहरू बनेको छ । त्यो कुरालाई अहिलेसम्म स्वीकारिएका छन् । धेरैचाहिं हामीभन्दा अरु जातजातिका नाम पनि कसैको पेशाको नाममा जातको नामाकरण भएको छ । कसैको पदको, कसैको रुप, रङ्गकै आधारमा नामाकरण हु“दैआएको छ ।
त्यो कुरा त सबैले स्वीकारेकै कुरा हो । त्यसैले पृथ्वीनारायण शाहभन्दा अगाडि कुनै जमानामा पदकै आधारमा त्यो गरेको छ भने पनि त्यो कुरा त हामीले स्वीकारेर आइसक्यौं । त्यसको आधारमा मात्रै हामी यो विभाजनको दिशातर्फ लाग्नु त्यति उपयुक्त जस्तो लाग्दैन । यो एउटा पक्ष भो’ । अब एकतामा जोडदिने हो भनेदेखि हामी बसेर यस्तो कुरा कुनै तर्क गर्न होइन तथ्यसम्म पुग्नु पर्छ । त्यसकारण तथ्यसम्म पुग्नको लागि बरु हामीचाहिं यहाबाट को–को हो त्यसको विशिष्ट अध्ययन गरेका व्यक्तिहरूको समूह बनाऊ । उहाले ल्याउने तथ्यचाहिं यो नया तर्क ल्याउने साथीहरूको पनि र यहा हाम्रो पनि अध्ययन समूह बनाएर के–के का आधारमा उहाहरूले तर्क र तथ्यहरू ल्याउनुभो’ त्यसबारे छलफल गरौं । त्यसपछि कमिटीमा हामीले मान्दैआएको कमिटिमा त्यसलाई राखौं । त्यसलाई छलफल गरेर निष्कर्ष निकाल्नु राम्रो हुन्छ ।

अब लडाइ हाम्रो राज्यसग छ । अधिकारको लागिमात्र होइन, अस्तित्वको लडाइ हाम्रो छ । अधिकारको कुरो त आफ्नो ठाउमा छ । त्यो त अस्तित्व निर्माण भएपछि अगाडि जाने हो, अधिकारको कुरा । अस्तित्वकै लडाइ लडिरहेको अवस्थामा हामी विभाजित भयौं भने चाहिं हाम्रो कयौंको अस्तित्व नामेट हुने स्थिति बन्छ । त्यसो हुदाखेरी एकतामै हामी जोडदिऊ । हामी आफूलाई जिम्मेवार सम्झेर अघि सुनील राईज्यूले भन्नुभो’ हामीलाई विपक्षीकै रुपमा उहाकै शब्दमा शत्रुकै रुपमा हेर्ने भन्नेखालका कुराहरू आइसक्यो । उहाहरूले त्यसो गरेपनि आफूलाई जिम्मेवार ठानेर हामीचाहिं त्यही रुपमा प्रस्तुत नहौं, हामी जिम्मेवार हो । कहिले काहिं प्रतिष्ठाको विषय बनिसकेपछि तथ्यहरू प्रकट भइसक्दा पनि त्यो कुरालाई नस्वीकार्ने स्थिति बन्छ । यो हामी राजनीतिक पार्टी संगठन चलाउदाखेरी भोग्दैआएको कुरा हुन् । सानो कुरा हुन्छ, त्यो पछि प्रतिष्ठाको विषय बन्छ अनि जति नै गरेपनि त्यो मिल्दैन । त्यसैले हामीचाहिं जिम्मेवार भएको हुनाले त्यो विपक्षीको ढंगले नजाऊ । र, हामीले उहाहरूलाई सम्झाइ बुझाइ खास गरेर क–कसले संयोजन गर्नु पर्छ या यायोक्खाकै नामबाट सम्भव छैन भन्ने कुरा आयो भने अरुचाहिं न्यूट्रलमा रहेका क–कसले त्यसलाई संयोजन गर्ने र अध्ययन तथा छलफल गर्ने प्रयास गरेर यसलाई टुङ्ग्याएर हाम्रो एकतालाई बचाउनु पर्छ ।

प्रमिला राई (प्राध्यापक) –

यस बुद्धिजीवि भेलामा बोलाउनु भो’ धन्यवाद । पेशाले प्राध्यापन हो । भेला, समारोहमा बोल्ने त्यत्ति बानी छैन । तैपनि विचार राख्नु पर्ने भएको हुनाले मलाई के लाग्छ भने कि अहिले मुख्य रुपमा केन्द्रित हुनु पर्छ त्यो हो हाम्रो एकता । किनकि अहिले नै हामी यसरी म यो हो त्यो होइन भन्न थाल्यौं भने भोलि बीचमा नै त्यो विभाजन हुदाखेरी हामी सम्पूर्णलाई फलदायी हुदैन । अहिलेको राजनीतिक स्थिति ज्यादै तरल छ । अनि यस्तो स्थितिमा हामी जनजातिले चाहिं हामीले के सोंच्नु पर्छ भन्दाखेरी हाम्रो पहुच, पहिचान र प्रतिनिधित्व मुख्य तीन वटा कुरोचाहिं विशेष ध्यान दिनुपर्ने कुरा हो । र यस्ता सानातिना भन्दाखेरी म नै कुलुङ मेरो माइती कुलुङ हो । मेरो श्रीमान् बान्तवा हुन् । त्यसकारण मलाई नै अप्ठ्यारो लाग्छ कि । म कुलुङ भाइहरूसग भेट्छु । यस्तो–यस्तो छ दिदी के छ विचार भन्छन् । मेरो विचार के छ, त्यो विचार ठाउमै छ । तर पनि एकजुट भएर हामी जाउ न हैन तपाईहरू पनि ठाउमा गर्नुहोस्, पु¥याउनु होस् भन्दा, हामीले कति कुरा गर्छौं तर कुराको सुनवाइ नै हुदैन भन्छन् । त्यो कतिसम्म सत्य हो या होइन ? भगवान जानोस् ।

त्यसले गर्दा मलाई लाग्छ कि हाम्रो यो एकता मूल कारक हो । राई पदवी होस् या जेहोस् यो राईले चाहिं हामी सबैलाई समावेश गरेको छ । अहिलेको तरल राजनीतिक अवस्थामा समावेशी प्रजातन्त्र कुरा आइरहेको छ । यी सबै कुरालाई सोचमा राख्दाखेरी, हामी विशेष जनजातिहरू राई भन्ने हाम्रो पहिचानलाई गुमाउनु हुन्न । यो मुद्धालाई हामी हाम्रो होइन भन्नुभन्दा पनि सम्पूर्णलाई ध्यानमा दिनुपर्छ । मैले भनिहालें, म नै कुलुङ भएको हुनाले एकदमै ‘पिन्च’ हुन्छ के । अब म नै के हो, मेरो बुढो बन्तावा हुनुहुन्छ । अन्तरजातीय बिहे हो क्या हो त्यसो त भनेर जोक गर्छु । त्यसकारण यो ‘सिरियस इस्यू’ हो यसलाई हामीले संवेदनशील भएर हेर्नुपर्छ । तर, संवेदनशील भएर हेर्दाखेरी यसलाई एकताको कारकका रुपमा लिनुपर्छ ।

हेमराज राई (पूर्वमन्त्री) –

यहा धेरै कुराहरू आइसकेका छन् । छलफलमा सहभागी हुने क्रममा आफ्नो कुरा राख्न चाहन्छ । सबभन्दा पहिले त यो विवादको बारेमा बौद्धिक विवादचाहिं हो । तर अलिक
किरात खम्बू र लिम्बू भन्ने पनि आयो । त्यस पछाडि राई र लिम्बू आएको छ । यी राई र लिम्बूले वर्तमान समाजमा आफूलाई किरात भन्दै आएका छन् । इतिहासमा थारु प्नि थियो होला तामाङ पनि थियो होला । तर, वर्तमान सन्दर्भमा हामी किरात हौं भन्ने सन्दर्भमा राई र लिम्बू हुन् । अहिलेको राज्यले स्वीकार गर्ने कुरा किरात भनेको राई र लिम्बू नै हो । राईभित्र कसैले खम्बू लेखिरहेका छन् । कसैले हामी राई होइनौं भनिरहेका छन् । तर, मलाई लाग्छ बहुसंख्यक समुदायले ९९ दशमलब ९ प्रतिशतले आफूलाई राई भन्दछन् । यो विशुद्ध सांस्कृतिक बौद्धिक कुरा हो यो । कतिपयचाहिं इतिहास, संस्कृतिका बारेमा राजनीतिले निर्देशित नगरोस् भन्ने पनि म चाहन्छु ।

आज–भोलि मलाई कस्तो लागेको छ भने सिद्धान्तलाई राजनीतिले डो¥याएर कुनै नामधारी पार्टीको पहिचानै गुमेको स्थिति पनि छ । तत्काल के फाइदा हुन्छ त्यसका आधारमा चाहिं उसले राजनीतिले निर्देशित गर्दा यस्तो स्थिति हुनसक्छ । जहासम्म साथीहरूले भन्नुभा’छ, यो बिलकुलै आधारै छैन भनेर सोच्नु कुनै जरुरी छैन । किनभने इतिहासमा त्यस्तो देखिदैन । मलाई थाहा भएसम्म इमानसिंह चेम्जोङले जति लेखे इतिहासको खोज गर्नेले उनैलाई प्रमाणका रुपमा लिइन्छन् । चेम्जोङको ‘किरात इतिहास’ हेर्दाखेरी वास्तवमा राईको रुपमा होइनकी राजाकै पद ‘राई’ नभई ‘राय’का रुपमा १५–१६ सय विक्रम सम्वत्तिर भएको भन्ने देखिन्छ । चेम्जोङले किरातहरू हिन्दुकरण हुने क्रममा सबभन्दा पहिले विजयनारायण राय भए भनिएको छ । विजयनारायण रायको बाजे राय भयो र रायपछि राई भए भन्नुभएको छ । त्यसैले पद होइन भनिबस्नु जरुरी छैन । त्यो पदै भएपनि वर्तमान सन्दर्भमा त्यो समुदाय भइसक्यो । अहिले त्यो जमानामा १५ सय विसंमा लोहाङ सेनले राय पदवी दिएको लेखिएको भएपनि राजाको पदवी दिएको भएपनि वर्तमान सन्दर्भमा एउटा समुदाय भइसक्यो । त्यसैले सांस्कृतिक परिभाषा गरेर जान आवश्यक छ भन्ने मलाई लाग्छ ।

मैले यायोक्खा केन्द्रीय कार्य समितिका साथीहरूसग भनिसकेको पनि छु । अब किरात राई यायोक्खाले राईको परिभाषा गरेर जानु प¥यो । हिजो राई भन्नेहरू पनि हामी राई होइनौं भनेर आइसके । यहीं दुर्गाहाङ याक्खा राई हुनुहुन्छ । उहा आफैंले दुर्गाहाङ याक्खा राई लेख्नु भएको छ । राई नभएर याक्खा भएर उहाहरू अगाडि आउनु भएको छ । सुनुवारहरूले पनि राई लेख्थे । उनीहरूले पनि हामी राई होइनौं सुनुवारमात्र भन्दैछन् ।
अब किरात राई यायोक्खा चौध–पन्ध्र वर्ष भइसक्यो स्थापना भएको । पन्ध्र वर्षअगाडि काठमाडौंमा भेला हुने राई समुदायले एउटा आफ्नो अस्तित्वका निम्ति ‘सेन्टिमेन्ट’ लिएर, राई के हो परिभाषित गरेर, अध्ययन, छलफल गरेर यो सांस्कृतिक समुदाय भनेर यो यायोक्खा खोलिएको होइन । राज्यले हामीमाथि गरेको दमनको विरुद्धमा विरोध प्रकट गर्ने क्रममा राई समुदाय संगठनको निर्माण भयो । किरात राई यायोक्खा भयो । सारा राईहरूको एकताको प्रतीकका रुपमा विकसित भएर आयो । विकसित हुने क्रममा, हामीभित्र राजनीतिक जागरण गर्ने क्रममा विवादहरू निस्किन्छन् । त्यो वादविवादलाई बौद्धिक ढंगले समाधान गर्न आवश्यक हुन्छ । पूर्ववक्ता साथीले यायोक्खालाई सुझाव दिने क्रममा भन्नुभो’ वास्तवमा विवाद उठाउने व्यक्तिमाथि पूर्वाग्रह राख्ने होइन । विवादको विषय के हो ? त्यसले हामीलाई के माग ग¥यो त्यो कर्तव्यवोधतिर जाउ ।

राई भन्ने शब्दको सांस्कृतिक परिभाषा खोज्यो हाम्रो समुदायले । के–के त ? सुम्निमा, पारुहाङ मान्ने मात्र हो कि ? चुला ढुंगा पुज्ने समुदायलाई मान्ने हो कि ? कि अन्य देशहरूमा सांस्कृतिक समुदायलाई कसरी परिभाषित हुनपुगेको छ । विहेबारी जस–जसका बीचमा हुन्छ त्यसलाई पनि एउटै सांस्कृतिक परिवारका रुपमा लिने गरिएको छ । जस्तै लिम्बूहरूसग हाम्रो बिहेवारी हुन्छ । राईहरू लिम्बू बिहे गर्न सक्छ र लिम्बूले पनि राईसित गर्नसक्छ । लिम्बुनी बिहे गरेर हामी बकाइदा हामी चुलाढुंगामा हुल्छौं जब कि गुरुङहरूलाई, शेर्पाहरूलाई, तामाङलाई हुल्दैनौं । चुला ढुंगाका हुल्ने सम्पूर्ण समुदाय एउटै सांस्कृतिक परिवारका हुनसक्छन् । त्यसलाई हामीले किरातले सम्बोधन गर्न सक्छौं । अब छलफलका क्रममा लिम्बूहरूको चुला ढुंगा छैन भन्ने आयो । थाहा छैन त्यो कुरा ।

त्यसो भए राईहरूको चुला ढुंगा पुज्ने एउटै समुदायको भयो । त्यसो भए चुलाढुंगा कस–कसले पुज्छन् त ? याक्खाले पुजिराखेका छन्, सुनवारले पनि पुजिरहेका छन् । जिरेल, सुरेलले पुज्दोरहेछ । भन्नुको अर्थ किरात राई यायोक्खा सम्पूर्ण राईहरूको साझा संगठन हुने हो भने यसले एउटा परिभाषा गर्न आवश्यक छ । र, त्यो परिभाषाका आधारमा आफूले आफ्नोझैं  राज्यसग आवाज पु¥याउनु (एप्रोच गर्नु) आवश्यक छ । त्यसैले यसलाई वार्ता (डायलग) गर्न आवश्यक छ वास्तविकता के हो त ?

दोस्रो कुरा जहासम्म यो टुक्रा–टुक्रा हुने खालको कुरा हो, भाषिक रुपमा हामी टुक्राचाहिं छौं । यो हाम्रो वास्तविकतालाई नबिर्सौं । अहिले सुम्निमा, पारुहाङ भन्दै आएका छौं । आदि माता, आदि पितालाई अथवा सृष्टिको केन्द्रको रुपमा । तर सप्पै राईहरूले सुम्निमा, पारुहाङ नामले पूज्दैन के । खालिङहरूले सुम्निमा–पारुहाङको नाम अर्कै गर्ला । सोताङ, थुलुङले अर्कै भन्ला । तर, बान्तवाले सुम्निमा–पारुहाङले जस्तो कथा भन्छ त्यस्तै कथा छ थुलुङहरूको पनि  । त्यस्तै कथा छ– जिरेल, सुरेलहरूको पनि । हुन त त्यो एउटै व्यक्ति हो । जिरेल, सुरेलको आफ्नै भाषा छ । आफ्नै भाषामा नाम राखे । त्यसो भएको हुनाले हाम्रो आफ्नो–आफ्नो भाषिक अनुसूची छ । भाषिक समुदाय भएकोले त्यो खास भौगोलिक क्षेत्रमा केन्द्रित छ । म के देख्छु भने खास खोला–खोला छुट्टिएको छ । एउटा खोला र अर्को पाटोको भाषाचाहिं नजिक–नजिक छ । चार–पाच खोला परतिर पुगिसकेपछि यो पाटो र पल्लो पाटोको भाषा यति फरक छ कि बुझ्न कठिनाइ छ । यसकारण अहिले के छ भनेदेखि भाषा, संस्कृति रक्षाको निम्ति हामीले काम गरिरहेको सन्दर्भमा त्यस्तो भाषिक संगठनहरू स्थापना गर्ने कामलाई यायोक्खा स्वयंले प्रेरित गर्नुपर्छ ।

अहिले यायोक्खासग आवद्ध भएका भाषिक संस्थाहरू दश–बाह्र वटा छ भन्ने सुनिएको छ । यतिमात्रै छ भने थपलाई पनि प्रेरित गर्नुप¥यो । २८ वटा जीवित भाषा छन् भने २८ वटा भाषिक संगठन हुनैपर्छ । यायोक्खा केन्द्रीय कमिटिले त्यो–त्यो भाषाका साथीहरूलाई भेटेर भएपनि संस्था गठन गराउनु पर्छ । हाम्रो नेतृत्व स्थापित गर्नुपर्छ । वास्तवमा हाम्रो सबैको एकताको छाता संगठन हो– यायोक्खा । त्यसैले थोरैभन्दा थोरै भाषिक संख्या भएकालाई पनि संगठित गर्नुप¥यो । उनीहरूलाई उत्प्रेरित गर्नुप¥यो । यो ढंगले यायोक्खाले काम गर्न आवश्यक छ ।

जहासम्म राजनीतिको कुरा हो, यो राज्यसग गासिएको कुरा हुन् । दुर्भाग्य हाम्रो राज्यले समाजभित्र जातीय अस्तित्वको बारेमा, इतिहासको बारेमा वास्तवमा कहिल्यै खोजी गरेन । अहिलेसम्म गर्ने प्रयत्न पनि गरेको छैन । ऊ एक भाषा, एक जाति, एक देश, एक राजाको नीतिमा सदीऔंदेखि आयो । अहिले पनि आइरहेको छ । बहुदलीय शासन प्रणाली आइसकेपछि पनि त्यही दृष्टिकोण अख्तियार भयो राज्यको  । त्यसो भएको हुनाले वास्तवमा हामी के हो त ? भन्नेबारे इतिहास पनि हामीलाई थाहा छैन । त्यसो भएको हुनाले राज्यलाई हामीले त्यो ढंगमा रुपान्तरण गर्नुप¥यो, महत्वपूर्ण राजनीतिक काम भनेको । राज्यले नै वास्तवमा यहाका आदिवासीहरूको इतिहासको वास्तविकतालाई बाहिर ल्याउने कोशिस गर्नुप¥यो । सांस्कृतिक समूहचाहिं यो–यो हो है हाम्रो देशभित्रको, यसको मौलिक रुप यो–यो हो भनेर भन्नुप¥यो ।

अहिले हामीले राई र लिम्बू भएर संगठित भएका छौं भोलि राज्यको तर्फबाट जातीय स्वशासन राज्य गयो भने राई र लिम्बू एउटै भाषामा रुपमा किरात प्रदेश पो रहने हो कि ? सांस्कृतिक रुपमा लिम्बूहरूले पनि सुम्निमा–पारुहाङलाई मान्छन् । हामी बीचमा बिहेवारी चलिरहेको हुन्छ । उनीहरूले पनि हामीलाई चुलाभित्र राखिरहेका हुन्छ र हामी पनि उनीहरूलाई चुलाभित्र राखिरहेका हुन्छौं । सांस्कृतिक रुपमा हामी एउटै हो । त्यसो भएको हुनाले भोलि यो राजनीतिसग गासिएको सन्दर्भमा चाहिं अहिले जातिमाथिको दमनको विरुद्धमा जाति संगठित हुदैछन् । यो ‘मुभमेन्ट’ लाई हौसला दिनु आवश्यक छ र हामी सामेल हुन आवश्यक छ । र, राज्यलाई त्यस्तो एउटा राज्यको रुपान्तरण गर्नका लागि हामीले पनि टेवा पु¥याउनु पर्छ जुन राज्यले यहाका आदिवासीहरूको आफ्नो अस्तित्वलाई हिस्सालाई स्पष्ट, न्यायपूर्ण रुपमा राख्नलाई, उनीहरूले आफ्नो भाषा, संस्कृति र जाति उत्थानका निम्ति काम गर्ने अधिकार उपलब्ध गराउनका लागि त्यो खालको राज्य संरचना निर्माण गर्ने दिशामा राजनीतिक आन्दोलनमा संलग्न हुन जरुरी छ ।

तेस्रो कुरा, वास्तवमा यो छलफल जुन आयोजना गर्नुभो’ बहुत खुशी लागेको छ । यो बौद्धिक कुरा भएकोले एउटा बौद्धिक कमिटी निर्माण गर्न आवश्यक छ जसले सबै विवादहरूलाई वार्तामा ल्याउन सकोस् । छलफल गर्न सकौं । अहिले नै सीमाङ्कन गरेर त भइनस् भनेर प्रतिगामी, भाइमारा, भाइफुटुवाको आरोपै लगाएर छेदै गर्नुपर्ने ढंगले हामी प्रस्तुत नहौऔं । यसको पनि ऐतिहासिक पृष्ठभूमि छ । त्यसकारणले यायोक्खाले सबैको प्रतिनिधित्व, छाता संगठनका रुपमा विकास गर्नको लागि हाम्रा यसका राईहरूको वास्तविकतालाई भाषिक रुपमा २८ भागमा विभाजित समुदायलाई संगठित गर्नका लागि यसका ‘अर्गानो ग्राम’लाई छलफलमा ल्याउन आवश्यक छ । कस्तो अर्गानो ग्राम बनाउदा वास्तवमा किरात राई यायोक्खा ‘इन रियर सेन्स’ सप्पै किरातीहरूको साझा संगठनका रुपमा रहन्छ भन्ने सन्दर्भमा यायोक्खाले छलफल खुल्ला गर्न आवश्यक छ । त्यसरी पनि हामी संगठित हुन सक्छौं । जति खुल्ला ग¥यो उति नजिकिएर आउन सक्छन् छलफलमा । जति हामी उनीहरूको विचार सुन्यौं उति जनिकिएर आउन सक्छन् । त्यसैले त्यो ढंगबाट जान आवश्यक छ । राई त होइनौं भन्दाखेरी पनि ती साथीहरूलाई राईहरूले विस्थापित गर्न सक्छन् । तिनीहरू स्थापित हुनसक्दैनन् अब नेपालमा । एउटा सांस्कृतिक समुदाय भइसक्यौं ।

डा.एनसी राई (कुलुङ बौद्धिक व्यक्तित्व) –

सुनीलजीको वक्तव्यमा धेरै कुरा जानकारी पाए । धेरै राम्रा कुराहरू भए अरु वक्ताको तर्फबाट । म त कुलुङ भएको नाताले जसको अघि नाम लिइएर गए छुटेर जानेमा एक–दुई जना मकहा आउछन् । उनीहरू भन्छन् यस्तो भयो । यायोक्खाले हाम्रो कुरै सुनेन । बुझ्दै बुझ्दैन, बुझेर पनि नबुझेको हो कि ? मैले संशोधन गरेर बुझाउने कोशिस गर्नु भन्दा पनि बुझ्दैन भनेपछि मैले सानो उनीहरूले प्रस्तुत गरेको डकुमेन्ट ल्याएको छ । मैले बुझेअनुसार कुलुङलाई जनजातिको सूचिमा सूचिकृत गराउने र अर्को कुरा यायोक्खाचाहिं छाताजस्तो भएर बसोस् भनिएको छ । सबैलाई यसको मुनि विकास हुनुपर्छ । (लिखित प्रतिवेदनको रेकर्ड गरिएको टेप सुनाइएको थियो । तर, लामो हुने भएपछि लिखितलाईमात्र उद्घोषकबाट पढेर सुनाउने काम भएको थियो ।)

किरात राईहरूको एकता नटुटोस् रहिरहोस् भन्ने पक्षमा छु । र, अघि मन्त्रीज्यूले भन्नुभएजस्तो किरायाले ध्यान देओस् भन्न चाहन्छु ।

बुलु मुकारुङ (संगीतकार तथा प्राज्ञ सदस्य नेराप्रप्र) –

किरात राई यायोक्खाले समन्वयको भूमिका निर्वाह गर्न नसकेको हो कि भन्ने शंकाचाहिं जन्मिएको छ । संस्थाले स्वीकार्छ या स्वीकार्दैन । संस्थाले आफूलाई छाम्नु पर्छ जस्तो लाग्छ । र अर्को कुरो यी स्वघोषित अभियुक्त आरोपित अभियुक्तहरू अघि नाम पनि लिनु भएको थियो, सुनील राईज्यूले । उहाहरूलाई पनि स–सम्मानका साथ यहा बोलाइएको भए राम्रो हुन्थ्यो होला । अथवा बोलाइएको भए उहाहरू नआउनु दोषी देखिनु हुन्छ । यायोक्खाले बोलाएको होइन भने गल्ती हुन्छ ।

यो गम्भीर विषयमा एउटा प्रमाण पनि लिएर आएको छु । अघि प्राध्यापक धु्रवदेव राईज्यूले भनिसक्नु भयो, कि मसित एउटा लिम्बूहरूको वंशावली काजीमान कन्दङवाले दिनु भएको छ । २०५१–५२ सालतिर दिनुभएको थियो । यहा थेगिमहाङ, नेमहाङ, चेमजोङ, तुम्बाहाङ गरेर धेरै लिम्बूहरूको वंशावली छ । यहा लिम्बूवानको वंशावली भनिएको छ । यहा के देखिन्छ भने सुरुमा राईहरू नै फुदोङहरू, राईहरू नै भएको छ । पहिले राई र पछि गएर लिम्बू भएको देखिन्छ । उहाले २०४७ मा एउटा पत्रिकामा ‘कहिलेदेखि राईहरू लिम्बू भए ?’ भन्ने लेख प्रकाशित गर्नु भएको थियो । लिम्बूहरूले उहाको उछित्तो नै काढे । यसले के देखिन्छ भने यो छुट्टिने क्रम भइरनै रहन्छ । तर, छुट्टिने क्रम हुदाहुदै पनि आत्तिनु पर्नेचाहिं देख्दिन ।

यायोक्खाजस्तो छाताभित्र बस्नेहरू हामी राई होइनौं या हौं भनेर गइहाले पनि यायोक्खा आत्तिनु पर्ने देख्दिन । पूर्ववक्ताले भनेजस्तै यसलाई समन्वयमा ल्याएर बौद्धिक बहसमा ल्याउनु पर्ने अत्यन्त जरुरी देखिन्छ । आफ्नो कमजोरीहरू लुकाउनका लागि आपतकालीन स्थितिमा मात्रै बैठक गर्ने र बौद्धिक व्यक्तित्वहरूलाई भेला गर्नु पर्ने काम पनि राम्रोचाहिं होइन । मैले यसअघि अध्यक्षज्यूलाई भनेको थिए कि हामी प्राविधिक क्षेत्रमा रहेकाहरूलाई एकपटक डाक्टरहरूलाई बोलाउनु होस् । हामीजस्तो संगीतमा लागेका कन्डक्टरहरूलाई बोलाउनु होस् । साहित्यकारहरूलाई बोलाउनुहोस् । अनि उनीहरूको कुरा सुन्ने अभ्यास गर्नुहोस् । जसले गर्दा आफूमा भएको कमजोरी, त्रुटिहरू सच्याउन मिल्छ र उनीहरू पनि हाम्रो संस्थाले बोलाइ दियो भनेर गौरवका साथ यो छातामुनि आऊन् भनेर एउटा कार्यक्रममा सुटुक्क भनेको थिए । त्यसैको यो पहिलो चरण हो कि जस्तो पनि लागेको छ ।

‘प्यालोलेथिक एज’मा सायद हामी समूहमा थियौं । अहिले ‘प्रेरिटोरी एज’ तिर हामी फेरि राईहरू फर्किदैछौं जस्तो पनि लाग्छ । अघि नै खोल्साको उर्लाइ र समुद्रको सुनामी फरक हुन्छ भनेर मदन दाइले भनिसक्नु भएको छ । र, पृथ्वीनारायणको कुरा धेरै आए, उनको एउटा कुराचाहिं लागू हुने रहेछ कि यायोक्खाले एकीकरणचाहिं गर्नु पर्ने रहेछ है भन्ने पनि देखिन्छ । र, यायोक्खा त्यता पनि सचेत होस् । अब यसलाई ल्याउदा अरु बौद्धिक मान्छेहरू, राजनीति हावी गरौं नभन्दा पनि निक्कै ठूलो अवस्था आइसकेको छ । एनजीओ÷आईएनजीओहरू चाहिं सक्रिय भइसकेका छन् । भरे आईएलओलाई पनि बोलाउनु पर्ला हामीलाई मिलाउनको लागि किनभने त्यसैले अलिअलि पैसासैसा पठाउछ । मेरो भनाइ यत्ति नै छ । धन्यवाद ।

अशोककुमार राई (पूर्वमन्त्री) –

किरात राई यायोक्खाले १८ औं स्थापना दिवसमा पनि बोल्ने अवसर दिएको थियो र मैले केही कुरा राख्ने अवसर पाएको थिए । वास्तवमा म भाषाशास्त्री पनि नभएको र यो नृतत्वशास्त्री पनि नभएको हुनाले यो जाति, भाषा, संस्कृति आदिको बारेमा आधिकारिक रुपमा बोल्नसक्ने अधिकार ममा छैन । मचाहिं एक राजनीतिकर्मी हु । त्यसकारण धेरै चीजलाई म राजनीतिक कोणबाट हेर्छु । र राजनीतिक कोणबाट नै अलि बढी राख्न सक्छु प्राज्ञिक क्षेत्रतिरबाट भन्दा राजनीतिकर्मीको हिसाबले चाहिं चीजहरू हेर्न सजिलो पर्छ ।
अब यो राई भन्ने शब्दले राजा भन्ने पदलाई, ओहदालाई जनाउछ भन्ने विवाद पनि उठेको छ । योबारे भाषाशास्त्रीले बोल्नु हुनेछ । मेरो विचारमा शब्दको अर्थचाहिं समय, देश, काल, परिस्थितिअनुसार फेरिन्छ । बदलिन्छ वा त्यसको सीमाङ्कन पनि हुने गर्छ । राई भन्ने शब्दले कुनै समयमा राजा भन्ने जनाउथ्यो होला । आज हाम्रोचाहिं शब्दकोशमा भाषाशास्त्रीले के अर्थ राख्नुभा’छ मैले हेरेको छैन तर राई शब्दले नेपालमा चाहिं आवाद भएको एउटा जाति नै जनाउनु पर्ने हो । शब्दको अर्थचाहिं सापेक्ष हुन्छ निरपेक्ष हुदैन । ‘गुरुजी’ भन्ने शब्दले एक समयमा पढाउने मास्टर भन्ने बुझिन्थ्यो भने अहिले ‘ड्राइभर’ लाई बुझाउछ । शब्दको अर्थ परिवर्तनशील हुन्छ । त्यसो भएकोले एउटा शब्दलाई समाएर विवाद गर्नु त्यति बुद्धिमानीपूर्ण कुरा हुदैन कि भन्ने लाग्छ । यस्ता धेरै शब्दहरूको अर्थ परिवर्तन हुने, त्यसले व्यष्ठित गर्ने÷समावेश गर्ने अर्थहरू परिवर्तन गर्ने धेरै प्रसङ्ग भाषाको क्ष्ेत्रमा हुन्छ । त्यसो भएर पूर्ववक्ताले भन्नुभएझैं यसको सांस्कृतिक घेरा यसको कत्रो हो भन्ने प्राज्ञिक अध्ययन गर्नु रामै्र हुन्छ । यायोक्खाकै तत्वावधानमा विद्धानहरू प्राज्ञिक अध्ययन गर्ने टोली बनायौं भने यसको परिभाषा पनि हामी गर्न सक्छौं होला । परिधि पनि खुट्याउन सक्छौं होला ।
धेरै वक्ताले भनेझैं यो विवाद धेरै बौद्धिक खालको भयो । यसलाई सोझै नकार्न पनि नसकिने स्वीकारिहाल्न पनि पर्याप्त त्यसको पक्षमा तथ्यहरू नआएको भन्ने आएको छ । त्यस्तै हो जस्तो लाग्छ । तर, के भने बौद्धिक बहस के छ भने यो हाम्रो सामाजिक, आर्थिक अथवा जनजीवनमा प्रयोगहीन खालको पनि हुन्छ । त्यसको खासै महत्व, अर्थ, लाभ, सार्थकता नहुने पनि हुन्छ । र राजनीतिक असरचाहिं कहा नेर पार्छ भन्ने तत्कालै प्रभावकारी हुने र सार्थक हुने, प्रयोजन राख्ने खालको छलफल हुन्छ । अब यो विषयलाई चाहिं मैले अहिले जातीय स्वशासनको कुरो उठिराखेको छ । हामी राजनीतिकर्मी भएको हुनाले पार्टीहरूमा छलफल चल्छ । अहिले माओवादीहरूले जातीय राज्यको पनि कुरा गर्दैछन् । आत्मनिर्णयको अधिकारको कुरा पनि गरेका छन् । अरु पार्टीहरूले पनि जातिहरूलाई कति अधिकार दिने त भन्ने छलफल चल्छ । म संलग्न रहेको पार्टीभित्र अहिले राज्यको पुनःसंरचना गर्ने भनेर अहिले कार्यदल गठन भएको छ । हिजोआज एकदम ‘इनक्लुसिभ डेमोक्रेसी’ (समावेशी प्रजातन्त्र) भन्ने शब्दावली प्रयोग गरिएको छ । र हामी कतिपय राजनीतिकर्मीहरूले छलफल गर्दा जातिहरूको राजनीतिक अधिकार, जातीय स्वशासनचाहिं उपयुक्त ढांचा हुनसक्छ नेपालको हकमा भन्ने गरेका छौं । त्यो कुनै अहिले नै अडान र पूर्णतः निष्कर्षमा पुगेको भएता पनि हाम्रो ब्रह्मले हेर्दा खेरी जातीय स्वशासनचाहिं आत्मनिर्णयको अधिकार दिएर जातीय राज्य नै बनाउने पनि अलि चर्को होला । त्यसरीचाहिं टिक्न सक्छन् सक्दैनन् राज्यहरू अहिलेको दुनियामा ।
अर्कोचाहिं अब धेरै उठिराखेको जातीय होइन क्षेत्रीय स्थानीय स्वायत्तता दिनसकिन्छ भन्ने कुरा उठिरहेको छ । स्थानीय वा क्षेत्रीय स्वायत्तता पनि अलि बेठीक हुन्छ त्यसैले जातीय स्वशासनको धारणाबाट जाने सोचाइ धेरै साथीहरूबाट पाएको छु । यो हिसाबले हेर्दा हामीचाहिं खण्डित हुनु होइन कि एकीकृत हुनुचाहिं लाभदायी हुन्छ जस्तो लाग्छ । किनभनेदेखि राजनीति भनेको यो शक्तिको खेल हो । पावर गेम भन्छ नि । तागत भयो भने मूर्खले पनि राज्य चलाइदिन्छ । अकबरको राज्यमा नवरत्न भएको र अर्कोचाहिं जल्लादहरू भएको कथा छ । शक्तिको खेल हुने भएकोले हामी टुक्रिदाखेरी हामी संख्यामा कमी हुन्छौं । प्रजातन्त्र भनेको संख्याको खेल हो । अहिले संख्याकै खेललाई लिएर जातीय स्वशासन उपयुक्त छैन भन्ने जोडदार रुपमा आएको छ । कुनै पनि जिल्लामा कुनै पनि जातिको बहुसंख्या नभएकोले मिश्रित भएको स्थितिमा एउटा जातिलाई शासन गर्न दिनु उपयुक्त छैन भन्ने तर्कका आधारमा जोडपकड आइराखेको बेलामा हामीचाहिं बन्तवाहरू छुट्टै, चाम्लिङ छुट्टै, कुलुङ छुट्टै जाति भनेर तोक्यौं भने त्यो जाति भनेर तोक्न मिल्छ मिल्दैन त्यो मानवनशास्त्रको विषय होला । तर, राजनीतिक हिसाब हेर्दा त्यो नितान्त गलत र हानिकारक हुन्छ । त्यसैले हामीचाहिं कुनै पनि राजनीतिक अधिकार दिन सक्दैन भन्ने मेरो थप राय छ ।
हामी खण्डित भयौं भने आर्थिक शक्ति पनि रहन सक्दैन । अबको दुनिया आर्थिक रुपमा अगाडि बढ्नको निम्ति खण्डित भएकाहरूलाई पनि एकीकृत गर्ने हो । युरोप हेरौं न राष्ट्रिय राज्य बनेर अनेकं साना–साना टुक्रामा रहेको अल्बेनियाजस्ता मुलुकहरू पनि स्वतन्त्र राज्य भएर चलाएको युरोप एकीकृत हुदैछ । युरोपियन कमन होम भनेर खालि आर्थिक लाभका लागि आर्थिक स्वार्थका निम्ति साना–साना मुलुकचाहिं जित्न नसक्ने अवस्थाले आर्थिक रुपमा एकीकृत हुने जाने प्रक्रियामा जादैछन् । त्यसकारण आर्थिक रुपमा टुक्रिने भएकोले यसले राम्रो परिणाम दिंदैन । लाग्छ, यसदेखि बाहेक यायोक्खाको संरचनामा अलिकति परिवर्तन गर्नु पर्छ कि ? यसलाई भाषिक यथार्थलाई अस्वीकार गर्ने कुरै छैन । हाम्रो राईहरूबीच धेरै भाषाहरू छन् । अब ती भाषाहरूलाई कसरी समावेश गरेर लाने भन्नेबारे सोच्नु लाभदायी नै हुन्छ ।

नेपालतारा क्याप्टेन मानबहादुर राई –

म त कस्तो मान्छे भने पहिला त बुद्धिजीविको भेला रहेछ । म पन्ध्र–सोह्र वर्षको उमेरसम्म स्कूल भनेको सुनेको र जानेको थिइन । १९९६ सालको कुरा नेपालतिर लागें म । धेरै जसोचाहिं ब्रिटिसतिर जान्थे मचाहिं नेपालतिर लागे म । आएर हेर्दा दरबारतिर लागें । त्यतिखेर दरबार स्कूल भन्थे । म त दरबारकै मान्छे पढ्दो रै’छ भन्थें । स्कूल भन्ने त्यहा थाहा पाए । अनि पछि थाहापाए त्यो दरबारको होइन रहेछ । दरबारको मान्छेले हेथ्र्यो होला । यस्तो किसिमको म मान्छे । बुद्धिजीविको अगाडि नौमती बाजाको अगाडि सारङ्गीको ताराङतुरुङ भन्थ्यो रे । म बोल्न पनि जान्दिन ।

परिवर्तनको कुरा धेरै भयो । परिवर्तन हुन्छन् सबै कुराहरू । धेरै कुराहरू बुद्धिजीविले गर्नुभएको सुन्न पाइयो । हाम्रो श्री ५ को सरकारहरू पनि ठकुरी भनिन्थ्यो रे । पछि दिल्लीका बादशाहले उनलाई ‘शाह’ पदवी दिए । त्यस्तै राणाहरू पहिले कुवर थिए । अब पछि उनीहरूको एउटा शक्ति हुदैगयो । महाराजधिराजको सन्तानसित विवाह गर्ने भए । पछि पश्चिम लमजुङमा सानो राज्य दिएर उनीहरूको श्री ३ पदवी दिए । राणाहरू पनि कुवरबाट राणा भए भने हामी किरात नै रहेछौं पहिले । किराती राई हुन लाई अस्वभाव हुन्छ या हानि हुन्छ ? र अहिले जो साथीहरूले गरिरहेका छन् । मलाई त लाग्छ, त्यस्तो हुदैन ।
तपाई हामी सहरमा बस्ने त एक माना खाने छौं । तर, पहाडमा तपाईहरू सबैलाई थाहा छ, भरे के खाउ, भोलि के खाउ भन्ने कतिपय जनताहरू छन् । तिनलाई कत्ति आपत्तिको भेल आउछ । खेती गर्न जग्गाधनी पूर्जा चाहिन्छ, नागरिकता चाहिन्छ । त्यतिबेला के गर्छ । दुःखी गरिबहरू छन् । तिनलाई कत्रो आपत आउछ । यो त ठूलो समस्या आइलाग्छ । विश्वमै हाम्रो नाऊ राई भनेर हरेकले दिएका छौं, राई भन्ने । अब त्यसलाई फेर्न कत्रो समस्या पर्छ । यहाहरू बुद्धिजीविले विचार गर्नु प¥यो । राई भएर के बिग्रेको छ त ? मचाहिं राई नै हुनुपर्छ भन्ने मेरो धारणा छ ।

प्रा.डा.नोवलकिशोर राई (भाषाशास्त्री तथा पूर्व राजदूत) –

धन्यवाद दाजुभाइ, दिदीबहिनीहरू । यो पछि खाने मान्छेको सौभाग्य र दुर्भाग्य दुवै हुन्छ रे । कहिले काहिं सबैले खाइसकेपछि उभ्रेपाभ्रेको माम्रीहरू खानबस्नु पर्ने पनि हुन्छ । भाडै चाट्नु पर्ने पनि हुन्छ । कहिले काहिं चै यति धेरै उभ्रिन्छ कि अघि खाने भोकै बसे पनि पछि खानेलाई धेरै हुन्छ । मचाहिं केही थाहा छैन, सबैले भन्नु भएको ठीक हो भन्दा पनि सकिन्छ । अनि लामो भयो भने अध्यक्षज्यू भन्नुहोस् म एक सेकेण्डमै रोकिन्छु । साथीहरूले भन्नुभएको दुई चार कुराहरू र जानेको, सुनेको दुई–तीन कुराहरू भन्नु पर्ने भएकोले लामो भए यहाहरूले सम्झाउनु होला ।

अहिले मुलुकको स्थिति अत्यन्तै समवेदनशील छ । मैले व्याख्या गर्नै परेन । यस्तो संवेदनशील अवस्थामा हामीले हाम्रो अस्तित्व कसरी जोगाउन लाग्नु पर्ने भन्ने बेलामा यो किसिमको सानो कुरामा हामीलाई अल्झाइराखेको छ । एक प्रकारले सानो कुरा पनि हो ठूलो पनि हो । तर, संवेदनशील अवस्थामा हामी अत्यन्त गम्भीर भएर लाग्नु पर्ने भो’ । मान्छे दुई प्रकारको हुन्छ रे । अंग्रेजले भनेको ‘हेड’ (टाउको)ले र अर्को ‘हार्ट’ (ह्दय)ले केही कुरा लिन्छ, दिन्छ रे । हामी किरातहरू त्यसमा पनि राईहरूचाहिं धेरैजसो मस्तिष्कले भन्दा पनि ह्दयले लिन्छौं । त्यसैले हामीचाहिं संगीतमा छौं । अघि प्राज्ञ बुलु मुकारुङले भन्नुभयो, हामी ह्दयले संगीत लिन्छौं । गहनाचाहिं संगीत हो, ह्दयले धेरै कुरा ग्रहण गर्छौं । तर, कहिले काहिं मस्तिष्कले लिनु पर्ने कुरा छुट्छ । त्यसकारण यो कुराचाहिं ह्दयले भन्दा पनि मस्तिष्कले लिनु पर्ने कुरा हो भन्छु । यो हार्टले भन्दा पनि हेडले निर्णय गर्ने कुरा हो ।

यो कुरामा चाहिं स्थानको हिसाबले, पेशाको हिसाबले, समय इत्यादिको हिसाबले नाउ पनि हुदोरहेछ । जस्तो लैनसिंह बाङ्देल दार्जीलिङमा बस्नुभो’ उहालाई बाङ्देल भन्ने थर हुन्छ÷हु“दैन थाहा थिएन । कहाबाट आएको ? बाङ्देलबाट आ’को । थाहा छैन– बाङ्देल हुन्छ हुदैन, लैनसिंह बाङ्देल लेखाउनुभो’ । एउटा बाङ्देल लेखेपछि भैहाल्यो । बाङ्देललाई कसैले भोटे भन्यो, कसैले लिम्बू भन्यो, कसैले शेर्पा भन्यो । तर, हामीलाई राई भन्ने चाहिं थाहा छ, त्यो बाङ्देल भयो–भयो । कसैले उल्टाउन सक्दैन । गीत गाउने जोडी सोताङ दम्पत्तिहरू । उहालाई कहाबाट आ’को ? सोताङबाट आएको थर होकि के हो ? सोताङ राख्यो सिद्धिगो । त्यो कुरा ‘ट्रेडमार्क’ नै भयो । त्यसकारणले जुन कुरा इतिहासको कारणले, समयको कारणले जानेर वा नजानेर त्यो ‘रेकर्डेड’ भो’ भैहाल्यो । रबडले मेटेर मेटिने कुरा छैन । अघि पूर्वमन्त्रीले भन्नुभएजस्तै शब्दचाहिं अर्थ परिवर्तन भइरहन्छ । अझ राम्ररी भन्ने हो भने शब्दको अर्थचाहिं ‘मिनि डेभियसन’ हुन्छ । अर्थ खुम्चिन्छ । बढेर जान्छ । त्यसको धेरै उदाहरण नदिऊ ।

कुनै बेला यो ‘राई’ भन्ने शब्द राजा नै थियो । संस्कृतमा राजा, प्राकृतमा राई भयो र नेपालीमा राजानै भन्छ । त्यसकारण हामीले प्राकृतको बेलाको राजा पदले हो कि हामी राई भयौं । तर, यति थाहा छ सबै राई थिएनन् । जस्तो कि थारुहरू थिए, सबै चौधरी थिएनन् । अहिले धेरैजसो चौधरी भइहाले । लिम्बूहरू थिए, धेरैजसो सुब्बा भइहाले । सुनुवारहरू थिए, उनीहरू मुखिया लेख्न थाले । याक्खाहरू थिए, देवान लेख्न थाले । तामाङहरू छन् अब उनीहरूलाई भोटे भन्लान् के भन्लान् लामा । लामा शेर्पाहरू पनि लामा । लामाचाहिं शेर्पा पनि हुनसक्छ । गुरुङ पनि हुनसक्छ तामाङ पनि हुनसक्छ । त्यसकारण पदले जाति, उपजातिको स्थान लिने क्रमचाहिं देखिन्छ नै । यो जहा पनि हो ।

युरोपमा हेर्नोस् न त्यहा जात त छैन नि ? तर पेशा छ के । त्यो पेशाले नै । त्यो गाडी चलाउने छ नि ‘शुमाखर’ । ‘शु’ भनेको जुत्ता ‘माखर’ बनाउने ‘जुत्ता बनाउने’ के । शुमाखर कुनै बेलामा हाम्रोजस्तै अछुत थियो होला । तर, आज शुमाखरचाहिं संसारकै नामी भयो । शुमेकर भयो । त्यसैगरी ‘बोरिस बेकर’ । बेकर रोटी बनाउने । बाबु–बाजे रोटी बनाउथे होला । जातै बेकर भयो, नाम बोरिस बेकर । एकजना अनरेरी कन्सुलर व्यक्ति छन् स्मिथ भन्ने । उनलाई मैले सोधेको थिए“ । ‘डा.स्मिथ योर ग्य्राण्ड फादर वेर ब्ल्याक स्मिथ अर गोल्ड स्मिथ ?’ भनेको थिए, केही क्षण बोलेन । अति पर लगेर गाडी रोक्यो र हास्यो । ‘मे बी दे वेर ब्ल्याक स्मिथ बिकज आईएम पूअर’ भन्यो मलाई । उसले उल्टो भनेको हो । गाडी चलाउने अनरेरी कन्सुलर भएको मान्छे के को ब्ल्याक स्मिथ हुन्थ्यो । जेहोस् गोल्ड स्मिथ नै भए पनि त्यो कामी नै थियो । एउटा मेरो साथी छ– मार्टिन ग्यान्जले भन्ने । एक दिन मैले सोधें, तिम्रो बाबु–बाजे त हास पाल्ने थिए होला ? ‘ग्यान्ज’ भनेको जर्मनमा ‘हास’ हो के । उसले हास त पाल्ने हो तर राजाको हास पाल्ने हो भन्यो के । त्यसकारणले उनीहरू जात त भन्दैनन् ‘फेमिली नेम’ भन्छन् । उनीहरूमा छुत–अछुत छैन तर त्यसरी बनेर आएको छ ।

हामी राईहरू पनि उहिले राजा भएर अहिले राई भएको हो कि ? अथवा पदवी भएर राई भएको हो थाहा छैन । तर, जात भइसकेकोले अब राई पदवी हो भनेर फर्किएर जाने कुरै छैन । हेर्दाखेरी पुतली छ, पुतली त हिजो अस्ति भएको हो । यो त झुसिलकीरा हो भन्न त मिलेन नि ? पुतली भइसक्यो, भयो । पुतलीलाई कसैले झुसिलकीरा बनाउछ ? चामल छ । यो चाहिं मकै हो, यो चाहिं कोदो, यो धान हो भन्न मिलेन । चामल भइसक्यो, भइसक्यो । सक्कियो । हामीले सानोमा विज्ञान पढ्दा ‘टेक्निकल चेन्ज’ र ‘फिजिकल चेन्ज’ भनेर पढ्थ्यौं । फिजिकल चेन्ज जो परिवर्तन भयो त्यो परिवर्तन गर्नै सकिंदैन । टेक्निकल चेन्जचाहिं सायद परिवर्तन हुन्छ होला । पानीलाई हावा पनि बनाउन सकिन्छ, आइस पनि बनाउन सकिन्छ । यो राई भन्नेचाहिं केमिकल चेन्जजस्तो चाहिं लाग्दैन है मलाई । फिजिकल चेन्ज हो । समयले हामीलाई राई बनायो, सकियो । यो जातै भयो । यो जेसुकै भएपनि इतिहासले यहासम्म ल्यायो ।

मचाहिं माझकिरातको होइन, हामी लिम्बूवानमा बस्ने, दार्जीलिङमा बस्नेले तपाईहरूलाई खानी सम्झिन्थ्यौं । त्यहाचाहिं राईहरूको खानी है भनेर । सबै कुरा, ज्ञान, गुन, रीतिथिति, संस्कृतिको खानी सम्झिन्थ्यौं र छ पनि । अनि हामी लिम्बूवानमा बस्ने पनि राई नै थियो । मैले सुनेअनुसार श्रीजंगा पनि राईनै थिए । श्रीजंगाको नाउचाहिं राई छ रे । कुनै दिन सोधौंला । अघि बुलु मुकारुङले देखाउनु भयो । अघिका जम्मै प्रतितपत्र, ताम्रपत्र आदिमा राई नै छ । यो राई साइकल हो । थर बन्यो । जात बन्यो । त्यसैले पछाडि हेर्ने, फर्केर जाने कुरा नै छैन । त्यसकारण राई जातै भएर आयो । जेजस्तो पेशा भएतापनि ।

अब दुःखको कुराचाहिं के छ भने नेवारचाहिं छुत पनि छ अछुत पनि छ । हिजो जंगबहादुरले १९११ (सन् १८५४) मा मुलुकी ऐन बनाउदाखेरी नेवारहरूलाई यसरी छुटाइ दियो, तागाधारी नेवार एक थरी भयो । नमासिने मतवाली अर्को थरी मासिने मतवाली बनाइ दियो । अर्कोचाहिं छोइछिटो हाल्नुपर्ने र छोइछिटो हाल्नु नपर्ने नेवार बनाइ दियो । पाच किसिमको नेवार बनाइदियो । तर, अहिले पनि एउटै जाति छ, नेवार ? नेवार राजा पनि थियो, नेवार अछुत पनि थियो । नेवारमा यति धेरै छ, हिजो अस्ति नेवार कसाई, पोडे इत्यादिलाई दलितमा राख्दाखेरी उनीहरू सप्पैले हामी दलित होइनौं नेवार हौं भनेर फक्र्यो त ? कनिका पाउने भए त उनीहरू दलितमै बस्थे त । उनीहरू दलित हुन नचाहेर हामी नेवार हौं भनेर फर्केत । राजादेखि अछुतसम्म भएतापनि अहिले एक ढिक्का भएका छन् । को सक्छ त बाहुनसग लड्न ? सक्ने भनेको नेवारै हो ।

अघि साथीले भन्नुभो’ योचाहिं कनिके विचार हो । वास्तविकता यही हो । आज सानो कनिकाको लागि भोलि इतिहासले सराप्ने गरी सानो कनिकाको लोभले भोलि हाम्रो समूलवंश कमजोर हुनेगरी हामी गयौं भने के स्थिति हुन्छ ? मचाहिं त्यसो भन्छु । यो कनिके विचारमा नजाऊ । मचाहिं कमसेकम लिम्बूवानमा जन्मे पनि मेरो बाबु, बाजे राई थिए । म राई हु । मेरा छोरीहरू कोहीसग बिहे भएर गएदेखिन्, राई स्मिथ, राई ढकाल, राई सार्की भनेर लेख्नु हैसमेत भन्दै आएको छु । बिहे गरेन भनेदेखिन् त राईको राई नै हुन्छन् । त्यसकारण यो राई भन्ने पदचाहिं पद भए तापनि अहिले जातको स्थितिमा आइराखेको छ ।

गुरुङहरूमा चार जाते, सोह्र जाते…. सानो–ठूलो भन्ने छन् । सबैले गुरुङ हुन् । हुदा–हुदा मनाङ्गेले पनि गुरुङ नै लेख्न थालेका छन् । खुशीले गुरुङ नै मानिराखेका छन् । राईले पनि खुशी मान्नु पर्ने कुरा अघि नै उठ्यो नि याक्खाले राई लेख्यो । सुनुवारले लेखे खुशीकै कुरा छ । मेरो घरमा एउटा पाले थियो । ए † तिमी कुन खालको राई ? हास्यो के । सर म त मार्पाचे राई भन्यो । म त सुनुवार पो भन्यो । उसले राई लेखेको छ, खुशी लाग्यो मलाई । दनुवारले पनि राई लेख्छन् । एकजना मेरो विद्यार्थी छ, उसले राई लेख्छ । सर, यो त कालो छ, कस्तो खालको राई हो ? भनेर सोधेपछि उसैलाई सोधन भनें । दनुवार राई भन्यो । दनुवारले राई लेख्यो, खुशीको कुरो हाम्रो संख्या बढ्यो । त्यसैले छुटाउने, फुटाउने होइन कि जो आयो उनीहरूलाई हामी समावेशीकरणतिर जानुपर्छ । हाम्रो संख्या बढ्छ ।

पूर्वमन्त्रीले भन्नु भएजस्तै अहिलेको संख्याको कारणले गर्दाखेरी हाम्रो शक्ति बढ्ने हुनाले नै । देखिराखेका छौं नि ? हाम्रो उत्तरपट्टिको चाइनालाई अमेरिकाले पटक–पटक हिर्काउछ के । त्यो बारुलाको गोलामा हिर्काएजस्तो गरी हिर्काउछ । फेरि फर्केर आउछ, फेरि हिर्काउछ । चलाउन सक्दैन ठूलो छ । किनकि ठूलो शक्ति छ संसारको । द बिगेस्ट पपुलेसन इन द वल्र्ड । दक्षिणपट्टिको इण्डिया । त्यसलाई पनि नकार्न सक्दैन जन शक्तिको कारणले । त्यसकारण कमसेकम हामी राईहरू धनको शक्ति, विद्या, बुद्धिको शक्ति नभए पनि जनको शक्ति त हौं न ? अझ भन्ने हो भने परिवार नियोजन पनि किन गर्ने ? जन्माको जन्माइ गरौं न ।

मेरो एउटा जर्मन साथी छ । जर्मनचाहिं अहिले जनसंख्यामा माइनस जादैछ । र उसले छ वटा बच्चा–बच्ची जन्मायो के । जर्मन होइन, फिलिपिनो श्रीमती लगेर । टितो तैंले के गरेको त यार ? भन्दा उसले भन्यो– ‘म त हेर न प्राइभेट स्कूलको शिक्षक, विद्यार्थी नभएर अहिले स्कूल बन्द हुनलाग्यो । मैले बच्चा जन्माए भने त स्कूल बढ्छ । स्कूल खुल्छ ।’ एक प्रकारले ठीकै पनि हो । मुसलमानलाई हेर्नोस् न । भोलि काली झारले डांडा ढाकेझैं भोलि मुसलमानले ढाक्छ । किनभने परिवार नियोजनै गर्दैनन् । त्यसकारणले जनसंख्या बढाउनेतिर चाहिं जानुपर्छ म भन्छु ।

माननीय मन्त्री हेमराजजीले भन्नुभयो– धेरै ठाउमा पोलिटिसाइज भयो, यो गर्नु हुदैन । यो पनि गलत हो भन्छु म । अस्ति काठमाडौं विश्वविद्यालयको उपकुलपति (भीसी) र गरिबी निवारणका उपाध्यक्ष डा.मोहनमान सैंजुले पोलिटिसाइज गर्नु हुदैन भन्नुभयो । यो गलत हो । तपाईहरूले हाम्रो विद्यार्थीलाई सिकाउने त पोलिटिक्स हो । राइट र प्रोपर पोलिटिक्स हो । गलत पोलिटिक्स सिकाएर पो गलत भयो त । नेताले गलत पोलिटिक्स सिकाउने, शिक्षकले गलत सिकाउने, बाबुले गलत सिकाउने, सिक्ने । सही पोलिटिक्स सिकाउनु, सिक्नुप¥यो । पोलिटिक्स ढांड हो । देशको राजनीति नै त्यो ढांड हो । ढांड नै कमजोर भएपछि कसरी हुन्छ ? त्यसकारण ढांडलाई तन्दरुस्त राख्न राइट पोलिटिक्स सिकाउनु प¥यो । त्यसकारण विद्यार्थीलाई राजनीतिबाट अलग गर्नु पर्छ भन्नु गलत हो । विद्यार्थी सही राजनीति सिकाउनु पर्छ । त्यसकारण हामी शिक्षक, नेता, बाबुको हैसियतले, नागरिकको हैसियतले हाम्रो सन्तानलाई सही राजनीति सिकाउनु प¥यो ।

अन्तमा, एकजुट भयौं भने हामी हुन सक्छौं । राई भन्ने शब्दले धेरै लामो बाटो हिंडिसक्यो । धेरै अगाडि हिंडिसक्यो । फर्केर फेरि खोलामै जाने हामी ? बाटो हिंडिसक्यौं । फर्केर हेर्न सक्छौं । खोलामै झर्नु त भएन नि ? त्यसकारण राई शब्द यति अगाडि बढिसक्यो । अर्थ परिवर्तन भइसक्यो । एउटा जाति भइसक्यो । त्यसकारण हिंडिसकेको बाटोलाई हामी फर्केर नजाऊ भन्छु ।

अब अर्को कुराचाहिं भरखरै एउटा घटना के घट्यो भने त्यहाचाहिं ‘सेडुल कास्ट’ मा लैजान होडबाजी चल्दैछ । त्यसमा लिम्बू र तामाङ पाइसक्यो । अब राईहरूको होडबाजी चल्दैछ । अहिलेको मुख्यमन्त्री पवन चाम्लिङले चाम्लिङलाई होइन कि राईलाई ‘सेडुल कास्ट’मा लैजानको लागि आफ्नो एक्सपर्टहरूलाई नेपाल पठाउनुभो’ । दिल्ली पठाउनुभो’ । कलकत्ता पठाउनुभो’ । हुदाहुदा लण्डमा पनि पैसा पठाएर राईहरूको डकुमेन्ट गरेर ल्याउनुभयो । उहाले खालि चाम्लिङको, खालिङ, थुलुङको नाछिरिङको, बाहिङको गर्नुभएन । राईहरू सम्बन्धी के डकुमेन्ट छ ल्याउनु लाखौं खर्च गरेर त्यहाको अखिल किरात राई संघको वर्तमान अध्यक्ष्लाई पठाउनुभयो । उहा साङपाङ हो । उहाले किताब लेख्नुभयो । मेडिकल डक्टर त्यत्रो रिसर्च गरेर, चिफ मिनिस्टरले भनेर पैसा दिएर राईको लागि डकुमेन्ट तयार गर्नुभयो । उहाले मुख्यमन्त्री चाम्लिङ भनेर चाम्लिङको गर्नु भएन, आफू साङपाङ भनेर गर्नुभएन ।

यस्तो चलिरहेको बेलामा अघि मन्त्रीज्यूले भनिहाल्नुभयो । युरोपचाहिं एकातिर धेरै वर्षको शत्रु फ्रेन्च र जर्मनहरू मिलेर युरोपियन युनियन बनाइराखेका छन् । अमेरिका एउटा ठूलो देश छ, युरोप सानो छ । साना–साना देशहरू ठूलो भयो भने आर्थिक हिसाबले, हुनसक्छ राजनैतिक हिसाबले अमेरिकालाई टक्कर दिनसकिन्छ । हामीचाहिं एकातिर टुक्रिदै गइराखेका छौं, अरुचाहिं बढिराखेका छन् । त्यसकारण टुक्रिने कुरा गर्नु भएन । जसरी भएपनि गलत कुरो पनि होइन, राम्ररी विश्लेषण गर्नु प¥यो । त्यसकारण राई भन्ने कुनै समय पद नै थियो, राजा नै हो । मुख्य मान्छे नै होला तर कालक्रमले यो जाति बोधक भइसकेपछि हामी राई नै हो भन्छु । यसलाई चाहिं इतिहास, कानुनको हिसाबले जग्गा–जमीन, पेन्सन पट्टा इत्यादि अथवा समाजको हिसाबले कुनै पनि हिसाब हे¥यो भने टुक्रिनु फाइदा देखिदैन । अहिले निर्णय ग¥यौं भने पनि भोलिको सन्तानले धिक्कार्ने छन् ।

अनेक टुक्रामा जानुको साटो एक हुनसक्नु पर्छ । पानी धमिल्याउन सजिलो छ । सङ्लो पानी अलिकति धुलो हाल्यो भने धमिलिन्छ तर धमिलिएको पानी सङ्गाल्नचाहिं गाह्रो छ । त्यसकारण धमिल्याउने तिर होइन कि सङ्लाउनेतिर जानु प¥यो । कसरी जाने हो । धमिल्याउनेले त कसरतै गर्नु पर्दैन, जसले सङ्लो पार्ने हो त्यसले चाहिं कसरत गर्नुपर्छ । भाषा फरक भयो भन्दैमा जाति फरक हुन्छ भन्न जरुरी छैन । नागा भन्छौं । उनीहरू अनगिन्ती भाषा बोल्छन् । भाषा एउटै छ भनेर जाति एउटै छ भन्न पनि सकिन्न । जस्तै नेवार । अंग्रेजी बोल्ने कति जाति छ । भाषा र जाति भनेको ट्याली गर्दैनन् ।  यायोक्खाले साच्चै नै मेरो टाउकोमा आइलाग्यो भने कार्यदल गठन गर्नुपर्छ ।

मेरो बाबु, बाजे राई भनेकाले म राई हु । चाम्लिङ राई, भाषाचाहिं बान्तावा । भाषा जरादेखि मरेर आउदैछ । रुख टुप्पादेखि मरेर आउछ, भाषा जरादेखि । भाषा छिटो–ढिलो मर्छ–मर्छ । डकुमेन्टेसन गर्ने काम हाम्रो । राम्रो शब्दकोश बनाउने, राम्रो व्याकरण बनाउने । एउटा–एउटा भएर पुग्दैन, धेरै थरी चाहिन्छ । भोलि, पर्सि हिब्रुहरूजस्तै कोही बहादुर सन्तान जन्मिए भने मरेको भाषालाई पाचसय वर्षपछि बचाउला । भाषा त मर्छै मर्छ । अलि ढिलो मर्ने बान्तवा, चाम्लिङ होला तर मरिहाल्छ । तर भाषाकै कुरा लिएर हामीचाहिं जाति छुटाउन थाल्यौं भने उही परालको त्यान्द्रो पक्रेर समुन्द्रमा डुबेजस्तै हुन्छ । त्यसकारण परालको त्यान्द्रो पक्रेर डुब्ने हो कि पौडिने हो ? तर, चाहिं राई नै हो ।

भूपध्वज थोमरोस (कुलुङ भाषा लेखक) –

आज राई राख्ने वा राख्ने अन्तरक्रिया हो । राई राख्न जरुरी छ या छैन भन्नेतिर म जान्न किनभन्दाखेरी समयअनुसार मान्छेको भावना पल्टिन्छ । यसमा म सहमत छु । अहिले भाषिक संगठनहरू जन्मिए । तर, भाषिक संगठन कसले जन्मायो ? यायोक्खाले जन्माएको चाहिं पक्कै होइन होला । जन्मिने बित्तिकै यायोक्खा कार्य समितिका साथीहरूले के सोच्नु पथ्र्यो ? यो भित्र के छ, किन भयो ? हामीबाट केही गल्ती भयो कि ? त्यो किसिमको सोचाइचाहिं प्राय राखिदैनथ्यो । किनभने कुनै घटना हुनासाथ त्यसमा के हुन्छ ? अब अहिलेलाई यो मुद्धा कुनै मिलन बिन्दुमा पुग्न सक्दैनौं भने त्यो रोकिनेवाला छैन । माओवादी र सरकारको बीचको जुन द्वन्द्व छ त्यो किसिमले अब बढ्छ । हिजोचाहिं पाच वटाले राजालाई  बिन्तीपत्र चढाए अहिले नौवटा पुग्यो । अहिले तीन वटा रजिष्टर गर्ने पक्षमा पुगिराखेको छ ।

अब यो कुरालाई हामीले हेर्ने कि नहेर्ने ? दुई चारजना संगठनभन्दा बाहिरका साथीहरूलाई ल्याएर ल तपाईहरूको धारणा के छ ? भन्नेमात्र हो भनेचाहिं यहा भएका सबै राईवादी नै हौं । त्योभन्दा बाहिरका चाहिं समावेशी शब्दसग हामीले ल्याएर समावेश गर्ने कि नगर्ने ? र, उनीहरूको वास्तविक धारणा के हो ? मान्छेको धारणा बदलिन्छ । कम्युनिष्ट र कांग्रेस बन्छु भन्ने होइन । साथीहरूको छ नजिकसग संगतले कोही कम्युनिष्ट बन्दै जान्छ, कोही कांग्रेस बन्दै जान्छ । यो आन्दोलन पनि त्यसैगरी जान्छ । र यो आन्दोलन राईवादीहरूको मात्र हुनसक्दैन । यसको मिलन विन्दु के हुनसक्छ ? किन आज संस्थाहरू जन्मिदैछ ? किन एकले अर्कोलाई सहयोग दिंदैन ? यहाचैने दुमीहरूको पुस्तक निकाल्नु प¥यो भने दुमीहरू आफैं खटिनु पर्छ अरुले सहयोग गर्दैनन् । कुलुङहरूको किताब निकाल्नु प¥यो भने कुलुङहरू आफैं खट्नु प¥यो । मैले शब्दकोश निकाल्दा सहयोग मागेको थिए । त्यतिखेर, तपाईहरूको एनसी राई हुनुहुन्छ नि उहासग माग्नोस् न भन्ने जवाफ पाए । अब हामी सबै राईहरू हो भने एनसीजस्ता अरु पनि धनी राईहरू होला नि ? अरुले चाहिं किन निकाल्दैन ? भनेपछि अब व्यवहारिक रुपमा टुक्रिदैछौं । यो कुरा मैले महसुस गरेको छु । त्यस्तो अवस्थामा हामीले चाहिं एकीकरणको कुरा गर्दैछौं । पृथ्वीनारायण शाहको एकीकरणको कुरो गर्नु राम्रो कुरो हो । तर उसको समस्या के हो ? उसको समस्या समाधान गर्ने पक्षमा उसलाई तिमी पनि हाम्रै भाइ हो, बैनी हो भनेर विश्वस्त हुन्छजस्तो चाहिं लाग्दैन । यो आन्दोलन नेपालभित्र छैन । बाहिर पनि पुग्यो । सिक्किममा हुने अन्तर्राष्ट्रिय राई सम्मेलन हुनसकेन ।

शम्भु राई (विश्लेषक) –

रोगै लाग्न नदिन । जुन पाच वटा भाषिक समूह आयो भने यो सरुवा भएर अरुमा सल्किन नपाओस् । त्यसले चाहिं यायोक्खाले केही ‘स्ट्राटेजी’ गर्नुप¥यो । जुन किसिमले अध्ययन गर्नु भएको छ, त्यो ‘सर्फेस लेभल’ मा त आएको छ । अहिलेको माहौलमा ‘एफरमेटिभ एक्सन’ भन्नोस्, ‘प्रोजेक्टिभ डिस्क्रिमिनेसन’, ‘रिजर्भेसन’का कुरा । सरकारले दिंदैछ, हामी पाउछौं भनेर छुट्टिने कुरा होलान् । एउटा ‘कज’ र ‘इफेक्ट’को हिसाबले पनि हेर्नु पर्ने हुन्छ । अलिकति ‘डिटेल’मै जानुपर्ने हो कि ? र, अब यायोक्खा एउटा छात्रा संस्था भएकोले एउटा घरमा आमा, बाबु हुन्छ, उसको काधमा बढी जिम्मेवारी हुन्छ । कुनै चिज कसैले ल्यायो । सिकार गरेर ल्यायो, खानै पकाए पनि सबैभन्दा पहिले दिनुपर्ने हुन्छ, सबैभन्दा कमजोर जो असक्त छ । उनीहरूलाई चाहिं अगाडि छुट्याउनु पर्ने हुन्छ । तर, ‘कल्चर’ हिन्दु होला, पहिला बाबुलाई काम गर्नु पर्छ भनेर खान दिने पछि छोराछोरीले पछि खाने । आमाले पछि खाने । यो पनि भएको हो कि ? एकपटक आफूलाई ‘क्रिटिकल्ली’ हेर्नु प¥यो ।

एकातिर सानोलाई जोगाउनु पर्छ भन्ने छ । डा.साबले भन्नुभयो, भाषा त मर्छ–मर्छ । अब त्यो सानो भएर पहिला नजोगाइएको हो कि ? त्यो पो हो कि कारण ? ठूलठूलो जो बलियो छ, उनीहरूले पहिलो चाहिं लिए आफ्नो भाग । हामी सानालाई हेरेनन् भन्ने हो कि ‘डिसकन्टेन्ट’ ? त्यसले गर्दा आदिवासी जनजाति जुन जेइपी प्रोजेक्ट आयो । त्यहा थुप्रै बबाल भयो । कल्लाई दिने भन्दाखेरी उनीहरूले ‘क्याटगोराइज्’ गरेका छन् । पाच वटा तहमा बाडेका छन् । त्यस्तै यो २८ वटा भाषिक समूहलाई उनीहरूको भाषामात्र नहेरेर आर्थिक अवस्था, सामाजिक, राजनीतिक, शैक्षिक हेरेर कसलाई चाहिं प्राथमिकता दिने पहिला ? कुन क्षेत्रमा भनेर यसरी हेर्नु पर्ने हुन्छ कि अगाडि बढ्नुको लागि ।

शशिभूषण राई (पूर्व जिविस सभापति, भोजपुर) –

मलाई के लाग्यो भनेदेखि राई जात हो कि पदवी हो ? भन्ने विषयमा दुईटा काललाई छुटाएर हेर्नु पर्छ जस्तो लाग्छ । पृथ्वीनारायण शाहभन्दा अघि र पछाडिएको काल । पृथ्वीनारायण शाहभन्दा अगाडिको काल स्वभाविक रुपले हामीले स्वस्फूर्त ढंगले आफ्नो विवेकअनुसार स्वीकारेको जस्तो लाग्छ मलाई । पृथ्वीनारायणपछि हामीलाई जबरजस्ती  लादिएको अर्थात् राज्यव्यवस्थाले लदाएको हो । यस्तो हो भने त्यो कुरो नमान्नु नै उचित हो जस्तो लाग्छ । यो विषयमा इतिहास ज्ञाताहरूले निष्कर्ष निकाल्नु पर्छ र त्यसैअनुसार चल्नुपर्छ भन्ने मलाई लागेको छ ।

अर्को कुरो मलाई के लागेको हो भने एउटा भ्रम पाल्नु हुदैन । अघि पूर्ववक्ताले पृथ्वीनारायण शाहले एकीकरण गरेजस्तै यायोक्खाले एकीकरण गर्नु पर्छ भनेर । मलाई के लाग्दैन भने पृथ्वीनारायण शाहले एकीकरण गरेको होइन, गोर्खा राज्य विस्तार गरेको, साम्राज्य विस्तार गरेका हुन् । त्यसकारण त्यो हामीलाई एकीकरण गरेको दिमागमा रह्यो त्यसकारण छुटाएर हामी पुग्नुपर्छ । अर्को कुरो थर हो कि पदवी हो भन्ने विषयलाई लिएर यायोक्खाले हामीलाई बोलाएर छलफल गरायो । यसका निम्ति यायोक्खालाई धेरै–धेरै धन्यवाद छ । छलफल गर्नु पर्ने विषय हुन्छ कि अथवा यायोक्खा आफैंले हिम्मतसाथ अगाडि बढ्नु पर्ने हुन्छ कि भन्ने अर्को के लाग्छ भने अहिलेको राज्य व्यवस्था एक भाषा, एक संस्कृति र एक धर्म भन्ने समूह अथवा त्यस विचारकाहरूले शासन गरिरहेको अवस्थामा अब हामीहरूले आफ्नो संगठन विस्तार गर्न पाउछौं कि पाउदैनौं ? अथवा आफ्नो संगठन चलाउन पाउछौं कि पाउदैनौं भन्ने यस कठिन घडीमा रहेको हुनाले हिम्मतका साथ यायोक्खाले यसको विरुद्धमा जानु पर्ने हो कि ? अथवा यस विषयमा यायोक्खा निष्कर्षमा नपुगिसकेको भए यसतर्फ छलफलको विषय बनोस् । यसरी बुद्धिजीवि अगुवाहरूलाई भेला गरेर कार्यक्रम गरोस् भन्ने म चाहन्छु ।

शाहीमान राई (युवा पत्रकार) –

सबैले राम्रै कुरा गर्नुभयो । हामी अब के गर्ने ? हिजो के–के भयो ? अब भविष्यमा के–के गर्ने ? त्योचाहिं सोच्ने भएको छ । कोही राई, खम्बू, लिम्बू जे जे थियौं । हाम्रो जातिलाई राजनीतिमा अघि बढाउन जरुरी छ । र भविष्यमा राज्यसत्तासग सरोकार रहनुपर्छ । लक्ष्य जबसम्म राज्यसत्ता रहदैन त्यतिबेलासम्म हाम्रो जाति, वर्ग कुनै पनि समुदायको विकास हुन सक्दैन । हाम्रो समुदाय तीन समूहमा विभाजन भएको देख्छु । एउटा अत्यन्तै धनीवर्ग, मध्यम खालको जो बाच्नलाई मात्र पुग्छ । र अर्को ९० प्रतिशत हाम्रो समुदाय रेखामुनि छ । कसरी माथि उठाउने ? हामीले अब चिन्ता गर्नु पर्छ त्यसमा । हामीले एउटा शब्दको आधारमा यस्तो उस्तो भनेर समय खर्चर्नुभन्दा अबको बाटो कसरी स्पष्ट पार्ने सोचौं । यसका निम्ति किरात राई यायोक्खा हाम्रो साझा संस्था हो । जसले जे भने पनि हाम्रो निम्ति संगठित भएको । यसको इतिहास कसरी सुरुआत भयो ? कसले कसरी बुझेको छ ? हिजो थिएन होला । जन्मिने बित्तिकै ठूलो त हुदैन । सबै कुरो एकैचोटि समेट्न नसक्ला । तर, कोशिस त गर्नु प¥यो नि ? जति पनि हामी बाहिर छौं र बाहिर र भित्र रहेकाहरू हामी बरु सगै एउटै टेबुलमा किन नबस्ने ? बाबु–छोरा एकै ठाउ रहेर काम गर्न सक्छौं र भविष्य निर्माण हुन्छ भने किन नबस्ने । सगै रहने बेला आएको छ ।

क्षेत्रकला राई (किराया काठमाडौं) –

एउटा लागेको कुरा के हो भने चाइनामा हाङ भन्ने जातिहरू चाहिं धनी, राज्य सञ्चालन गर्ने, जनसंख्या पनि ज्यादा, माथि शाही खानदानको फैलिएका छन् रे । तर, सबभन्दा गरिब, सबभन्दा थोरै जनसंख्या भएकोले मात्रै सबै प्राथमिकता दिएर परिवार नियोजन पनि गर्नु नपर्ने । जनसंख्या वृद्धि गर्ने, शिक्षालगायतका सम्पूर्ण सुविधा दिएर उनीहरूलाई माथि उठाउने, जगेर्ना गर्ने काम भएको छ रे । यायोक्खा त्यति सबै त गर्न सक्दैन तर त्यो तरिकामा जानुपर्ने उहाहरूको आशय हो कि ? अब हामी त बान्तवाहरू धेरै छौं । माझकिरात यहा उहा भनेर आरोप त आइराखेको छ । हामी त गर्न राम्रै खोजेको जानेका छौं कि छैनौं त्यो पनि थाहा छैन । तर, त्यो उहाहरूको इच्छा चाहना त्यो जस्तो बुझें । त्यतापट्टि पनि सोचिनु, ध्यान दिइनु पर्छ ।

बयानसिंह राई (कोशकार) –

आज हामी जति पनि कुरा गरिरहेका छौं अध्ययन, मनन, चिन्तनबाट त्यो कुरा आउदाखेरी सहज परिस्थिति निर्माण हुन्छ । होइन, अडानका रुपमा मुड्की ठटाएर गर्न थाल्यौं भने त्यसले हामीलाई निश्चित रुपमा नराम्रो बाटोतिर पु¥याउ“छ । त्यसले गर्दा पञ्चायत कालको अवस्थामा एकजना रामचन्द्र राई भन्नेचाहिं न्यायधीश बनेर आउनुभयो । त्यतिखेर मैले के कुरा राखें भने तपाई राई भएको नाताले म राई भएको नाताले एउटा कुरा किरातीको बीचमा लेखेर छोडिदिनु प¥यो । मैले प्रेमबहादुर माबुहाङजीले लेखेको इतिहास पनि उहा हातमा थमाए र किरातहरूको बारे नालीबेली कानुनी रुपमा, ऐतिहासिक रुपमा इतिहास के हो ? स्पष्ट गरिनु पर्छ भनेको थिए । र उहाले लेख लेखेर यो ‘निप्सुङ’ प्रकाशित छ । यो हेर्दा पनि केही दिशाबोध गराउ“छ । आज हामी अलमलमा र तेरो र मेरो जित र हारभन्दा पनि हाम्रो यो अन्योलतालाई हिन्दु संस्कार संस्कृतिले अल्मल्याइ दिएको ठाउमा अल्मलिएर बाउठो खेल्नुभन्दा सचेत भएर खुट्टा दह्रो टेक्नुको निमित्त एकले अर्कोलाई सहयोग गर्दै अगाडि बढ्यौं भने जरुर केही हुन्छ नत्र भने अब यो संवेदनशील देशको परिस्थितिमा आगोमा अझ तेल थप्ने कामचाहिं हामीले गर्नु हुदैन । र, हामी राई हौं र राई होइन भन्नेबारे यो ‘निप्सुङ’ को ७७ पानामा हेरेपनि पुग्छ ।

कुलबहादुर राई (अध्यक्ष, किरात राई यायोक्खा केन्द्रीय कार्य समिति) –

सबभन्दा पहिलो निम्तो स्वीकारेर आइदिनुभएकोमा धन्यवाद । नपत्याउदा–नपत्याउदै संकट आइपरेको छ यहानिर । सानो झिल्काजस्तो अहिले भइरहेको छ । भोलि–पर्सि डढेलो लाग्दैन भन्न सकिदैन । किनभनेदेखि हामी किरात राईहरूको दुष्मन आफैंमा छैन वरिपरि पनि प्रशस्तै छ । अहिले त भित्रैबाट पनि निस्किन थालेको छ । हाम्रो एकतामा भाजो हाल्ने ।

हाम्रो पुर्खाहरूले युग–युगदेखि राखेको मान्यता, आदर्शलाई अहिले जेइप भन्ने एउटा संस्थाले प्रतिष्ठान भन्ने एउटा संस्थाले, जनजाति महासंघ भन्ने एउटा संस्थाले र श्री ५ को सरकारले यहानेरी समावेशबाट बन्चित भएका समुदायलाई भित्र निम्त्याउन यसो कनिका छर्नेमा हाम्रा एक–दुई बेकारीहरू, आफ्नो पेटको समस्याले ग्रसितहरू, अनि आफ्नो बृहत्तर समुदायको भविष्य आउदो पुस्ताका निम्ति मार्गदर्शन नबुझ्ने भाइ–भतिजहरूले निम्ताएका संकटले हामीलाई ग्रसित पारिसकेको छ ।

यो संस्थामा ११ वर्ष बस्दाखेरी एउटा समुदायलाई एक मुठीमा पार्ने जुन हामीले कार्य गर्दै आएका थियौं । अहिले संकटमा आएर झन बलियो बनाएर सशक्त रुपमा उत्रिनुको बदला हामीहरूले यही जिउलाई चारतिर फर्काएर यता हिंड्नु न उता हिंड्ने अवस्थामा यायोक्खालाई पारेको छ । यहाभित्र बसेर हामीले गर्ने कार्य यसको पीडाहरू, दुःखहरू बाहिरका मान्छेलाई थाहै छैन । बाहिरको मान्छेले खालि सुझाव दिने हो । यस्तो गर्, यस्तो किन गरेन । उहिलेका राजाको कुनचाहिं चरित्र केमा सम्बोधन भएन यहा आएर गालीमात्रै गर्ने हो । तर, यहाभित्रको सदस्यको के हाल छ कहिले कहिले त्यो पनि बुझ्नु पर्छ जस्तो लाग्छ । साच्चै भन्नुहुन्छ भन्देखिन् यो यायोक्खामा आएर यही दाया–बायामा सहयोग दिनु भएर समुदायलाई अपार सद्भाव दिएर यहासम्म आयौं । अहिलेचाहिं हामीहरू भताभुङ्गे हुने अवस्थामा पुगिराखेका छौं । म आफैं थेग्न नसक्ने अवस्थामा पुगेको छु । अझै पनि मेरो विश्लेषणमा यो फरक मत राख्नेहरूलाई सम्मानजनक सम्बोधन गर्नु भन्नु भएको छ । मचाहिं असाध्यै असहमति राख्दछु । किनभनेदेखि जुन–जुन भाइहरू त्यहा हुनुहुन्छ । अघि नाम पनि भनियो । उहाहरूसगै बसेर बारम्बार सहयोग नगरेको पनि होइन । आफ्नै वंशको भाइ–भतिज भनेर उनीहरूले गर्ने अभियानमा, परिश्रममा मैले सहयोग नगरेको होइन । यसमा हाम्रो समुदाय निरपेक्ष छदैछैन । धेरै मान्छेले सहयोग गर्दै आएका व्यक्ति हुन् । कस्तो खालको व्यक्तिहरू परे भने उनीहरूको पेटपालाका लागि सहयोग पनि गर्नु पर्ने र हाम्रै समुदायमा आएर मुद्धा उठाएर आफ्नो पेटपालो गर्नु पर्ने अनि अहिले समुदायलाई छताछुल्ल पार्ने अवस्थामा पुग्ने मान्छेहरू हुन् । त्यसकारण यस्तो मान्छेहरूलाई चाहिं लिएर सम्झाऊ, बुझाउ गर्दा उल्टै हामीलाई बुझ्दै बुझ्दैन, गर्दै गर्दैन भनेर कुदिहिंड्नु यो तपाईहरूलाई भ्रम फैलाउनुमा असाध्यै खप्पिस र माहिर केटाहरू हुन् ।

त्यसकारण यिनीहरू हाम्रो समाजको ऐजेरु जस्तो लाग्छ मलाई । यस्तो ऐजेरुलाई आहा यो त फूल पो हो कतै भोलि–पर्सि आङलाबुङले पो भैहाल्छ कि भन्ने सम्झ्यौं भने त्यो रुखलाई खत्तम बनाउछ । लाखौं संख्याको सदस्यलाई हजारे र सयमा झारिहाल्छ । अनि यो जिम्माचाहिं कसले बोक्ने ? यायोक्खाले बोक्ने हो कि ? तपाई–हामीले बोक्ने हो कि ? या तिनीहरूले बोक्ने हो ? त्यो चाहिं इतिहासले बुझ्नु पर्छ । हामी यायोक्खाले त हाम्रो पुर्खाहरूको धरोहरलाई वर्तमान स्थितिमा कसरी मजबुत बनाउने कसरी नाति–पनातिहरूलाई, पुस्तालाई कसरी हस्तान्तरण एउटा स्वाभिमान जाति, स्वाभिमानी समूहको रुपमा कसरी अगाडि बढाउने ? त्यो चिन्ता हो हाम्रो । हामी एउटा व्यक्तिको पछाडि जान सक्दैनौं हामीहरू । भाषिक समुदायहरू कसरी उठे ? भनेर थोमरोसले भने । हामीले भाषिक समुदायलाई नकरात्मक दृष्टिले हेरेकै होइन । किनभने हामी त भाषिक विविधता, संस्कार–संस्कृति विविधता बोकेका समूह हौं । यायोक्खाले त्यो गर्न सक्दैन । हामीसित त्यो पैसा छैन, स्रोत छैन । भाषिक समुदाय आयो भनेचाहिं यिनीहरूले गर्न सक्छन् । हामी सहयोग गर्दै आएका छौं । तर आधिसरोचाहिं व्यक्तिगत स्वार्थ साध्ने गुटसित हामीले के गर्न सक्ने ?

हामी बान्तवाकै ‘परम्परागत बान्तवा किराती संघ’ छ त्यस्तो गुटसित के कुरा गर्ने ? हामीले यो संस्थाले कुनै एउटा भाषाको लागि गर्ने होइन, सम्पूर्ण किरात राईहरू र पछाडि राईहरू भनेर लाग्ने राईहरूलाई एकजुट बनाउन लागिपरको । तर, यो गर्नुको निम्ति जुन स्रोत, सीपहरू हुन्छन् हामीसग छैन । हामी त भावनाले केही गरौं भनेर आएको पो त । म कुनै विशेषज्ञ त होइन । कमिटीमा त्यस्तो मान्छे विरलै छौं । धर्म, संस्कार–संस्कृति विषयमा त जान्ने मान्छे छदैछैनौं । हामी त राईहरू एक हुनुपर्छ । यो संस्कार संस्कृतिहरू मजबुत हुनुपर्छ  । भावी पुस्तालाई हस्तान्तरण गर्नु पर्छ भनेर भावनाले आएको मान्छे पो त । त्यसकारण यी भाषिक संस्थाहरू हुन्छन् । त्यस विषयमा सहयोग गर्नुपर्छ भनेर लागि पर्ने मान्छे हौं नि ? पर्याप्त स्रोत छैन । त्यसकारण यो विषय, ऊ विषय भएन भन्नेले आफैं आएर यायोक्खामा बसेर काम गरेर देखाउनु प¥यो । स–सम्मान अहिले नै पद छोडिदिन्छु । भयो भएन ऊ भएन भनेर प्रतीकको रुपमा चुनौती दिने समय होइन यो । कुन दुःखले यो कार्य समिति मिलाएर राखेका छौं । यस्तो पीडाले हाम्रो सामूहिक पहिचान, अस्तित्वका निम्ति जोड गरिरहेका छौं ।
यो समस्या ल्याउनेचाहिं यही काठमाडौंमा मात्र केन्द्रित छ है । पहाडमा तीन दिनको सामल बोकेर संस्था बनाउन आउने भावनाका मान्छेहरू छन्, त्यस्तो हामीहरूका निम्ति आदरणीय ।

यहा काठमाडौंमा एक दुई वटा बाहिरबाट आएको आईएजीओबाट प्रभावित खाने बाटो छैन । खाने बाटो बनाउने यो प्रवृत्तिको मान्छेहरू हो । समस्या निम्त्याउने । माझकिरातबाट आएका मान्छेले जातीय संस्था उठाएर आफ्नो पेटपाला गरिरहेका छन् । राईहरू घनाबस्तीबाट आएका मान्छेले भिन्नै–भिन्नै जाति भनेर लगाइरहेको छ । यस्तो ऐजेरुसग वार्ता गर्ने ? युग–युगदेखि एकैथलोमा बस्दैआएका जाति आज फुटाउने ऐजेरुलाई हामीले तह लाउने हो । त्यसकारण जिम्माचाहिं हाम्रोमा ठूलो आएको छ । हामी सचेत छौं कि छैनौं ? हाम्रो सामूहिकपन, सामूहिक अस्तित्व यसैले निर्धारण गर्छ । जिम्माचाहिं यायोक्खाको मात्र होइन, सम्पूर्ण तपाई–हामीहरूको हो है हजुर ।