शुभ विवाह (छोरा पट्टिको)

बेहुलाबेहुली सबै नरनाताहरु सहित आई पुग्ने बेला घरमा बस्नेहरुले दहीचामलको टिका तयार परिराख्नु पर्दछ। त्यस्तै २ जना कन्याकेटीहरुलाई एउटा नाङलोमा फुल, कलश, चामल, दियो बोकेर र अर्को नाङलोमा बेहुलीलाई दिईने गहनाहरु, वधुमाला र वरमाला बोकेर तयार परिराख्नु पर्दछ।

जन्ती पर्छाउने

जन्ति पर्छने ठाँउमा बेहुलाबेहुलीलाई राख्न पर्दछ। जन्ती पर्छाउन अगाडी २ जना कन्याकेटीहरुलाई नाङलो बोकेर बेहुलाबेहुलीलाई दाहिने पारेर ३ पटक घुम्नु पर्दछ। त्यस पछि बेहुलाको आमाबाबु, काकावडाहरु, मावलीहरु र सबै निम्तालु नरनाताहरुले दहीचामलको टिकाले जन्ति पर्छाउनु पर्दछ।

शिन्दुरपोते/वरमाला

बेहुलाले बेहुलीलाई शिन्दुरपोते, गरगहना र वधुमाला लाईदिनु पर्दछ। तेस पछि बेहुलीले बेहुलालाई वरमाला लाईदिनु पर्दछ। तेसपछि बेहुलीले बेहुलालाई सिधा ढोग (खुट्टामा हैन) गर्न पर्दछ। यतिबेला बेलुन, बन्दुकहरु पट्काउनु लाउनु पर्दछ।

(मौलिक किरात संस्कार अनुसार सिन्दुरपोते गरिन्दैन र खुट्टामा ढोग गरिन्दैन । तर अहिले आएर आम किरातीहरुले यस हिन्दु संस्कारलाई स्विकारी सकेका हुनाले यसमा राखिएकोछ। )

प्रितीभोज

प्रितीभोजको समयमा बेहुलाबेहुलीलाई वरणी (पात गाँसेर तयार पारिएको बिशेष किसिमको ठुलो टपरा) मा खाना राखेर दिने रीति छ। बेहुलाबेहुलीको आमाबाबु, कलियाहरु र लोकन्ता लोकन्तिहरुलाई पनि वरणीमै खाना दिईन्छ। खानपान सकेपछि बेहुलाबेहुलीलाई भाईहरुले बोकेर ढोकासम्म लानु पर्दछ।

चुलामा देखाउने

बुहारी भित्राई सके पश्चात बेहुलीलाई, बेहुलाको चुलामा देखाउनु पर्दछ। हङकङमा ब्यक्तिगत चुला नभएकोले ईच्छाहुनेहरुले किराया हङकङको सामुहिक चुलामा बुहारी देखाउन सक्तछ। यो बिधि गर्नकोलागि एउटा कठुवामा रक्सि, काँसेथालमा अदुवा र चामल बेहुला बेहुलीलाई छुवाएर अगेनाको छेउमा राखि कुबी/जानिफकार ब्यक्तिले मुन्धुम बाचन गर्दै चुलामा बुहारी देखाउनु पर्दछ। यतिबेला बेहुला बेहुलीलाई तिन चुलाको सामुन्ने राखिन्छ।

मुन्धुम बाचन

हे कुलपित्रमा रहनु भएका पितापुर्खाहरु हो,
साप्सामी दीबूमीहरु हो, छूरीमीकसूमी आप्तुमीहरु हो,
बिजुवा, जानिफकार लासामीहरु हो,
रुमालूङ, थूमालूङ, मीयालूङ, मीचालूङ,
तिन चुलामा रहनुभएका पिता पुर्खाहरु हो,
आज यहाँ हामीले ..(बेहुलाको पाक्षा र सामे)… को बुहारी
(बेहुलीको पाक्षा र सामे)… लाई
हाम्रो चुलामा ल्याएका छौं।
यहाँ तपाईहरु सामु यस घरमा चालचलन गर्ने,
पानी भर्ने, आगो फुक्ने बुहारीलाई
चिनाउदै छौं, देखाउदै छौं।
उनको शरिरमा कुनै रोग कष्ट पर्न दिनु हुदैन,
कुनै आपत बिपत आउन दिनु हुदैन,
आज यहाँ तपाईहरुले दीर्घायुको आर्शिबाद दिनुपर्छ है।

आँखीडाही, रिसराग हटाई दिनु पर्दछ।
झै–झगडा पनि हटाई दिनु पर्दछ।
तपाँईहरुकै परिवारको सदस्य बनेकी
बुहारीलाई ज्ञान बुद्धी दिनुहोस,
रोगहरुबाट बचाई दिनुहोस,
स्वस्थ्य लाभ गराई दिनुहोस है।
जय पितापुर्खाहरु हो।

साईनो चिनाउने

सर्वप्रथम बेहुला पट्टिको आफन्तजनसंग साईनो चिनाउदै ढोग्न लगाउन पर्दछ। साईनो चिनाउने काम बेहुलापट्टिको कलियाले गर्नुपर्दछ। साईनो चिनाउने कार्य गर्दा आठाना पैसा दिएर ढोग गराउनु पर्दछ। ढोग गराउदा बेहुली अधि र बेहुला पछि हुनु पर्दछ। ढोग गरि सके पछि आठाना पैसा फिर्ता मागि एवं रितले साईनो अनुसार क्रमश: ढोग गराउदै आठाना पैसा दिदै, लिदै ढोगभेट सकाउनु पर्दछ। अन्तमा बेहुला पट्टिको साईनो चिनाउने काम बेहुलाको कलियाले गर्नु पर्दछ। माथि जस्तै बेहुलापट्टिबाट साईनो अनुसार ढोगभेट सुरु गरि सकाउदै लानु पर्दछ।

सम्धी सम्धिनी ढोगभेट

साईनो चिनाउने कार्यक्रम सकिसकेपछि दुवैतिरको सम्धी सम्धीना पर्नेहरुलाई ढोगभेट गराउनु पर्दछ। यो कार्य गर्नको लागि बेहुलापक्षबाट एक कठुवा रक्सी र बेहुलीपक्षबाट आठाना पैसा सबैको अगाडि राखिदिन पर्दछ र साईनोले दुवैतिरको सम्धी सम्धीनी पर्नेहरु जति सबैलाई अगाडी बोलाउनु पर्दछ ।

*कलिया –
सम्धी ढोगभेट गरेको बेला मेरो साथि कलियाले त्यहाँ राखिएको कठुवाको रक्सी र आठाना पैसालाई यताको उता, उताको यता गरेर ढोगै पिच्छे सारिदिनु पर्दछ।

१. आजदेखी तपाँईहरु पछि–पछि सम्मको लागि सम्धी सम्धी हुनु भएको छ।
तर्सथ तपाँईहरु “एक सम्धी, दुई सम्धी, तिन सम्धी”।

सबैले भन्ने – सेवा हजुर।

२. आजदेखी तपाँईहरु आघौँ– पराघौँ सम्मको लागि सम्धीनी सम्धीनी हुनुभएको छ । तर्सथ तपाँईहरु “एक सम्धीनी, दुई सम्धिनी, तिन सम्धिनी” ।

सबैले भन्ने – सेवा हजुर।

३. आजदेखी तपाँईहरु युगौँ–युगौँ सम्मको लागि सम्धी सम्धीनी हुनुभएको छ ।
तर्सथ तपाँईहरु “एक सम्धी सम्धिनी, दुई सम्धी सम्धिनी, तिन सम्धी सम्धिनी” ।

सबैले भन्ने – सेवा हजुर।

*कलिया – धन्यबाद, सम्धि सम्धिनी ढोगभेट कार्यक्रम सकिएको छ।

टिका तथा आर्शिबाद

पहिला बेहुलाको बाजेबोजु, बाबाआमा, बडाबडि, काकाकाकि, दाजुभाउजु क्रमश: बेहुलाबेहुलीलाई टीका लगाईदिँदै आर्शिबाद दिनु पर्दछ। तेसपछि बेहुलाको मामामाइज्युहरुले टिका तथा आर्शिवाद दिन पर्दछ। त्यसपछि बेहुलीपट्टिको आफन्तजनहरुले टीका लगाईदिँदै आर्शिबाद दिनु पर्दछ । अन्त्यमा निम्तालुहरुलेहरुले आर्शिबाद दिन पर्दछ ।

कजेरी फुकाउने :

विवाहको दिन बिभिन्न कार्य गर्ने कजेरीहरुको काम सकिएपछि कजेरी फुकाउन उनीहरुको शिर उठाउने रीति गरिन्छ । हङकङमा बेहुला बेहुली दुवै तर्फ संयुक्त बिबाह भोज गर्ने चलन रहेकोले सबै कजेरीहरुलाई एक ठाँउमा राखेर उनीहरुको शिरनाम उठाईन्छ ।

*कलिया-
तपाँईहरुले (बेहुला बेहुलीको नाम) को बिबाह कार्जे सम्पन्न गर्न काम गर्दा तपाँइहरुको हात, खुट्टा कति दुख्यो होला, सबै नरनाताहरुलाई खानपिन गराउदा कति थकाई लाग्यो होला, नराम्रो बचन पनि कति सुन्नु पऱ्यो होला, यसमा हामी सबै माफि चाहान्छौं । काम गर्दै जाँदा मेलो मेसो हराएर कसैले गालि पनि गरेन होला । यता उता जाँदा आँउदा भोक तिर्खा पनि लाग्यो होला । तपाँईहरुको खुट्टा कति ठाँउमा ठोकिएर दुख्यो पनि होला । जे जसरी काम गर्नु परेता पनि तपाँईहरुले मन नदुखाउनु होला । रिस राग नगरि दिनु होला । आशिर्वाद दिई राख्नुहोला भनि यो तपाँईहरुको शिर उभ्याउनी बेहुला बेहुली दुवै तर्फको आमाबाबाबाट राखेका छौं । स्विकारी दिनु होला ।

१. कजेरिलाई – एक कठुवामा रक्सि र सुँगुरको भुटुवा मासु ।
२. कलियाहरुलाई – एक कठुवामा रक्सि र सुँगुरको भुटुवा मासु ।
३. कूबीमीहरुलाई – एक कठुवामा रक्सि र पैसा
४. फोटोग्राफरलाई – एक कठुवामा रक्सि र पैसा

कार्यक्रम १०

कलिया फुकाउने रीति :

बिबाह सकिएपछि कलिया फुकाउने रीति गरिन्छ । हङकङमा समयको अभावले संयुक्त रुपमा बेहुला बेहुली दुवै पक्षबाट कलिया फुकाउने रीति गरिन्छ । यो रीति गर्दा कलियाहरुलाई राखेर जोडि कठुवामा रक्सि र सुँगुरको भुटुवा मासु राखिदिन पर्दछ ।

*कलिया-
तपाँईहरुले (बेहुलाबेहुलीको नाम) को बिबाह कार्जे सम्पन्न गर्न काम गर्दा कति दु:ख पाउनु भयो होला । काम गर्दै जाँदा मेलो मेसो हराएर कसैले गालि पनि गरेन होला । यता उता जाँदा आँउदा भोक तिर्खा पनि लाग्यो होला । तपाँईहरुको खुट्टा कति ठाँउमा ठोकिएर दुख्यो पनि होला । जे जसरी काम गर्नु परेता पनि तपाँईहरुले मन नदुखाउनु होला । तपाँईहरुको मनमा रिस राग नराखि दिनुहोला भनि बेहुला बेहुली दुवै तर्फको आमा बाबाले तपाँईहरुको शिरनामको लागि या शिर उभ्याउनी राखि दिएका छन । स्विकारी दिनु होला ।
धन्यबाद ।

कार्यक्रमको रुपरेखा :

६:३० बजे – जन्ति पर्छाउने
७:०० बजे – प्रितीभोज
८:०० बजे – चुलामा देखाउने
८:१५ बजे – साइनो चिनाउने
८:३० बजे – सम्धि ढोग
८:४५ बजे – शिर उठाउनी
९:०० बजे – टिका तथा आर्शिबाद
११:०० बजे – समाप्त

नामावली तयार पार्नुपर्ने :

बेहुली पट्टिको नामावली :

बाजे/बोजु –
बाबा/आमा –
भाईहरु –
बेहुली –
पाछा –
सामे –
कुन बहिनि –
मामाहरु –
कलियाहरु –
लोकन्तिहरु –

बेहुला पटिटको नामावली :

बाजे/बोजु –
बाबा/आमा –
बेहुला –
पाछा –
सामे –
कुन भाई –
लोकन्ता –
कलिया –