Kirat Religion & Ritual Protection Depart
परिचय
किरात राईहरुको धर्म, संस्कारहरुलाई जोगाउदै, किरात राईहरुलाई प्रकृती र पित्री पुजकको रुपमा स्थापित गराउन, सुप्तुलुङलाई धार्मिक आस्थाको बिन्दुको रुपमा स्थापित गराउन तथा किरात राईहरुको जन्म देखी मृत्यसम्मको कर्मकाण्ड सम्पन्न गरि दिन यस बिभाग गठन हुनेछ ।
उदेश्यहरु
- किरात राईहरुको मौलिक औषधी, उपचारको खोज अनुसान्धान गर्दै प्रयोग गर्नु।
- किरात राईहरुको जन्मदेखी मृत्यु सम्मको संस्कार गरिदिनु।
- किरात राईहरुलाई आवश्यकपर्ने बिभिन्न पूजापाठ, आरधना गरिदिनु।
- मुन्धुमदर्शनले जिवनमा पुऱ्याउने फाईदा सम्बन्धि अध्यन, अध्यापन गर्नु।
- मौलिक किरात धर्म, प्रकृति पुजा तथा मुन्धुम सम्बन्धि गोष्ठि गर्न लगाउनु।
- चुलाको रक्षा गर्नु। चुलाका बारेमा नया पुस्तालाई जानकारी गराउनु।
- कार्यक्रमको उद्घाटन सामाग्री थाल, कलशपाती, दियोबत्ति, लाईटर, सुम्निमा पारुहाङको फोटो तयार पार्नु।