पाचौं अधिवेशन

२३ मार्च २०१३, किरात राई चाम्लिङ खाम्बातिम् हङकङको पाचौं अधिवेशन सम्पन्न भएको छ । जोर्डन स्थित नमबुद्घ क्लवमा सम्पन्न कार्यक्रमको अध्यक्षता नरजित राईले गरेको थियो भने प्रमुख अतिथीमा किरात राई यायोक्खाको अध्यक्ष शशिमदन राई रहेको थियो अन्य अतिथीहरुमा सुनुवार समाजका अध्यक्ष एल बि मुखिया, किरात साम्पाङ राई जुम्लेखका अध्यक्ष तेज-प्रकाश) राई, किरात राई बान्तावा यायोक्लाका अध्यक्ष तिलक-मोहन) राई रहेको थियो भने सस्थाका सल्लाहकारहरु हेजेन राई, किन्दर राई, जजिन राई, रजिन राई, बशन्त कुमारी राईलाई पनि आशन ग्रहण गराईएको थियो । संस्थाका उपाध्यक्ष पिताम्बर राईले स्वागत भाषण गरेको थियो भने सचिव पवित्रा राईले कार्यक्रम सञ्चालन गरेको थियो । आशन ग्रहण गरेको सम्पूर्ण अतिथी लगायत सल्लाहकारहरुले नयाँ बन्ने कार्यसमितिलाई शुभकामना दिएका थिए । पाचौं अविशेनका अध्यक्ष मण्डलद्वारा निर्वाचीत नयाँ कार्यसमितिहरु

अध्यक्ष पिताम्बर राई,
उपाध्यक्ष संजोक राई,
सचिव पवित्रा राई,
सहसचिव तारा राई,
कोषाध्यक्ष प्रेमराज राई,
सहकोषाध्यक्ष जिवनकला राई,
सदस्यहरुमा,
जिवनकुमार राई,
मनिकुमार राई,
बागबीर राई,
जित कर्ण राई,
जेनिता राई,
बबिता राई,
स्वणिर्म राई

अध्यक्ष मण्डलमा हेजेन राई, किन्दर राई र बशन्तकुमारी राई रहेको थियो ।

chamling2