युबराज राइको नेतृत्वमा चौथो राष्ट्रिय सम्मेलन

३० अप्रिल २०१६, किरात राइ चाम्लिङ खाम्वातिमको चौथो राष्ट्रिय सम्मेलन युबराज राइको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समितीको गठन गर्दै सम्पन्न भएको छ ।नवनिर्वाचित उपाध्यक्षहरूमा गेन चाम्लिङ राइ र चन्द्रा चाम्लिङ , महासचिवमा लिलम राज राइ, सचिबमा जितकुमार राइ र दिपेन्द्र राइ, कोषाध्यक्षमा अन्जना राइ, सहकोषाध्यक्ष्यमा खड्गबहादुर राइ निर्वाचित भएका छन । सदश्यहरूमा शुशिला चाम्लिङ, गणेश राइ, रकमरोडुङ, सरिफ राइ, सुकदेब राइ, राजुबिक्रम राइ, दिनेस राइ र सम्भु राइ पृथक निर्वाचित भएका छन ।

chamling1

जयकुमार राइको अध्यक्षतामा जनक राइ र जिवनकुमार राइ रहेको तिन सदश्यिय निर्बाचन मण्डलमा निर्बिरोध निर्वाचित भएका नवनिर्वाचित समितीलाइ निवर्तमान अध्यक्ष वाग्धन राइ, यायोक्खाका उपमहासचिब डी.बी. सरोज, अधिकारकर्मी शान्तिकुमारी राइ, खाम्वातिम हङकङका अध्यक्ष पिताम्बर राइ, निर्वाचन मण्डलका सदश्य जिबनकुमार राइले बधाइ तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने नवनिर्वाचित समितीको तर्फबाट अध्यक्ष युबराज राइले प्रतिबद्धता मन्तब्य राखेका थिए । निर्वाचन मण्डलका सदस्य जनक राइको सन्चालनमा बन्द शत्रले ७ बुदे कोटेश्वर घोषणा पत्र जारी गरेको छ ।