चुलाघरलाई १००,०००– हस्तान्तरण

१ जनवरी २०१६, किरात राई चाम्लीङ यलुङ्छा परिवारले युनलोङ स्थित ताईतुङ बिबिक्यू स्पटमा कार्यक्रम आयोजना गरि किरात राई यायोक्खा हङकङको चुला घर खरिद तथा ब्यबस्थापन समितिलाई चुला घर खरिद गर्नको लागि कबुल गरेको रकम हस्थान्तरण गरेको छ ।

उक्त रकम हस्थान्तरण कार्यक्रमको सभापतित्व यालुङछा परिवार हङकङका अध्यक्ष बिमल राईले गरेका थिए भने प्रमुख अतिथिमा किरात राई चाम्लिङ खाम्बातिम हङकङका अध्यक्ष पिताम्बर राई, बिशेष अथितिमा किरात राई यायोक्खा हङकङका अध्यक्ष शशिमदन राई र अतिथिहरूमा चुला घर खरिद तथा ब्यवस्थापन बिभागका मूल संयोजक हेजेन राई, सुम्निमा साँझ अनुगमन समितिका संयोजक धिरज कुमार राई, चुला घर खरिद तथा ब्यबस्थापन बिभागका महासचिब हरिचन्द्र राई, किरात राई पुमा तुप्खा बंखालाका अध्यक्ष पेङगुईन राई, किरात राई थुलुङ सामाका सचिब बज्र कुमार राई, किरात राई साम्पाङ जुम्लेखाका कोषाध्यक्ष मनिराज राई, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जजिन राई, खोटाङ समाज हङकङका अध्यक्ष अधिराज राई, एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई र बगैंचा डटकम खेलकुद बिभाग प्रमुख मगेन्द्र राई रहेका थिए ।

यालुङ्छा परिवार हङकङले किरात राई यायोक्खा हङकङको चुलाघर खरिद सहयोगार्थको निम्ति गत सेप्टेम्बर २८  तारिक युनलोङ स्थित थिएटर हलमा ‘सुम्निमा साँझ’ भब्यताका साथ सम्पन्न गरेको थियो । उक्त कार्यक्रमबाट प्राप्त रकमको ७५ प्रतिशत रकम चुलाघर खरिदलागि दिने कबुल गरेको थियो । कबुल गरे मुताबिक ७५ प्रतिशत बराबर ९५ हजार ५ सय २३ हङकङ डलर र त्यसमा अरू ४ हजार ४ सय ७७ डलर समेत थप गरि जम्मा १ लाख हङकङ डलर र नेपालबाट आएका कलाकारहरू- गायिका पार्वती राई, गायक सबिन राई, गायक तथा संगीतकार बिनोद खम्बू, चर्चित हास्यकलाकार तथा नायक विल्सन बिक्रम राई र युवा गायक देबेश राईबाट प्राप्त चुलाधर खरिद सहयोग रकम हङकङ डलर ९ हजार २ सय ६० र अन्य दाताहरूबाट संकलित १ लाख ३५ हजार १ सय ९६ डलर २० सेन्ट गरि जम्मा २ लाख ४४ हजार ४ सय ५६ डलर २० सेन्ट चुलाघर खरिद तथा ब्यबस्थापन समितिलाई हस्थान्तरण गरेको छ ।

संस्थाका सचिव मैत्रजङ राईले संचालन गरेको सो रकम हस्थान्तरण कार्यक्रममा समाजसेवी जयराम राईले स्वागत मन्तब्य दिएका थिए । औपचारिक कार्यक्रम समापन पछि बिबिक्यू कार्यक्रम रहेको थियो ।

yalunchha