Category Archives: दुमी फन्सिकिम

देउसी भैलो कार्यक्रम

१६ नोभेम्बर २०१२, दुमी किरात राई फन्सिकीम हङकङले जोर्डन स्थित मगर संघको कार्यलयमा का दिन देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । त्यस कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष कमल राईले गरेको थियो भने प्रमुख अतिथीमा किरात राई यायोक्खाको अध्यक्ष शशिमदन राई रहेको थियो । अन्य अतिथीहरुमा किरात सुनुवार समाजका अध्यक्ष नरेस सुनुवार, किरात राई चाम्लिङ खाम्बातिम्का उपाध्यक्ष पिताम्बर राई, चेस सोसाइटिका अध्यक्ष मोति चाम्लिङ रहेका थिए ।

दिप ज्वलन गरि शशिमदन राईले कार्यक्रमको उत्घाटन गरेको थिय । संस्थाका सचिव सुर्यमान दुमी राईले सञ्चालन गरेका सो कार्यक्रमको स्वागत भाषण सदस्य इन्द्र सीं राईले गरेको थियो । कार्यक्रमको अवधिभर रमाइलो गीत संगीतले उपस्थित महानुभावहरुलाई मनोरञ्जन दिएका थिए । कलाकारहरुमा कमल राई, बिमला राई, चन्द्र दुमी राई, नन्द राई, सविना राई रहेका थिए ।

दुमि किरात राई फान्सिकिम हङकङ गठन

५ अक्टोबर २००८ मा दुमि किरात राई फान्सिकिम हङकङ गठन भएको थियो । कार्यसमितिमा निम्न पदाधिकारीहरु चयन भएको थियो ।

  1. अध्यक्ष : रामकाजि राई (वाक्सिला)
  2. उपाध्यक्ष : अभिराज दुमि राई
  3. सचिब : सूर्यमान दुमि राई
  4. सह–सचिब : दान बहादुर दुमि राई
  5. कोषाध्यक्ष : डम्बर दुमि राई
  6. सदस्यहरु : चन्द्र दुमि राई
  7. सदस्यहरु : मान बहादुर दुमि राई
  8. सदस्यहरु : पर्शुराम दुमि राई
  9. सदस्यहरु : समला दुमि राई

सल्लाहकारहरु :

  1. इन्द्र सिंह दुमि राई
  2. नन्द प्रसाद  दुमि राई
  3. पृथ्विराज दुमि राई