सुवाँछेम (पित्री) पुजा

२८ अक्टुबर २०१६, किरात साम्पाङ राई जुम्लेखा हङकङले २८ अक्टुबर २०१६ का दिन हङकङ स्थित सामुहिक चुलाघर (सुप्तुलुङ खिम) मा नेपालबाट पाल्नु भएका कूबीमी श्री दल बहादुर राई तथा किरात राईहरुको सहायक कुबीमी श्री नारायण साम्पाङ द्वारा सुवाँछेम पुजिएको छ । किरात साम्पाङ राईहरुले सन २०१५ बाट सामुहिक चुलाघरमा साम्पाङहरुको सुवाँछेम स्थापना गरि सामुहिक पित्रीहरुलाई राखिएको हो । साम्पाङहरुले हरेक बर्ष मंसिरे पुर्णेभित्र सम्म सामुहिक पित्रीहरुलाई पुकारी नया अन्नबाली खुलाउने प्रचलन छ । कार्यक्रममा कूबीमी श्री दल बहादुर राईज्युलाई फेटा गुथाई सम्मान गरिएको थियो ।

20161028_181611-copy

 

वार्षिक भेटघाट तथा देउसी भैलो कार्यक्रम

१६ अक्टोबर २०१६, हङकङ– किरात राई यायोक्खा हङकङको भाषिक संस्था किरात साम्पाङ राई जुम्लेखा हङकङको वार्षिक भेटघाट तथा देउसी भैलो कार्यक्रम क्लियर वाटर वे कन्ट्रि पार्कमा सम्पन्न भयो ।

जुम्लेखाका अध्यक्ष तेज कुमार राईको अध्यक्षतामा सपन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष रजिन राई रहेका थिए । त्यस्तै गरी कि.रा.या.का भाषिक संस्था, ३ किरात लिम्बु, याक्खा, सुनुवार लगायत अन्य जातिय तथा क्षेत्रिय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु अतिथिका रहेका थिए ।

जुम्लेखाका सचिव नारायण प्रसाद राईद्धारा संचालन गरिएको कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथिद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि रजिन राई तथा कार्यक्रम संयोजक शशिमदन राई लगायतले २०७३ सालको दिपावलीको उपलक्ष्यमा शुभकामना मन्तब्य राख्ने क्रममा तिहार बारे प्रष्ट्याउँदै त्यसको किरात समुदायमा त्यसको महत्वबारे बोलेका थिए ।

औपचारिक कार्यक्रमको अन्तमा शुभकामना मन्तव्यसंगै कार्यक्रमका सभापति तेज कुमार राईले कार्यक्रमलाई समापन गरेका थिए ।

deuse16

जुम्लेखाद्धारा वार्षिक रुपमा मनाउँदै आएको उक्त कार्यक्रममा निःशुल्क बि.बि.क्यू.को व्यवस्था सहित भेटघाट, शुभकामना आदनप्रदान, देउसी भैलो, नाँचगानका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो ।

deuse162

 

प्रथम यलम्बर ब्याडमिन्टन प्रतियोगीता २०१६

badminton1

१८ सेप्टेम्बर २०१६, हङकङ, किरात राई यायोक्खा युवा खेलकुद, साहित्य तथा सांगीतिक विभागले युनलङ स्थित डिस्ट्रिक्ट स्पोर्ट्स सेन्टरमा 16 गत शुक्रवार आयोजना भएको “प्रथम यलम्बर ब्याडमिन्टन प्रतियोगीता २०१६” को उपाधी किरात राई यायोख्खाको प्रतिनिधित्व गर्दै हेमराज राई र मिलन राईको जोडिले उपाधी हत्याएका थिए।मिन्स डबल्स बेस्ट अफ थ्री सेटमा खेलाईएको उक्त प्रतियोगितामा बिभिन्न सस्थाको प्रतिनिधित्व गर्दै 14 जोडि खेलाडीहरुले भाग लिएका थिए।बिजेता राई जोडिहरु क्वाटर फाईनलमा ईन्द्र वनेमको जोडि सङ्ग पहिलो सेट गुमाएर निकै संघर्षपुर्ण सेटमा 3 सेटमा सेमि फाईनल पुगेका थिए, सेमिमा पनि 3 सेटमा निकै मेहनत गर्न परेको उनिहरुले फाईनलमा बिशाल राई र शुभ राईको उत्कृष्ट जोडीलाई निकै प्रतिस्पर्धात्मक खेलमा भेराईटी तथा ट्रीक्की सटहरु प्रहार गरेर फिजिकल तथा साईकोलोजिकल दवाब सिर्जना गर्दै सोझो सेटमा पाखा लगाएर उपाधी चुम्न सफल भए। “यो भन्दा अगाडी कहिल्यै हराउन नसके पनि आजको महत्त्वपूर्ण प्रतियोगितामा उनिहरुलाई हरेक प्वाइन्टमा दवाब सिर्जना गरि मौकाको फाइदा उठाउन सफल भयौ, जसमा पार्टनर मिलनले क्रुसियल समयमा राम्रो साथ दिएको हुनाले जित्न सजल भयौ” जित पश्चात हेमराजले खुशी ब्यक्त गर्दै भने। फाईनलिस्ट दुबैले किरात राई यायोख्खाको प्रतिनिधित्व गरेका थिए। बिजेताले 5 हजार डलर,मेडल,ट्रफी र प्रमाणपत्र हात पारे।त्यसैगरी फस्ट रनर अप बिशाल राई र शुभराज राईको जोडिले 3 हजार डलर,मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए भने सेकेन्ड रनर अप साङ्बु शेर्पा र कमन सिंह लावतीको जोडिले 1 हजार डलर,मेडल र प्रमाणपत्रले पुरस्कृत भए।साथै वेष्ट प्लेयरको उपाधि मीन घलेले प्राप्त गरे। बिजेता खेलाडीहरुलाई अतिथिगण,किराया सल्लाहकार शशिमदन राई,अध्यक्ष रजिन राई लगायत बिभाग प्रमुख तथा संयोजकको बाहुलीबाट पुरस्कार वितरण गरिएको थियो।

badminton2

स्मरण रहोस यो भारी दर्शकहरुलाई तानेका उक्त प्रतियोगिता सम्पन्न गर्न किराया खेलकुद बिभागमा विभाग प्रमुख तेजकुमार राई र संयोजक गंगाराम राई रहेको थियो भने बज्र कुमार राई र बिमल राई भुमिका महत्वपूर्ण निर्बाह गरेका थिए।

बुझ झरथ तथा बधाई कार्यक्रम

2016 अगस्त 7 तारिखको दिन किरात राई यायोक्खा हंगकंग को सुपतुलुंग खिम (चुला घर) सांतिन किलिंग चुंगमा किरात राई चामलिंग खाम्बातिम हंगकंग को बुझ झरथ तथा बधाई कार्यक्रम साथै चामलिंग खाम्बातिमको ङ्गामें चिमे महिला विभागको पनि कल्पना राईको अध्कयता मा पूर्ण गठन गरियो ।

chamling6