दोश्रो यलम्बर ब्याडमिन्टन

 27-09-2017, किरात राई यायोक्खा हङकङको खेलकुद विभागले गत आइतबार युनलोङ डिस्ट्रिक स्पोर्ट्स सेन्टरमा आयोजना गरेको ‘दोश्रो यलम्बर ब्याडमिन्टन च्याम्पियनसिप–२०१७ मा बान्तवा जोडीले जीत हात पारेका छन्। किरात राई भाषिक संस्थाहरुबीच खेलाइएको उक्त प्रतियोगितामा मेन्स डबल्स डिभिजन ए र बी तथा मिक्स्ड डबल्स गरी २९ जोडीले भाग लिएका थिए।

badminton3

बेस्ट अफ थ्री नक आउट आधारमा खेलाइएको प्रतियोगितामा डिभिजन ए तर्फ बान्तवाका खेलाडी रजिन राई बान्तवा र मिलन राई बान्तवा को जोडीले हेमराज राई चाम्लिङ्ग र किरण राई चाम्लिङ्ग को जोडीलाई सोझो सेटमा हराएको थियो।

त्यसैगरी डिभिजन बी तर्फ पनि शान्ता राई बान्तवा र दिपेन राई बान्तवाको जोडीले गणेश राई पुमा र कवि राई पुमाको जोडीलाई बेस्ट अफ थ्री मा पराजित गरी उपाधि हात पारेका थिए। मिक्स डबल्समा भने हेमराज राई चाम्लिङ्ग र तिर्ना राई चाम्लिङ्गको जोडीले शुभराज राई बान्तवा र अजिता राई बान्तवाको जोडीलाई बेस्ट अफ थ्रीमा झिनो अन्तरले पराजित गर्न सफल भएका थिए।

badminton4

प्रतियोगितामा बिजेताहरुलाई किराती परम्पराअनुसार फेटा गुथाएर सम्मान गर्दै नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो। पुरस्कार किरात राई यायोक्खाका अध्यक्ष रजिन राई, सल्लाहकार शशी मदन राईलगायतले प्रदान गरेका थिए। कार्यक्रम सचिव बज्रकुमार थुलुङले संचालन गरेका थिए।

संस्थाका कोषाध्यक्ष गजेन राईले अन्य खेलभन्दा ब्याडमिन्टन सबै उमेरकालाई सिक्न र खेल्न सजिलो हुने तथा धेरै ओटा समूहलाई समेट्न सहज हुने भएकाले खेलका रुपमा ब्याडमिन्टन रोजिएको बताए। ‘गत वर्ष यस्तै प्रतियोगिता सबै नेपालीहरुलाई खुल्ला गर्दा जम्मा १८ टोली सहभागी भएका थिए तर अहिले राई भाषिक संस्थाहरुबाट मात्रै २९ टोली सहभागी भए,’ उनले भने, ‘यसले राईहरुमा सौहार्द्रपूर्ण वातावरण सिर्जना भएको छ। हरेक वर्ष यस्तै खेल संचालन गरिनेछ।’

प्रतियोगितामा किरात राई भाषिक संस्थाहरु बान्तावा, साम्पाङ, चाम्लिङ, पुमा, थुलुङ, कोई, बाहिङ, किरात राई चाम्लिङ स्पोर्ट्स क्लब लगायतका समूहहरुले भाग लिएका थिए।

badminton5

मगेन्द्र राई

सुँवा रिमाक

suwa2

१७ सेप्टेम्बर २०१७ आईतबार, किरात साम्पाङ राई जुम्लेखा हङकङले किरात राईहरुको सामुहिक चुलाघर (सुप्तुलुङखिम) मा पित्रीपुजा (सुँवारिमाक) गऱ्यो । किरातीहरुले नया अन्नबाली पाकी सके पश्चात पुर्खाहरुलाई चढाएर मात्र खाने चलन छ । अब हङकङमा बसोबास गर्ने किरात साम्पाङ राईहरुले नया अन्नबाली खान सक्नेछ । किरात साम्पाङ राई जुम्लेखा हङकङको अध्यक्ष श्री तेज कुमार साम्पाङको अध्यतामा सम्पन्न सो पित्रीपुजामा किराया हङकङ सामुहिक कूबीमी श्री श्रेष्ठ बहादुर राई र श्री नारायण प्रसाद राईज्युले सामूहिक पित्रीपुजा गरेका थिए । कार्यक्रममा किराया अध्यक्ष श्री रजिन राईज्युको प्रमुख आतिथ्य थियो भने भाषिक संस्थाका अध्यक्षहरु अतिथि रहेका थिए । सो कार्यक्रममा साम्पाङ खेलाडिहरुलाई खेलमा लगाउने भेष्ट समेत बितरण गरेका थिए । कार्यक्रम पश्चात छनुवा जाँड, लोकल कुखुराका तिते सुप सहित ढिडो भोजन गराएका थिए ।