साउने संक्रान्ति २०७४

20430062_1514519538618612_6178985171462135576_n 20376062_1514519618618604_8491668832385994765_n

JULY 30 2017, साउने संक्रान्ति २०७४ को उपलक्षमा, किरात राई बान्तावा यायोक्लाखिम हङकङद्वारा आयोजित, सुप्तुलुङखिम/चुलाघरमा सम्पन्न भेटघाट कार्यक्रममा

स्व. मनकुमार राईको श्रद्धान्जली ।

Mankumar

२३ जुलाई २०१७ हङकङ, जन्म २०२३ पौष १०, खोटाङ जिल्ला, खार्ताम्छा–२ पुख्र्यौली घर भई, धरान १७ बसोबास गर्दै हाल काठमाण्डौ घर भएका हङकङ निवासी श्री मन कुमार (ईन्द्रजित) राई ब्लडप्रेशरले अचानक बिमार भई क्वीन एजिजावेथ हस्पिटलमा उपचार गर्ने क्रममा २०७४ अषाढ २२ का दिन निधन भयो । वहाँको पार्थिव शरिरलाई मौलिक किरात धर्म अनुसार हुङहाममा श्रद्धान्जली प्रदान गरि चाईवानमा अन्तिम बिदाई गरिएको थियो । तत्पश्चात सामुहिक चुलाघरमा किरायाका कूबीमीद्वय श्री श्रेष्ठ बहादुर राई र श्री नारायण प्रसाद राईज्युले अन्तिम संस्कार गरि मृतकको आत्मालाई बाटो लगाएका थिए । कार्यक्रमको आयोजना किरात साम्पाङ राई जुम्लेखा हङकङले गरेका थिए । स्वंयसेवकको भुमिका धरान १७ समाजले गरेका थिए । यस दुखद घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्वान्जली अर्पण गर्दछौं ।

किरात साम्पाङ राई जुम्लेखा ।
धरान १७ समाज हङकङ ।
किरात राई यायोक्खा हङकङ ।

हङकङ किरायाको साधारणसभा सम्पन्न ।

२ जुलाई २०१७ ,
हङकङ।
किरात राई यायोक्खाको बार्षिक साधरणसभा सोहि संस्थाको किलुङचुन, शान्तिनस्थित सुप्तुलुङखीमको यलम्बर हलमा सम्पन्न भयो ।
संस्थाका अध्यक्ष रजिन राईको अध्यक्षतामा भएको पहिलो चरणको कार्यक्रममा प्रथम उपाध्यक्ष हरिचन्द्र राईले स्वागत मन्तव्य राखेका थिए । सचिव बज्रकुमार थुलुङ राईले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रम पश्चात२ सदस्यीय साधरणसभा सञ्चालन समितिका सदस्य किन्दर राईले दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेका थिए । समितिका प्रमुख वसन्त कुमारी राई थिए ।

sadharanasabha1
साधरणसभाको आरम्भमा सचिव वज्रकुमार थुलुङ राईले
संस्थाको सांगाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी कोषाध्यक्ष गन्जेद्र राईले आर्थिक प्रतिवेदन तथा किरात राई प्रज्ञा प्रतिष्ठानका कूलपति शशीमदन राईले सुप्तुलुङ्खीमको आर्थिक प्रतिवेदन(सन २०१२-२०१७ सम्मको) प्रस्तुत गरेका थिए।
सबै प्रतिवेदनमाथि उपस्थित सभाजन बीच प्रश्नोत्तर भैइ अनुमोदन गरिएको थियो ।
अध्यक्ष रजिन राईले बार्षिक कार्ययोजना प्रस्तुति र सभाजनले अनुमोदन गरे पश्चात कार्यक्रमको समाप्ति भएको थियो।

sadharanasabha2

“साम्पाङ ब्याडमिन्टन प्रतियोगिता २०१७” सम्पन्न

Badminton Photo Juniour

१ जुलाई २०१७ शनिबार, किरात साम्पाङ राई जुम्लेखा हङकङले “साम्पाङ ब्याडमिन्टन प्रतियोगिता २०१७” हङकङ स्थित कुन्चुङ चुङ स्पोर्ट सेन्टरमा आयोजना गरेको छ । ग्रुप ए बाट १६ जना खेलाडी र ग्रुप बि बाट १६ जना खेलाडी गरि जम्मा ३२ जना साम्पाङ खेलाडीहरुले भाग लिएका थिए । साम्पाङ परिवार भित्रमात्र खेल सिमित गरिएकोले अन्य खेलाडीहरुको सहभागी थिएन । खेलमा बिशेष गरि नया पुस्ताका साम्पाङहरुले सहभागि लिएका थिए ।

Badminton Photo Juniour Dinerखेल समाप्ती पश्चात बगैंचा रेष्टुरेन्ट एण्ड पार्टि प्यालेशमा रात्रि भोजको आयोजना गरेको थियो । खेलकुद क्षेत्रबाट हङकङमा बसोबास गर्ने साम्पाङ राईहरुलाई एकिकृत गर्ने उदेश्य अनुसार यो कार्यक्रम गरिएको हो । बिशेष गरि नया पुस्ताका साम्पाङ राईहरुको सहभागिताले आयोजकहरु आशातित भएको थियो ।

Badminton Photo Seniourकिरात साम्पाङ राई जुम्लेखा हङकङमा सन २००९ सालमा सोसियल अर्डिनेन्स अन्तर्गत दर्ता भएको संस्था हो । किरात साम्पाङ राईहरुको भाषा, धर्म, संस्कार र संस्कृती जर्गेनाको लागि यस संस्थाले कार्य गर्दै आईरहेको छ । बिशेषरुपमा यस संस्थाले बार्षिक भेटघाट, हाईकिङ, खेलकुद आदि कार्यक्रम गराउदै साम्पाङहरुलाई एकिकृत गर्ने कार्य गर्दै आई रहेको छ ।

Badminton Photo Seniour Dinerसाम्पाङ राई जुम्लेखा हङकङले आयोजना गरेको यस खेलकुद कार्यक्रमको औपचारिक कार्यक्रममा किरात राई यायोक्खा हङकङको अध्यक्ष रजिन राईको प्रमुख अतिथि र साम्पाङ जुम्लेखाको अध्यक्ष तेज कुमार राई, खेलकुद संयोजक गंगाराम राई, लोखराज राई, ईमान सेर राई, दिल केशर राई, रबिचन्द्र राई, सल्लाहकार धिराज कुमार साम्पाङ, हरिचन्द्र साम्पाङ र अन्य भाषिक संस्था अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नारायण प्रसाद राईले संचालन गर्नु भएको थियो ।

– शशि मदन राई

स्व. उमा राईको श्रद्धान्जली

९ जुन २०१७ हङकङ, मोरङ जिल्ला बयरबन रमाइलो,शान्ति चोक स्थायी ठेगाना भई हाल युनलङ हङकङ निवासी श्रीमान हरी राईको श्रीमति उमा राईको २६ में २०१७ का दिन चुनमून हास्पिटलमा निधन भएको स्व. उमा राईको श्रद्धान्जली सभा चुनमुन स्थित चुनमुन हस्पिटलमा सम्पन्न भयो। उक्त श्रद्धान्जली सभामा १६० भन्दा ज्यादा संख्यामा आफन्तजन तथा सुभेक्क्षुकहरुको उपस्थित रहेको थियो । उहाँहरूले स्व. उमा राई प्रति हार्दिक श्रद्धान्जली अर्पण गरेका थिए उक्त कार्यक्रम किराया हङकङका उपाध्यक्ष श्री हरि चन्द्र राईले संचालन गर्नु भएको थियो भने किराया हङकङका कूबीमी श्रेष्ठ बहादुर राईले स्व. उमा राईको आत्मालाई पार्थीव शरिरबाट छुटाई सुम्निमा र पारुहाङको पासमा पठाएको थियो

उहाँको प्राथीब शरीरलाई उहाँको श्रीमान हरि राई, छोरी अनिशा राई, भाई मिलन राई र बहिनी रेणुका राईले संयुक्त रूपमा बँटम दबाएर चाइवान स्थित अन्त्येष्टि स्थलमा अन्त्येष्टि गरीयो।

क्यान्सर जस्तो प्राणघातक रोगले च्यापेर अल्प आयुमै उमा राईको निधन भएकोमा किराया हङकङ स्तब्ध भएको छ उहाँको मृत आत्माको चिर शान्तिको कामना गर्दै उहाँको वास चूलामा रहोस भन्दै किराया हङकङ लगायत भाषिक संस्थाहरू हार्दिक श्रद्धान्जली अर्पण गरेकोछ। साथै शोकमा डुबी रहनु भएको परिवारलाईं धैर्यधारण गरने शक्ति हाम्रो इष्ट देव पारुहाङ र सुम्निमाले प्रदान गरूँन !

रजिन राई
किराया अध्यक्ष
९ जुन २०१७
रजिन फेशबुकबाट

सिङ्गापुरमा मनाइयो साकेला

सिङ्गापुर, १३ जेठ । सिङ्गापुरमा किरात राई जातिको महान् चाड उभौली अर्थात् साकेला भव्य रुपमा मनाइएको छ । त्यहाँ रहेका किरात राई समुदायले विभिन्न कार्यक्रमहरूको आयोजना गरी उभौली मनाएका हुन् ।

singpore1

यलेदुंङ ५०७७ का अवसरमा किरात राई सांस्कृतिक मञ्चद्वारा सिङ्गापुरस्थित फुचो एसोसिएसन सभा हलमा आयोजित ‘साकेला कार्यक्रम’मा ‘शिली’ टिप्दै किरात राई समुदायले हर्ष र उल्लासपूर्वक उभौली मनाएको कार्यक्रममा सहभागी एक युवाले जानकारी गराए ।

singpore2

उनका अनुसार परदेशमा रहेता पनि आफ्नो कला, संस्कृतिको जगेर्ना गरी भावी सन्ततीलाई संस्कार, संस्कृति र पहिचान परिचित गराउने उद्देश्यले ‘साकेला कार्यक्रम’को आयोजना गरिएको हो । कार्यक्रममा करिब तीन सयभन्दा बढीको सहभागिता रहेको थियो ।